अन्तर्वार्तासमाचार

राज्यले सोच्न नसकेको विषय बजार हो बालकृष्ण श्रेष्ठ

निर्देशक गुरु श्री एग्रीकल्चर मेशिनरी प्रा.लि.

बालकृष्ण श्रेष्ठ व्यवस्थापक गुरु श्री एग्रीकल्चर मेशिनरी प्रा.लि. तथा च्याउको बल बनाउने मेशिनको निर्माता
नेपालमा च्याउ खेती गर्ने किसानहरुका लागि च्याउ उत्पादन गर्ने बलर मेशिन बनाउने पहिलो व्यक्तित्व हुनुहुन्छ । बालकृष्ण श्रेष्ठ जसले कृषिसँग सम्बन्धित विभिन्न प्रकारको कृषि औजार र मेशिनहरु स्वअध्ययन, अनुसन्धान, परिश्रम, आफ्नै डिमाग र बुद्धि विवेक प्रयोग गरि नेपालको कृषि क्षेत्रमा योगदान पु¥याउन भएको छ । उहाँसँग कृषि जर्नल मासिकका लागि धनबहादुर मगरले गरेको कुराकानीको प्रस्तुत अंश
तपाईको परिचय दिनहोस न ?
बालकृष्ण श्रेष्ठ गुरु श्री एग्रीकल्चर मेशिनरीको प्रा.लिको व्यवस्थापक सञ्चालक, कृषि औजार तथा कृषि सम्बन्धी मेशिन बनाउने काम गर्छु र विशेषगरि भन्ने हो भने च्याउ उत्पादन गर्ने, च्याउको बल बनाउने मेशिन बनाउने व्यक्ति हुँ भनेर भन्न चाहन्छु । सम्पूर्ण काम म आफ्नै तरिकाले गर्दछु । अरुपनि केही कृषि मेशिनहरु आफै बनाउँदै आएको छु । जस्तैः शुरुमै च्याउ खेती गर्ने मेशिन बनाएको छु ।
किनभने नेपालमा च्याउखेती गर्नका लागि च्याउ उत्पादक तथा किसानहरुलाई असाध्यै दुख थियो । शुरुमा म आफै च्याउखेतीमा संलग्न भएपछि मैले पनि त्यो दुखः थाहा पाएँ । मैले त्यो च्याउ खेती गर्न मेशिन बनाउन सक्ने रहेछ भन्ने महशुस भयो । म च्याउ खेतीमा संलग्न भएको कारण धेरै कुरा थाहा पाएँ । धेरै वर्षसम्म नेपालमा च्याउ खेती गर्न बल बनाउन सक्ने स्थिति रहेनछ अन्तिममा आएर मैले २०७० सालमा च्याउ खेती गर्न शुरु गरिसकेपछि त्यसको समस्या बुझेर मैले च्याउको खेती गर्न बलर मेशिन बनाउने प्रक्रिया शुरु गरेँ । त्यसो गर्दा अत्यन्तै सजिलो हुने देखेर बनाएँ । च्याउ उत्पादन गर्ने बलर मेशिन बनाउने आवश्यक रहेछ भनेर आफ्नै समस्या आफैले पाएको दुखःले गर्दा मैले त्यो महशुश गरे । त्यो मेशिन बनाउन मैले २०७० सालदेखि २०७१ सालसम्म १ वर्ष भन्दा बढी समय लगाएर अनुसन्धान गरेँ । मलाई त्यसको डिजाइन देखि तयारी गर्न करिब १४ महिना समय लाग्यो । अनवरत प्रयास गरिसकेपछि मेशिन परिक्षण गर्न सफल भएँ ।
यो कुरा नेपाल सरकार कृषि विकास मन्त्रालयको कीट विकास निर्देशनलयलाई समेत जानकारी गराएँ मेशिन बनाउने सफल भइसकेपछि नेपाल सरकारले आफ्नो कार्यक्रम कृषकहरुलाई अनुदानमा मेशिन वितरण गर्ने कार्यक्रम राख्यो । त्यसै अनुरुप हामीले बनाएका धेरै मेशिनहरु किनी दिनुभयो । नेपाल सरकार कृषि विकास मन्त्रालय अन्तर्गत कीट विकास निर्देशनालयले २०७२÷०७३ को कार्यक्रममा १० वटा मेशिन अनुदानमा वितरण गर्ने कार्यक्रम राख्नु भयो ।
नेपाल सरकारले कार्यक्रम राखेकोमा हामी धेरै आभारी भयांैं । हामीलाई नेपाल सरकारले सहयोग गरेर कारखाना चलाउन प्रोत्साहन गर्नुभयो । त्यसपछि हामी नेपाल सरकारलाई धेरै धेरै धन्यवाद दिदै हामीले पनि मेशिन बनाउने कार्यक्रम अगाडि बढायौं ।
अहिले च्याउखेती गर्ने बलर मेशिन मात्र नभएर मह प्रशोधन गर्ने मेशिन, बाँदर धपाउने मेशिन, पनि बनायौं । मकै रोप्ने मेशिन पनि बनायौं । अलिकति परिमार्जित गरेर च्याउको बिउ बनाउन चाहिने अटो क्लेभ पनि बनायौं । यस्तै किसिमका ८–१० प्रकारका मेशिनहरु बनाईराखेको छौं ।
यहाँले च्याउ खेती गर्ने बलर मेशिन बनाउनु भयो । त्यो परिक्षणका कालमा पनि सफल भयो । म आफै पनि गएको थिएँ । मैले नै यसको विषयमा गोरखापत्र दैनिकमा तपाईको कामको फिचर प्रकाशित भएको थियो । परिक्षण गर्ने ठाउँमा यो मेशिन सफल पनि भयो । त्यसपछि च्याउ उत्पादक किसानहरुले प्रयोग गरिसकेपछि उहाँहरुले कस्तो अनुभव सुनाउनु भयो ?
च्याउको खेती गर्ने किसान साथीभाईहरुले सबभन्दा पहिलो लटमा भक्तपुरको च्याउ उत्पादक सनिश लगेजु, सुर्खेत, काभ्रे,लगायत कृषकहरुले तीनठाउँमा अत्यन्तै सफलतापुर्वक मेशिन प्रयोग गरेर च्याउ खेती गर्नुभयो । गोरखापत्र दैनिक, अन्नपूर्णा दैनिक, समाचारपत्र दैनिक लगायतका पत्रपत्रिकामा समाचार प्रकाशित समेत भए । च्याउ खेती गर्न बल बनाउने मेशिनको बारेमा उहाँहरुले निकै प्रशंसा पनि गर्नु भयो ।
नेपालमा २०३२ सालदेखि व्यवसायिक च्याउ खेती शुरु भएको हो । यतिका लामो समयको अन्तरालमा प्रविधि पाएका थिएनौं । हातले गर्नुपथ्र्यो । आसध्यै गाह्रो थियो । च्याउको खेती गर्न असाध्यै महँगो पथ्र्यो । अब नेपालमा प्रविधि आएको छ । गुरु श्री एग्रीकल्चर मेशिनरी प्रा.लिले च्याउ खेती गर्नका लागि बलर मेशिन बनाएको छ । अब हामीलाई असाध्यै सजिलो भयो र यो मेशिनबाट च्याउको खेती गर्दा खेरी प्रति पोका १ केजी बढी फल्यो र यो असाध्यै राम्रो रहेछ । भन्ने प्रशंसायुक्त अनुभव पनि सुनाउनु भयो ।
मान्छेले गर्ने र मेशिनले गर्नु धेरै फरक हुन्छ । च्याउ फलाउने मेशिन बल बनाउन सजिलो छैन । जुन च्याउ फलाउने बल बनाइन्छ र त्यति सजिलो छैन । पराललाई पोको पारेर हातले पराललाई प्लाष्टिकमा हालेर पोको पार्ने काम गरिन्छ । तपाईले त त्यस्तो मेशीन बनाई दिनुभयो मेशिनलेनै पराल घुसाएर मेशिनलेनै बीउ पनि राख्ने, मेशिनमै पराल स्टिम गर्ने, त्यस्तो साधानहरु पनि बनाई दिनुभयो । यो अवस्थामा यसले चाहीँ अझ परिमार्जित भएर, अझै किसानहरुलाई सजिलो बनाई दिने जुन प्रविधि तपाइले बनाई दिएपछि उहाँहरुले प्रयोग गर्नुुभयो, अझ किसानहरुका लागि कस्तो खालको बनाईदिँदा अझै सजिलो हुन्छ भन्ने कुनै अनुभव सुनाउनु भएको छ ?
ठिमीको आकाश वाडेज्यू च्याउ उत्पादन गर्ने उहाँ ठूलो किसान पनि हुनुहुन्छ । उहाँले ग्यानोड्रमा, सिताके, कन्य, गोव्रे च्याउ लगायत सबै च्याउहरु उत्पादन गर्नुहुन्छ । च्याउखेती गर्न उहाँले मेशीन लानु भयो । उहाँले मलाई एकचोटीमा २ वटा पोका आउनेगरि यो भन्दा राम्रोसँग बनाईदिनु भन्नु भयो । जुन मेशिनले सिताके च्याउको लागि पनि बल बनाउन सकियोस् । रातो च्याउ ग्यानोड्रमा पनि उत्पादन गर्न सकियोस् कन्या च्याउ पनि उत्पादन गर्न सकियोस् भन्नुभयो । त्यही अनुरुप मैले २ वटा पोको एकचोटीमा ३०–३५ सेकेण्डमा आउने पनि बनाई दिएँ । उहाँले निकै प्रसंशा गर्नु भएको छ । उहाँले त्यो मेशिन सफलतापूर्वक प्रयोग गर्नु भएको छ । त्यसपछि अरु मित्रहरु भैंसेपाटीको हरिजीले अब हामीलाई हातले सम्भव भएन हातले असाध्यै महँगो भयो । हामीलाई पनि त्यो पहिलाको जस्तो ठूलो पोका नभई सानो पोको बनाउने एकचोटीमै दुइपोका आउने, ८–१० इञ्जीको पोका बनाउन सक्ने मेशिनको अर्डर गर्नु भयो । किसान साथीहरुले पूराना मोडललाई चेञ्ज गर्दै नयाँ मोडलमा प्रवेश गर्नु भएको छ । त्यसै अनुसार हामीले मेशिन पनि बनाई दिएका छौं ।
लागत भनिन्छ नि, ३ जना मानिसले १ घण्टामा कम्तिमा पनि ५०–६० वटा बल बनायो भने मेशिनले चाहीँ कति वटा बनाउन सकिन्छ ?
१ घण्टामा यो मेशिनले एक जना मात्र लागिप¥यो भने ४० वटा देखि ५० वटासम्म बल बनाउन सकिन्छ । १ जनाले १ घण्टामा ४० वटा बल आफैले पराल हालेर, आफैले मेशिन चलाएर, त्यही मेशिन २ जना लाग्यो भने करिब ७० वटा बल बनाउन सकिन्छ ।
पारिश्रमिकमा पनि फरक प¥यो । प्रविधि प्रयोग गरिसके पछि त्यसले सहज पनि भयो । यसरी मेशिनलाई पहिलो चोटी आफैले अनुसन्धान गरि बनाउनु भयो । मेशिन बनाउने अवधारणा चाहीँ कसरी आयो ?
म पहिले पनि इलेक्ट्रीसियन तालिम लिएको र इलेक्ट्रीसयनमा इन्जिनियर सरह नभए पनि साधारण पसलमा रेडियो, टेलिभिजन बनाउन सक्ने तालिम लिएको थिएँ । सँग–सँगै म टेक्सटाइलमा हेड मिस्त्री थिएँ । डिजाइनिङ्ग, अप्रेटरेटिङ्ग, मेशिन बनाउने सबै काम गर्ने गर्थे । मलाई मेशिन सम्बन्धी एकदमै राम्रोसँग ज्ञान भएको र रेडियो इलेक्ट्रोनिक्सको काम पनि जानेको, इलेक्ट्रोनिक्स सम्बन्धी कसैलाई केही भन्नु नपर्ने, मेशिन सम्बन्धी पनि हरेक किसिमको पार्ट पुर्जाको ज्ञान भएको, २० औं वर्षासम्म म त्यो मेशिन चलाइएरै बसेको, हुनाले मैले मेशिनरी सम्बन्धी केही कामहरु जानेको थिएँ । त्यो व्यवसायबाट कट अफ भएपछि च्याउ खेतीमा लागेँ । च्याउ खेतीमा लाग्ने बित्तिकै मलाई असाध्यै उत्साह भयो । हामीले च्याउखेती शुरु गर्दा ७ सय रुपैयाँ लागत लगाएको थिएँ । ७ सयबाट शुरु गरेकोमा उत्पादन फस्टाएर ४२ हजार रुपैया कमाउन सफल भयौं । यो व्यवसाय असाध्यै राम्रो रहेछ भन्ने लाग्यो । अब च्याउ खेती विस्तार गर्नुपर्छ भनेर त्यो व्यवसाय गर्नको लागि ४ वटा टनेल बनायौं । टनेल बनाई सकेपछि हामीलाई त्यो टनेल भर्नको लागि असाध्यै गाह्रो भयो । २ जना दाजुभाईले गरेर पनि सम्भवनै भएन । अनि काम गर्ने ज्यामी खोज्नु प¥यो । ज्यामी गाउँमा एउटा पनि नपाउने । बुढाबुढी र केटा केटी पाइने । त्यो पोको बनाउने जवान र बलियो चाहिने । वडो समस्या परेपछि ओहो ! यो काम चाहीँ मेशिनले गर्न पाए त पैसा कति कमाइन्छ भन्ने लाग्यो । एकदम उत्साह जाग्यो त्यसपछि यो काममा यसरी फाइदा हुँदो रहेछ भनेर मेशिन बनाउन काममा पनि हात हालेँ । यो मेशिन बनाउन सक्छु भन्ने आँट पनि अयो किनभने मसँग कपडा बुन्ने मेशिनको सम्पूर्ण प्राविधिक ज्ञान थियो । सबै पार्टपुर्जा अंश–अंश बनाउने सक्थेँ । मैले अनि त्यही पाटपुर्जालाई प्रयोग गरेर त्यो च्याउ खेती गर्दा पोका बनाउने मेशिन सम्भव हुनसक्छ भन्ने कल्पना गरेँ । मलाई गाह्रो भएको र देशवासीहरुले च्याउको खेती गर्दा परेको समस्या देखेर मेरो मनमा प्रेरणा आयो र मैले च्याउ खेती गर्दा बल बनाउन मेशिन बनाउन शुरु गरेँ ।
किसानहरु कतिको लाभान्वित भएको पाउनु भएको छ । यसबाट पहिलो त यहाँ आफै किसान भएर शुरु गर्नुभयो ?
म आफै कृषक भएर शुरु गरेँ । मैले बनाएको मेशिन प्रयोग गरेका एकजना किसान मित्रले भन्नुभएको थियो मेशिन प्रयोग गर्दा १ वर्षमा १५ लाख कमाएर घरेडी पनि किने । यिनै मेशिनबाट बल उत्पादन गरेर भन्ने कुरा गर्नुभयो । अर्को चन्द्रानिगापुरका किसान मित्रले मैले १२–१३ सय वटा च्याउको बल बनाएँ, असाध्र्य राम्रो फल्यो । असाध्य खुशी लाग्यो भनेर फेस बुक र यूटुयवमा समेत हाल्नु भएको थियो । काभ्रेका कृषक राम सर पनि कृषक हुनुहुन्छ । मेशिन प्रयोग गर्न पाएर उहाँ पनि एकदमै खुशी हुनुभयो । खुशी भएर व्यवसायिक किट विकास निर्देशनालयका प्रमुख हरिहर शर्मा, योजना प्रमुख जगनाथ सरलाई लगेर देखाउन भयो । यस्तो प्रविधि अहिलेसम्म पाएका थिएनौं । यो प्रविधि नेपालमा राम्रो र सफल भयो भनेर नेपालको कृषकहरुलाई अनुदान कार्यक्रम पारित गराउनु भयो । च्याउ उत्पादन गर्ने किसानहरु खुशी व्यक्त गर्नु भएको अनुभवहरु शेयर गर्नु भयो । त्यसरी नै भक्तपुरका च्याउ उद्यमी सनिश लगेजुले त प्रशस्तै प्रशंसा गर्नु भएको छ ।
नेपालमा पहिलो पल्ट च्याउ उत्पादन गर्ने बल बनाउने मेशिनको श्रेय चाहीँ तपाईलाई नै जान्छ । अहिलेसम्म पनि अरु कसैले पनि बनाउन सकेको छैन । पहिलो व्यक्ति भनेको तपाई नै हुनुहुन्छ । जसले जे भने पनि बालकृष्ण श्रेष्ठ भनेर चिनिन्छि । अब यो प्रविधि किसानको लागि अलिकति महँगो भयो भनेर, भन्ने गरेको पाइन्छ । हामीलाई आर्थिक रुपमा महँगो भयो भन्ने कुराहरु पनि आएका छन् । हामीले कहाँबाट पैसा ल्याउने भन्ने कुरा गर्छन् । राज्यले सहुलियत दियो भने किसानले प्रयोग गर्न सकिन्छ । किसान सबैसँग त्यस्तो धेरै पैसा हुन्न । यसलाई सर्वसुलभ ढंगले किसानको हातमा पुग्नको लागि यहाँले केही नयाँ कुरा सोच्नु भएको छ ?
अझ सस्तोमा, अझ सुहुलियत दरमा, अझ उच्चस्तरको प्रविधियुक्त, अझ गुणस्तरीय उत्पादन दिने किसिमको, अझ यही मेशिनबाट कुनै त्यस्तो नयाँ सोँच योजना सोच्नु भएको छन् की ?
हामीले सम्पूर्ण पार्टपुर्जा, हात र लेथ मेशिनको प्रयोग गरेर बनाउनु पर्छ । जसको कारण महँगो पर्न गएको हो । त्यही सामान बनाउनको लागि नेपाल सरकारले प्रविधिमा अलिकति सहयोग गरिदिनु भयो भने पार्ट पुर्जाहरु हामीले आफनै कारखानामा निर्माण गर्न सक्छौ । त्यसो गर्न सक्यौं भने यो मेशिनको मूल्य सम्पूर्ण खर्च कटाएर पनि आधा हुन आउँछ ।
यो हातले (हस्तकला) मार्फत यो मेशिन तयार गरिएको हो । तर साना–साना पार्टपूर्जा बनाउन समेत मेशिनबाट बनाउन सकियो भने यसको मूल्य आधा पनि पर्दैन । जस्तै हामीले ३ लाख ५० हजार पर्ने मेशिन सिधै २ लाखमा दिन सक्छौं ।
विदेशमा एउटा वासर बनाउन २५–३० पैसा भन्दा बढी पर्दैन । नेपालमा त्यो वासर बनाउनै सकिदैन । एउटा पिष्टन बनाउन नेपालमा २–३ हजार खर्च हुन्छ । त्यो मेशिनले बनाउन सकियो भने त्यो २ सय रुपैयाँ पनि पर्दैन । त्यसो भएको हुनाले यसलाई कुटेर पिटेर अनेक गरेर एउटा मेशिनको एउटा रुप तयार पार्नुपर्छ । त्यसकारण महँगो भएको हो । त्यसमा नेपाल सरकारले देशको किसानहरुलाई सस्तो कृषि प्रविधि कसरी उत्पादन गर्ने भन्ने सोची दिनु भयो भने हामीसँग समन्वय गरेर सरकारनै सहभागी भएर बनाई दिनुभयो भने यो अत्यन्तै सस्तोमा किसानहरुलाई उपलब्ध गराउन सक्थ्यौं ।
अटो क्लेभ र स्टिमर भन्नुभयो नि, यसको पनि परिचय दिनहोस् न सबैले अंग्रेजी भाषा नबुझ्न सक्छ ?
अटो क्लेभ र स्टिमर फरक फरक प्रविधि हुन् । भारत र चीनबाट आउँछ । महँगा–महँगा पनि छन् । स्ट्याण्डर्ड पनि छन् । राम्रो प्रविधि भनेर सोच्छन् । तर नेपालमा त्यही अटो क्लेभ चीन र भारतको भन्दा नेपाली पारामा, नेपालीपनमा उनीहरुको भन्दा आधा सस्तोमा बनाई दिएका छौं । हामीले त्यसमा दुबै थरिका प्रविधि लगाएर त्यो सस्तो मूल्यमा बनाई दिएका छौं । त्यसले च्याउ खेती गर्नको लागि बिउ बनाउन काम गरिन्छ । च्याउको बीउ उत्पादन गर्न गहुँलाई स्टिम गनुपर्छ ।
स्टिमरको काम चाहीँ नेपालभर कहीँ पनि थिएन । पूरानो प्रविधि भनेको ड्रममा उसिन्ने, पोटासीमा बफाउने गरिन्थ्यो । ड्रममा स्टिम गर्दा राम्रोसँग स्टीम नभएको कारण च्याउ खेती असाध्यै बिग्रने हुन्थ्यो । राम्रो कमाई हुन्छ भनेर २० औं लाख लगानी गरेर च्याउको खेती गर्छन । सानो–सानो गल्तीले गर्दा भुसुक्कै डुबेर अब देखि च्याउको खेती गर्दैनौं भनेर कान समातेर छोड्ने किसानहरु धेरै छन् । तर हाम्रो स्टिमरमा चाहीँ त्यस्तो हुँदैन । स्टिमर भित्र सबभन्दा महत्वपूर्ण कुरो भनेको ग्याँस स्टोर हुन्छ । ग्याँसले सबै कुना कन्तरातिर पु¥याई पराललाई राम्रोसँग स्टिम हुन्छ । र राम्रोसँग स्टिम गर्ने भएको हुनाले त्यो प्रभावकारी रहेको छ । यसरी खेती गरेको ठाउँमा आजको दिनसम्म बिग्रेको कहीँ छैन । र सबै ठाउँमा यो स्टिमर ठीक छ । यो असाध्यै राम्रो छ भनेर प्रत्येक वर्ष १०–१५ वटा सरकारको अनुदान कार्यक्रममा हामीले स्टिमर बनाएर दिएका छौं ।
यहाँले नयाँ–नयाँ सोँचको प्रविधिहरु पनि निकाली रहनु भएको छ । मैले सुने अनुसार यहाँले मह प्रशोधन गर्ने, मकै रोप्ने, भन्नु भएको छ । यो त चिन र भारतबाट पनि ल्याएर प्रयोग गरेका छन् । अहिलेको हुँदै नभएको मेशिन कोदो रोप्ने मेशिन हो, हाम्रो जस्तो पहाडी मुलुकमा, हाम्रो जस्तो भौगौलिक विकटता भएको देशमा, बारीमा कोदोको खेती गरिन्छ । यतिबेला हाम्रो देशको कृषि उत्पादन समेत घटीरहेको छ । कोदो रोप्ने मेशिन हामीलाई आवश्यकता परेको छ । यही अवधारण लिएर यो पनि बनाउनु पर्छ भनेर तपाईले भनिरहनु भएको छ । यहाँको कोदो रोप्ने मेशिन सफल भयो भने नेपालको खाद्यान्न उत्पादनमा ठूलो सहयोग पुग्ने देखिन्छ । मेरो विचारमा अब यो कोदो रोप्ने मेशिन बनाउन यहाँले कहिले शुरु गर्नुहुन्छ ?
कुनै पनि कुरा अनुसन्धान गर्नको लागि लामो समय लाग्छ । धेरै पैसा लाग्छ । धेरै मिहिनेत गर्नुपर्छ गुरु श्री एग्रीकल्चर मेशिनरी प्रा.लि. स्थापना भएको ९ वर्ष भयो । ९ वर्षमा हामीले प्रत्येक वर्ष १÷१ वटा मेशिनको आइटम बनाएका छौं । अहिले ९ वटा आइटम बनेको छ । अबको आइटम भनेको कोदो रोप्ने मेशिन हुनेछ । त्यसलाई पनि अलिकति समय लाग्छ । यसलाई छिटो गर्नको लागि नेपाल सरकारले हामीलाई अनुसन्धान गर्न सहयोग गर्नुप¥यो । र हामीलाई नेपाल सरकारबाट प्रोत्साहन पाउनु पर्छ । त्यसो भयो भने हामी छिटो बनाउन सकिन्छ ।
बालकृष्ण श्रेष्ठ कुनै ग्राजुएट इन्जिनियर होइनन्, उहाँ नेपालको हामीजस्तै सामान्य नागरिक हुनुहुन्छ । तर पनि आफ्नै बलबुक्ता, साहस, आफ्नै विवेक, नेपालको देश विदेशमा गएर, पढेर पिएचडी गरेका, पढेका, कुनै बैज्ञानिक भन्दा कम छैनन् । नेपालको कृषि क्षेत्रलाई महत्वपूर्ण योगदान दिनुभएको छ । यो एउटा देशको लागि पनि गौरवको कुरा हो । त्यसकारण पनि यहाँले कोदो रोप्ने मेशिन बनाउन सपना बोक्नु भएको छ । यसका लागि मेरो तर्फबाट धेरै धेरै शुभकामना छ, सफल होस् । नेपालको कृषि क्षेत्र र खाद्य प्रणालीलाई ठूलो सहयोग पु¥याईयोस् । नेपालको कोदो भनेको आदिवासी परम्परागत बाली पनि हो ।
यहाँलाई केही प्रश्न सोध्न मन लागेको छ । दुई ठूला देशको बिचमा हाम्रो देश रहेको छ । नेपालको कृषि खस्किरहेको छ । यहाँले देखिरहनु भएको छ । नेपालको बालीनाली बिग्रदो अवस्था छ । यस विषयमा यहाँको विचार के छ ?
अहिलेको अवस्थामा अत्याधिक कृषकका छोराछोरीहरु विदेश पलायन भएका छन् । गाउँघरमा गाईभैंसी पाल्न अध्याधिक कम भएको छ । मानिसको काम मेशिनले लिएको छ । खेती गर्ने माटो उर्वरा शक्ति कम हुँदै गएको छ । त्यसो भएको हुनाले नेपालमै प्रविधि उत्पादन गरेर नेपालमै पुनः फेरि पनि गाईभैंसी पाल्ने, फार्महरु खोल्ने, तिनै किसानहरुलाई सरकारले प्रविधिमा सहयोग गर्ने, मल बेलामा पाइदैन, काम गर्ने जनशक्ति पाइदैन, काम गर्नसक्ने विदेशमा गएका छन् । विदेशमा जाने जनताका छोराछोरीलाई स्वदेशमै बसेर कामगर्ने वातावरण बनाउन पर्छ, । वर्षको अर्वांै अर्बको कागती लगायत, फलफूलहरु तथा तरकारीहरु, कृषि सामाग्रीहरु र औजारहरु विदेशबाट नेपाल ल्याइन्छ । ती वस्तुहरु प्रयाप्त मात्रामा नेपालमा उत्पादन हुने हो भने कुनै पनि युवायुवती र किसानहरुका छोराछोरीहरु रोजगार खोज्न विदेशमा जान पर्दैन । त्यसरी नेपालमै प्रविधि उत्पादन गर्ने, नेपालमै गाईवस्तु पालन गर्न प्रोत्साहन दिने, युवाहरुलाई नेपालमा राम्रोसँग खेती किसान गर्न दिने हो भने फेरि अत्यन्तै उत्साहजनक कृषि उत्पादन बढ्छ । नेपाली युवाहरुले थाहा पाउने छन् कि विदेश जान बेकार रहेछ । विदेशमा जाने ठाउँमा यहाँका खाली जमीनको प्रकृति हेरेर खाली जमीनमा कागती, स्याउ, सुन्तला लगायतका फलफूल लगाउन सकियो भने विदेशमा जानेभन्दा अत्यन्तै फाइदा हुँदो रहेछ । स्वादेशमै च्याउ खेती ग¥यो भने विदेशमा जानुभन्दा धेरै रुपैया कमाई हुनेछ । प्रविधिको प्रयोग र युवाहरुको सहभागीतामा कृषि बढेर गईहाल्थ्यो भन्ने मलाई त्यस्तो लाग्छ ।
हाँले देशको लागि महत्वपूर्ण योगदान दिनु भएको छ । त्यो देश र जनताको लागि महत्वपूर्ण पाटो हो । यहाँले अघिनै पनि देशमै रोजगार सिर्जना गर्नुपर्छ भनेर भनिसक्नु भएको छ । यो अवस्थामा धेरै किसानहरुले हामी त डुब्यौं । बजार पाएनौ भनि राखेको अवस्था छ । हरेक उत्पादन विदेशी उत्पादनले ढाकी सकेको छ । तपाई प्रविधिक निर्माता भएको नाताले केभन्नु हुन्छ ?
च्याउ खेतीमा हामी आत्मनिर्भर बनाउने प्रयामा छौं । तर पनि समस्या त्यस्तै भन्छन् । किसानहरुले हामीले च्याउ भरमार उत्पादन ग¥यौं । बेच्नै सकेनौं, हातले रोपेको बेलामा भन्दा धेरै फल्यो भन्छन्, कहाँ गएर बेच्ने बजारै छैन, समस्या प¥यो भन्छन् । च्याउ उत्पादन बढी हुँदा त्यसलाई कसरी प्रयोग गर्ने त भन्ने कुरा बजार नभएको कारण किसान अन्यौलमा छन् । च्याउ खेती गर्ने ठाउँमा पुग्दा मुरीका मुरी च्याउको सुकुटी देखाउनु हुन्छ । हो, यो चाहीँ कृषि सम्बन्धी सरकारले सोच्न नसकेको विषय हो ।
धेरै फल्दा त्यसलाई कसरी उपयोग गर्ने ? जनताले केके चिज उत्पादन गर्दा खान सक्छन् ? त्यसका लागि प्रविधि सरकारले दिनु पथ्र्यो । च्याउ खेतीको लागि प्रोत्साहन गर्नु पथ्र्यो । त्यस्तै गोलभेडा उत्पादन गर्ने किसानहरुको समस्या पनि त्यस्तै छन् । गोलभेडा बिक्री नभएर किसानहरुले बारीमै, बाटेमै कुहाएर फाल्छन् । बजारमा बिक्री नभएर त्यतिकै फाल्नु पर्ने अवस्था हुन्छ । म आफैले गोलभेडा खेती गर्दाको कुरो हो । ५ वटा टनेलमा गोलभेडा खेती गरेको थिएँ । अनि त्यो गोलभेडा १५० रुपैयाँ प्रति क्रेटमा पनि कसैले नकिन्ने भयो । टिपेको ज्याला नै नआउने भएपछि किन गोलभेडा टिप्ने भनेर बोटमै कुहाएको थिएँ । हो, विदेशबाट थुर्पैै गोलभेडाका परिकारहरु आईराखेको हुन्छ । राम्ररी सदुयपयोग गर्न सकेको भए विदेशबाट आयत गरिने परिकारहरु नेपालमा उत्पादन गर्न सकेको भए आज किसानहरुको त्यो हविगत हुने थिएनन् । त्यस्तो भएको हुनाले हरेक ठाउँमा कृषि सम्बन्धी सरकारले एकदमै ध्यान पु¥याउनु पर्छ भन्ने मलाई लाग्छ ।
यहाँले एकदमै महत्वपूर्ण विषय भन्नुभयो । अन्तमा मैले सोध्न छुटेको र तपाईलाई भन्न मन लागेको केही छ भने भन्नुहोस् ?
हामीले कुनै पनि खेती गर्दा प्रविधिको प्रयोग ग¥यो भने राम्रो उत्पादन लिन सकिन्छ । १ विगाह मकै रोप्नलाई १२ देखि १५ जनाको जनशक्ति चाहिन्छ । हामीले मकै रोप्ने मेशिन प्रयोग ग¥यो भने एउटा मेशिनले दिनमा ३ विगाह देखि ४ विगाहसम्म मकै रोप्छ । सामान्यतयाः ५२ रोपनी मकै रोप्दा रहेछ । रोेपेको ज्याला खर्च जोड्ने हो भने खर्च पनि उठाउन सकिदैन । कारण के हो भनेर रोप्न बढी पैसा लाग्ने, जोत्नलाई बढी पैसा लाग्ने भएकोले हो । अहिले प्रविधि सबै ठाउँमा आएको छ । मेशिनले मकै रोप्दा ५ हजार खर्च हुने ठाउँमा हजार रुपैयाँले भयो भने ४ हजार त उसै बच्छ ।
तपाईको आफ्नो छोराछोरीलाई जोतिदे, गाउँमा मकै रोपीदे, दुईचार पैसा आउँछ । विदेशमा जानै नपर्ने रहेछ भन्ने जनताको मनस्थिति बन्न जान्छ । पैसा कमाउनको लागि आफ्नो छोराछोरीहरुलाई विदेश पठाउनु पर्दैन । प्रविधि प्रयोग गर्नु र नेपालमा के कुराको आवश्यकता छ त्यो अनुसारको खेती गर्ने, गर्नु भयो भने तपाईहरुलाई अत्यन्तै फाइदा हुन्छ । आफुले गरेको काम सफल हुन्छ । सरल मूल्यमा उत्पादन गर्न सकियो भने र बजारमा, बजार पाइयो भने तपाईहरु खुशी हुनुहुन्छ । त्यसो भएर प्रविधि प्रयोग गरेर खेती गर्नुहोस् । प्रविधि प्रयोग गर्न छोराछोरीलाई उत्साहित गर्नु र अनि पूरानो परम्परागत खेतीमा मात्र नलाग्नु होस् । नयाँ–नयाँ कुराहरुलाई अपनाउनुहोस्, सबै जनता मिलेर सरकारलाई घच घच्याउनु होस् ।
र खबरदारी पनि गर्नुहोस् अब आउने उम्मेदवारहरुलाई कृषि कार्यक्रम ल्याएन भने भोटै दिन्न भनेर भन्नुहोेस् । त्यसरी आफू सचेत भयौं भने आफैलाई फाइदा हुने हो । र देशको लागि पनि फाइदा हुने हो । म सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुलाई यही भन्न चाहान्छु ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close