दीक्षा पाण्डे (हिरा), सरस्वती मानन्धर
काठमाडौं फागुन ७, १६ औं अन्तर्राष्टिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैठौं प्राङ्गारिक कृषि मेला २०७९को समापन समारोह अर्थ तथा उप–प्रधानमन्त्री विष्णु पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।
समापन समारोहमा प्रमुख अतिथि पौडेलले मेलाले अतिरिक्त उत्पादनलाई सहयोग पु¥याउने विस्वास व्यक्त गर्दै साना, मझौला, घरेलु उद्योगले देशको अर्थतन्त्रमा सहयोग पु¥याईरहेको बताउनु भयो । पौडेलले भन्नुभयो समस्या के हुन्, राज्यले के गर्नुपर्छ टेबुलमा बसेर समाधान खोज्ने बताउनु भयो । साथै पौडेलले सरकार वजेट निमार्ण गर्ने प्रकृयामा छन् । राष्ट्रिय उत्पादन संरक्षण गर्ने कार्यमा सहयोग गर्न तयार रहेको बताउनु भयो ।
मेलाका आयोजक तथा उद्यमी सुधा गुरुङले ठूलो समस्याको विचमा पनि मेलालार्ई सफलतामा पु¥याउन सहयोग पु¥याउने उद्यमीहरु प्रति धन्यवाद व्यक्त गर्दै कार्यक्रमले औद्यौगिक क्रान्तिलाई अघि बढाउन सहयोग पुग्ने बताउनु भयो । मेलामा नेपालको मौलिक उत्पादन मार्फत घरेलु उद्योग संघले पाएको जम्मेवारी निभाएको बताउँदै सरकारले चित्त दुखाउने काम भयो । खरीद बिक्री कति भयो भन्ने कुराले मात्र महत्व राख्दैन । महिला उद्योगीहरु प्रर्याप्त सहभागी भएका छन् । अवसर र चुनौंती, वैकल्पिक उर्जा, मेलाले सरकारको नीतिगत व्यवस्था बुझ्न सहयोग पुगेको बताउनु भयो ।
बास्कोटा ग्रप तथा अर्गानिक एशोसिएनका अध्यक्ष तथा मेला आयोजक दीपक प्रकाश बास्कोटाले सरकारीस्तरबाट जति सहयोग पुग्नु पर्ने हो पुगेको छैन । यो मेलाबाट के गर्न सकिने भन्ने कुरा सरकारसम्म रिपोर्ट जानेछन् । कार्यन्वयनमा भएन, के होला त ? हाम्रो समस्या असार मसान्तमा घोषणा हुने वजेटले सहयोग पु¥याउँदैन । सरकारले नीतिगत सुधार गर्न सक्यो भने राम्रो हुन्छ होला ।
बास्कोटाले अर्गानिकका कुरा गाउँसँग नजिक रहेको बताउँदै अर्गानिक उत्पादनलाई जोडदिनुपर्ने बताउनु भयो । साथै बास्कोटाले आधुनिक विज्ञानको कारण अर्गानिक पछि परेको छ । १२० देशमा वैदिक अभियान ज्ञान, ध्यानको अभियान चलेको छ । यही मार्च ३ देखि ५ सम्म महर्षी फाउण्डेशनको आयोजनामा अर्गानिक उत्पादन गरी विषादीरहित शुद्ध खाना खाने र योग ध्यान, ज्ञानको माध्यमबाट स्वास्थ रहने कार्यक्रम भएकोले सहभागी हुन आग्रह गर्नु भएको छ ।
समापन समारोहमा आयोजकको तर्फबाट विनोददेव पन्तले उत्कृष्ठ उद्यमीहरुलाई पुरस्कार वितरण गर्नुभयो । पुरस्कार वितरण समारोहमा पन्तले स्वदेशी कर्चा पदार्थको प्रयोग, सिर्जनशिलता, नविन प्रविधिको प्रयोगको मापदण्डभित्र रहेर पुरस्कारको छनौंट गरेको बताउँदै, हस्तकला समूह, ढाका कपडा, खाद्य प्रविधि, उनी कपडाका उद्योगहरु क्रमशः हिमालयन इन्टप्राइजेज चितवन, राडीपाखी जुम्ला, जडिबुटी उद्योगलाई, प्रथम, द्धितिय, तृतिय र शान्त्वना पुरस्कार प्रदान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्