किरा–फिल्ड जीन बैंक संरक्षण मार्फत
सन्तुलित वातावरण, बाली विविधता, उत्पादनमा वृदि, पोषणयुक्त उत्पादन र प्राङ्गारिक कृषिको लागि
बाल कृष्ण जोशी, राम पसाद मैनाली, शर्मिल बस्नेत
सारांश:
कृषि, वातावरण र मानव जीवनमा किराको ठुलो महत्व भएता पनि सबैक्षेत्रहरुमा किरा मैत्री प्रविधिहरु अपनाइएको देखिदैन । कृषि प्रणाली, किसान, र मानवलाई हानी नगर्ने किराहरु सबैलाई कृषि (किसान) किरा भनिन्छ ।
विषादी, वातावरण र आधुनिक प्रणालीले गर्दा २०% यस्ता किराहरु हराएको अनुमान छ । उत्पादन बढाउन, मानव र पशुपशुंछी लगायत माछाको खाना वा दानाको रुपमा र बालीहरुको जैविक विविधता कायम गर्न किरा नभई हुँदैन । कृषि किराहरुको संरक्षण तथा उपयोग गर्न किरा फिल्ड जिन बैंक, किरा पार्क, सामुदायिक किरा फिल्ड जिन बैंक, घरायसी किरा–फिल्ड जिन बैंक, स्कूल किरा–फिल्ड जिन
बैंकहरुको स्थापना गर्नु अत्यन्त आवश्यक हन आएको छ ।
अनुसन्धान र प्रविधिको विकास गर्न शुरु गर्नु पने
परिचय:
कृषि जैविक विविधताको ६ अंग मध्ये (चित्र १) किरा अंग एक महत्वपूर्ण र अति धेरै विविधता भएको अंग हो । किरा जगतले विश्वको करिब ८० प्रतिशत प्रजातिलाई प्रतिनिधित्व गर्छ र १ प्रतिशत भन्दा कम किरा मात्र हानीकारक छन । कृषिको दृस्टीकोणबाट किरा दुई थरिको मानिन्छ, एक कृषि (किसान) किरा र अर्को शत्रु किरा । कृषि किरा अन्तर्गत कृषि प्रणाली, किसान र मानवलाई हानी नगर्ने सम्पूर्ण किराहरु जस्तै मौरी, नमस्ते किरा, भमरा, माकुरा, आदि लगाएत मित्रु किराहरु र उत्पादन दिनेकिराहरु पर्दछ । परापूर्वकालदेखिनै किराको प्रयोग भए पनि नेपालमा कृषि किराहरु ३५०० भन्दा बढी छन्
तर मौलिक किराहरु र उक्त किरा सँग सम्बन्धित प्रविधिहरुलाई हाम्रा जीवन र अर्काे उन्नत किराको आधारको रुपमा नलिएको कारण थुप्रै किराहरु हराउनको साथै धेरै किराहरु लोपोन्मूख अवस्थामा छन् ।
मौरी भन्दा सानो आकारको हुन्छ । खागो मौरी गर्मी मौसममा भित्री मधेशका खोँच तिर र जाडो मौसममा तराई तिर स्थानान्तरण हुने गर्छन । यो मौरी अन्नवाली तथा फलफूलमा परागसेचनको लागि अति उपयुक्त मानिन् नेपालमा किरा र कृषि जैविक विविधतामा किराको महत्व नेपालमा भौगोलिक हावापानी र बालीनालीमा धेरै विविधता भएको हुनाले किरामा पनि धेरै विविधता पाइन्छ । हरेक क्षेत्रमा, घरहरुमा, वन–जंगलमा, बाटोघाटो, माटो, हावा आदिमा किराहरु पाइन्छ । विभिन्न कारणले नेपालमा
२०% कृषि किराहरु लोप भैसकेका छन । कृषि, वन र वातावरणमा किराको निक्कै ठूलो महत्व र भूमिका हुन्छ तर यसको महत्वलाई सबैक्षेत्रमा ध्यान दिइएको पाइदैन ।
