२०८३ बैशाख ९

अन्तर्राष्ट्रिय कृषि इन्जिनियर सम्मेलन : नयाँ ढोका खुलेको छ : मन्त्री परियार

धनबहादुर मगर
काठमाडौं, माघ २३–२४, ६ फरवरी २०२६ का दिन नेपाल कृषि इन्जिनियर एशोसिएसन र आइडिई नेपालको आर्थिक सहयोगमा २ दिने अन्तर्राष्ट्रिय कृषि इन्जिनियर र जलवायूमैत्री कृषि सम्मेलन २०२६ सम्मेलन सम्पन्न गरेको छ । उक्त सम्मेलनमा भारत, बंगालादेश, इण्डोनेशिया, नैरोवी, पाकिस्तान, माल्दिभ्स, भुटान लगायतका देशका कृषि इन्जिनियहरुको सहभागीता रहेका थियो ।
सम्मेलनमा कृषि इन्जिनियरिङ्ग विश्व विद्यालय धरान, राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, नेपाल सरकारको प्रतिनिधीहरु र कृषि सँग सम्बन्धि संघ–संस्था विज्ञहरुको उल्लेख्य सहभागी रहेका थिए ।
सम्मेलनमा आइडिइको तर्फबाट बोल्दै डा.दृष्टि वैद्यले तपाई प्रविधिज्ञहरुले किसानलाई दिगो कृषिको बारेमा किसानलाई सोध्नु पर्ने बताएका थिए । काठमाडौं वरिपरि गरेको अनुसन्धानमा दिगो कृषि अभ्यास अझै नभएको बताईएको छ । स्थानीय स्तरमा प्राप्त गर्न नसकेको कृषिको डिजाइनरहरु परिवर्तन गर्नु पर्ने कुरामा जोड दिएका थिए ।
प्रमुख कुरा सिकाई हो । युवाहरुलाई सीप सिकाउने धेरै सजिलो छ । जलवायू परिवर्तन भइरहेको अवस्थामा नेपालको कृृषिलाई जलवायू मैत्री बनाउँदै लग्नु पर्ने कुरामा जोड दिएको छ । किसानको सशक्तिकरण गर्न डिजीटल प्रविधिको प्रयोग गर्न जरुरी भइसकेको छ । किसानहरुका ह्वाट एप्स र च्याटाबोट प्रयोग गरेर स्तरोन्नति गर्नु पर्छ । स्वतन्त्र अनुसन्धान, कृषि इन्जिनियरको कस्टम हायरिङ्ग योजनाको खाँचो छ ।
सौर्य प्रणाली र जैविक समाज विषयको कार्यपत्र प्रस्तुत गरेका थिए । जैविक लैंगिक सहभागीता आन्तरिक सुधार, १३ देखि ३९, उस्तै समयमा कृषि ४ देखि ४० विद्युतीय समाज, जलवायू स्मार्ट कषि वृद्धि गर्न प्रर्याप्त प्रदुर्शन न्यूनिकरण, हरित गृह ग्याँस उत्सर्जनलाई कमी गर्नु पर्नेलाई ढिलाई गर्न नहुने बताएका थिए ।
राष्ट्रिय आधुनिकीकरण कृषि परियोजनाका इन्जिनियर जित चन्दले मैले नचाहेको परिवर्तनले ल्याएको उपलब्धी विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।
वर्तमान अवस्थामा जलवायू परिवर्तनको असर गरिरहेको छ । जलवायू परिवर्तनले असर गरिसकेको छ । सौर्य सिँचाई व्यवस्थापन, वेमौसमी कृषि उत्पादन, साउथ अस्टे«लिया चिनमा लगायत देशहरुमा ८ हेक्टर जमीनमा हरित गृह निर्माण गरेको छ । अब दोस्रो अवधीमा कृषि इन्जिनियरको आवशयक पर्छ । महिलामैत्री प्रविधिको आवश्यकता छ ।
बोटानिकल विज्ञ शोभा सुवदीले कृषि बाली धेरै महत्वपूर्ण छ । पटक–पटक आउने रोगहरुले असर गरेको छ । यसको धेरै कारणहरु पत्ता लगउनु पर्छ । जलवायूको प्रकार हेर्नु पर्छ ।
युएनडिपीका कार्यक्रम अधिकृत मनिशा सुवेदीले नेपालमा जलवायू परिवर्तनको कारण २०१९ देखि जनसंख्याको घटीरहेको छ । यसको मुख्य प्रभाव मुगु र डोल्पामा परेको छ । जनसंख्या ज्यादै कम छ । त्यस क्षेत्रमा उच्च मानवीय क्षति भएको छ । हस्तक्षेपको आवश्यक छ । वैकल्पिक उर्जाको नीति चाहिन्छ ।
इन्जिनियरिङ्ग क्याम्पसका तिर्थ कार्की, नार्क एकीकृत किसान कार्यक्रम सचित कुमार,  रोशनबाबु अवाल माटो विज्ञ नार्क, रामशरण तिमिल्सिना, मुक्तिनाथ कृषि कम्पनी, डा.अनिल पोखरेले, वरिष्ठ कृषि वैज्ञनिक कोशेवाली, कृष्ण ओलिय काशेवाली कार्यक्रम, शान्ता कार्की सह–सचिव कृषि तथा पशुपन्छि विकास मन्त्रालय लगायतले कार्यपत्र प्रस्तुत गरेका थिए । एशियाली कृषि इन्जिनियर संघको अध्यक्ष गजेन्द्र सिंहले जववायू जोखिममा नेपालको कृषिले महत्वपूर्ण भूमिको खेलीरहेका बताउनु भयो । हामीले पनि नेपालले जसरी नै जलवायू परिवर्तनलाई कम जोखिम बनाउन कोशीस गरिहेका छौं ।
इन्डोनेशियाको कृषि इन्जिनियरिङ्ग संघका अध्यक्ष डा.सायले इण्डोनेशिमा कृषिको लागि सिँचाई धेरै महत्वपूर्ण मानेर काम गरेको बताउनु भएको छ ।
राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाका इन्जिनियर डा.जीत चन्दले नेपालको कृषि हलो प्रविधिको प्रयोगबाट अझै पनि मुक्त हुन नसकेको अवस्था रहेको र यसलाई यान्त्रीकरणतर्फ जोडदिनु पर्ने कुरा बताए । सामान्यतया नेपालको कृृषि हलोबाट यान्त्रीकरण तर्फ अगाडि बढेको बताए ।
आधुनिक कृषिको किसान पहिलो ग्राहक किसान हो । दोस्रो उद्योग हो । पानीको स्रोत सबैभन्दा मूल्यवान हो । राष्ट्रियस्तरमा कसरी योजना बनाउने । यसको प्रकारको कार्यपत्र महत्वपूर्ण छ । चन्दले सम्मेलनमा ९० वटा कार्यपत्र प्रस्तुत (प्रेजिेन्टेशन पेपर) प्रस्तुत भएका छ । बोल्ने कुरा मात्र तुलना गर्नु हो । सम्मेलनमा उद्यमी लगायत २०० सहभागी रहेका थिए । नेपाल टेलिकम डिजीटलाईज गर्न सहयोग गरिरहेको छ । तेलमा जोड नदिनु होला वैकल्पिमा उर्जालाई जोडदिनु पर्छ ।
कृषि तथा पशुपन्छि विकास मन्त्री माननीय कृषि मन्त्री मदन परियारले सम्मेलन वास्तविक रुपमा सफल भएको बताउनु भयो । जलवायु परिवर्तन हाम्रो देशको लागि चुनौंती बनेको छ । सुख्खा, रोग–कीरा, संयौं जोखिमहरुको चुनौंती छन् ।
हामीलाई जलवायू स्मार्ट कृषिका चाहिएको छ । ३ वटा महत्वपूर्ण विषयहरु छन् । विविधता कम उत्पादन, मल्चिङको आवश्यकता छ । यसले महिलामैत्री बनाउन सहयोग गर्छ । दोस्रो कृषिमा युवाहरुलाई कसरी फर्काउन, कसरी रोजगार सिर्जना गर्ने ? प्रविधिको प्रयोगबाट कृषिमा केही परिवर्तनका आशाहरु छन् । कृषि आदिवासी जनजातीको हितमा आउनु पर्छ । किसान भएर आउनु पर्छ आउन सकेको छैन । यि हाम्रो देशको चुनौंतीहरु छन् । तपाइहरु कृषि इन्जिनियर हुनुहुन्छ । इन्जिनियरिङ्गको माध्यमबाट परिवर्तन गर्नु पर्छ । मैले कृषिमा धरै भन्दा धेरै अवसरहरु देखिरहेको छु । कृषि इन्जिनको रुपमा लिइरहेको छु । यो मात्र इन्जिनियर मात्र होइन कृषिलाई परिवर्तन गर्ने वाहकहरु हुनुहुन्छ । कृषिमा सिँचाईंकरण गरि कृषिले योगदान दिएको छ ।
तपाईहरुले चाहेको खण्डमा निस्चित रुपमा देशको कृषिलाई परिवर्तन गर्नसक्छ । कार्यक्रम संयोजन आइडिइनेपालका संयोजक मेलिना पौडेलले गर्नु भएको थियो । सम्मेलनबाट सिर्जनसिलता, कृषि अनुसन्धान, विस्तारलाई सहयोग पु¥याएको छ ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain