२०८२ जेष्ठ ५

दोस्रो नेशनल हर्टिकल्चर एक्स्पो–२०८१

“नर्सरी व्यवसायको विकास र विस्तार, स्वच्छ वातावरण सहित आय र रोजगार’’
काठमाडौं २६ चैत्र, काठमाडौं नसरी व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष रविन कुमार गौतमको संयोजकत्वमा दोस्रो
नर्सरी व्यवसायीहरुको तर्फबाट हार्दिक स्वागत गर्दछौं । कृषि तथा कृषकको आवाज बुलन्द गर्न होस् वा नितिगत वहस पैरवी गर्न होस् सञ्चार क्षेत्रको अहम् भूमिका
रहेको छ ।
नर्सरी व्यवसायको विकास र विस्तार, स्वच्छ वातावरणसहित आय र रोजगार प्रवद्र्धन गरी देशभरि छरिएर रहेका समग्र नर्सरी, पुष्प, फलफूल, कृषि वन तथा जडिबुटी नर्सरी व्यवसायीहरुको हक हित र व्यवसायिक क्षमताको अभिवृद्धि गरी व्यवस्थित बनाउन २०८० असोज १५ गते नर्सरी व्यवसायी संघ नेपाल आधिकारिक रुपमा दर्ता भई क्रियाशील रहेको ब्यहोरा जानकारी गर्दछौं । नर्सरी व्यवसायी संघ नेपालको ३ वटा एक्स्पो भव्यवताका साथ सम्पन्न भएको र नर्सरी बाटिका, वृक्षारोपण तथा रक्तदान कार्यक्रम जस्ता सामाजिक कार्य समेत गरिसकेको व्यहोरा सहर्ष जानकारी गर्दछौं ।
यस नर्सरी व्यवसायी संघ नेपालले समग्र नर्सरी क्षेत्रको एकिकृत महाकुम्भ मेलाको रुपमा यस वर्ष पनि पुष्प, फलफूल, कृषिवन तथा जडिबुटी नर्सरीका व्यवसायीक उत्पादनहरुको वृहत प्रदर्शनीको रुपमा दोस्रो नेशनल हर्टिकल्चर एक्स्पो(२०८१ यही चैत्र २८ गतेदेखि ३१ गते सम्म भृकुटीमण्डप प्रदर्शनी हलमा भव्य रुपमा आयोजना गर्न गइरहेको यहाँहरु माझ सहर्ष जानकारी गर्दछौं । यस मेलाले आर्थिक मन्दिले सुस्ताएका हरित अर्थतन्त्र विकासमा संलग्न उद्यमी व्यवसायीहरु तथा यस व्यवसाय प्रति अभि रुचि राख्ने अझ भन्ने हो भने समग्र कृषि क्षेत्रमा लगानी गरेर रोजगारी सिर्जना गर्ने सपना देखिरहेको उद्यमी व्यवसायी तथा जिज्ञासु साथै अध्ययन अनुसन्धानमा संलग्न व्यक्ति व्यक्तित्वहरुलाई एकपटक उत्साहित र कंकृत गर्ने विश्वास लिएका छौं ।
यस मेलामा सम्भव भए सम्म देशभरिबाट पुष्प नर्सरी, फलफूल नर्सरी, कृषि वन
नर्सरी तथा जडिबुटी नर्सरीको ७०० भन्दा बढि प्रजातिका बोटविरुवाहरु प्रदर्शनी तथा विक्रि वितरणको लागि राखिने छ । साथै मलखाद, अर्गानिक एवम् रासायनिक बिषादी, बिउ विजन, गमला, औजार
