समाचार

सरकारद्धारा दूधको मूल्यमा समायोजन, प्रतिलिटर बढ्यो ९ रुपैयाँ

धनबहादुर मगर, सरस्वती मानन्धर
काठमाडौं माघ २७ नेपाल सरकारको स्वमित्वमा रहेको दुध विकास संस्थानले दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँ बढाएको छ । उक्त कुरा बालाजु औद्योगिक क्षेत्रस्थित काठमाडौं दूध वितरण आयोजनाको सभाहलमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको हो ।
दूध विकास संस्थानका निमित्त उप–महानिर्देशक तथा प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले विज्ञाप्ति मार्फत उक्त कुरा सार्वजनिक गरिएको हो । अधिकारीले यही माघ २८ गतेदेखि लागु हुने गरि उपभोक्ता मूल्य १००० एम एल प्याकेटको मूल्य ८५ रुपैयाँ निर्धारण गरिएको बताएको हो ।
स्टेण्डर्ड दूध निलो प्याकेट ३ प्रतिशत, फूल क्रिम हरियो प्याकेट ५ प्रतिशत, गाईको दूध पहेँलो प्याकेट ३.५ प्रतिशत, टि मिल्क १.५ प्रतिशत फ्याटको छुट्टा छुट्टै मूल्य निर्धारण गरेको छ । जसमा दूध वितरण आयोजना विराटनगर, हेटौडा, बुटवल, नेपालगंज, धनगढीको पनि रु. ८५ बाट नबढ्ने गरि मूल्य निर्धारण गरिएको छ ।
पत्रकार सम्मेलनमा कृषकहरुको दूध उत्पादन लागतमा भएको वृद्धि, दुग्ध उद्योगको ढुवानी, प्रशोधन खर्चमा भएको वृद्धि, समयम समयमा कच्चा दूधको खरिद मूल्य र बिक्री मूल्यमा वृद्धि आदिलाई आधार मानेर गरेको जनाएको छ ।
विज्ञाप्तिमा २०७८ माघ १७ गते सोमबार बसेको मन्त्रिपरिषदको बैठकको निर्णयको आधारमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयको २०७८ माघ २४ गतेको निर्देशनबाट किसानले उत्पादन गरेको कच्चा दूधको प्रति इकाई फ्याट रु.६.८१ र प्रति इकाई एस एन एफ रु ३.६० गरि ४ इकाई फ्याट तथा ८ इकाई एस एन एफ दूधको प्रति लिटर किसानले पाउने न्यूनतम् मूल्य ५६ रुपैयाँ ४० पैसा कायम गर्ने निर्णयबाट संस्थानले सोही गुणस्तरको कच्चा दूधको खरिद मूल्य २०७८ माघ २८ गतेबाट किसानहरुलाई भुक्तानी दिने निर्णय गरेको हो ।
संस्थानबाट उत्पादित दूध ३ इकाई फ्याट तथा ८ इकाई एस एन एफ भएको प्रशोधित स्टेण्डर्ड दूधलाई इण्डेक्स उत्पादनको आधारमा संस्थानको सञ्चालक समितिको २०७८ माघ २६ गते गरेको निर्णयबाट २०७८ माघ २८ गते देखि लागु हुनेगरि उपभोक्तालाई बिक्री निर्णय भएको हो ।
विज्ञाप्तिमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि, मुद्रास्फ्रिती, प्रशासनिक व्ययभारमा वृद्धिले प्रशोधित दूधको बिक्री मूल्यमा समयानुकुल समायोजना गर्नेपर्ने वाध्यता भएको जनाएको छ । नेपाल सरकारबाट देशैभरि न्यूनतम् कच्चा दूधको मूल्य कायम भएबाट संस्थानले दूधमा न्यूनतम् ६ रुपैयाँ ५२ पैसा देखि ८ रुपैयाँ ५६ पैसासम्म वृद्धि भएकोले स्टेण्डर्ड दूधको उपभोक्ता मूल्यमा ९ रुपैयाँ प्रति लिटर वृद्धि भई ८५ रुपैयाँ कायम गरिएको जनाएको छ । मौज्जाद दूधको १० रुपैयाँ भारमध्ये लागत खर्च बाहेक किसानलाई ७ र प्रशोधन खर्चको लागि ३ रुपैयाँ छुट्याएको पनि जनाएको छ ।
५०० मिलि दूधको मूल्य ४८ रुपैयाँ भएपनि खुद्रा पैसा नभएको भनि ५० रुपैयाँ नै लिने गरेको प्रति अधिकारीले फ्रीज चार्ज, लिएको भए त्यसो नगर्न भनेको बताए ।
मूल्य वृद्धिको आधारहरु के के हुन भन्ने प्रश्नमा दुध व्यवसायीहरुबाट लागत मूल्य नपाईरहेकोले नेपाल सरकारले मूल्य समायोजना गरेको हो । डडेल्धुरा, पाँचथरबाट ल्याउने भएकाले संकलनको लागत, बजारको लागत समेत समावेश गरि किसानको व्यवसायिक उत्पादनलाई ध्यान दिएको हो ।
दूध खाद्य ऐन, नियमावाली पालना गरि गाईभंैसीको दूध प्रशोधन गरि कृषकहरु सबैलाई हुनेगरि दूधको मूल्य निर्धारण गरिएको बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close