कृषि विशेषसमाचार
राष्ट्रिय चिया तथा कफी विकास बोर्डद्धारा राष्ट्रिय कफी दिवस
काठमाडौं कार्तिक ३०, कफी उत्पादक किसान, इस्टेट, प्रशोधक, बिक्रेता, कफी उपभोक्ता र कफीलाई माया गर्ने सबै नेपालीहरूको उत्सवको रूपमा रहेको “राष्ट्रिय कफी दिवस’’को २० औं संस्करण राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, केन्द्रीय कफी सहकारी संघ तथा नेपाल कफी व्यवसायी महासंघको संयुक्त आयोजना तथा कफीसँग सम्बन्धित सरोकारवालाहरुको सहकार्य एवम उपस्थितिमा विविध कार्यक्रमको आयोजना गरी सञ्चालन हुन गइरहेको छ ।
विश्वभर लोकप्रिय पेयपदार्थको रुपमा रहेको कफी रोपणले नेपालमा पनि लगभग ८६ वर्षको इतिहास बनाईसकेको छ । वि.सं. १९९५ सालमा हिरा गिरीले वर्माबाट ल्याएको कफीको बीउ गुल्मीको आँपचौरमा रोपण गरे पश्चात नेपालमा कफी खेती सुरूवात भएको मानिन्छ । प्रारम्भमा किसानहरुको करेसाबारीमा २÷४ बोट रोपण गरि घरेलु प्रशोधन वा प्रशोधन नै नगरी प्रयोजनविहिन छोडिएका कफीका बिरुवाहरु सोही अवस्थामा नै केही वर्षसम्म गुज्रीए । किसानहरुको सीमित प्रयत्न र ज्ञान तथा प्रविधिको अभावका कारण नेपालमा कफीको व्यवसायिकता लामो समयसम्म हुन सकेन । परिणामतः आजका दिन सम्म पनि नेपाली कफी उद्योगले अपेक्षा र माग बमोजिमको उत्पादन परिमाणको न्यून् अंशलाई पनि सम्वोधन गर्न सकेको छैन । कफी रोपण एवम् क्षेत्र विस्तारलाई अभियानकै रुपमा देशव्यापी बनाउन सकेमात्र उत्पादन वृद्धि गर्दै आन्तरिक उपभोग तथा अन्तराष्ट्रिय निर्यात व्यापारमा नेपाली कफी स्थापित हुन सक्छ । अर्को तर्फ हामीले शुरु देखिनै रोपण गरेको कफी अरविका जातको हो । आज विश्व कफी मञ्चलाई अध्ययन गर्दा देखिने तथ्य के हो भने अरविका कफी, पारखीहरूको पहिलो रोजाई. उपभोक्ताहरुले सबैभन्दा बढी सेवन गर्ने र कुल विश्व उत्पादनको झण्डै पचहत्तर प्रतिशत परिमाणको वर्चस्व रहेको कफीको जात हो । प्रकृति प्रद्दत चिसो हावापानी र उच्च पहाडी भु–भागमा रोपण गरिदै आएको नेपाली अराविका कफी स्वभावैले अर्गानिक हुने कुरामा हामी विश्वस्त समेत छौ । तसर्थ राष्ट्रिय चिया तथा कफी विकास वोर्डले उच्च गुणस्तर सहितको अर्गानिक अराविका कफीको व्यवसायिक उत्पादनमा जोड दिनुपर्ने बस्तुगत अवस्थालाई हृदयगंम गरेको छ । यसै पृष्ठभूमिमा २० औ राष्ट्रिय कफी दिवसको तपसिलको नारा र यसको व्यवहारिक सार्थकतामा हामी सचेत छौ ।
मात्रात्मक रूपमा थोरै उत्पादन भए पनि नेपाली कफीले स्वाद र गुणस्तरका हिसाबले विश्वका उत्कृष्ट कफीहरुसँग समतुल्य स्थान बनाउन सफल हुनु हामी सबैको लागि गौरवको कुरा हो । स्पेसियालिटी कफीको रूपमा नाम कमाइसकेको नेपाली कफीको माग स्वदेश तथा विदेशमा उच्च रहेको छ । यहि सेप्टेम्बर ९–१२ सम्म वेलायतको लण्डनमा भएको अन्तर्राष्ट्रिय कफी परिषद्को १३८ औं बैठकका क्रममा नेपालले सञ्चालन