समाचार

किसान दान लिने वर्ग होइन

धनबहादुर मगर
असोज १४ राष्ट्रिय किसान सञ्जाल आयोजनामा अन्तर्राष्ट्रि कृषि विकास कोषको सहयोगमा एशिया प्रसान्त किसान कार्यक्रम अन्तर्गत तरकारी उत्पादन, प्याकेजिङ र बजारीकरण सम्बन्धी असोज १३ र १४ गते दुईदिने तालिम कार्यक्रम सम्पन्न भएको छ ।
तालिमको समापन कार्यक्रमका प्रमुख अतिथि भूमि आयोगका उपाध्यक्ष, राष्ट्रिय किसान सञ्जालका संयोजक, अखिल नेपाल किसान महासंघका सचिव तथा संगठन विभाग प्रमुख नहेन्द्र खड्काले तालिममा सहभागी किसानहरुलाई शुभकामना दिँदै जुनसुकै राजनीति विचार भएपनि किसानका सामूहिक मुद्दा भनेको बजारीकरण र उत्पादनसँग जोडिएको बताउनु भएको छ । जतिसुकै उत्पादन गरे पनि बजारले चिनेन भने अर्थहीन हुन्छ । समय अनुसार माग र आपूर्तिको महत्वपुर्ण भूमिका हुन्छ । कम उत्पादनबाट नाफा गर्ने खालको नीति अपनाउनु पर्ने, तालिमबाट २ वटा ज्ञान सिके पनि जीवनमा रणनीतिक रुपमा महत्वपूर्ण हुने बताउनु भयो । खड्काले सबभन्दा बढी जानेको मान्छे भन्दा सबभन्दा बढी बुझाउन सक्ने हुनुपर्छ । सिकाईमूलक कार्यक्रम भएकोले सदुपयोग गर्न आग्रह गर्नु भएको छ ।
नेपाल कृषि सहकारी संघका महाप्रबन्धक रुद्रप्रसाद भट्टराइले उत्पादन र बजारीकरण एका अर्का बीच परिपूरक भएको बताउनु भएको छ ।
त्यसैगरी कृषि विज्ञ महेश्वर सुवेदीले किसानहरु बिग्रीनुको पछाडि धेरै नाफा कमाउन चाहेर बिग्रेको हो । किसान महान वर्ग हो । किसानलाई अनुदान होइन पुरुस्कार दिने हो । किसान दान लिने वर्ग होइन ।
तालिममा सहभागी ३५ जना किसानहरुलाई प्रमाण पत्र तथा पुरुस्कार प्रदान गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close