कृषि प्रविधि

चेरी खेती गर्ने प्रविधि

परिचय :
नेपालमा चेरी खेती काठमाडौं उपत्यकामा गर्न नसकिने कारणबाट यसको खेती भएको देखिदैन । अङ्गे्रजीमा Cherry भनिन्छ । वानस्पतिक नाम Prunus avium L हो । यो Rosacea परिवारमा पर्दछ । उच्च पहाडमा मात्र खेती गर्नुपर्ने भएको कारणले पनि नभएको हुन सक्छ । किनभने बाटोको असुविधाले ढुवानीको कठिनाइका कारण पनि खेती नभएको हो । ठूला–ठूला भोग र पार्टीको समयमा यसको फल पुलाउ र दहीमा राखी खुवाउन चलन छ । यसका फल झुप्पा–झुप्पा फल्ने र हेर्दाखेरी बोट नै रातो देखिने चलन छ । हेर्दा खेरी बोट नै रातो देखिने भएकाले बोट हेरिरहुँ जस्तो लाग्छ । यसको सबभन्दा राम्रो जात Napoleon (Royal Ann हो ।
हावापानी ः
यसको खेती समुद्री सतहबाट २,४०० देखि ३००० सम्म उचाईमा उपयुक्त हुन्छ । तापक्रम १५ से.को साथै तुषारो सहन सक्ने, पानी जम्न नहुने अतः निकायको राम्रो व्यवस्था हुनु पर्दछ ।
माटो ः
यो बिरुवाका लागि रातो र चिम्ट्याइलो माटोमा पनि यसको खेती राम्रो भएको छ ।
बिरुवा उत्पादन गर्ने र रोप्ने तरिका ः
यसको बिरुवा उत्पादन गर्ने तरिका पहिलो वर्ष नेपाली लोक आरु प¥यो उत्पादन गरी अर्को वर्ष कलमी गर्न तयार हुन्छ । पेन्सिल साइजको भएपछि कलमी गर्न उपयुक्त भयो भनी जान्नु पर्दछ । यसरी तयार भएको रुटस्टक बिरुवामा माघ महिनाको ग्राफ्टिङ्ग गर्न सकिन्छ । यो बिरुवालाई पुस र माघमा रोप्ने भएकाले एक बोटबाट अर्को बोट ५ मिटर, एक ड्याङ्ग ६ मिटरको फरक गरी रोप्नु पर्दछ ।
रोप्ने तरिका ः
पातमा थोप्ले रोगबाट आक्रमण गर्ने भएकाले वर्षको २ पटक डाइथेन एम ४५, पोलीराम यी मध्ये एक विषादी छर्नु पर्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close