नेपालमा उत्पादन हुने कोसेबाली
कोसेबालीमा मुख्यतयाः मुसुरो, रहर, चना, भटमास, बोडी, मास, मुंग, गहत, केराउ, मस्याङ्ग, खेसरी पर्दछन् । यी बालीेको करिब ३ लाख २० हजार हेक्टरमा खेती र २ लाख ७५ हजार मेट्रिक टन उत्पादन हुन्छ । कोसेबालीको सरदर उत्पादकत्व ८८२ के.जी.÷हे. छ । कोसेबाली मध्ये मुसुरो प्रमुख हो र यसले कोसेबालीको ६० प्रतिशत क्षेत्रफल ओगटेको छ । कोसेबालीमा १७–४० प्रतिशत प्रोटीन पाईन्छ र यिनलाई प्रोटीनको सस्तो स्रोत मानिन्छ । जरामा हुने गिर्खाले हावाबाट नाइट्रोजन (४०–३५४ के.जी.÷हे. प्रति वर्ष) स्थिरिकरण गरी माटोलाई मलिलो बनाउँछ । बाली सघनता, अन्तरबाली, बालीचक्रको लागि कोसेबालीको ठूलो भूमिका छ ।
मुसुरो :
हालसम्म कुल १० जातका मुसुरो विकास एवं उन्मोचन भएकोमा २०६१ यता महेश्वर भारती, सगुन र शितल जस्ता ३ वटा जातहरू उन्मोचन गरिएका छन् ।
खजुरा २ जात पश्चिम पहाडमा मकै र धान बाली प्रणालीको लागि उत्कृष्ठ पाइएको छ ।
उन्मोचनको लागि प्राविधिक समितिले अनुजात (जिनोटाइप) ILL 7982, ILL 6829 सिफारिस
गरेको छ । ILL का दर्जनौं अनुजातहरू अध्ययन र छनौंटको क्रममा छन् ।
मुसुरोका ओइलाउने, डढुवा र जरा सड्ने रोगहरू बढिरहेका छन् । तिनको समाधानका लागि अवरोधक तथा सहनशील जातहरूको विकास र छनौंटमा काम भइरहेका छन् भने दर्जनौं जातहरू पहिचान भैसकेका छन् ।
चना :
कुल ८ जातका चनाको विकास एवम् उन्मोचन भएका छन् जसमध्ये २०६५ सालमा तारा र अवरोधी नामका २ जात उन्मोचन गरिएका थिए ।
श्रृँखलाका आधा दर्जन उत्कृष्ट उपजातहरू पनि पहिचान भएका छन् ।
चनालाई एकल भन्दा आलस, रायो, तोरी जस्ता बालीसँग मिश्रित गरी लगाउँदा बढी राम्रो हुने पाइएको छ ।
रोप्ने उपयुक्त समय कात्तिकको तेश्रो साता पाइएको छ । राम्रो उमार र बोट बृद्धिको लागि बीउलाई ढड्याएर रोप्न सिफारिस गरिएको छ । यसबाट ४१ प्रतिशतसम्म उब्जनी बढ्न सक्छ ।
बिउलाई ०.०५ प्रतिसतको सोडियम मोलिब्डेटको घोलमा डुबाएर राइजोवियम ३ ग्राम÷केजी बीउको दरले मलेर छर्दा जरामा नाइट्रोजन स्थिरिकरण गर्ने गीर्खा बढी आउने र उब्जनी पनि बढ्ने पाइएको छ ।
लाइनका ६ वटा अनुजातले स्टाण्डर्ड चेक धनुषा भन्दा धेरै (४००–६०० केजी÷हे.) उब्जनी दिए । त्यो भन्दा पनि अनुजातहरू ICCV95118, ICCV97104, ICCV04111 ले धनुषाले भन्दा दोब्बर उब्जनी क्रमशः ५.२, ४.५ र ४.५ टन÷हे. दिएर अन्तिम छनौंटमा पुगेका छन् ।
तारा र अवरोधीले पनि कृषकको फिल्ड परीक्षणमा माथिको सरदर भन्दा धेरै क्रमशः २.० र १.९ टन÷हे.दिए । ICCV श्रँृखलाका आधा दर्जन उपजात पहिचान भएका छन् ।
रहर :
उपयुक्त जातको छनोट विकास र रोगहरू व्यवस्थापन सम्बन्धी अनुसन्धान केन्द्रित छ । ICPL,
ब्अअ ३ का धेरै अनुजात पहिचान भएका छन् । ICPL 95008 र वहार १ गृष्ममा र पुसा ९ र पुसा १४ (३ टन÷हे.) वर्षा पछि रोप्न सिफारिस भएका छन् । ICPL छिटो पाक्ने, ओइले र स्टेरिलिटी मोजाइक भाइरस अवरोधक हो । अन्य यस्तै दुई उपजात पनि पहिचान भएका छन् ।
Acc # 7675 ले मध्य पश्चिममा राम्रो उब्जनी (१.९ टन÷हे.) दिएको छ ।
भटमास :
हालसम्म भटमासका ८ वटा जातहरूको विकास गरी उन्मोचन समेत भै सकेका छन् जसमध्ये
विगत ५ वर्षमा पूजा (तराई, भित्री तराई, मध्य पहाडको लागी) र तरकारी भटमास १ (मध्य पहाड, उपत्यकाको लागी) उन्मोचन गरिएका छन् ।
जातिय परीक्षणबाट केही अन्य उपजातहरू (Genotypes): IARS 87-1, PK–7394, F-778817, OCB-81, & PK-32 पनि खेतीको लागि उपयुक्त पाइएका छन् ।
मकै भित्र भटमास लगाउदा मकै÷कोदो पद्धतिको तुलनामा प्रति रोपनी थप रु १२५० आम्दानी गरी जम्मा रु.२००० प्रति रोपनी मुनाफा हुने देखिएको छ ।
मुङ :
मुंगका उन्नत जातमा पुषा बैशाखी, प्रतिक्षा र कल्याण उन्मोचन भैसकेका छन् । यी जातहरू अगौटे हुनुको साथै धान–गहुू–मुंग प्रणालीमा सुहाउँदा छन् र ःथ्ःख् भाइरस अवरोधक छन् ।
यी बाहेक VC-3960A, VC- 6173C, VC- 6371-92 जस्ता रोग अवरोधक जातहरु उत्कृष्ट देखिएकाले सिफारिस हुने क्रममा छन् ।
धान–गहँु पद्धतिमा छोटो अवधिमा तयार हुने बाली मुङ गहुँ पछि खेती गरी थप आम्दानी र माटोको उर्वराशक्ति पनि बढाउन सकिन्छ ।
बोडी :
हालसम्म बोडीका ३ जात (प्रकाश, आकाश र सूर्य)े विकास एवं उन्मोचन भएका छन् ।
पछिल्लो जात सूर्यको २०६१ सालमा उन्मोचन भएको थियो । यो नाइजेरियाबाट आएको, उत्पादकत्व २.५ टन÷हे., ७७ दिनमा पाक्ने र मध्य तथा पश्चिम तराई र बेशीको लागि सिफारिस गरिएको छ । यो हरियो कोसा र दाल दुबैको लागि उपयुक्त छ । खेतको आलीमा लगाउन पनि राम्रो पाइएको छ ।
अन्य केही उपजातहरु जस्तो IT82D-787, IT86F-2062-5G छन् छनोटको क्रममा छन् ।
अनुजात IT86F-2089 तरकारीको लागि अतिनै राम्रो मानिन्छ र सिफारिसको क्रममा छ ।
यसको खेती पोखरा क्षेत्रमा वसन्ते र वर्षे बालीको रुपमा गरिन्छ । उत्पादन ३००–४०० के.जी प्रति रोपनी छ । हरियो कोसाको तरकारी साह्रै स्वादिष्ठ र काठ नपस्ने हुनाले बजारमा माग ज्यादै छ ।
वसन्ते खेतीमा रोग भन्दा कीरा (लाही, पतेरो, सेतोझिँगा, कोसाको गवारो) को प्रकोप बढि पाइएको छ । अतः बिरुवाको सानै अवस्थादेखि अन्तिमसम्म यी कीराहरूबाट बाली बचाउन
थायोडान ३५ ई.सि.२ मि.लि.प्रति लिटर पानीमा मिसाई पुरै बोट भिज्ने गरि छर्नु पर्दछ ।
यसरी औषधी छरेपछि १० दिनसम्म बाली टिप्नु वा वस्तु भाउलाई ख्वाउनु हुँदैन ।
मास :
मध्य पहाडी क्षेत्रमा लगाइने स्थानीय जात बाह्रबिसे लोकल मोटो दाना भएको, राम्रो पाक्ने, किसानले मन पराएका र एक हेक्टरमा १.२ टनसम्म फल्ने पाइएकोले त्यसैलाई बढाउन सिफारिस गरिएको छ ।
राजमा :
राजमाको खेती नेपालमा भर्खरै शुरु भएको हो । तर यसको विस्तार निकै तिव्र गतीमा भईरहेको छ । त्यसैले सुहाउँदा जातहरूको विकास गर्ने क्रममा PB-0001, PB-0002, PDR-14 / PB-0048 जस्ता जेनोटाइपहरू छोटो अवधिमा पाक्ने, धेरै उब्जनी दिने, अल्टर्नेरिया रोग अवरोधक र धान पछि लगाउन उपयुक्त पाइएका छन् ।
राजमा लगाउने उपयुक्त समय अगौटे धान काटेपछि कात्र्तिकको तेस्रो हप्ता हो । बिउलाई १२ घण्टा ढड्याएर रोप्दा २६ प्रतिशत उब्जनी बढेर २.९ टन प्रति हेक्टरसम्म पुगेको पाइएको छ ।
उब्जनी बढाउनको लागी बिउ उपचार गरी रोप्ने र पछि वेभिस्टिन २ ग्राम प्रति लिटर पानीमा घोलेर छर्न पनि सिफारिस गरिएको छ ।
मस्याङ् :
नेपालको पहाडी भू–भागमा परम्परादेखि नै खेती गरिदै आएको मस्याङ्को अनुसन्धान केही वर्ष अगाडि देखि नेपाल र भारतमा संयुक्त रुपमा शुरु गरिएको छ । नेपालका विभिन्न भागमा
सर्वेक्षण गरी विभिन्न किसिमका स्थानीय जातहरूको विशेषता अध्ययन, पौष्टिक तत्वको विश्लेषण, स्थानीय ज्ञानको अभिलेखीकरण र राम्रा जातको छनौंट गर्ने कार्यक्रमहरू सञ्चालन
भईरहेका छन् ।
पहाडी बाली अनुसन्धान कार्यक्रमले गरेको अनुसन्धान नतिजा अनुसार एक्सेसन LRGR-99, LRGR-111, NPGR-00194, NPGR-05420 मध्यपहाडको लागि उत्कृष्ठ पाइएका छन् ।
खेसरी ः
यस बालीको मुख्य समस्या भनेको विषाक्त (ODAP/ toxin) कम भएका जातको पहिचान गरी
खेतीको लागि सिफारिस गरेकाले बाहिरबाट ल्याइएको जिनोटाइप CLIMA Pink मा त्यस्तो गुण पाइएको अध्ययनले देखाएको छ र यसले उब्जनी पनि बढी दिएको छ ।
सिराहा लोकल (१.३ टन) भन्दा कम ODAP (२६ देखि ३८ प्र.श.) भएका जातहरूले झन् धेरै
उब्जनी (१.५–१.६ टन÷हे.) दिने पाइएका छन् ।