गरेको कफी टेस्टीङ्गमा विश्व कफीका हस्ति राष्ट्रहरु लगायत उपस्थित ५० भन्दा बढी राष्ट्रको सरकारी पदाधिकारी, कफी विज्ञ एवम प्रतिनिधिहरु तथा अन्तर्राष्ट्रिय कफी संगठनबाट नेपाली कफीको स्वाद र गुणस्तरका विषयमा पाएको प्रशंसाले व्यवसायिक कफी उत्पादन गरिरहेका अन्य राष्ट्रहरुको दाँजोमा नेपाली स्पेशियालटी कफी विश्वस्तरीय छ भन्ने कुरा पुनःप्रमाणित गरेको छ ।
केहि वर्ष अघिसम्म कुलिन वर्गको मात्र पेय पदार्थको रूपमा लिइने कफी आज हरेक भान्साको सोभा बनिसकेको छ । विशेषगरी शहरी क्षेत्रमा बढ्दो कफी संस्कृतिले गर्दा कफीको आन्तरिक बजारमा पनि व्यापक वृद्धी भएको देखिन्छ । तर माग अनुसार आपूर्ती नहुँदा विगत केही वर्ष कफीको आयात बढेको पृष्ठभुमिमा पछिल्ला २÷३ वर्षहरुमा न्यून मात्रामै भएता पनि आयातको परिमाण घटाउँदै निर्यात व्यापारमा मसिनो आशाको किरण पलाएको छ ।
भन्सार विभागको आ.व. २०७९÷०८० को तथ्याङ्क अनुसार १३ करोड ४ लाख बराबरको ७७.८६ मे. टन कफी निर्यात हुँदा ३२ करोड ५८ लाख बराबरको ४५० मे.टन कफी आयात भएको थियो । आ.व. २०८०÷०८१ मा १४ करोड ९२ लाख वरावरको ८९ मेट्रिक टन कफी निर्यात हुँदा रु.४१ करोड ९८ लाख बरावरको ४४३ मेट्रिक टन कफी आयात भएको तथ्याङ्क छ । आ.व. २०८०÷८१ मा नेपालभर ५०१.३ मे.टन ग्रीनवीन कफी उत्पादन भएको छ र जम्मा ६५४ हेक्टरमा नंयाँ रोपण भएको छ । हाल सम्मको तथ्याङ्कलाई हेर्ने हो भने जम्मा ४३०९ हेक्टरमा कफी खेति विस्तार भएको छ । कुल उत्पादनको झण्डै १७ प्रतिशत कफी विदेश निर्यात भएको देखिन्छ । नेपाली कफीले अन्तर्राष्ट्रिय बजारमा स्वाद र गुणस्तरको हिसाबले अन्य राष्ट्रको भन्दा बढी मूल्य प्राप्त गर्दै आएको छ । नेपाली कफी निर्यात हुँदा सरदर प्रतिकेजी १६ अमेरिकी डलर प्राप्त गर्दै आएको छ । आयात मूल्यको तुलनामा झण्डै ३ गुणा बढी मूल्यमा नेपाली कफी निर्यात हुँदै आएको छ । अन्तर्राष्ट्रिय कफी संगठन (आईसीओ)को विशेष सहयोगमा बोर्डले सञ्चालन गरेको अनुगमन÷निरीक्षणबाट पनि आन्तरिक बजारमा प्रत्येक वर्ष न्यूनतम् २२०० मेट्रिक टन भन्दा बढी कफी खपत भइरहेको र दिनप्रतिदिन उच्च रुपमा माग बढेको देखाउँछ भने आन्तरिक उत्पादनले १ महिना पनि नेपालको माग धान्न नसकेको अवस्था छ । दिनानुदिन कफी सेवनकर्ताहरुको माग बढ्नु र युवाहरुको प्राथमिकतामा परेको कफी क्याफे तथा आउटलेट स्थापनाले गर्दा कफीको माग बढ्दै गइरहेको हुनाले पनि आन्तरिक माग पूर्तीका लागि कफीको रोपण तथा उत्पादन वृद्धिमा सबैको ध्यान पुग्नु पर्ने देखिन्छ ।
समग्र कफी क्षेत्रको प्रवद्र्धन र संरक्षण गर्दै कफी क्षेत्रमा युवा पुस्ताहरूलाई आकर्षण गरी सीमित क्षेत्रमा गरिदै आएको कफी खेतीलाई कफी इस्टेटमा रुपान्तरण गर्न सकेमा मात्रै व्यवसायिक उत्पादन र आत्मनिर्भर बन्न सकिने तथ्यलाई बोर्डले प्रमुखताका साथ अगाडि बढाएको छ । २० औं राष्ट्रिय कफी दिवस मनाईरहदा कफी क्षेत्रमा व्यापक रुपान्तरणको लागि संरक्षण र प्रवद्धनका कार्यक्रमहरु मार्फत ठूला व्यवसायिक फार्महरु स्थापनाका लागि लगानीकर्ताहरु भित्राउन जरुरी देखिन्छ्र । खासगरी कफी मूल्य श्रृँखलाहरुलाई दिगो रुपमा अगाडि बढाउन युवा तथा महिलाहरुको सहभागिता अझ सशक्त देखिन्छ । बोर्ड अध्यक्ष एवम् माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री श्री रामनाथ अधिकारीले जारी गर्नु भएको शुभकामना सन्देशमा पनि सोही आशय अनुकुल स्वदेश तथा विदेशमा उच्च माग रहेको नेपाली कफीको व्यवसायिक उत्पादनमा सार्वजनिक निजी क्षेत्रलाई थप लगानी गर्न आव्हान गर्नु भएको छ । न्यून् स्रोत साधनका बाबजुत व्यवसायिक कफी उत्पादन बढाउन बोर्डले प्रमुखताका साथ विभिन्न कार्यक्रमहरुको शुरुवात गरेको छ र भविश्यमा अराविका कफीको क्षेत्र विस्तार, उत्पादकत्व अभिवृद्धि, मूल्य श्रृँखला विकास तथा मूल्य अभिवृद्धि, गुणस्तरीय उत्पादनका लागि असल कृषि अभ्यास तथा प्राङ्गारिक प्रमाणीकरण तथा निर्यात तथा आन्तरिक बजार प्रवद्र्धन जस्ता कार्यलाई योजनावद्ध रूपले समन्वयात्मक रूपमा लगिनेछ । साथै कफी क्षेत्रको विकास तथा विस्तारका लागि बोर्डले तिनै तहका सरकारको विचमा एकीकृत कार्यक्रम तर्जुमा गर्दै बोर्ड तथा संघीय सरकार, नेपाली कफीको स्वाद र गुणस्तरका विषयमा पाएको प्रशंसाले व्यवसायिक कफी उत्पादन गरिरहेका अन्य राष्ट्रहरुको दाँजोमा नेपाली स्पेशियालटी कफी विश्वस्तरीय छ भन्ने कुरा पुनःप्रमाणित गरेको छ ।
केही वर्ष अघिसम्म कुलिन वर्गको मात्र पेय पदार्थको रूपमा लिइने कफी आज हरेक भान्साको सोभा बनिसकेको छ । विशेषगरी शहरी क्षेत्रमा बढ्दो कफी संस्कृतिले गर्दा कफीको आन्तरिक बजारमा पनि व्यापक वृद्धी भएको देखिन्छ । तर माग अनुसार आपुर्ती नहुँदा विगत केही वर्ष कफीको आयात बढेको पृष्ठभुमिमा पछिल्ला २÷३ वर्षहरुमा न्यून् मात्रामै भएता पनि आयातको परिमाण घटाउँदै निर्यात व्यापारमा मसिनो आशाको किरण पलाएको छ ।
भन्सार विभागको आ.व. २०७९÷०८० को तथ्याङ्क अनुसार १३ करोड ४ लाख बराबरको ७७.८६ मे. टन कफी निर्यात हुँदा ३२ करोड ५८ लाख बराबरको ४५० मे.टन कफी आयात भएको थियो । आ.व. २०८०÷०८१ मा १४ करोड ९२ लाख बरावरको ८९ मेट्रिक टन कफी निर्यात हुँदा रु.४१ करोड ९८ लाख बरावरको ४४३ मेट्रिक टन कफी आयात भएको तथ्याङ्क छ । आ.व. २०८०÷८१ मा नेपालभर ५०१.३ मे.टन ग्रीनवीन कफी उत्पादन भएको छ र जम्मा ६५४ हेक्टरमा नंयाँ रोपण भएको छ । हाल सम्मको तथ्याङ्कलाई हेर्ने हो भने जम्मा ४३०९ हेक्टरमा कफी खेति विस्तार भएको छ । कुल उत्पादनको झण्डै १७ प्रतिशत कफी विदेश निर्यात भएको देखिन्छ । नेपाली कफीले अन्तर्राष्ट्रिय बजारमा स्वाद र गुणस्तरको हिसाबले अन्य राष्ट्रको भन्दा बढी मूल्य प्राप्त गर्दै आएको छ । नेपाली कफी निर्यात हुँदा सरदर प्रतिकेजी १६ अमेरिकी डलर प्राप्त गर्दै आएको छ । आयात् मूल्यको तुलनामा झण्डै ३ गुणा बढी मुल्यमा नेपाली कफी निर्यात हुँदै आएको छ । अन्तर्राष्ट्रिय कफी संगठन आईसीओ को विशेष सहयोगमा बोर्डले सञ्चालन गरेको अनुगमन÷निरीक्षणबाट पनि आन्तरिक बजारमा प्रत्येक वर्ष न्यूनतम् २२०० मेट्रिक टन भन्दा बढी कफी खपत भइरहेको र दिनप्रतिदिन उच्च रुपमा माग बढेको देखाउँछ भने आन्तरिक उत्पादनले १ महिना पनि नेपालको माग धान्न नसकेको अवस्था छ । दिनानुदिन कफी सेवनकर्ताहरुको माग बढ्नु र युवाहरुको प्राथमिकतामा परेको कफी क्याफे तथा आउटलेट स्थापनाले गर्दा कफीको माग बढ्दै गइरहेको हुनाले पनि आन्तरिक माग पूर्तीका लागि कफीको रोपण तथा उत्पादन वृद्धिमा सबैको ध्यान पुग्नु पर्ने देखिन्छ ।
समग्र कफी क्षेत्रको प्रवद्र्धन र संरक्षण गर्दै कफी क्षेत्रमा युवा पुस्ताहरूलाई आकर्षण गरी सिमित क्षेत्रमा गरिदै आएको कफी खेतीलाई कफी इस्टेटमा रुपान्तरण गर्न सकेमा मात्रै व्यवसायिक उत्पादन र आत्मनिर्भर बन्न सकिने तथ्यलाई बोर्डले प्रमुखताका साथ अगाडि बढाएको छ । २० औं राष्ट्रिय कफी दिवस मनाईरहँदा कफी क्षेत्रमा व्यापक रुपान्तरणको लागि संरक्षण र प्रवद्र्धनका कार्यक्रमहरु मार्फत ठूला व्यवसायिक फार्महरु स्थापनाका लागि लगानीकर्ताहरु भित्र्याउन जरुरी देखिन्छ । खासगरी कफी मूल्य श्रृँखलाहरुलाई दिगो रुपमा अगाडी बढाउन युवा तथा महिलाहरुको सहभागिता अझ सशक्त देखिन्छ । बोर्ड अध्यक्ष एवम माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री श्री रामनाथ अधिकारीले जारी गर्नु भएको शुभकामना सन्देशमा पनि सोही आशय अनुकुल स्वदेश तथा विदेशमा उच्च माग रहेको नेपाली कफीको व्यवसायिक उत्पादनमा सार्वजनिक निजी क्षेत्रलाई थप लगानी गर्न आव्हान गर्नु भएको छ । न्यून् स्रोत साधनका बाबजुद व्यवसायिक कफी उत्पादन बढाउन बोर्डले प्रमुखताका साथ विभिन्न कार्यक्रमहरुको शुरुवात गरेको छ र भविष्यमा अराविका कफीको क्षेत्र विस्तार, उत्पादकत्व अभिवृद्धि, मूल्य श्रृँखला विकास तथा मूल्य अभिवृद्धि, गुणस्तरीय उत्पादनका लागि असल कृषि अभ्यास तथा प्राङ्गारिक प्रमाणीकरण तथा निर्यात तथा आन्तरिक बजार प्रवद्र्धन जस्ता कार्यलाई योजनावद्ध रूपले समन्वयात्मक रूपमा लगिनेछ । साथै कफी क्षेत्रको विकास तथा विस्तारका लागि बोर्डले तिनै तहका सरकारको विचमा एकीकृत कार्यक्रम तर्जुमा गर्दै बोर्ड तथा संघीय सरकारले कफी क्षेत्रको नीतिगत सुधार, गुणस्तर अभिवृद्धि, आन्तरिक बजार तथा निर्यात प्रवद्र्धनमा थप सशक्त ढंगले अगाडि बढ्ने समेत जानकारी गराउँदछु ।
