२०८२ जेष्ठ ५

खाद्य विशाक्तता भए–नभएको पुष्टि गर्न पत्राचार र ठाउ“–ठाउ“मा अनुगमन

काठमाडौं चैत्र ५,  मिति २०२५ जनवरी ११ मा इन्फोसान सचिवालय जेनेभा स्विजरल्याण्डबाट प्रा प्तर इमेल जानकारी अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट हङकङ उडान भएको Cathay Pacific Airlines को मिति २०२४ जनवरी ०८ गते उडानमा रहेको १० जना र २०२४ जनवारी ०९ गते उडानमा रहेको १८ जना यात्रुहरुलाई खाद्य विषाक्तता खाद्य विशाक्तता भएको जानकारी प्राप्त भएको सन्दर्भमा सो सम्बन्धी अध्ययन गरि प्रतिवेदन पेश गर्न विभागका महानिर्देशक श्री संजीव कुमार कर्णको अध्यक्षतामा मिति २०८१ पौष २८ गते बसेको इन्फोसान सम्बन्धी बैठकको निर्णयानुसार विभागका ब. खा. अ. अ. एवं कोडेक्स तथा इन्फोसान सचिवालयका शाखा प्रमुख सुमन धितालको संयोजकत्वमा खा. अ. अ. इश्वर सुवेदी सहसंयोजक तथा खा. अ. अ. सारदा आचार्य र प्रावधिक सहायक सिर्जना राई सदस्य रहेको चार सदस्यीय अध्ययन कार्यदल गठन गरिएको थियो ।
उक्त कार्यदलले मिति २०८१ पुस २८ गतेका दिन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, काठमाण्डौंलाई मिति २०२५ जनवरी ०८ र ०९ का दिन काठमाडौंबाट हङकङ उडान भएको दुईवटा उडानमा रहेको १० र १८ जना यात्रुहरुलाई खाद्य विषाक्तता भएको सम्बन्धमा पत्राचार गरि काठमाण्डौ एयरपोर्ट भएर जाने अन्य उडानका यात्रुहरुलाई खाद्य विषाक्तताको घटना भए नभएको सम्बन्धमा पत्राचार गरिएको थियो ।
यसका साथै सम्बन्धित हवाइ सेवा प्रदायक क्याथी प्यासिफिकको काठमाण्डौं सम्पर्क कार्यालयलाई सम्पर्कगरि निम्न अनुसारको बमोजिमका विस्तृत विवरण माग गरिएको जनाएको छ ।
(उक्त हवाई सेवा प्रदायकले उक्त उडानका दौरान खुवाइने खानाहरु कहाँ के कसरी तयार भण्डारण गरिन्छ सो को विवरण ।
(काठमाण्डौ हङकङको २०२५ जनवरी ०८ र ०९ (२०८१ पौष २४ र २५ गते) को दुई फ्लाइटमा यात्रा गर्ने यात्रुहरुको परिचय खुल्ने नाम तथा ठेगाना विवरण ।
(सम्बन्धित हवाई सेवाले हङकङबाटनै उत्पादित खाना यदि यात्रुहरुलाई उपलब्ध गराएको हो भने उपलब्ध गराएको खानाको मेनु, शाकाहारी वा मांशाहारी विवरण ।
(हवाइजहाजमा खानाको भण्डारण तापक्रम तथा खानाको अवस्था सम्बन्धी विस्तृत विवरण ।
(हवाइसेवामा खानाको क्याटरिङ गर्ने आपूर्तिकर्ता वा उत्पादकले आफुले उत्पादन गरेको खानाको गुणस्तर प्रमाणीकरण सुनिश्चित गर्ने जीएमपी, एचएसीसीउपी, आईएसओ २२००० को प्रमाणपत्र ।
(हवाइसेवामा कार्यरत क्यावीन क्रुहरुको नियमित स्वस्थ्य परिक्षणको प्रमाणपत्र ।
अध्ययनको दौरान क्याथी प्यासिफिकको हङकङ कार्यलय तथा हङकङको केन्द्रीय स्वास्थ्य सुरक्षा विभागसँग इमेल आदान प्रदान मार्फत सुचना तथा जानकारीहरु प्राप्त भएको थियो ।
हङकङको स्वास्थ्य विभाग मातहतको केन्द्रीय स्वास्थ्य सुरक्षाबाट प्राप्त इमेल अनुसार उक्त खाद्य विषाक्तता उडानका दौरान यात्रुहरुलाइ खुवाएको खानाबाट भएको देखिएको र उडान भन्दा अगाडि यात्रुहरुले नेपालमा खाएको खानाबाट नभएको जानकारी प्राप्त भएको छ । उक्त खाना सो उडान कम्पनीको हङकङ स्थित क्याथी प्यासिफिक केफ्टिरीय सेवा लि.लाई ११ पूर्व केटरिङ्ग रोड, हङकङ अन्तराष्ट्रिय कान्तु विमानस्थलले तयार गरेको थियो । इन्फोसानबाट प्राप्त जानकारीमा १० र १८ जनामा खाद्य विषाक्तता भनि
