केरा खेती गर्ने तरिका
परिचय ः
केराको खेती परम्परादेखि गरिँदै आए पनि यसको बिरुवा उत्पादन पहिले बच्चाहरू निकाली लगाउने गरिन्थ्यो । आजभोलि यसको बिरुवा टिस्युकल्चरबाट लाखौं उत्पादन गरी रोगबाट केही मात्रामा मुक्त भएको छ भने ज्ञान र तालिमको अभाव, अनुसन्धान र विकासमा कमी, कमजोर भण्डारण प्रविधि र व्यवस्थित उत्पादन प्रविधिको कारणबाट पनि उत्पादन भएको केरा समयमा बजारमा पु¥याउन नसक्नु र जथाभाबी केमिकल राखी केरा पकाउने इत्यादि कारणबाट पनि खेती गर्ने किसानहरूले उचित मूल्य नपाउनु र केराको स्क्वास, चिप्स बनाउनमा निजी उद्योग आउन नसक्नुका कारणबाट फलफूल उत्पादन गर्ने उद्योगहरूलाई पकेटको रूपमा विकास गर्न सम्बन्धित निकायबाट पहल भएमा केरा मात्र नभई अन्य फलफूल उत्पादन गर्ने कृषकहरू बढी उत्साहित हुने थिए ।
हावापानी ः
केरा खेती समुद्रसतहबाट १,००० मिटरसम्म लगाउन उपयुक्त छ भने २०–३० डिग्रीसेल्सियस तापक्रमको साथै तुषारो र सुक्खा सहन नसक्ने भएकोले सबै विचार प ु ¥याएर मात्र उपयुक्त स्थान छनोट गरी बिरुवा लगाउनुपर्छ ।
माटो ः
केरा खेतीका लागि पिएच ६–७.५ चाहिन्छ भने मलिलोपन भएको
माटो भएमा करा उत्पादन राम्रो हुन्छ । चारैतर्फ पानीको निकासको राम्रो व्यवस्था हुनुपर्छ ।
जात ः
केराका जातहरू बहराई डवार्फ, हरिछाल, वीलियम हाइब्रिज मालभोक, चिनियाँ चम्पा, क्यामेनिडस डवार्फ छन् ।
लगाउने समय ः
पहिले जग्गामा लेआउट गरेर मात्र केरा लगाउनुपर्छ । अग्लो जातलाई ३–३ मिटर, होचो जातलाई २–२ मिटर फरक गरी खाल्डो खनी फागुनदेखि भदौसम्ममा लगाउनुपर्छ । यसरी सारेको बोटलाई केही दिन भारीबाट पानी दिनुपर्छ ।
फलेको बोटमा मल हाल्ने तरिका ः
प्रतिबोट पाकेको कम्पोस्ट २५ केजी, नाइट्रोजन १८० ग्राम, फस्फोरस १८० ग्राम, पोटास २२५ ग्रामका दरले मल हाली गोडमेल गरी १०–११ लिटर पानी दिनुपर्छ । केरा बोटबाट ४ वर्षसम्म मात्र केरा उत्पादन गर्ने त्यसपछि नयाँ बोट लगाउनुपर्छ । ४–५ वर्ष भएपछि केराभित्र बियाँ हुने भएकोले ४ वर्षपछि अर्को बोट लगाउनुपर्छ । एक रोपनी जग्गामा ८००–
१००० केजीसम्म केरा उत्पादन हुन्छ ।
केरामा लाग्ने कीरा र रोग ः
केराको बोटमा प्वाल पार्ने कीरा (द्ययचभच) हो । यो कीराले केराको फेदमा वा माटोमुनि फुल पार्दछ । फुलबाट निस्केका लाभ्रे गानो र फेदमा चढ्छन् । नयाँ बोटमा यो कीराबाट आक्रमण भएमा बोट नै मर्दछ । ठूलो खाँदै र प्वाल पार्दै भित्र पस्छन् र फेदमा केही माथिसम्म भित्रभित्र बोटमा आक्रमण भएमा बोट नै लडेर नोक्सान हुन्छ । बोटको वरिपरि पानीको निकासको प्रबन्ध गर्नुपर्छ । पानी जमेको स्थानमा बढी कीरा लाग्छ ।
यो कीरा नलागेको स्थानबाट केराको बोट ल्याई लगाउनुपर्छ । बोटको वरिपरि सुमी नामक विषादी माटोमुनि १० सेमि गहिरो रिङ बनाई । माटोले पुर्नुपर्छ । बोट र माटो भिज्ने गरी धनवान २–३ मिलि १ लिटर पानीमा राखी स्प्रे गर्नुपर्छ । यसले कीरा नियन्त्रण हुन्छ ।
केराको बोटमा प्वाल पार्ने गोब्रे कीरा (Borer)– यो कीराले केराको बोट नोक्सान गर्ने भएकोले धनवान विषादी माथि उल्लेख भएको मात्र प्रयोग गरी छनाल नियन्त्रण हुन्छ ।
केराको रस्ट थ्रिप्स (Banana Rust Thrips)– यो कीराले बोट, कमलो फेदमा र फलमा प्वाल र फुल पार्दछ । फुलबाट कीरा निस्केपछि बोटभित्र पस्छ । जब कीराले केराको बोक्रा खान्छ, यस्तो फल चाँडै कुहिएर जान्छ ।
केरालाई टिप्नुभन्दा पहिले प्लास्टिक वा कागजले छोप्नुपर्छ जसले गर्दा कीराबाट बचावट हुन्छ । केरा टिप्नुभन्दा १५–२० दिन अगाडिदेखि नै विषादी छर्नु हुँदैन ।
बोटमा प्वाल पार्ने कीरा (Borer)– यो कीराको थुतुनो लामो छ । यो कीराले माटोमुनि वा बोटको फेदमा फुल पार्दछ । फुलबाट निस्केका लानेले गानो र फेदमा खाँदै भित्र पस्दछन् र भित्र खाँदै केही माथिसम्म आउँछन् । यसले गर्दा बोट मर्दै जान्छ ।
रोगको नियन्त्रण र उपचार ः
१) केरा लगाएको बगैँचामा पानी जम्न दिनु हुँदैन । केराको फेदमा पानी जमेको स्थानमा कीराले बढी आक्रमण गर्दछ ।
कीरा नलागेको नर्सरीबाट बिरुवा ल्याई लगाउनुपर्छ । धनवान विषादी १ लिटर पानीमा २–३ मिलि राखी माटो भिज्ने गरी बोटको फेदमा स्प्रे गर्नाले कीरा नियन्त्रण हुन्छ ।
केराको रोग ः
केराको ओइलाउने रोग (Banana Wilt)– यो रोग केराको प्रमुख
नेपालमा फलफूल खेती र कलमी गर्ने प्रविधि ः १३ मान्न सकिन्छ । रोग लागेको बोटको पात पहेँलो हुँदै पछि कमजोर भएर बोट नै लड्दछ । यो रोग चिस्यान बढी भएको जग्गामा लाग्छ । यस्तो रोग लागेको केरा स्वादिलो हुँदैन ।
उपचार ः
रोपेको ४–५ वर्षभन्दा बढी राखेमा रोग लाग्ने हुँदा रोग लागेको बोट उखेलेर नष्ट गर्नुपर्छ । यो रोग नलागेको स्थानबाट बोट ल्याई रोप्नुपर्छ । रोग लागेको स्थानमा ३–४ वर्ष केरा नलगाई अन्य बाली लगाएमा रोग नियन्त्रण हुन्छ । रोग लागेको स्थानमा चून छरी सिँचाइ गर्ने र बोर्डोक्स मिश्रण ८ः८ः१०० बनाई माटो भिज्ने गरी छर्नुपर्छ ।
केराको इन्थ्रेक्नोज रोग (Banana Anthracnose) ः
यो रोग मुख्य केराको डाँठको भागमा शुरु हुन्छ । रोग लागेको स्थानमा कालो दाग देखा पर्छ र डाँठ फाट्छ । यो रोग अन्य बोटमा पनि सर्दै जान्छ । यो रोग लागेको फलको गुदी सुकेर जान्छ । केरा छिप्पिन लागेको माथि गोलो कालो दाग देखा पर्न थाल्दछ । या रोगलाई समयमै बोर्डोक्स मिश्रण ५ः५ः१०० मिलाई केराको बोटमा ३–४ पटक छर्नुपर्छ । यो नभए डाइथेन एम ४५ विषादी २ ग्राम १ । लिटर पानीमा राखी स्प्रेयर गर्नुपर्छ ।
Scab –यो रोगले पहिले फलमा आक्रमण गर्छ । पछि यो फलमा । खैरो रङ देखा पर्छ । कालो थोप्ले चाक्लो भएको देखा पर्छ ।
रोग नियन्त्रण ः
१) रोग नलागेको नर्सरी फर्मबाट बोट ल्याई लगाउनुपर्छ ।
२) ४ पाउन्ड कपर सल्फेट, ५ पाउण्ड कपडा धुने सोडालाई ५० ग्यालिन पानीमा मिसाई फलमा छरेमा नियन्त्रण हुन्छ ।