परापूर्वकाल देखिनै किरा खानाको रुपमा प्रयोग हुँदै आएको छ । हाल विश्वमा १४०० भन्दा बढी जातका किराहरु खानाको रुपमा प्रयोग हनुे, किराको उपयोग बढ्दै गएको देखिन्छ । किरा पाल्न सजिलो, थोरै लगानीले पुग्ने, थोरै समयमा धेरै उत्पादन लिन सकिने, कम लगानीमा सस्तो प्रोटिन पाउन सकिने, बदलिदो वातावरणले कम असर गर्ने जस्ता फाइदाको कारण पछिलो समयमा किरापालन बढ्दै गएको छ ।
संरक्षक्षण र उपयोगको हिसाबमा किराको किसिम किराहरुलाई विभिन्न आधारको हिसाबले वर्गीकृत गर्न
सकिन्छ । संरक्षण, उपयोग र बस्ने ठाउँको हिसाबले किराहरुको किसिम चित्र ३ मा उल्लेख गरिएको छ । उपयोगको आधारमा कृषि किराहरुलाई १० वटा बिभिन्न समूहहरुमा वर्गीकृत गर्न सकिन्छ जुन तालिका १ मा उल्लेख गरिएको छ । किराहरुको यस्ता समूह थाहा पाउन सके संरक्षण र उपयोग गर्न सजिलो हुन् किराको लागि संरक्षण उपायहरु कृषि किरा संरक्षणको लागि किरा जिन बैंक मार्फत साथै
प्रयोग र पालेर गर्नु पर्छ । किरा जिन बैंक अन्तर्गत धेरै किसिमको बैंकहरु स्थापना गर्न सकिन्छ जस्तै किरा फिल्ड जिन बैंक, किरा पार्क, घरायसी किरा फिल्ड जिन बैंक, सामुदायि क किरा फिल्ड जीन बैंक, स्कुल किरा फिल्ड जिन बैंक आदि । सबैक्षेत्रहरुमा यस्ता बैंकहरु स्थापना गर्न सकिन्छ साथै कृषि किराहरुको प्रचार प्रसार, संग्रालय, प्रकाशन, जन–चेतना मुलक क मु ार्यहरु, किरा–मैत्री वातावरण, आदि बनाएर गर्न सकिन्छ ।
नेपालमा किरा संरक्षणको लागि राष्ट्रिय जिन बैंकले खुम लटारमा केहि वर्षअघि देखि किरा जिन बैंक मार्फत संरक्षण कार्य शुरु गरेको छ । स्थानीय तहमा राष्ट्रिय जिन बैंकको पहल र प्राविधिक सहयोगमा २०७८ सालमा कोहलपर, बाँकेमा पर्मल घरयसी किरा फिल्ड जिन बैंक र बैजनाथ गाउपालिका, बाँकेमा गाबर भ्याली सामुदायिक किरा फिल्ड जिन बैंक स्थापना गरि कृषि किराहरुको संरक्षण कार्य भएको छ । किरा बस्ने घरहरुको नाश नगरौं र यस्ता घरहरु ठाउँ–ठाउँमा राख्ने गरौं भन्ने राख्दै गोवर भ्यालीका किसानहरुले किराहरुको संरक्षण कार्यमा जोड दिएका छन् । पर्मिला बस्नेतलेकिराहरुको बिभिन्न प्रयोगमा जोड दिनसके यसबाट फाइदा लिनुको साथै संरक्षण हुन जान्छ । किराहरुको अध्ययन
अनुसन्धान गर्ने, किराहरुको वासस्थान बारे, मनपर्ने ठाउँ तथा खानाहरुको अध्ययन–अनुसन्धानको साथै किरा संरक्षण र उत्पादन तथा प्रयोग गर्ने प्रविधिहरुको विकास गर्नसके किराहरुको संरक्षण गर्न ठूलो टेवा पुग्न जान्छ ।
किराहरुको लागि जोखिम क्षेत्र निर्धारण गरि किराहरुको अवस्था जस्तै खतरा, लोपोन्मूख, दुर्लभ, प्रशस्त आदिको अध्ययन गरेर प्राथमिकता अनुसार किराहरुको संरक्षण आफ्नै लगानीमा सिर्जना सामुदायिक वन उपभोक्ता समूहबाट कोहलपुर–४, रोहिणीमा सञ्चालित सामुदायिक वनमा र आफ्नै घरको छतमा किरा फिल्ड जिन बैंक स्थापना गर्नुभएको छ । हेर्नु राम्रो परम्परागत बाली संरक्षण कार्यालयहरुको नाम र काममा पनि केहि परिवरन गरि बाली, किरा तथा शुष्क सुक्ष्म जीवाणु संरक्षण कार्यालय भनेर
गर्ने र सबै घर, खेतबारीमा मित्रु किरा तथा सुक्ष्म जीवाणुको वासस्थान बनाएर किरा–फिल्ड जिन बैंकलाई, एकीकृत रोग किरा व्यवस्थापनको एक अभिन्न अंगको रुपमा लिनसके किरा संरक्षणमा ठूलो टेवा पुग्न जान्छ ।
आर्थिक दृष्टिले महत्व भएको (खान योग्य किरा, उत्पादन दिने किरा) र बाली बिरुवामा लाग्ने शत्रु किरा विरुद्ध प्रयोगमा आउन सक्ने फाइदाजनक किरा (मित्रुकिरा, शिकारीकिरा), परागसेचन किरा (बालीहरुबाट उत्पादन लिन, जैविक विविधता ह्रास हुनबाट बचाउन, वनस्पतिहरुको नियमित जीवन चक्रको लागि) को संरक्षण तथा उपयोग किरा–फिल्ड जीन बैंक के हो र किन घर–गोठ, खेत–बारी, कार्यालय तथा स्कुलहरु, सामुदायिक वन, सार्वजनिक स्थल, आदिमा कृषि किराहरु बस्ने वासस्थान र खानाहरुको व्यवस्था गरि किरा मैत्री वातावरण बनाएर राख्नु किरा फिल्ड जीन बैंक हो । आफ्नो
वरिपरी पाइने कृषि किराहरु (शत्रु किरा बाहेक) लाई मनपर्ने वासस्थान, सुरक्षित, आहाराहरु आदि व्यवस्थापन गरि उत्पादन लिनेतवरले किरा पाल्ने, किरा खेती गर्ने, किराको पार्क बनाउने, बिभिन्न कार्यमा प्रयोग गर्ने आदि जस्ता कार्य गरिन्छ । कृषि किराहरुलाई संरक्षण तथा प्रयोग गर्ने उद्देश्यले गरिने कार्यहरु गरिएको क्षेत्रनै किरा–फिल्ड जिन बैंक हो । एक दम सजिलो र थोरै लगानीमा कुनै पनि कृषि किराहरुबाट किरा फिल्ड जिन बैंक स्थापना गर्न सकिन्छ । धेरै जसो किराहरु मनपर्ने वासस्थान पाएपछि आफै आएर बस्छन र केहि किराहरु अन्य क्षेत्रबाट ल्याएर पाल्नुप्नुर्छ । पशुपशुन्छि पाले जस्तै किराहरुलाई पनि पाल्न सके धेरै फाइदा हुनजान्छ ।
आधुनिक खेती र बसाईको कारण झण्डै २०% जति किराहरु लोप भइसकेका छन र कुनै पनि क्षेत्र किरा मैत्री नभएको कारणले थुप्रै किराहरु लोपोन्मूख अवस्थामा छन् । किराहरुले हाम्रो र वातावरणको लागि अति महत्वपूर्ण भूमिका खेलेको हुन्छन । वातावरण सन्तुलित, (रोग किरा) नियन्त्रण गर्न, पानी तथा हावा शुद्ध गर्नु, मानव र पशुपन्छि तथा माछाको खाना र आहारा बनाउन, किरा तथा किराको उपज बिक्री गर्न, माटो मलिलो बनाउन, मनोरञ्जन लिन, अध्ययन अनुसन्धान गर्न, आदिको लागि किरा