जानकारी प्राप्त भएकोमा हङकङबाट प्राप्त जानकारी अनुसार ४३ जनालाई खाद्य विषाक्तता भएको थियो उल्लेख छ ।
यस प्रकारको खाद्य विषाक्तताको घटना भविष्यमा हुन नदिन नेपालबाट उडान हुने अन्तर्रास्ट्रिय हवाई कम्पनीहरुलाई उडानका दौरान खुवाइने खानाको स्वचछता र गुणस्तर कायम राख्न सम्पूर्ण सरोकारवालाहरुलाई विभागले सचेत गराएको जनाएको छ ।

काठमाडौं फागुन ११, खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ ऐनको दफा ५ बमोजिम “खाद्य स्वच्छता तथा गुणस्तर सिफारिस समिति“ को व्यवस्था रहेको छ। यस समितिको तेश्रो पूर्ण बैठक समितिका अध्यक्ष कृषि तथा पशुपन्छी विकास मन्त्रालयका श्रीमान् सचिव (कृषि विकास) डा. गोविन्द प्रसाद शर्माज्यूको अध्यक्ष्यतामा विभागको सभाकक्षमा सम्पन्न भयो । सो सिफारिस समितिका सदस्य सचिव विभागका महानिर्देशक श्री संजीव कुमार कर्ण रहने व्यवस्था छ। उक्त समितिमा विभिन्न निकायका पुनः (१५) जना प्रतिनिधिहरु रहने व्यवस्था रहेको छ ।
यस तेश्रो पूर्ण वैठकले प्राप्त राय तथा सुझावहरू समेटि खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ७ बमोजिम रोल्ड ओट्स (-Rolled Oats) को स्वच्छता एवं गुणस्तर मापदण्डलाई वैठकमा छलफल भए अनुसार परिमार्जन गरी स्वीकृत गर्ने र कृषि तथा पशुपन्छी विकास मन्त्रालय मार्फत नेपाल सरकारमा सिफारिस गर्ने निर्णय भएको थियो । त्यसै गरी सो समितिले हाम्रो स्थानिय परम्परागत खाद्य पदार्थ
मस्यौरा Masyaura को स्वच्छता तथा गुणस्तर मापदण्ड समेत स्वीकृत गरी नेपाल सरकारमा सिफारिस गर्ने निर्णय गरेको छ। मापदण्ड राजपत्रमा प्रकाशन भए पश्चात लागू भई त्यस खाद्य पदार्थको अनुगमन, निरीक्षण, परीक्षण र नियमन गर्न सहज हुनेछ । साथै, खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को प्रभावकारी कार्यान्वयनका लागि खाद्य स्वच्छता तथा गुणस्तर नियमावली तयार गर्न नियमावलीको मस्यौदा तयार गरी विभागले मन्त्रालयमा पेश गर्ने निर्णय भएको व्यहोरा सबैमा जानकारीको लागि यो प्रेस नोट जारी
गरिएको छ ।
काठमाडौं चैत्र ५, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले एक प्रेस विज्ञाप्ति प्रकाशित गरि धादिङ र चितवन लगायतका ठाउँहरुमो विभिन्न वस्तुहरुमा अनुमगन गरि आवश्यक कारवाही गरेको जनाएको छ ।
विभागले खाद्य उद्योग, होटेल, रेस्टुरेन्ट तथा खाद्य बजारको निरीक्षण अनुगमन गरेको जनाएको छ ।
विज्ञाप्तिमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मोवाइल फुड ल्याव भ्यान सञ्चालन गरी विभिन्न स्थानमा खाद्य पदार्थको निरीक्षण अनुगमन गर्ने सिलसिलामा विभागको (रयापिड रेष्पोन्स टिम आर आर टी)ले मिति २०८१ माघ ३० देखि फागुन ०३ सम्म धादिङ तथा चितवन क्षेत्रमा रहेका ३० वटा होटेल तथा रेस्टुरेन्ट, ५ वटा मिठाई पसल, ५ वटा किराना पसल तथा खाद्य बजारको निरीक्षण अनुगमन गरी तरकारी तथा फलफुल लगायत विभिन्न खाद्य पदार्थका नमुना सकंलन तथा परिक्षण गरेको जनाएको छ ।
सो अवधिमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग तथा स्थानिय प्रहरी समेतको संलग्नता र सहकार्यमा संयुक्त अनुगमन गरिएको छ । उक्त क्षेत्रका विभिन्न स्थानका खाद्य व्यवसायको निरीक्षण अनुगमन सम्बन्धी विवरण निम्नानुसार रहेको सबैमा जानकारीका लागि अनुरोध छ ।
(मिति २०८१ मघ ३० गते रोरांग गाउँपालिका, धादिङमा रहेको सिटी स्टोर्समा उपभोग्य मिति समाप्त भएको सिन्थेटिक भिनेगार ३ थान, ब्रेड २ थान, कृतिम रङ एक थान जफत तथा नष्ट गरी सो स्टोर्सलाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम रु.५०,०००।( जरिवाना गरिएको, हिल टप रेस्टुरेन्टमा उपभोग्य मिति समाप्त भएको मरमसला ३ थान जफत तथा नष्ट गरी उक्त रेष्टुरेन्टलाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम रु.५०,०००। (जरिवाना गरिएको, त्रिशुली रिभर साइडमा लेवल विवरण उल्लेख नभएका घ्यू २ थान, ब्रेड ४ थान जफत तथा नष्ट गरी उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम रु.५०,०००।( जरिवाना गरिएको छ ।
(मिति २०८१ चैत्र १ गते महानगर फलफुल तथा तरकारी बजार, भरतपुर चितवनमा ८ वटा स्टलबाट घिउ सिमि, करेला, काक्रो, गाजर, काउली, हरियो खुर्सानी, भेडे खुर्सानी, मुला, बन्दा, लौका, भिँडी, टमाटर, सिमि, मटरकोसा, राजमा, साग, ब्रोकाउली, कालो अँगुर, हरियो अँगुर लगायत १८ वटा विभिन्न तरकारी तथा फलफूल नमूना संकलन गरी (आरबीपीआर) विधिबाट जीवनाशक विषादीको अवशेष परीक्षण गर्दा इन्जाइम इन्हिविशन २ देखि २२ सम्म पाइएकोले सबै तरकारी तथा फलफूल खान योग्य देखिएको छ । साथै टोमाटो केचपको २ वटा नमूनामा टि एस एस परिक्षण तथा प्रशोधित सूर्यमुखी तेल र तोरीको तेलका नमूनामा रिफ्राक्टिभ इन्डेक्स परिक्षण गर्दा मापदण्ड बमोजिम पाइएको छ ।
(मिति २०८१ फागुन १ भरतपुर–२९, दासढुंगा स्थित अशोका रिसोर्ट प्रा. लि.मा उपभोग्य मिति समाप्त भएको मरमसला ७ थान, स्प्राइट एक थान जफत तथा नष्ट गरिएको र सो रिसोर्टलाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम रु १,००,०००।– जरिवाना गरिएको जनाएको छ ।
(मिति २०८१ फागुन २ मनकामना दर्शन प्रा. लि.मा उपभोग्य मिति समाप्त भएका प्रशोधित दूध ९ थान जफत तथा नष्ट उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम रु २,१०,०००।– जरिवाना गरिएको छ ।
(मिति २०८१ फागुन ३ धादिङ बेसी, निलकण्ठ नगरपालिका–३ मा रहेका बिभिन्न किराना तथा मिठाई पसलमा निरीक्षण अनुगमन गरी टी.पी.एम. भ्यालु २५ पाईएका करिब ५ ली. प्रयोग भएको तेल, लेवल विवरण उल्लेख नभएका २ थान घ्यू, ६ थान गुँदपाक र एक थान नमकिन जफत गरी नष्ट गरिएको तथा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम नमूना संकलन गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain