धनबहादुर मगर
काठमाडौं, साउन २३, पर्यावरणीय कृषिको रुपान्तरण अभियानमा विगत १५ वर्षदेखि निरन्तर लागिरहेको खाद्यका लागि कृषि अभियानले नेपालको पर्यावरणीय कृषिको रुपरेखामाथि छलफल गरेको छ ।
खाद्य र कृषि विकासको लागि निरन्तर वहस र पैरवी गर्दै आएको खाद्यका लागि कृषि अभियानले भोलीका कृषिको मार्गचित्र सम्बन्धी रोड म्यापको बारेमा गहन छलफल हो ।
छलफलमा नेपाल जस्तो भौगोलिक अवस्थिति भएको देशमा पर्यावरणीय कृषिको महत्व अझ बढ्दै जाने अन्तक्र्रिया कार्यक्रममा उठेको छ ।
अन्तरक्रिया कार्यक्रममा सन् २०१० देखि निरन्तर वहस र पैरवी गर्दै आएको संस्थाले २०१० देखि २०२५ सम्मको प्रगतिको समीक्षा गर्दै यहाँसम्म आइपुग्दा नीतिगत रुपमा उल्लेख्य काम भएको प्रस्तुती गरेका उल्लेख गरेका छन् । नीतिगत रुपमा अभियान सफलका भएको देखिएको छ ।
सरकार, किसान र अभियानकर्मी एकसाथ भएर अघिबढ्नु पर्ने कुरामा जोडदिदै विष रहितको कृषिको मार्गचित्र व्यवहारमा कार्यन्वयन गर्नु पर्ने कुरामा जोड दिएको छ ।
छलफलको विषय आम उपभोक्ताको स्वास्थमा ख्याल गर्नुपर्ने अन्तक्र्रियात्मक कार्यक्रममा नीतिगत रुपमा अभियान सफल भएपनि किसानसँग जोडिनु पर्ने कुरामा जोड दिएका थिए । कृषिलाई किसानसँग जोडिनु पर्ने कुरामा अझै मिहिनेत गरि अभियानलाई आन्दोलनको रुपमा विस्तार गर्नु पर्ने धारणा सहभागी अभियानकर्मीहरुले जोड दिएका थिए ।
स्थापना कालदेखिनै विभिन्न चरणमा दस्तावेजीकरणमा सरकारलाई समेत सहयोग पु¥याएको अभियानले नेपालको दीगो पर्याववरणणीय कृषिको मार्ग चित्रको बारेमा विगत देखिनै आफ्नो वहसलाई खरो रुपमा अगाडि बढाउदै आएको छ ।
अन्तक्र्रियात्मक कार्यक्रममा डा.कृष्ण प्रसाद पौडेल, टिका भट्टराई, सोमत घिमिरे, दिपेस नेपाल, मदन पौडेल, पञ्चकाजी श्रेष्ठ, सुरेश तामाङ, प्रयास अधिकारी, सरोज खतिवडा लगायत अभियानकर्मीहरुले भावी पर्यावरणीय कृषिको मार्ग चित्रलाई अगाडि बढाउने छलफल गरेका थिए ।
तीन–तीन वर्षको कार्यवधिमा नयाँ कार्यसमितिको गठन हुने खाद्यका लागि कृषि अभियानले नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ ।
जसमा संयोजक उद्धव अधिकारी, सदस्यहरु डा.कृष्णप्रसाद पौडेल, दीपेस नेपाल, निमा ह्ेल्मो, रीता गुरुङ, प्रयास अधिकारी, संस्थागत सदस्यमा राष्ट्रिय भूमि अधिकार मञ्च, राष्ट्रिय कृषक समूह महासंघ, नेपाल कृषि पत्रकार संघ (अनाज) रहेको ९ सदस्यी कार्य समिति चयन गरेको छ ।
फोरेष्ट एक्सन सचिवालय सदस्य रहेको छ । कार्यक्रमको सहजीकरण फोरेष्ट एक्सन नेपालका कवि भट्टराई र शारदा खतिवडाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्