फिल्ड जीन बैंकको आवश्यक छ । किसानको उत्पादन क्षेत्र, समुदायको सामुदायिक क्षेत्र, अनुसन्धान क्षेत्र, घर गोठ क्षेत्र र शिक्षा क्षेत्र सबैमा यसको महत्व किरा–फिल्ड जीन बैंकको स्थापना र ब्यवस्थापन कषि गर्ने समुदाय स्तरमा सामुदायिक किरा फिल्ड जीन बैंक, स्कुल किरा फिल्ड जीन बैंक, किरा पार्क, घरायसी किरा–फिल्ड जीन बैंक इत्यादि स्थापना गर्न सकिन्छ । सामुदायिक किरा फिल्ड जीन बैंक दुई किसिमले गर्न सकिन्छ जस्तैः
समुदायमा रहेको सबै घरहरु मिलेर बिभिन्न किसिमको संरक्षण विधिहरु प्रयोग गरेर वा कुनै समुदा यको क्षेत्र वा भवनमा किरा संरक्षण गरेर गर्न सकिन्छ । साथै सामुदायिक वनमा पनि किरा फिल्ड जीन बैंक स्थापना गर्न सकिन्छ । त्यसैगरि कुनै घर परिवारले आफ्नै हिसाबले किराहरु संरक्षण गरेमा त्यसलाई घरायसी किरा–फिल्ड जीन छ । जसको कारण कृषि कर्म र सिकाई सहज, फाइदाजनक
र दीर्घकालीन हुन्छ । किराहरुबाट मानवले धेरै कुरा सिक्नुका साथैकिरा परापूर्वकालदेखिनै मानव खानाको रुपमा प्रयोग हुँदै आएको छ । सबै क्षेत्रमा किराहरुको संख्या र विविधता बढाउन किरा–फिल्ड जिन बैंक अति भनिन्छ । किरा–फिल्ड जीन बैंकको नामकरण गर्दा ठाउँको नाम वा किसानको नाम जोडेर गर्न सकिन्छ, जस्तै गोबर भ्याली सामुदायिक किरा–फिल्ड जीन बैंक, पर्मल घरायसी
किरा–फिल्ड जीन बैंक आदि । आफ्नो घरगोठ साथै खेतवारी वरिपरी किरामैत्री वातावरण साथै कीरालाई मनपर्ने ठाउँ र घरहरु बनाएर किरा फिल्ड जीन बैंक स्थापना गर्नु पर्छ । शुरुमा एउटा किरा मात्रबाट पनि शुरुवात गर्न सकिन्छ । कीरालाई मनपर्ने रङ, बोट– बिरुवा, घाम छाया, वस्तुहरु, काठहरु, पोखरी आदिको विचार गर्नु पर्छ । यसरी किरा–फिल्ड जीन बैंक बनाउँदा कृषि किराहरुलाई मात्र संलग्न गरिन्छ । उत्पादन दिने किराहरुलाई विशेष व्यवस्था गरि बिभिन्न प्रविधि अपनाउनु पर्छ ।
मुख्य ध्यान दिनुपर्ने कुरा कीरालाई बस्ने वासस्थान हो । वासस्थान राम्रो र मनपर्ने भए किरा आफै आएर बस्छ । केहि किराहरुलाई अन्य ठाउँ जस्तै वन जंगल, अन्य क्षेत्रबाट ल्याउन सकिन्छ । केहि किराहरुको वासस्थान तालिका २ मा उल्लेख गरिएको छ र वासस्थान बनाउँदा धेरै किसिमको कीरालाई मिल्नेगरि बनाउनु पर्छ । वासस्थान किरा–फिल्ड जीन बैंकमा गरिने मुख्य कार्यहरु आफ्नो क्षेत्रमा पाइने कृषि किराहरुको अभिलेख तयार गरि उक्त किराहरुको प्रयोग, किरा बस्ने ठाउँहरु र मन पर्ने खानाहरुको जानकारी लिने तथा टिपोट गर्ने कुन मौसममा कुन कीराहरु आउँछन त्यसको अध्ययन
गरि किराहरुको संख्या कसरी बढाउन सकिन्छ । जानकारी लिने वा खोज्ने कस्तो किसिमको विधि मार्फत किराहरुको संरक्षण र प्रयोग गर्न सकिन्छ भनेर समुदायमा छलफल गर्ने किरा–फिल्ड जीन बैंकमा पानी, खेल्ने ठाउँ, सुरक्षित क्षेत्र, खानेकुराहरु, राम्रो वातावरण, वासस्थानको किरा विशेष पनि हुन्छ, जस्तै कुनै कीरालाई माटो, कुनैलाई सतह नजिक, कुनैलाई उच्च ठाउँ मन पर्छ ।
जस्तै पुत्का मौरीहरु धोद्रो रुखमा, वा प्वाल परेको बुढो रुखमा बस्छन र जति ठाउ पायो, मह स्टक गर्दै जाने गर्छ । धोद्रो रुख भेट्यो भने यी मौरीहरू १०–१५वर्षसम्म रहनसक्छ । तेस्तै पुत्कालाई मनपर्ने बोटहरुमा खयर, जामुन, साँज, हर्रो, बर्रो, भलायो, गुर्जो, राजवृक्ष, भर्लो, कल्की फुल, सुनाखरी, आदि पर्दछ । व्यवस्था गर्ने, कृषि कर्म गर्ने क्षेत्रमा खेती गर्दा फूलफुल्ने बिरुवाहरु लगाउने र घाँसहरुलाई मुख््य बालीको छेउमा त्यतिकै छोड्दिने जसले कृषि मैत्री कीराहरुलाई बसोवास स्थल र खानाको आपूर्ति गर्दछ । किराको नामकरण सहितको संग्रालय बनाउने सबैखाले कृषि किराहरुलाई मिल्ने हिसाबले विभिन्न ठाउँहरुमा किरा घर बनाउने, घर गोठ बनाउँदा किरा बस्ने प्वालहरु बनाउने, माटोमा हनुे किराहरुलाई आवश्यक प्वाल, घर बनाउने, किराहरुलाई घर बनाउँदा चाहिने वयस्क पातको व्यवस्था गर्ने कृषि किराको संख्या प्रसस्त हुनेगरि मात्र किराहरु टिपेर प्रयोग गर्ने, उपयुक्त तरिकाले मात्र किराहरु
संकलन गर्ने किराहरुलाई नजिस्काउने र उनिहरुलाई आफ्नै वातावरण हुर्कन, खेल्न र जिउन दिने, कृषिमैत्री कीरालाई मन नपर्ने गतिविधि नगर्ने, जस्तै सकेसम्म राति बढी उज्यालो नबाल्ने÷नगर्ने, पातपतिंगर, थोत्रो तथा बुढो रुखहरु, पूरानो भाडा–कुँडाहरु आदि नजलाउने ठाउँ–ठाउमा किराहरुलाई मनपर्ने खानाहरु छर्ने, कुनैनिश्चित समयमा किराहरुको विविधता र संख्या अवलोकन गर्ने, विशेषत किराको बच्चा अवस्थाको विशेष संरक्षण गर्ने, प्राङ्गारिक खेती प्रणालीको अवलम्वन गरी जथाभावी
विषादीको प्रयोग नगर्ने, वरिपरीको जंगल संरक्षण गर्ने, डढेलो नलगाउने, विविध वनस्पतिहरु लगाउन
अनगिन्ति किराहरु भए पनि थोरैमात्र किराहरुको पहिचान र अध्ययन भएको छ । केहि किराहरुको काम र मनपर्ने वासस्थान तालिका २ मा उल्लेख गरिएको छ । कृषि वन जङ्गल, सडक किनार, नदी किनार, बारीको छेउछाउ, सार्वजनिक स्थल, भवनहरुमा फूल फुल्ने बोटविरुवा लगाउने, भिर मौरी, खाग मौरी आदि उत्पादन लिने किराहरुलाई काढ्दा जथाभावी तरिकाले काढेर छाउरालाई नोक्सानगर्ने, परम्परागत पद्धतिलाई निरुत्साहित गर्ने, स्थानीयलाई यी मौरीहरुको संरक्षण सम्बन्धी विशेष तालिम र जनचेतना दिने, घर, गोठ, खेतबारीमा किरा बस्ने वातावरण तथा किरा–मैत्री वातावरण बनाउने, कृषि किराहरुबाट सबैलाई अति नै फाइदा र उपयोगी हुन्छ भन्ने कुराको व्यापक जनचेतना जगाउने, कीरालाई मनपर्ने रङ, वस्तुहरुको व्यवस्था गर किराहरुको केहि फोटो चित्र ९ र १० मा दिइएको छ ।
कृषि किराहरुको पहिचान गरि उक्त किराहरुलाई मनपर्ने वासस्थानहरु सबैक्षेत्रमा बनाउने गर्नु परामर्श तथा सुझावहरु
कृषि (किसान किरा) किराको लागि सबैक्षेत्रमा किरा मार्ने विषादीहरु दुरुपयोग हुनुु मुख्य समस्या हो । किराको महत्वलाई धेरैले ध्यान नदिनु, किरा बस्ने वासस्थानहरु हराउन, कीरालाई मनपर्ने वातावरण नहुनु, बोट–बिरुवा कम हुनु आदि थुप्रै–थुप्रै कठिनाइहरु छन् । सबै ठाउँमा एकै बाली लगाउँदा किरालाई मन नपर्ने र थोरै किराहरुलाई मात्र महत्व दिँदा थुप्रै किराहरु लोप भएको अनुमान छ ।
स्थानीय किराले भन्दा विदेशी किराले प्राथमिकता पाउनु अर्को समस्या हो ।
सबै क्षेत्र, घर तथा समुदायमा किरा मैत्री वातावरण बनाउनु पर्छ । सदुपयोग मार्फत किरा संरक्षण कार्यमा जोड दिनुपर्छ । किराको वासस्थान र खाने, खेल्ने ठाउँको व्यवस्था मिलाउनपुर्छ। संरक्षणको लागि सामुदायि क जीन बैंक अन्तर्गत सामुदायिक किरा फिल्ड जीन बैंक र घरायसी जीन बैंक अन्तर्गत, घरायसी किरा–फिल्ड बैंक स्थापना गर्नु जोड दिनुपर्छ । त्यसैगरि धार्मिक स्थलहरु
तथा सार्वजनिक स्थलहरुमा, अनुसन्धान केन्द्रहरुमा, फार्महरुमा, सामुदायिक वन तथा शैक्षिक क्षेत्रहरुमा किरा फिल्ड जीन बैंक स्थापनाको साथै किरा मैत्री हुनेगरि कार्य गर्नुपर्छ । राष्ट्रिय निकुञ्ज तथा कृषि वंशाणु आरक्ष स्थलहरुमा किरा संरक्षणको लागि विशेष जोड दिनुपर्छ । सबै कृषि किराहरुको प्राकृतिक वासस्थानको खोज, आवश्यक वातावरण तथा खानाहरुको अध्ययन अनुसन्धान सँगै विषादी प्रयोगमा विशेष ध्यान दिनुपर्छ ।
सम्पूर्ण कृषि किराहरुको खोजमूलक अनलाईन अभिलेख बनाउन सके कीरालाई संरक्षण गर्न सहयोग हुनेछ ।
आ–आफ्नो क्षेत्रमा पाइने राष्ट्रिय महत्व भएको नेपालीपनको सबै कृषि किराहरुको अभिलेख, अध्ययन, प्रयोग र संरक्षण गर्नु आवश्यक छ ।
सन्दर्भ सामग्री :
1.Joshi BK and D Upadhya.2019. On-farm Conservation
Approaches for Agricultural Biodiversity in Nepal.
Journal of Agriculture and Natural Resources
DOIM httpsM.doi.org.10.3126 /
2. Joshi BK, NA Gorkhali, N Pradhan, KH Ghimire, TP
Gotame, P KC, RP Mainali, A Karkee and RB Paneru.
2020. Agrobiodiversity and its Conservation in Nepal.

प्रतिक्रिया दिनुहोस्