बोर्डले आ.व. २०६१÷०६२ देखिनै सरोकारवालाहरुसँगको सहकार्य तथा उपस्थितिमा आन्तरिक बजारको विकासका लागि कफीको न्युनतम् सहमत मूल्य निर्धारण एवम् त्यसको उच्चतम् कार्यान्वयन गर्ने÷ गराउँदै आएको अनुरोध गर्दै यस आ.व. २०८१÷८२ का लागि प्राविधिक समितिले गरेको अध्ययन एवम् सिफारिश समेतका आधारमा विभिन्न कच्चा कफीको न्युनतम् सहमत मूल्य कायम गरेको छ ।
आ.व. २०८१÷०८२ को लागि कफीको न्यूनतम् सहमत मूल्य
२०८१ मंसिर १ गते देखि लागु हुनेगरी यस वर्षको कच्चा कफीको मूल्य निम्नानुसार तोकिएको छ ।
फ्रेस चेरी कफी
ग्रेड रू.१०५ ।– प्रति केजी (नोटः– ८०० मिटरभन्दा माथि, प्राङ्गारिक पद्धती अपनाएर उत्पादन गरिएको, ठिक्क पाकेको, पानीमा राख्दा डुब्ने, केलाएर छानिएको चेरीलाई ग्रेड बी मानिने छ ।
ग्रेड बी रु.९५ ।– प्रति केजी (नोटः– ग्रेड (ए) मा नपरेका अन्य कफीलाई ग्रेड बी मानिनेछ ।
पार्चमेन्ट कफी ग्रेड बी रू ५३५। – प्रति केजी (नोटः– ग्रेड बी गुणस्तरको फ्रेस चेरीबाट उत्पादन भएको, पानीमा राख्दा डुब्ने, ११% चिस्यान भएको कफी पार्चमेन्टलाई ग्रेड बी मानिनेछ । ÷
ग्रेड बी रू.४८२।– प्रति केजी (नोटः– ग्रेड (बी) गुणस्तरको कफीबाट उत्पादन भएको पार्चमेन्टलाई ग्रेड बी मानिनेछ ।) ड्राइ चेरी कफी ग्रेड बी रू.२८० ।– प्रति केजी (नोटः ग्रेड बी गुणस्तरको फ्रेस चेरीबाट उत्पादन भएको ड्राइ चेरीलाई ग्रेड बी मानिनेछ । ग्रेड बी रू.२४७।– प्रति केजी (नोटः ग्रेड बी गुणस्तरको फ्रेस चेरीबाट उत्पादन भएको ड्राइ चेरीलाई ग्रेड बी मानिनेछ ।
नेपाली कफी उद्योगलाई आजको अवस्थासम्म जोगाएर यथासक्य प्रवद्र्धन गर्ने कार्यमा संलग्न विभिन्न मूल्य श्रँृखलामा काम गर्ने सम्पूर्ण किसान, उद्योगी एवं व्यवसायीहरु धन्यवादका विशेष पात्रहरु हुनुहुन्छ । कफी व्यवसाय प्रति उहाँहरुको लगाव र योगदानको कदर स्वरुप माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री एवं अध्यक्ष, राष्ट्रिय चिया तथा कफी विकास बोर्डको प्रमुख आतिथ्यतामा यही मंसीर ७ गते काठमाडौंमा हुने राष्ट्रिय कफी दिवसको औपचारिक कार्यक्रममा कफी विकासका क्षेत्रमा क्रियाशिल संस्था, उत्पादक किसान उद्यमी, जिल्ला कफी सहकारी संघ, प्रारम्भिक कफी सहकारी संस्थालाई विशेष सम्मान र पुरस्कृत गर्ने, व्यवसायीहरुबाट नेपाली स्पेसियालटी कफीको स्टल सञ्चालन तथा प्रदर्शनी, विभिन्न थरिका कफीहरुको ब्रिविङ्ग तथा टेस्टिङ्ग गर्ने गराउने, कफी सहकारी संघहरुबाट सञ्चालित कफी सम्बन्धी गतिविधिहरुको प्रदर्शनी गर्ने, नेपालको कफी क्षेत्रको वर्तमान अवस्था, नीतिगत व्यवस्था तथा आगामी कार्यदिशा विषयक प्रस्तुतीकरण एवम अन्तरक्रिया कार्यक्रम हुने समेत यसै प्रेस विज्ञाप्ती मार्फत जानकारी गराउन चाहन्छु ।
अन्त्यमा, नेपालमा कफी विकास तथा प्रवद्र्धनमा लाग्नु हुने सम्पूर्ण अग्रज कृषकं, उद्योगी, व्यवसायी, संघ–संस्थाहरु सबैलाई २० औं राष्ट्रिय कफी दिवसको पुनित अवसरमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु ।