समाचार

मलाई कानुनी क्षेत्रबाट आशा मरेको छैन

काठमाडौं माघ १५ अनामनगर सम्वाद डवलीमा पत्रकार सम्मेलनको आयोजना गरि गणेश अवाले परिवारको तर्फबाट वितरित प्रेश बक्तव्यमा भनिएको छ । म गणेश अवाले, हाम्रो परिवार सहित पुस्र्तौं देखि वडा नम्बर ३२ मिन भवन बानेश्वरमा बस्दै आएका छु । मेरो परिवारमा श्रीमती चिरी महर्जन अवाले, जेठा छोरा प्रकाश अवाले, कान्छो छोरो रविन्द्र अवाले रहेका छन् । हाम्रो बसोवास मीन भवन क्याम्पसको पूर्वपट्टी नजिकै पर्दछन् । मीन भवन क्याम्पस, तत्कालीन कृषि क्याम्पस, हाल कमर्श क्याम्पसका कार्यालय सहाहक कर्मचारी थिएँ । लामो समय सरकारी सेवा गरेवापत मैले दीर्घ सेवा पदक प्राप्त गरेका व्यक्ति पनि हुन् ।
मेरो घरमा डेरागरि बस्ने नारायण बहादुर कार्की, नेपाल कमर्श क्याम्पसका विद्यार्थी रविन्द्र उप्रेती हुन् ।
२०५६ सालको कुरा हो । मेरो मामा बीरमान महर्जन कुनै व्यक्तिको जमीनमा मोहीको रुपमा जमीन कमाई रहेका थिए । आफू मोही भएको उक्त जग्गा उनको तल्सिङ्गले १० लाख रुपैयाँ भए पास गरिदिन्छु भन्ने प्रस्ताव गरेका रहेछन् । मैले आफ्नो मामाको कुरा सुनेर उक्त जमीन मामाको नाममा ल्याउन आफू कर्मचारी भएको नाताले सबैसँग ऋणपान गरी जमीन खरीद गर्न सहयोग गरेँ ।
तल्सिङबाट लालपुर्जा आफ्नो मामाको नाममा आएपछि अवालेको मामाले तिनै लालपुर्जा बैंकमा धितो राखी व्यक्तिगत रुपमा लिएको सापटी फिर्ता गर्नु भनेर लालपुर्जा म भान्जा गणेश अवालेलाई दिए ।
मैले घर–जग्गा सम्बन्धी धितो राखी ऋण लिने सम्बन्धमा जानकार नभएकाले उक्त कुरा आफ्नो घरमा डेरा गरिबस्ने नारायण बहादुर कार्कीलाई सुनाएँ ।
कार्कीले मेरो कुरा प्रति आफूलाई विश्वास्त पार्दै बैंकिङ्ग कारोवारको विषयमा नेपाल बैंक मार्फत कारोवार गर्न सकिने कुरा बताए ।
मैले नारायण बहादुर कार्कीको कुरालाई विश्वास मान्दै मामाको जमीन नेपाल बैंकमा धितो राख्ने समझदारी भयो । तर, मामाको जग्गा गाउँमा भएकोले त्यसको मूल्याङ्कन कम हुने र रकम नपुग्ने भनि अवालेकै जमीन पनि बैंकमा राख्न कार्कीले सुझाए ।
त्यसपछि बैंकमा धितो राखेर ऋण लिई सापती लिएको पैसा फिर्ता गर्ने निर्णयमा पुगेँ ।
१० वर्ष पछि १० लाख रुपैयाँ लिन भनि गरिएको धितो वन्धकी फुकुवा गर्न जाँदा सावाव्याज गरि ७०–८० लाख ऋण लिएको थाहा पाएँ । म आफूँ छाँगाबाट खसेको महशुस गरेँ ।
आफूले लिँदै नलिएको ७०–८० लाख ऋण तिर्नुपर्दा अचम्ममा परेँ, हल्लाखल्ला भयो । त्यसपछि भने मैले नारायणबहादुर कार्कीले विश्वास घात गरेको थाहा भयो । र उनका विरुद्धमा विभिन्न गतिविधिहरु शुरु गरेँ । त्यसपछि कार्कीले मेरो र मामाको ऋण पनि म आफै तिर्छु भनि कवुल गरे । मेरो जमीन बैंकमा धितो बन्धकी राखेर २ करोड २५ लाख रुपैयाँमा मूल्याङ्कन गरि एकजना राणा थरका व्यक्तिलाई राजीनामा पास गराए ।
त्यसमा माथवर सिंह नामगरेका व्यक्ति र अर्का एकजना महिलालाई ८ आनाका दरले १ रोपनी जग्गा वकस पत्र दिई पास गराई लगे । कार्कीले केही समय पछि तपाईलाई नै फिर्ता गरिदिने भनेर लगे ।
बाँकी रहेको साँढे ३ रोपनी ८ आना ३ पैसा १ दाम जमीनमा आवासीय कम्प्लेक्स बनाउन भनि फकाए ।
२०६१ साल चैत्र १८ ताकासम्म कार्की मेरो घरमा डेरा लिएर बस्थे । त्यही क्याम्पसमा पढ्ने विद्यार्थी रविन्द्र उप्रेती र नारायण बहादुर कार्की साथीसाथी थिए ।
उनीहरु बीचको घनिष्टता र विश्वासको सम्बन्धले मसँग आवासीय भवन बनाउन करार सम्झौता (एपार्टमेन्ट हाउस) बनाउन सहमतीमा पुगे । हामी बीचमा आवासीय भवन (एपार्टमेन्ट हाउस) बनाईए पछि पनि सोही जग्गामा १ रोपनी जमीन म गणेश अवालेलाई नै दिने भन्ने सहमती भयो ।
सम्झौता हुने बेलामा करार पत्रमा साक्षीको रुपमा मनोजकुमार मिश्र बसेको छ । कार्कीले मलाई भवन बनाउन नक्सा बनाई विस्वास दिलाईको र छिट्टै कार्यन्वयन गर्ने सहमती हुने बताए ।
विद्युत प्राधिकरणका सञ्चालक समितिमा रहेर काम गर्ने मनोज कुमार मिश्र साक्षी बसेको उक्त करारनामा सम्झौता पत्रमा, सम्झौता अनुसार लगानीकर्ताले ६० प्रतिशत र जग्गा धनीले ३० प्रतिशत भैपरि आउन कामको लागि १० प्रतिशत खर्च गर्ने शर्तनामा गरिएको थियो ।
करार सम्झौता २०६१ साल चैत्र १८ गते करार सम्झौता पस्चात पुतली सडकस्थित कुमारी बैंकबाट दृष्टि बन्धकी दिनुपर्छ, हामी पैसा झिक्छौ भनियो । यही करार सम्झौता गरिएको जमीनको लालपुर्जा २०६२ सालमा नारायण बहादुर कार्कीले प्रवीर सम्शेर जवरा (पम्पी राणा)ले गणेश अवालेलाई फिर्ता गर्नु पर्नेमा अहिल्य र माधवर सिंहको नाम राजिनामा गराई लगे । पछि दृष्टि वन्धकी राख्नु पर्ने ठाउँमा झुक्याई बैंकबाट ऋण लिएको खुल्न आयो । यस घटनाले के पुष्टि भयो भने त्यसरी झुक्याई राजीनामा लिएको कागजातमा उनीहरुले ९० लाख रुपैयाँ गणेश अवालेलाई दिनुपर्ने भनेर लेखिएको छ ।
मैले आफ्नै नामको जमीन अरुको विश्वास गरेर जग्गा राजीनामा दिँदा आफ्नो जमीन अरुको हातमा पुगेको राम्ररी थाहा भयो । त्यस प्रकारको जमीनको प्रकरणमा २०६९ सालमा राजेशराज घिमिरे तथा रामेश्वर थापा संस्थापक रहेको प्रमा डेभलपर्स प्रा.लि. रामकृष्ण हुमागाईको आरके एच डेभलपर्सलाई प्रथम पक्ष गणेशलाल अवालेको तर्फबाट २०७१ कार्तिक ३ गते दुषित लिखत दर्ता वदर, चिरी महर्जन म गणेश अवाले र रविन्द्र अवाले वादी रहेको सोही मिति मै दर्ता भएको जालसाजी, प्रकाश अवाले वादी रहेको प्रतिवादीहरु अहिल्य गणेश, माथवर सिंह, प्रवीर सम्शेर राणा, २०७१ पुस ३० गते दर्ता भएको, वादी चिरी महर्जन अवाले, गणेश अवाले, प्रकाश अवाले, प्रतिवादीहरु रामकृष्ण हुमागाई, देवेन्द्र प्रसाद पोखरेल रहेको मुद्दा दर्ता मिति २०७२ माघ १८ गते जोरजुलुम करकाप, वादी गणेश अवाले, प्रतिवादीहरु नारायण बहादुर कार्की, प्रवीर शम्शेर प्रवीर राणा, मनोजकुमार मिश्र, सन्तोष खनाल, अरुणलाल श्रेष्ठ, चन्द्रकुमार कार्की, रामेश्वर थापा, सुरेजराज घिमिरे, नन्दकिशोर बस्नेत, प्रमा डेभलपर्स प्रा.लि, कुमारी बैंक लि, आरके एच डेभलपर्स, रामकृष्ण हुमागाई, आइडी बैंकलाई २०७१ साल चैत्र ११ गते कीर्ते जालसाजी मुद्दा दायर गरियो । वादी रविन्द्र अवाले प्रतिवादी अधिवक्ता दयाराम हुमागाई किर्ते जालसाजी मुद्दा मिति २०७१ चैत्र २९ गते दर्ता गरिएको थियो ।
अर्को प्रकरणमा भने राजेश घिमिरे र रामेश्वर थापाको नाममा रहेको प्रमा डिभलपर्स प्रा.लिको नाममा १२ फुटे बाटो दिनु भनि मबाट सहीछाप गर्न मञ्जुर गराइएको थियो ।
यसै क्रममा उनीहरुले नक्कली कम्पनी खडा गरि बैंककै मिलोमतोमा स्वर्गीय नुरप्रताप राणाको संस्थापन रहेको कुमारी बैंकबाट ३ करोड ७२ लाख ३७ हजार ऋण लिएको थाहा भयो । जो कि मैले त्यति धेरै ऋण लिएको कहिल्यै पनि थाहा छैन । कुमारी बैंकले करार अनुसार किन आवासीय भवन बनेन भनेर ताकेता गरेको र मलाई त्यसमा पनि त्यति ठूलो रकम दिनु पर्ने भएकोले अलि ढिलो हुन्छ भनेर अलमल्याउँदै राखेको देखिन्छ । यो प्रकरणमा एमालेका तत्कालीन विद्यार्थी नेता रुपनारायण श्रेष्ठ समेत साक्षी बसेको छ ।
लिलामीमा तिनै व्यक्तिहरुकै मिलोमतोमा ७ करोडमा लिलाम स्वीकार गरिएको भन्ने आरोप दावी रहेको भन्ने छ । अलि ढिलो भयो भन्दै अझ विश्वास दिलाउँदै २०६९ मा बाटो दिनुपर्छ भनि पुनः बाटोको लागि सम्झौता गरे । त्यस घटनामा पनि मलाई मेरो सोझोपनको फाइदा उठाउँदै म आफैसँग जग्गा रहेको आभास हुनेगरि कागज गर्न लगाएर फेरि आँखामा छारो हाल्न सफल भयो ।

जमीनको कागजजात कम्पनीबाट कम्पनीमार्फत विभिन्न बैंकहरुमा सार्दै लगेको पाईको छ ।
मेरो तर्फबाट आफूलाई फँसाएको भनि नारायणबहादुर कार्कीको घर घेरेपछि । नारायण बहादुर कार्कीले १ वर्ष भित्रमा तपाई र म बीचको करार सम्झौता अनुसारको काम गर्छु भनि प्रतिवद्धता गरि कागज गरि दिन्छन् र त्यस अवधिमा पनि उनले काम गर्दैनन् । पुनः मबाटै काम गर्न दबाव दिन्छन् ।
कार्कीले मैले काम गर्न खोजेको तर विभिन्न कारणले कामगर्न सकेनौं । तपाईको जमीन फिर्ता गर्ने काममा के सहयोग गर्नु पर्छ ? भनि प्रतिप्रश्न गर्न पुग्छन् । र यो मैले राखेको जेजति सम्पत्ती अरुले नै झिकेर खाए ज–जसले ऋण खाए उनीहरुले नै तिरुन् । अवालेको जमीन करार अनुसार व्यापारिक भवन बनाउन नसक्दा तपाईको जग्गा फिर्ता होस् भनि काठमाडौं जिल्ला अदालतमा कार्कीले फिराद पत्र समेत दर्ता गर्न पुग्दछन् ।
अहिले नारायणबहादुर कार्की जिल्ला अदालतको तारेख गुजारेर भुमिगत भएका छन् ।
विना पैसा जग्गा पास गरि लाने प्रवीर सम्शेर (पम्पी)राणाबाट एकपैसा पनि लिएको छैन । राणाले मैले पैसा नपाएको कुरा स्वीकारेको छन् । कसले त्यो पैसा लिएर खाए, भन्ने मेरो प्रश्नमा ‘मेरो जग्गा फिर्ता हुनुपर्छ नि हजुर’ भन्दा मेरो जमीन कालु गुरुङसँग पुगेको छ भनेर प्रवीर शम्शेरले जवाफ दिएका छन् । कालु गुरुङले नै यो कुरा मिलाए राम्रो हुन्थ्यो भन्ने कुरा राणाले भनेका छन् ।
राणा यसो भन्छन् तर कानूनी रुपमा कहिल्यै अदालतमा उपस्थित हुँदैनन् । ममाथि यतिका अन्याय हुँदा पनि उनका कानून व्यवसायी उनकै पक्षमा काम गरिरहेका छन् ।
मेरो जमीन विगत ५ वर्षदेखि रोडसो नामक कम्पनी सञ्चालक कालु गुरुङको नाममा रहेको र उनले ५ वर्ष अगाडिनै नेपाल बंगलादेश बंैकबाट लगभग साँढे १३ करोड बैंककै मिलोमतोमा, मुद्दा विचारधीन रहेकै बेलामा समेत जग्गामाथि लगानी गरिएको देखिन्छ । तिनै विषयमा आफूलाई झुक्याई विना पैसा जग्गा पास गराइएको र लिखत्मा ९० लाख रुपैयाँ पनि नदिई उल्टै आफ्नो जग्गा समेत कब्जामा लिएर आफूलाई अन्याय गरेको छ ।
आवासीय भवन बनाउँन पैसा चाहिन्छ । राजा साहेवहरुको बैंकमा पैसा छ भनेर मबाट विना पैसा जग्गा पास गराई बैंकबाट पैसा निकालिएको छ । मेरा विपक्षीहरुले बैंकनै राजाहरुको भएको हुँदा हामीलाई काम गर्न सजिलो छ भनेर प्रवीर शम्शेर (पम्पी) राणाको नाममा जमीन पास गराइयो । आवासीय भवन बनाउने करार सम्झौतामा मनोज मिश्र साक्षीको रुपमा रहेको छन् । यी घटनाले म घर न घाट भएको छु ।
बैंकबाट ऋण लिन प्रभा डेभलपर्स प्रा.लि.नामक नक्कली कम्पनी खडागरी कुमारी बैंक पुतली सडक शाखाबाट ३ करोड ७२ लाख ३७ हजार ऋण लिएको थाहा भएको छ ।
आफ्नो जमीनमाथि भू–माफियाको कारण आवासीय भवन बन्न सकेन । कुमारी बैंकबाट ३ करोड ७२ लाख ३७ हजार ऋण मध्ये ९० लाख मलाई दिने भनेर लिखितम् गरिएकोमा त्यो पनि दिएनन् । यस कार्यमा नारायण बहादुर कार्की, प्रवीर शम्शेर (पम्पी) राणा, मनोज मिश्र, रामेश्वर थापा, नन्दकिशोर बस्नेत, रामकृष्ण हुमागाई लगायत दर्जनौं व्यक्तिहरु सहभागी रहेको देखिन्छ ।
मेरो जग्गा प्रकरणमा ३ वटा घर मध्ये २ वटा घरको मुद्दा विचारधीन रहेकै अवस्थामा ३ वर्ष अघि भत्काई सकिएको छ ।
यस प्रकरणमा प्रवीर शम्शेर (पम्पी) राणाको नाममा रहेको जग्गाको किर्ते जालसाजी राजीनामा गरी विगत ५ वर्षदेखि कालु गुरुङको रोडसो नामक कम्पनीबाट कम्पनीमा कागजी बिक्री गर्दै बैंकमा समेत काजपत्र मिलाई हाल उक्त जग्गा नेपाल बंगलादेश बैंक विजुली बजार शाखामा पुगेको थाहा हुन आएको छ ।
न्यायको माग गर्दै अनसन बस्दा म लगायत साथीहरुलाई डेढ वर्षअघि काठमाडौं जिल्ला अदालतका जिल्ला न्यायाधीश रामप्रसाद शर्माले मलाई प्रहरी लगाई थुनेको, कुनै सुनवाई नै हुन नदिई, निवेदनको कुनै फाइलनै नहेरी हदम्याद गएको भनी फैसला गरिदिएको थियो ।
त्यसरी घटनाक्रमको विकास भएपछि मैले न्याय पाउँभनि ७ दिन काठमाडौं जिल्ला अदालत अगाडि आमरण अनसन बसेको र त्यसमा पनि प्रशासनकै निर्देशनमा प्रहरी लगाई जबर्जस्ती अनसन तोड्न लगाएको थियो ।
आफू अन्यायमा परेकोमा न्यायको लागि हार गुहार गर्दै जिल्ला बारमा कुराहरु राख्दा उच्च अदालत जानुहोस् त्यहाँबाट न्याय मिल्छ भन्ने सुझाव पाएपछि सोही अनुरुप विगत २ वर्षदेखि उच्च अदालत पाटनमा मेरो मुद्दा पुनरावेदनको रुपमा विचाराधीन रहेको छ । त्यस प्रकरणमा जोडिएका १६ थान मुद्दाहरु मध्ये जाली कीर्ते मुद्दा समेतका ५ वटा मुद्दा बाहेक सबै प्रकारको मुद्दाहरु पीडकहरुको पक्षमा फैसला गरिसकेको छ । र अहिले हालै जेठ महिनाको पेशीमा (एकैलगाव)का मुद्दाहरु एकै ठाउँमा ल्याउने र विस्तृत रुपमा अध्ययन गर्ने आदेश गरिएको छ ।
मेरो जग्गाको करार सम्झौता भएको बेला ४ जना अंशीयार मध्ये २ जनाको सही छाप नभएको र जसमा श्रीमती चिरी महर्जन र कान्छो छोरो रविन्द्र अवाले कुनै पनि लिखतम्मा सहभागी भएको छैन । श्रीमती चिरी महर्जन अवाले र कान्छो छोरा रविन्द्र अवालेले ५ वर्ष अगाडि अंश मुद्दा जिल्ला अदालतमा दायर गरेपछि कान्छो छारोलाई विपक्षीहरुले २ करोड दिने प्रलोभनमा मुद्दा नलड्न आग्रह गरे अनुसार हामी बुबा आमासँग नै सँगै नबसी अन्यत्र बस्दै आएको छ । कान्छा छोरोलाई प्रलोभनमा पारी मेरो कान्छो छोराको नाममा जग्गा पास गरि उनलाई प्रयोग गरि आफ्नो घर नगरपालिका लगाई भत्काईयो ।
दुईवटा घर भत्काएर पनि म बसेको घर पनि भत्काउन कोशिस गरेका थिए ।
लामो समयदेखि मेरो जग्गा हडप्ने विरुद्ध मेरो तर्फबाट उच्च अदालत ललितपुरमा मुद्दा दायर गरिएको छ । उक्त मुद्दा आज पनि विचाराधीन अवस्थामा रहेका छन् ।
यस्तो अवस्थामा मुद्दा पेशी उच्च अदालत पाटनमा मैले सम्मानीय न्यायधीश ज्यूसमक्ष सुनुवाई हुँदा मैले न्याय पाइनँ भने यही विष सेवन गरि आत्महत्या गर्नु विकल्प मसँग छैन भनेपछि श्रीमती चिरी महर्जन अवालेका अधिकृत वारेस, समाजसेवी राजनीतिज्ञ छविन्द्रराज कँडेलले श्रीमानले यथार्थ वस्तुस्थिति र सत्यतथ्या बुझ्नका लागि कानूनले दिएको विशेष अधिकार प्रयोग गर्दै स्थलगत रुपमै बुझी शुरुका पीडक नारायण बहादुर कार्की, जग्गा पास गरि लाने प्रवीर शम्शेर प्रवीर राणा, करार राजनीनामा दुबैतिर साक्षी बस्ने मनोजकुमार मिश्रलाई खुदै झिकाई सोधनीहोस् र म गणेश अवाले न्याय दिलाईयोस् श्रीमान भनि आग्रह गर्नु भएको थियो । र सोही अनुरुप सबै मिसिलहरु झिकाईएको छ र मैले झिनो न्याय पाउने आशा पलाएको छ ।
वादी चिरी महर्जन अवाले पुनरावेदक÷प्रतिवादीहरु नारायण बहादुर कार्की, मनोज कुमार मिश्र, प्रवीर शम्शेर (पम्पी) राणालाई झिकाई बुझी न्याय पाउँ भनिएकोमा श्रीमती चिरी महर्जन अवालेको मुद्दामा ३० दिन भित्र झिकाई मेलमिलाप गराउनु भन्ने मिति २०७८ बैशाख १३ गते श्रीमान न्यायाधीसज्यूबाट आदेश भयो ।
मेलमिलाका लागि झिकाउँदा विपक्षीका वारेश एकजना कानून व्यवसायी मात्र आएर आफ्नो पक्षहरु नमिल्ने भएकाले उपस्थित गराउन सक्दिनँ भनि जवाफ दियो । मेलमिलापका लागि मुद्दा जटिल र माफियाकरण भएको हुँदा मैले मिलाउन सक्दिनँ भनि मुद्दा फिर्ता फठाइयो छ ।

उक्त प्रकरणमा गणेश अवालेको घरमा डेरा गरिबस्ने नारायण बहादुर कार्कीका साथी रविन्द्र उप्रेतीका छोरा सुरेन्द्र उप्रेतीले, म चिरी महर्जन अवालेको तर्फबाट मुद्दाको अधिकृत वारेसनामा बसेपछि उनले आवेशमा आई आमरण अनसन तोडाउने क्रममा यो मुद्दामा किन सहयोग गरेको ? म नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सदस्य हुँ, म ३० वर्षपछि पनि तलाई छोड्दिन भनेर प्रहरी कार्यालय अनामनगरमा धम्क्याए । यसले के बुझिन्छ भने उप्रेती परिवार पनि यस प्रकरण सहभागी रहेको पुष्टि हुन्छ ।
म अन्यायमा परेको हुँदा न्यायको ढोका ढक्ढक्याउन सम्बन्धित निकायहरुमा पुग्न बाध्य भएको छु । अब क्रमशः चरणवद्ध रुपमा आफ्नो कुरा अगाडि बढाउदै जाने कुरा यसै पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्न चाहन्छु ।
मेरो जग्गाको प्रकरणमा फैसला हुन ढिलासुस्ती हुँदै गएको छ । मुद्दा मामिलामा अल्झिनु परेको पनि धेरै वर्ष बितिसकेको छ । म अन्यायमा परेको कुरा माथि उल्लेखित विषयहरुबाट पनि बुझ्न सहयोग पुग्छ । त्यसर्थ यस प्रकरणमा सत्यतथ्या बुझ बुझारत गरि मलाई न्याय दिलाउन तपाई सञ्चारकर्मीहरुबाट सहयोगको अपेक्षा गरेको छु । म घरवारविहिन हुनेगरी ज–जसले मेरो घरजग्गामा अमानवीय तरिकाले हडप्न र अपचलन गर्न खोजेका छन् । ति व्यक्तिहरु माथि गहिराईमा पुगेर सुक्ष्म ढंगले सत्यतथ्य के हुन् भनि बुझी छानविन गरि न्यायको लागि हार्दिक अनुरोध गर्दछु ।
नोट ः पीडित अवाले परिवारको तर्फबाट व्यक्त विचारहरु जस्ताको तस्तै प्रकाशित

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close