उपकरण तथा प्रविधिहरुको समेत स्टल राखेका थिए । मेलामा ७० वटा व्यवसायीक स्टल, ३ वटा फुड स्टल, ८ वटा अफिसियल स्टल तथा प्रतिस्पर्धाको ५ वटा स्टल समेत जम्मा ८६ वटा स्टल रहेका थिए । नर्सरी व्यवसाय गर्न चाहने नव उद्यमी, जिज्ञाशु एवम् अध्ययन अध्यापन साथै अनुसन्धान गर्ने सम्पुर्णको लागि यस मेला बृहत साझा मञ्चको रुपमा लिएका जनाएको छ । यस मेलामा कम्तीमा ५१ हजार अवलोकन कर्ताले अवलोकन गर्ने साथै १ करोड २५ लाख भन्दा बढीको आर्थिक कारोवार भएका थिए । मेला अवलोकन गर्न सर्वसाधारणको लागि प्रवेश शुल्क प्रति व्यक्ति रु.१००। –र विद्यार्थीहरु र जेष्ठ नागरिकको लागि प्रति व्यक्ति रु. ५०÷– व्यवस्था गरेका छौं ।
यस संस्थाले नर्सरी व्यवसायीहरुको क्षमता विकासका लागि स्वस्थ प्रतिस्पर्धा गराई व्यवसायीहरुको हौसला बढाउन शिल्ड, नगद तथा प्रमाण पत्र द्वारा पुरस्कृत गरिनेछ । प्रतिस्पर्धाको मुल्याङ्कन गर्न कृषि वागवानी विज्ञ, वनस्पती विज्ञ, साथै माटो तथा
पर्यावरण विज्ञ सहितको संलग्नतामा ३ सदस्यीय मुल्याङ्कन समिति समेत गठन गरेको व्यहोरा अवगत गराउँदछौं । यस एक्स्पोको अवसरमा लामो समय देखि
निरन्तर नर्सरी व्यवसाय गरि यस क्षेत्रको विकासमा टेवा पु¥याउनु हुने पुराना व्यवसायीहरु मध्यबाट एक जनालाई “दिर्घकालीन क्रियाशिल नर्सरी व्यवसायी सम्मान” द्वारा सम्मान गरिने छ साथै नर्सरी संग सम्बन्धित वस्तु स्वदेश मै उत्पादन गरि आत्मनिर्भर बनाउन व्यवसायीहरुलाई उत्प्रेरित गर्न
नर्सरी व्यवसायी मध्यबाट १ जनालाई “वर्षको विशेष उत्पादनमुखी नर्सरी व्यवसायी सम्मान” द्वारा सम्मान गरेका थिए ।
साथै नेपालको कृषि क्षेत्रको उन्नयनको लागि कलम चलाइ कृषकको आवाज बुलन्द गर्न क्रियाशिल कृषि सञ्चार कर्मीहरु मध्य २ जनालाई दोसल्ला, नगद तथा प्रमाणपत्र द्वारा उद्घाटन समारोहका प्रमुख अतिथीबाट सम्मान गरिने कार्यक्रम रहेका थिए । संस्थाको यस कदमबाट कृषि र कृषकको लागि निश्वार्थ योगदान गर्नु हुने सञ्चार क्षेत्रको उल्लेखनीय सहकार्य भएका थिए ।
नर्सरी व्यवसायी संघ, नेपालको आयोजनामा हुन गइरहेको दोस्रो
नेशनल हर्टिकल्चर एक्स्पो २०८१ को सह(आयोजक संस्थाहरु पुष्प विकास केन्द्र, वनस्पती विभाग, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, कृषि विभाग, पुल्चोक, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय बागमती प्रदेश रहेको छ भने सहयोगी संस्था ए. जि. ए एग्रो कुमारी फ्लोरा फार्म, गौतम नर्सरी, सलोम एग्रीकल्चर, ग्रिस्मा नर्सरी, सिर्जना एग्रीकल्चर प्रा. लि. र ए.बि.टि मोटर्स साथै मेला स्थल सजावटको लागि उदय गार्डेन सेन्टर प्रा. लि. र एभरेष्ट फ्लोरिकल्चर एण्ड भेजिटेवल फार्म रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain