समाचारसहकारी

भोलीदेखि राष्ट्रिय सहकारी महासंघको महासम्मेलन २०७९

स्टेक होल्डरसँग छलफल गरि रोडम्याप तयार गछौं ः अध्यक्ष कँडेल

धनबहादुर मगर
काठमाडौं चैत्र २१ राष्ट्रिय सहकारी महासंघको आयोजनामा दरवारमार्गस्थित होटेल याक एण्ड यतीको सभाहलमा पत्रकार सम्मेलन गरी महासम्मेलनको तयारी बारे जानकारी दिइएको छ ।
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले पत्रकारहरुको प्रश्नमा वचत तथा कर्जा कोषको विषयमा छलफल गर्ने छुट्टै विषय नराखेर समग्रमा छलफल गर्ने भएको बताए । मुल समस्या तरलताको अभाव देखा परेको छ । केही सहकारीमा शंका पैदा हुने वित्तिकि विथड्रा गर्ने बढेपछि समस्या देखिएको हो । जनविश्वासको विषयमा ठोस रुपमा अगाडि बढ्ने छ । सहारीमा गलत ढंगले भित्रिने पैसाको विषय पनि उठेकाले सुभावहरु लिएर निष्कर्षमा पुग्ने छौं । वर्तमानमा देखा परेको समस्या सन् २०३० सम्म पुग्ने सहकारी रुपरेखा प्रस्तुत गछौं । सातै प्रदेशका सहकारी हेर्ने सहभागीहरुसँगको छलफललाई जोड दिन्छौं । र स्टेक होल्डरसँग छलपल भएपछि सहकारीको रोडम्याप सुनिश्चित गर्छौंं ।
विकास न्यूजका सन्तोष रोकाय, अन्नपूर्ण पोष्टका तुलसी सुवेदी, अनलाइन खबरका विजय पुराजुलीले व्याजदरमा सुधार, सहकारी समस्या, सहकारी अभियानको पब्लिक जनविश्वास, र विगतको सम्मोलनबाट गरेका निर्णयहरुको कार्यन्वयन विषयका प्रस्न उठाएका थिए ।
उक्त विषय भोली देखि चैत्र २३ गतेदेखि २५ गते सम्म काठमाडौंमा हुने महासम्मेलनको तयारीको बारेमा जानकारी गराइएको छ । राष्ट्रिय सहकारी महासंघका महाप्रवन्धक चित्राकुमारी थाम्सुहाङ्ग सुब्बाद्धारा हस्ताक्षरित विज्ञाप्तिमा जनाएको हो ।
प्रेस विज्ञाप्ति
नेपालको सहकारी अभियानको शीर्षथ निकाय राष्ट्रिय सहकारी महासंघ लि. र भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको संयुक्त आयोजनामा प्रत्येक ५÷५ वर्षमा राष्ट्रिय सहकारी महासघको महासम्मेलन हुँदै आएको व्यहारो यहाहरुलाई जानकारी गराछौं । यसै सन्दर्भमा २०७९ साल चैत्र २३ गते देखि २५ गतेसम्म होटेल याक एण्ड यतीमा तिनै तहको सरकारको प्रतिनिधी, जनप्रतिनिधी, सातै प्रदेशका सहकारीकर्मी, निजी क्षेत्रका प्रतिनिधी, गैरसरकारी संघका सरकार संघ संस्थाका प्रतिनिधीहरु विश्व विद्यलयको प्राध्यापकहरु बैंकर्स र अन्तर्राष्ट्रिय सहकारी अभियन्ताहरुको समेत बाक्लो उपस्थितिमा सहकारीको दिगोपनाका लागि स्वनियमन तथा शुशासन भन्ने थिमका साथ हुने तेस्रो राष्ट्रिय महासम्मेलनको सम्पुर्ण तयारी पूरा भइको जानकारी गराउँदछौं ।
दक्षिण एसियाका अरु देशहरुमध्ये राष्ट्रको विकास प्रकृयामा नेपालको सहकारी अभियानको प्रभाव महत्वपूर्ण रहँदै आएकोले यस महासम्मेलनलाई एशिया प्यासिफिकका देशहरुले समेत महत्व दिइरहेका छन् । जसका कारण अन्तर्राष्ट्रिय सहकारी महासंघ एशिया प्रशान्त क्षेत्र नेडाकको बैठक समेत महासम्मेनको अवसर पारेर काठमाडौंमा नै आयोजना हुँदेछ । महासम्मेलनको उद्घाटन मिति चेत्र २३ गते २ बजे सम्मानीय प्रधानमन्त्री पुष्प कमल दाहालले प्रचण्डले गर्नु हुनेछ भने समापन मिति २०७९ चैत्र २५ गते पूर्व प्रधानमन्त्री माननीय केपी शर्मा ओलीज्युले गर्नु कार्यक्रम रहेको छ ।
नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारी उद्घाटन सत्रमा नेपालको अर्थतन्त्र सहकारीको विषयमा मुख्य वक्ताको रुपमा सम्वोधन गर्ने कार्यक्रम समेत साथै अन्तर्राष्ट्रिय सहकारी महासंघका अध्यक्ष एरियल ग्वार्कोले भर्चुअल रुपमा महासम्मेलनलाई सम्वोधन गर्नु हुनेछ । त्यसैगरि अन्तर्राष्ट्रिय सहकारी महासंघ एशिया प्रशान्त क्षेत्रका अध्यक्ष चन्द्रपाल सिंह यादव, अल चाइना फेडरेशन अफ सप्लाई एण्ड मार्केटिङ्ग कोअपरिभिट लि.का उपाध्यक्ष काई झेनहोंग, नेशनल एग्रीकल्चर कोअपरेटिभ फेडरेशन अफ दक्षिण कोरियाका उपाध्यक्ष जे सिक लि., जापानिज कन्जुफा कोअपरेटिभ युनियनको उपाध्यक्ष सितोसे अराई, नेडाकका अध्यक्ष तथा आइएस एमडी पंकज कुमार बन्स्याल समेत महासम्मेलनमा सहभागी हुने छ । महासम्मेलनमा करिब १ हजार जनाको सहभागीता रहने छ । जनाएको छ ।
महासम्मेलनमा ११ वटा विषयमा व्यापाक छलफल हुनेछ । जसमा पूर्व अर्थमन्त्रीहरु पूर्व गर्भनर, सचिवहरु सहित अन्तर्राष्ट्रिय सहकारी विज्ञाहरुको प्रस्तुल रहने छ । महासम्मेलनमा अष्टेलिया, जापान, भारत, लगायत विज्ञाहरुको पनि महत्वपूण प्रस्तुती रहेको छ । ७३ लाख भन्दा बढी सदस्यहरु आवद्ध रहेको नेपाली सहकारी अभियानका ५६ प्रतिशत महिला रहेका छन् । र १ लाख भन्दा बढी जनाले प्रत्यक्ष रुपमा रोजगारी प्राप्त गरि रहेको नेपालको सबैभन्दा वृहद सञ्जाल विस्तार भएको सहकारी क्षेत्रको योगदानहरुलाई संस्थागत गर्दै वर्तमान वित्तीय प्रणालीमा देखिएको संकटका मुद्दाहरुको सम्वोधन गर्नुका साथै महासम्मेलन सन् २०३० सम्मको लागि अभियानको स्पष्ट रणनीति गन्तव्य तया गर्ने ।
नेपालमा ३०,८७९ प्रारम्भिक सहकारी संस्था, ३११ जिल्ला स्तरीय सहकारी संघहरु, ९ प्रदेश स्तरीय सहकारी संघहरु र सहकारीको मुटुको रुपमा रहेको स्वनियमन र सुशासनको प्रवद्र्धनका लागि महासम्मेलन कोशे ढुंगा सावित हुने विश्वास लिएका छौं । निकाय क्षेत्रका आधारमा १२५ वटा सहकारी मात्र संघीय सरकारको क्षेत्रधिकार भित्र, प्रदेश सरकारको क्षेत्रधिकार भित्र र बाँकी सबै करिब २४ हजार स्थानीय सरकारको क्षेत्रधिकार भित्र रहेकोले स्थानीय तहमा सहकारीको नियमन प्रवद्र्धनमा विशेष कार्य गर्नका लागि समेत यस महासम्मेलनबाट महत्वपुर्ण सन्देश प्रवाह हुने छ ।
महासम्मेलनलाई भव्य रुपमा सम्पन्न गर्नका लागि सह–आयोजक रुपमा राष्ट्रिय सहकारी बैंक लि. नेपाल, नेपाल वचत तथा ऋण संघ केन्द्रीय सहकारी संघ (नेफ्स्कुन), साना किसान विकास लघुवित्त वित्तीय संस्था लिं. हेफर इन्टरनेशनल, नेपाल सहारा साकोस झापा, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभा कोअपरेटिभ सर्भिस रहेका छन् । साथै महासम्मेलनको एकेडेमिक पार्टनरका रुपमा काठमाडौं विश्व विद्यालय, डिजिटल पार्टनरका रुपमा इन्फोभेडलपर्स प्रा.लि, इन्स्यूरेन्स पार्टनरका रुपमा सिटिजन लाइफ इन्स्यूरेन्स, मिडिया पार्टनरको रुपमा नेपाल सहकारी पत्रकार समाज, टिकेटिङ्ग पार्टनरको रुपमा खल्ती रहेको छ ।
यसै महासम्मेलनलाई राष्ट्रिय सहकारी विकास बोर्ड, भैरव टेक्नोलोजी, फष्ट माइक्रोफाइनान्स लघुवित्त संंस्था लि, युएसएड नेपाल, गुडनेवोर्स इन्टरनेशनल, कुमारी बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड, नविल बैंक लिमिटेड र नेपाल टेलिकमले सहयोग गरिरहेका छन् ।
तिन दिनसम्म चल्ने महासम्मेलनमा निम्न व्यक्तित्वहरुले निम्न अनुसारको विषयमा प्रस्तुती गर्नु हने छ ।
प्रस्तुत हुने विषयमहरु सहकारीको लागि प्रभावकारी लोकतान्त्रिक शासन पद्धति रामेश्वर खनाल, पूर्व अर्थ सचिव नेपाल सरकार, सहकारी पहिचानको गहिराइले सुन्दर विश्व निर्माण गर्दछ महान सन्देश मेलिना मोरिसन, प्रमुख कार्यकारी अधिकृत, बिजिनेश काउन्सिल अफ को–अपरेटिभ एण्ड म्युचल बालु एयर क्षेत्रीय निर्देशक आईसीए एपी, सहकारीको स्वनियमन र शासनको ढाँचा दर्शन र कानूनको सन्दर्भमा डा.डामोदर रेग्मी, सचिव, भूमि व्यवस्था तथा गरिवी निवारण मन्त्रालय,
सहकारी सेवामा डिजिटल नविनता पूर्व अर्थ मन्त्री सुरेन्द्र पाण्डे, सहकारी एकीकरण ठूलो सोचौैं, ठूलो बनौं इचिया, सिनियर म्यानेजर, जेए जेन्चु जापान, महिला तथा युवा सन्दर्भमा सहकारीमा आर्थिक र सामाजिक समावेशीकरण राधिका अर्याल सह–सचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, तरलता व्यवस्थापन र नेपालमा सहकारीको भविष्य डा.रामशरण खरेल निर्देशक मोद्रिक व्यवस्थापन विभाग नेपाल राष्ट्र बैंक, विश्व सहकारी अभियान दिगो विकास लक्ष्य गोविन्दराज पोखरेल पूर्व उपाध्यक्ष राष्ट्रिय योजना आयोग, विश्वमा बदलिँदो कार्य वातावरण संस्थागत सफलताको आधार अनिल केशरी शाह, बंैकर्स, नेपालमो जलवायू अनुकूल कृषि सहकारी प्रा.डा.पुन्य प्रसाद रेग्मी उपकुलपति कृषि तथा वन विश्व विद्यालय, नेपालमा सहकारी अभियान भिजन २०३० चित्राकुमारी थाम्सुहा«ङ सुब्बा, महाप्रबन्धक राष्ट्रिय सहकारी महासंघ लि, प्यानल छलफल मिनराज कँडेल अध्यक्ष राष्ट्रिय सहकारी महासंघ लि, चन्द्रढकाल उपाध्यक्ष एफएनसीसीआई, नमराज घिमिरेर रजिष्ट्रार सहकारी विभाग लगायतबाट कार्यपत्र प्रस्तुत गर्ने जनाएको छ ।
तेस्रो राष्ट्रिय सहकारी महासम्मेलन स्टेरिङ्ग कमिटीका सदस्य सचिव राष्ट्रिय सहकारी महासंघ लि महाप्रवन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाद्धारा प्रेसित विज्ञाप्तिमा जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close