२०८१ माघ २

किसान सञ्जालको अवलोकन भ्रमणमा के भने कृषि उद्यमीहरुले

धनबहादुर मगर
काठमाडौं पुस १३-१४, राष्ट्रिय किसान सञ्जाल नेपाल, राष्ट्रिय कार्यन्वयन समितिको आयोजनामा मकवान्पुर जिल्लाको थाहा नगरपालिकाको, चित्लाङ, कुलेखाानी, मार्खु धुम्वराही, कलंकी वरिपरिका सरकारी तथा निजी क्षेत्रबाट सञ्चालित कृषि फार्महरुको अध्ययन, अवलोकन भ्रमण सम्पन्न भएको छ ।
अवलोकन भ्रमणको मुख्य उद्देश्य त्यस क्षेत्रमा किसानहरुले गरिरहेको व्यवसायिक कृषिको अवस्था, उनीहरुले गरेको कृषि उत्पादन, प्रशोधन, बजारीकरणबाट प्राप्त गरेको अवसर र समस्या र चुनौंतीका बारेमा बुझ्नु थियो । उक्त अवलोकन भ्रमण कृषिमा भइरहेको लगानी, चुनौंती र अवसरको रुपमा अध्ययन, अनुसन्धानमा टेवा पु¥याउने गरि गरिएको दुइदिने अवधिको थियो ।
कार्यक्रममा पहिलो दिन थाहा नगरपालिकास्थित चित्लाङमा अशोक सिंह ठकुरीद्धारा सञ्चालित सानन जातको बाख्राबाट व्यवसायिक रुपमा कसरी गरिरहेका भन्ने कुरा बुझ्नु थियो । ठकुरीको अगुवाईमा सञ्चालनमा रहेको चित्वाङ गोटचिज फार्म तथा होम स्टेमा पुगेर नेपालमा सानन् जातका बाख्रा पालनको सम्भावनाका विषयमा छलफल गर्ने अवसर मिल्यो ।
उक्त कार्यक्रमको नेतृत्व अखिल नेपाल किसान महासंघका महासचिव तथा राष्ट्रिय भूमि आयोगका पूर्व उपाध्यक्ष, राष्ट्रिय किसान सञ्जालका संयोजक नहेन्द्र खड्काले गरेका थिए ।
खड्काले अवलोकन भ्रमण मुख्य उद्देश्य माथि संक्षिपत रुपमा विचार राख्दै भने यो अवलोकन भ्रमण सिकाई रहेको, र कृषि व्यवसायीहरुबाट भए गरेका उन्नति र प्रगति, साथै चुनौंती र अवसरहरु किसान सञ्जालका लागि महत्वपूर्ण सिकाईको रुपमा रहेको बताए ।

छलफलमा फस्ट नेपालीज चिज फार्मका प्रमुख अशोक सिंह ठकुरीले सानन जातको बाख्रा पालनबाट हुने फाइदा र महत्वको चर्चा गर्दै भने, आफू नेपालमा सानन जातको बाख्रापालन गर्ने निजीस्तरीय पहिलो व्यवसायी भएको बताए । विषयवस्तु माथि छलफलको क्रममा उनले १० वटा सानन् जातको बाख्रा २०७१ सालमा पालनमा ल्याएको बताए । उक्त १० वटा बाख्रामा ६ वटा मरेको र बाँकी ४ वटा बाट फैलिएको र १०० को हाराहारीमा पुगेको बताए । ‘ठकुरीले भने ६ वटा म¥यो ४ वटा बाँकी रह्यो ।’ त्यसैबाट बोका पाठापाठी वृद्धि गरेको र केही पाठापाठीहरु तनहुँको बन्दीपुरमा बाख्रा अनुसन्धान केन्द्रलाई व्रिडको लागि दिएको बताए । डेरि गोट परियोजना मरुभूमि जस्ता भु्वनोट भएको ठाउँमा नहुने रहेछ ।
डेङ्गो लाग्दा मानिसको स्वास्थ्यमा रगतका आधार कम हुँदा सानन जातको बाख्राको दूध सेवन गर्नाले प्लेट पुनर्संरचना हुँदा मानिस बाँच्दो रहेछ भने किन चिज बेच्न ? भन्ने सोचले दूधै बेच्न थालियो । सानन जातको बाख्राको दूधबाट डेङ्गोबाट उन्मुत्ति पाउनु राम्रो गुण रहेछ भन्ने कुरा मानिसहरुलाई थाहा छैन । ताजा दूधमा पाउने स्वास्थवद्र्धक पोषणयुक्त दूध पाइन्छ । फमेन्टेशन गरेको दूध र दही बाट पाउने तत्वमा धेरै अन्तर हुन्छ ।
दूध र चिज एउटै हुन् । इमान्दरिता साथ भन्नु पर्छ । सरदर एउटा बाख्राले २ लिटर दूध दिन्छ ।
यूरोपमा पाठापाठीलाई दूध खानै दिँदैन । साँढे ४ लिटर बरावर १ केजी, चिज बन्छ । जंगलमा चरेका एउटा बाख्रा र बाँधेका बाख्रामा दूध दिने क्षमता र स्वादमा समेत फरक हुन्छ । ३ लिटरसम्म दूध दिन्छ ।
न्यूट्रियन्ट र फ्याटहरु कम हुन्छ । बजारमा बिक्रीको लागि एक पटक पठाउँदा १५० केजी पठाउनु पर्छ । यूरोपको भन्दा यहाँको बाख्रामा हाइ प्रोटिन हुन्छ । होटल ¥याडिसनमा ५ सय रुपैयाँ प्रति लिटर र चिजको प्रति केजी ५ हजार, सफट ३ हजार, महीको ४ हजार प्रति लिटर पर्छ । नेपालमा यही बसेर अढाई लाख रुपैयाँ कमाई हुन्छ भने विदेश जानै पर्दैन । विदेश जान मलाई मनै पर्दैन । विदेश जानेको हालत कस्ता छ ? श्रीमान घर फर्कदा उसले पठाएको सम्पति र दुबै हुँदैन । साननको व्रिड भारतमा हुँदैन । म पहिले त तरकारी खेती गर्थेँ । अहिले मैले ७० वटा सानन जातको बाख्रा पालन गरेको छु । विगतमा १२५ वटा पुगेको थियो । चिज फ्याक्ट्री सहकारीको थियो ।
लाइभ एनिमल सहकारीको हुनै सक्दैन । २०६२÷२०६३ मा आन्दोलन हुँदा म चितवनसम्म हिँडेर गएको थिएँ ।
यिनै सानन जातको बाख्रा पालन गर्न म बेल्जियम गएको ३ वर्ष पछि १० हजार यूरो सहकारीको नाममा ३ पठाएको रहेछ । चिज कारखाना चल्यो । सबै किसानसँग दूध लियो । चिज लानु पर्ने काठमाडौंमा हेफर इन्रनेशनलले चिज लियो । चिज धेरै भएकोले चिज कुहिने र लगेर फाल्नु पर्ने अवस्था आयो । साननको दूध भनेर गाईको दूध पनि मिसाइदिने, सहकारी हटाई दिएँ । यथार्थ के हो भनेर लेखिदिनुहोस् अहिले सहकारीको नाम हटाएर निजी गरेको छु । सहकारीको नाममा एकदिन सबै लिएर जाने केही होइन । यही माटोमा छोडेर जाने हो ।

ठकुरीले भने मैले राजनीति गरेको भए मन्त्रीले जे–जे भन्छन् त्यही त्यही मान्नु पथ्र्यो । हामीले विकास गर्नु पर्छ भन्दा पाएको छैन । धेरै गुनासो गर्न सक्दैन ।
तपाईले उत्पादन गरेको वस्तुको बजार के अवस्था के छ भन्ने प्रश्नमा उनले भने । दैनिक ५ लिटर दूध मासिक १५० लिटर दूध र १५० केजी चिज बेच्ने गरेको छु । यहाँ धेरै नेवारी जातिहरु छन् । छुट्टै प्रकारको रहन–सहन, बाजागाजा, बोली–चाली छन् पृथक छन् यहाँको संस्कृति, कति फरक छ ।
नेपालका नेपालीहरु वेल्जियम लगायत यूरोपका धेरै देशहरुमा पुगेका छन् । म बेल्जियम जाँदा ग्रीन कार्ड पाएर बस्ने चितवनको साथी हुनुहुँदो रहेछ । खानपिन पनि नेपालीपनकै रहेछ ।
मलाई दिक्क पनि लाग्यो । सन् २०१३ मा शुरुवात गर्दा विदेशी मात्र आउँथ्यो । एकदिन एकैपटक १२ जना टुरिष्ट आउनु भयो । पैसा त घरमै आउँदा रहेछ नि । त के–के भइस् भन्दा गिनीज बुकमा नाम लेखायो पनि, अशोक सिंह ठकुरी भनेको को हुन् त्यति हो ? अशोक सिंह ठकुरी चित्लाङमा गोट चिज उत्पादन गर्ने किसान हुन् भनेर चिनिन्छ । म स्वाभिमानी छु । एमालेका साथीहरु आउँदा नजिक, अनि माओवादीका साथीहरु आउँदा नजिक हुने होइन । म हिजो पनि एमाले आज पनि एमालेलाई समर्थन गर्छु । मेरो अनुभवमा छ । हाम्रो देशमा प्रशस्त जंगल छ । जंगलमा कागती, जुडीबुटी लगाउने हो भने भारतको कागती ल्याउनु पर्दैन । चिन, भारतबाट टाइचिनको चिउरा बोराको बोरा ल्याउँछ । पहिले पहिले नेपालको टाइचिनको चिउराको बोरा खोल्दा हरक्क वासना आउँथ्यो । तर त्यही टाइचिनको चिउरामा कुनै वासना आउँदैन । तराईमा पाखनवेद प्रशस्त हुन्थ्यो । महिला सुत्केरी हुँदा खुबै काम लाग्थ्यो । औषधीको लागि चिराइतो रोपिन्थ्यो । जनताले पनि सपोर्ट गर्नु पर्छ । म अनुदानको विरोधी हुँ । लालि गुराँस सहकारीबाट सञ्चालित गाई फार्मले ३ करोड अनुदान लिएको थाहा भयो । किसान समूह र साना किसानहरुलाई त्यति धेरै अनुदान दिएको भए किसानमा सरकारले सहयोग ग¥यो है भनेर हौसला मिल्थ्यो ।

लालीगुराँस गाई फार्म र बाबा बाख्रा फार्मलाई यसरी त्यति धेरै अनुदान दिनु राज्यको नोक्सान हो नि । यो किसानले कहिले पाउने ? ठूलाले मात्र पाउने ? साना किसानले नपाउने ? एकैचोटी ठूलो मान्छे बनेको देखिन्छ ।
२०५९ सालमा म फ्रान्सको राजधानी पेरिसमा २८ दिन चिज बताउने तालिम लिएर फर्के । २०३६ सालको नक्खु जेल बसेका अशोक उपाध्याय, वसन्तकुमार उपाध्यय भाग्दै पेरिसमा पुगेको रहेछन् । मेरो त्यही भेट भयो ।
फ्रान्सेली भाषा नबुझ्ने, भित्तामा लेखेको भरमा बुझ्नु पर्ने । अंग्रेजी बोल्न आएपनि अंग्रेजी भाषै नबोल्ने । त्यो यसो गर उसो गर भन्न परेपनि चित्र बनाएर बुझाउनु पर्ने साह्रै गाह्रो भयो । मैले बेल्जियमबाट बाख्रा ल्याउछु भनेको थिएँ । कुन एयरलाइन्स् ल्याउने ?
साँढे दुई लाख रुपैयाँ पर्ने, निशुल्क दिएको बाख्राको बिल नबने । बाख्रा ल्याउनै सकेन । मैले चिज नबनाएको भए । बाख्रा ल्याउने थिएन ।
कोरोना पछि अहिले व्यवसायिक रुपमा उठ्न सकेको छैन । उद्योग, व्यवसायी, किसान समग्र रुपमा हेर्छु । आएर ४ करोड अनुदान लिनु भन्दा राष्ट्र बैंकले ३ प्रतिशत व्याजदरमा ऋण दिए पुग्छ । सबैलाई भन्दैनौं, देशको उद्योगधन्दा फस्टाउने हो भने ऋण दिन आँखा चिम्लेर सिफारिस गर्नु पर्छ । उद्योग व्यवसाय फस्टाउने बजारको व्यवस्थापन हुने हो भने म जस्तो धेरै मान्छेहरु खाडीमा जानु पर्दैन ।
यही जङ्गलमा भएका जुडीबुटीहरुलाई यूरोप, अमेरिका, पठाउनु सकिन्छ । समाजिक सञ्जालमा अनेक कुरा पोष्ट गरिन्छ । वास्तविक कुरा गरेदिए हुन्छ । मेरै गोरुको बाह्रै टक्का भन्न छोड्दैन । राजनीतिक नेतृत्वलाई मिलाउन सकेन । म एमाले कै हुँ । नेता बन्न फताह बन्नु पर्ने, झुठो बोल्नु पर्ने, प्रजातन्त्र ल्याउनेहरुको अवस्था मैले देखिसकेँ, ठकुरीले भने ।
अखिल नेपाल किसान महासंघ अप्फाका नेता रामप्रसाद भुसालले तपाई कसरी मोटिभेट हुनु भयो भन्ने प्रश्न गरे । उनले भने मलाई माओवादी काँग्रेस दुबैले चिन्नु हुन्छ । म आफैलाई थाहा छ नेपाली काँग्रेसका महामन्त्री गगन थापाले विगतमा पाँचसात लाखको गोठ बनाएर करोडौं रुपैयाँ अनुदान लियो भनेर हल्ला चलेको छ । अनुगमन गर्दा उनको बाख्रा जंगलमा चर्न गएको छ भन्यो रे । सामाजिक सोँच भएको मान्छे हुनु पर्छ । २०५८ सालमा सरकारी फार्मको हाकिम, धर्मराज श्रेष्ठले चिज बनाउने लागेको थियो । तर नसकेर उ बेलायततिर हिड्नु भयो भन्ने सुनेको छु ।
राज्यको हो की के भन्ने, मलाई दुःख लाग्छ । गरिवी निवारण हामीबाटै हुनु पर्छ । जागिर, बन्द व्यापार ज–जसले गर्छ सहयोग गर्नु पर्छ । श्रीमानले पठाएको सम्पति श्रीमतीले सकेको छ । श्रीमतीले पठाएको सम्पती श्रीमानले सकेको हुन्छ । अनि आएपछि सबे स्वाहा देखिन्छ । अनि परिवार–परिवारमा फाटो आउँछ । जीवन बिताउनुका लागि सँगेै रहनु पर्छ । प्राकृतिले दिएको कुरा सबै गर्नु पर्छ । उनले भने ।
सरकारको तर्फबाट आर्थिक सहयोग पाउनु भएको छ ? भन्ने प्रश्नमा ठकुरीले भने दूधको चिस्यान गरेर राख्न एउटा फ्रिज दिएको छ ।
ठकुरीले १५ जनाको परिवार छन् भने एउटाले भाँडा माझ्न धेरै समय लाग्ने बताउँदै आफूले खाएको भाँडो आफैले माझ्नु पर्ने कुरा जोड दिँदै भने । ‘सबैले आ–आफ्नो भाँडो माझ्नु पर्छ । १५ जनाको भाँडो माझ्न कति समय लाग्छ । त्यसैले आफूले खाएको भाँडो आफैले माझ्नु पर्छ भन्ने मेरो विचार छ ।’

नेपाल सरकार बागमती प्रदेश बाख्रा विकास अनुसन्धान केन्द्रका प्राविधिक सहायक तुसली बास्तोलाले अशोक सिंह ठकुरीले स्रोतको रुपमा त्यहीबाट सानन जातको बोका लगेको बताए । पिओर बनाउन सकिन्छ कि सकिदैन भन्ने प्रश्नमा लाइनमेन्ट गर्न सकिने व्लडको आधार नभएको बताए । लाइभस्टकमा त्यस्तो सम्भावना नभएको बताए । तर पनि ४० वटा पिओर, २०० वटा सानन क्रसमा छन् । एक वेटमा ३ वटासम्म पाएको छ ।

मासु स्वादको कस्ता हुन्छ ? भन्ने प्रश्नमा अरु बाख्राको खोरमा गएको भए फरक समेत आउँछ । सानन जातको बाख्राको मदर (प्यारेन्ट) कसरी लिइन्छ भन्ने विषय उनले भने । साननको क्रस प्यारेन्ट गरियो भने समान्तरण खरिसँग क्रस गर्ने गरेको बताए । साथै सानन जातको बाख्राको तौलको विषयमा जिज्ञासा राख्दा मेल भाले १०० केजी, फिमेल ५० देखि ५८ केजी हुने बताए । यसको मासु बाख्राको जस्तो हुँदैन । प्रेसर कुकुरमा राखेर पकाउनु पर्दैन ।
१० हजार फिट भन्दा माथि उचाई भएको भू–भागमा यसलाई पालन गर्न सकिन्छ । पालन गर्ने इच्छुक किसानहरुले स्थानीय तहका वडा र पालिकाबाट सिफारिस लिएर आउन सक्छ । माग अनुसार अघिल्लो सालको यसै आर्थिक वर्ष २०८१÷०८२ मा पूरा गरिरहेका छौं । नियम अनुसार माग भएपछि उपलब्धता गरिदिन्छौं र पालो कुरेर लान सकिन्छ ।

प्रति के.जी १ हजार मूल्य जिउदो, लाइभ वेट, दूध छुटाउँदा ४० के.जी, भईसक्छ । दूध उत्पादन क्षमता एउटा दुहुनो माउबाट प्रतिदिन २ लिटर दूध दिन्छ । दुईवटा बच्चा (वेवी किङ) हुँदा पनि साननको २ लिटर दूध आनन्दले दिन्छ । क्रस गरेको खरि जातको बाख्राको १ लिटर दूध दिने क्षमता राख्छ । प्रति लिटर दूध ५०० रुपैयामा बिक्री हुन्छ । गाई भैंसीको जसरी बिहान बेलुकी पर्खेर दुहुनु पर्दैन । जतिबेला पनि दूध दुहेर पनि खुवाउन सकिन्छ ।
बास्तोलाका अनुसार १०० वटा वरुवाल जातका भेडा रहेको र शुरुमा जुम्लाको सिँजाबाट वरुवाल जातको भेडा ल्याएको बताए । २००१ सालमा यो फार्म स्थापना भएको थियो । कृषि अनुसन्धान परिषद् नार्कको गुठीचौर अनुसन्धान केन्द्रमा म्याङलुङ्ग, मेरीनो, वरुवाल भेडाका जातहरु पाइन्छ । पाँचसय खोला अनुसन्धान केन्द्र नुवाकोट पनि पालन गर्ने गरिएको छ ।
स्थानीय र बाहिरबाट ल्याएका जातिलाई हिस्ट्रो नगरौंं भनेर छुट्टा–छुट्टै विकास गरिएको छ ।
यहाँ क्यालिफोर्निया र आइल्याण्डबाट अंगोरा जातको खरायो पालन गरिन्छ । अंगोरा जातको खरायोको विशेषता आँखा छुट्याउन सकिने र त्यस जातिको आँखा र तेजिलो हुने बताए । सरकारको नीति अनुसार २०६२ सालमा केही जातका खरायोहरु हटाएको बास्तोलाले भने ।
मासु प्रयोजनका लागि यसै आर्थिक वर्ष १५० वटा खरायोहरु बिक्री गरिसकिएको र उक्त खरायो हिमालयन रेविट हाउस प्रा.लि. लाई दिएको बताए । अहिले सम्म त्यहाँ १५० वटा खरायो बाँकी रहेका छन् भने । हिमालयन रेविट हाउसलाई वार्षिक रुपमा ३०० वटा खरायो उपलब्ध गराउने गरेका छौं । बजारको माग अनुसार ४ महिना भन्दा तल रु.५००, पाँच महिना भन्दा माथिका रु.४०० प्रति केजीका दरले बिक्री गर्ने गरको बताए ।
खरायोलाई १५÷१५ दिनमा व्रिडिङ्ग गरिन्छ । भेडाले कराएर बाली लिएको कसैले थाहा पाउँदैन । ५ वर्षसम्म राख्दा पनि थाहा पाउँदैन । फिमेल र मेल राखेर म्याटिङ गरिन्छ । मेल दोहोरो राख्दा पनि थाहा हुँदैन ।
बास्तोलाले २००१ सालमा बनाएको खोर देखाउँदै भने ‘यो खोर २००१ सालमा बनाएको खोर‘हो ।’ यि बाख्राहरुलाई प्रोटिनयुक्त खानेकुराहरु खुवाइन्छ । तोरी, पीना, वदाम, नुन, आदि दिइन्छ ।

इन्द्रसरोवर मत्स्य विकास केन्द्र कुलेखानीका प्राविधिक सहायक सुनील लामाले तालमा मत्स्या पालन विक्रम संम्वत् २०४१ सालबाट श्ुरु भएको र २०४९ सालमा मत्स्य विकास केन्द्रको रुपमा स्थापना भएको बताए । उनका अनुसार मत्स्य विकास केन्द्रमा विभिन्न प्रजातिका माछाहरु पालिने गरेको बताए । माछा पालन गर्ने काम कहिले र कसरी शुरुवात भयो भन्ने प्रश्नमा स्थानीय वासीहरुको जीविकोपार्जनलाई सहज बनाउन माछाको भूरा ल्याएर पालन शुरु गरेको बताए ।
माछाको भूरा यही उत्पादन हुन्छ कि अन्य ठाउँ ल्याउनु पर्छ भन्ने प्रश्नमा उनले चितवनको रत्ननगर टाँडी र भण्डारबाट भूरा ल्याएर छोड्ने गरेको बताए ।
इन्द्र सरोवर मत्स्या पालन केन्द्रमा कुन–कुन जातका माछाहरु पालिन्छ भन्ने प्रश्नमा सिल्भर कार्प, कमन कार्प, विग हेड आदि जातको माछा पालिने बताए । इन्द्रसरोवर मत्स्य विकास केन्द्रबाट वर्षेनी २५०० क्विन्टल माछा उत्पादन गरिन्छ । असार–भाद्रमा भूरा छोडिन्छ । असार मसान्तसम्म आकार अनुसार माछा बिक्री गर्न माछा मारिन्छ । माछालाई ग्याल्भानाइज केजमा पालिन्छ । विशेष गरि मत्स्य पालन व्यवसायी संघले समेत माछा पालन गर्दै आएको छ । माछा पालन केज भित्र र बाहिर पनि पालिन्छ । उनले भने । धेरै माछा पालनको काम हामीले भन्दा मत्स्य व्यवसायी संघले गर्ने गरेको बताए ।
लामाले भने बढीमा वार्षिक ४००० टन माछा त्यही तालबाट उत्पादन गर्ने बताउँदै, तालमा माछा मारेपछि सरकारलाई कर बुझाउने गरेका छन् ।
तराईमा पालिने माछा र इन्द्रसरोवर तालमा पालिने माछाको गुणस्तरमा कतिको फरक हुन्छ भन्ने प्रश्नमा लामाले चिसो पानी भएकोले यहाँ पालिने माछाको स्वाद राम्रो हुन्छ । शहर माछा विरलै पाइन्छ । यो तालमा ६० केजी तौलसम्मको माछा हुन्छ ।
लामाका अनुसार वरिपरिका किसानहरुले तरकारी खेती गरिने भएकाले तरकारीमा छर्ने विषादीले धेरै असर गरेको हुन्छ । माछाको जैविक विविधतामा कस्तो असर पारेको छ ? भन्ने विषयमा प्रश्न गर्दा किसानहरुले विषादीको प्रयोग गर्दा जैविक विविधतामा आधारित स्थानीय जातको माछाहरु हराउँदै गएको बताए ।
नर्सरी केजको पनि व्यवस्था छ । भूराको लागि १२ वाई १२ मिटर बराबरको केज बनाइन्छ । १६ वाई १८ आकारका, ८ वाई ८ मिटरका, गरि जम्मा १६ वटा केजहरुमा माछापालन गरिएको बताए ।
गहिराईमा ३ मिटर, लम्वाई, चौडाईमा ५ वाई ५ मिटरको हुन्छ ।

इन्द्रेणी मसरुम प्राविधिक उत्पादन प्रमुख भास्कार अर्यालले १३ वटा आर्टिफिसियल बलका रुमहरु रहेको छ । १ वटा बलमा १८०० ग्राम तौल हुन्छ । १ वटा आर्टिफिसिएल रुममा ८०० वटा बल अट्छ ।
च्याउको होलसेल मूल्य २८० र बजार मूल्य ३५० मा दिने गरिन्छ । बल आर्टिफिसियल रुपमा राखेपछि ५ दिन रेष्टमा राख्नु पर्छ । वार्षिक ५ पटक उत्पादन लिन्छ । एउटा केजबाट एकपटकमा ६ लाख ५५ हजार २ सय रपैयाँ बराबर च्याउ उत्पादन हुन्छ । नेपालमा कच्चा पदार्थको अभावका कारण च्याउ उत्पादनमा महँगो लागत लाग्छ । भारतको हरियानामा यस्तै गोव्रे च्याउ उत्पादन लागत ३५ रुपैयाँ पर्न जान्छ । बिउ कहाँबाट ल्याउनु हुन्छ भन्ने प्रश्नमा बिउ गुर्जुधाराको बीउ व्यवसायहरुबाट ल्याउन गरेको बताए । मान्छले बल बनाउँछन् कि मेसिनबाट भन्ने प्रश्नमा मानिसले नै बल बनाउने गरेको बताए । केजमा हालेको ३५ दिनबाट उत्पादन दिन शुरु गर्छ ।
यसका लागि प्लाष्टिक १८ वाई ३६ प्लाष्टिक आकारको हुन्छ ।
आवश्यक सामाग्रीहरु पराल १००० गाम
कुखुराको सुली ७० प्रतिशत,
यरिया १.५ प्रतिशत,
एमोनिया सल्फेट ५ प्रतिशत,
गहुँको चोकर ५ प्रतिशत,
पीना २ प्रतिशत,
जिपसम १० प्रतिशत मिसाएर च्याउ उत्पादन गर्ने मलको तयारी गरिन्छ ।
कच्चा पदार्थ कहाँबाट ल्याउनु हुन्छ भन्ने प्रश्नमा भारतबाट पनि ल्याइने गरेको बताए । साथै बाटोघाटोको कारण कच्चा पदार्थ ल्याउन ठूलो चुनौंंती रहेको बताए ।
च्याउमा लाग्ने रोगहरु के हुन् भन्ने प्रश्नमा बबल, ग्रीन मल, कालो ढुसी लाग्ने बताए ।
बजारबाट फिर्ता आउँछ कि आउँदैन । आयो भने के गर्नुहुन्छ भन्ने प्रश्नमा बजारबाट फिर्ता नलिएको बताए । गहुँको चोकर लगायत आवश्यक चाहिने विविध पदार्थहरु मिसाई सातदिनसम्म राखेर पकाउँछन् । बिग्रन नदिनको लागि मिश्रित चोकरमा तलबाट हावा छिराएर थुप्रोमा भित्रैसम्म हावा पठाइन्छ । महर्जनका अनुसार ३ जना व्यस्थापक, १८ जना नियमित कामदारहरु नियमित काम गरिरहेको बताए । मिनि डोजर चालक बुधमान गमालका अनुसार हाइड्रोक्साइड प्रविधिबाट च्याउ उत्पादन लिन र शून्यसमयदेखि अन्तसम्म उत्पादन प्रक्रियामा लानु २ महिना समय लाग्छ ।

इन्द्रेणी मसरुम फार्मका प्रबन्धक निर्देशक नविन महर्जनले लगानीको विषयमा प्रश्न गर्दा ८० लाखबाट शूरु भएको फार्मको हाल सम्म २० करोडको हाराहारीमा पुगेको बताए । २०७१ देखि २० वर्षका लागि जमीन भाडामा लिएको बताए । न्यूनतम् २० करोडबाट २५ थियो तर पब्लिक कम्पनी भएकोले कार्यविधि अनुसार अधिकतम् लगानी ३५ करोड पु¥याउने योजना रहेको बताए । हालसम्म लगानी कर्ता ७०१ जना पुगेको छ । पब्लिक लि.कम्पनीको रुपमा स्थापित उक्त मसरुम फार्म अत्याधुनिक प्रविधिको प्रयोग गरि च्याउको उत्पादन गरिन्छ । संरचना निर्माण गर्न जमीन बनौटका कारण जमीन बढी खर्च लागेको महर्जनले बताए ।

चुनौंतीहरु केके छन् भन्ने विषयमा प्रश्न गर्दा बाटोको कारण अवरोध छ । बाटोको असुविधाको कारण कच्चा पदार्थ ल्याउन नसक्ने अवस्था छ । यो फार्म २०७१ सालमा स्थापना भई २०७२ सालदेखि उत्पादनमा आएको हो ।
कोरोना कालमा बजारको समस्या भोग्नु प¥यो कि परेन भन्ने प्रश्नमा स्थानीय निकायहरु थाहा नगरपालिका र चन्द्रागिरी नगरपालिकाको अनुमति लिएर बजारसम्म लग्ने गरेको र बजारको समस्या खासै नपरेको बताए । तर, कच्चा पदार्थ ल्याउन भने निकै सास्ती खेप्नु परेको बताए । व्यवस्थापक नविन महर्जनका अनुसार बजारसम्म ल्याउने चुनौंती भनेको स्वास्थ्य कै चुनौंती थियो । जोखिम थियो । सरकारबाट अनुदान पाउनु भयो कि भएन भन्ने प्रश्नमा बागमति प्रदेशमा शालिकराम जमकट्टेल मुख्यमन्त्री हुँदा चिस्यान भ्यान अनुदानको रुपमा पाएको बताए ।

अवलोकन भ्रमणमा अखिल नेपाल किसान महासंघका सह–सचिव तथा युवा नेता निर्दोष तिमिल्सिनाले अवलोकन भ्रमण चुनौंती देखिए पनि नेपाल कृषि क्षेत्रमा लगानी गरेर कृषि उत्पादन बढाउन सकिने सम्भावना भएको बताए ।
त्यसैगरी अखिल नेपाल किसान महासंघ बागमति प्रदेशका सचिव हरिशरण वरुवालले अवलोक भ्रमणको संक्षिप्त समीक्षा गर्दै कृषिमा लगानी बढाउन सके दैनिक रुपमा विदेशिने युवाहरुलाई रोक्न सक्ने प्रशस्त आधारहरु देखेको बताए ।
त्यसैगरी अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य शिशिर श्रेष्ठले भ्रमण फलदायी भएको बताउँदै कृषि उद्योगहरु प्रशस्त खोल्न सक्ने देखिएको बताए ।
त्यसैगरि राष्ट्रिय किसान सञ्जाल राष्ट्रिय कार्यन्वयन समितिका लेख प्रमुख प्रकाश घिमिरेले व्यक्ति व्यक्तिले गरेको पहलमा भएका उत्पादनहरु बजारीकरण जोडदिए वैदेशिक लगानीको आवश्यकता नपर्ने, सरकारबाट सहयोग भएको अवस्थामा गाउँगाउँमा कृषि उद्यमी बढ्ने विश्वास अवलोकन भ्रमणले पाठ सिकाएको बताए ।
अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)का सचिव शिवहरी खनाल,
अवलोकन भ्रमण कार्यक्रम अखिल नेपाल किसान महासंघका नेता रामप्रसा भुसाल, अखिल नेपाल किसान महासंघको कोषाध्यक्ष दयालक्ष्मी श्रेष्ठ, अखिल नेपाल किसान महासंघका युवा नेता प्रज्वल थापा, राष्ट्रिय भूमि अधिकार मञ्चका केन्द्रीय सदस्य प्रेमप्रकाश नेपाली, अखिल नेपाल किसान महासंघका नेता सुरेन्द्र कँडेल, अखिल नेपाल किसान महासंघका नेतृ शान्ति खड्का, अखिल नेपाल किसान महासंघ क्रान्तिकारी केन्द्रका कोषाध्यक्ष गणेश कुवर, किसान सञ्चाल किसान परियोजनाका अनुगमन अधिकृत रितु रुपाखेती सहभागी रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain