धनबहादुर मगर
काठमाडौं कार्तिक २९, गते शनिवार ललितपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको २८ औं स्थापना दिवस, रजत जयन्तीको अवसरमा स्मारिका प्रकाशन र दूग्धजन्य पदार्थ एवम् प्रविधि प्रदर्शनी तथा दुग्ध क्षेत्रको समस्या र विकास सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश कृषि, पशुपन्छी विकास मन्त्रालयका माननीय मन्त्री मधुुसुदन पौडेलले कृषि पशु क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान पु¥याएको बताउँदै प्रदेश सरकारले वजेटमा कृषिको लागि कार्यक्रम राखेको बताए । असोज २९ गतेको निर्णय अनुसार विद्युत महशुलमा समेत ५० प्रतिशतको अनुदान दिएको छ । कृषि पशुपालनमा संलग्न किसानहरुका लागि आगामी बजेट बनाउँदा तपाईहरुलाई बोलाएर छलफल गर्नेर्छौं, मन्त्री पौडेलले भने । किसानसँग जोडिएको विषय मोटर बाटो पनि हो ।
२०७९÷८० को बजेट (ख) पछिको विनियोजित बजेटले मोटर बाटोको लागि संघीय सरकारले २५ करोड विनियोजन गरेको थाहा भएको छ । जेन्जी सरकारले काट्यो भन्ने सुनेको छु तर काट्न पाइदैन । जेन्जी सरकारले बजेट काट्यो भने पनि बाटोघाटो कसरी राम्रो बनाउने भनेर सोचिरहेका छौं ।
आम जनताको चासो र जिम्मेवारी जिज्ञासाको पाटो के हो ? सामजिक सञ्जालमा गलत प्रचार आयो । २३ गते जेन्जीले विद्रोहको गरे, २४ गते अर्कै तत्वले विद्रोहलाई प्रयोग गरे । फ्रि–टिब्बट अभियानमा लागेकाहरुले विद्रोह भड्काए । फ्रिटिब्बत हामी चिन्दैनौं । यसले नेपाल र चिनको सम्बन्धमा भड्काउन खोजेको देखियो ।
२०७२ सालको संविधान त्यतिकै लेखिएको होइन । मलाई त्यस्तो लाग्दैन । आवेशमा आएर भन्नुभन्दा जिम्मेवार ढंगले भन्नु पर्छ । संघीयता रहेन भने देश रहँदैन । दुई–दुईपटक निर्वाचनबाट बनेको सरकारले लेखेको संविधान हो । यो देशको नागरिकता नभएको मान्छेले प्रशासनलाई हप्काउँछ । लोकतन्त्रलाई मायाँ गर्नेहरु सचेत हुनै पर्छ ।
मिल्क होलिडे नभएको कारण, धूलो दूध उत्पादन गरेको कारणले हो । ललितपुर दूध, तरकारी किसानहरुलाई कसरी सशक्त बनाउने भन्ने कुरामा जोड दिनु पर्छ । अनुदान दुरुपयोग भएको कुरा छ । कसैले पनि गलत तरिकाले लिन, दिन दिदैनौं । युवाहरुका लागि १० लाखसम्म सहुलियत ऋण छुट्याएको छ ।
जिल्ला दुग्ध सहकारी उत्पादक संघलिका अध्यक्ष कृष्णप्रसाद सापकोटाले कार्यपत्र प्रस्तुत गर्दै दुग्ध उत्पादनबाट किसानहरुले आयआर्जन गर्न सफल भएको बताए ।
सापकोटाले २७ वर्ष पूरा गरि २८ औं वर्षमा प्रवेश गरेको अवसरमा प्रस्तुत कार्यपत्र अनुसार संघको तर्फबाट उत्पादनमा आधारित अनुदानको व्यवस्था गर्न, गाउँमा किसानहरुका लागि चिस्यान केन्द्रहरु स्थापना गर्न, डिडिसिको गुणस्तरीय उत्पादन बजारमा ल्याउन, गुणस्तरीय दाना बिक्री वितरण गर्न मिहिनेत गर्नु पर्ने कार्यपत्रमा उल्लेख गरेका छन् । सापकोटाका अनुसार विद्युत पुगेपनि चिस्यान केन्द्र सञ्चालन गर्नुपर्ने आदि कुराहरुमा जोडदिएको छ ।
ललितपुर जिल्लामा युवा पलायन बढ्दै गएको अवस्थामा युवाहरुलाई रोक्नुपर्ने बताउँदै, रोजगार सिर्जना गर्न आवश्यक रहेको जनाएको छ । हाल संघ भित्र ७३ प्रतिशतमा महिलाहरु क्रियाशीले छन् । क्षमताको विकास गर्न तालिमहरु दिन सकेको छैन ।
निष्कर्षमा जिल्लामा पशुपालनको व्यवस्थापन राम्रो सँग गर्न नसके दूध उत्पादन घट्दै जाने चुनौंती थपिएको बताएको छ । साथै सहभागीहरुले मात्र गर्न सक्दैंनौ अगाडि बढ्नको लागि पछाडि पनि फर्कनु पर्छ । अनुदान व्यवस्थित गर्नु पर्छ । केही समय किसानलाई अनुदानको आवश्यक छ । सरकारले कृषिको लागि ३ प्रतिशत बजेट छुट्याएको छ त्यो पर्याप्त छैन ।
सापकोटाले ललितपुरले पहिलो कृषि मन्त्री पाएका बताउँदै, मन्त्रीले गर्न चाहेमा कृषि क्षेत्रको लागि धेरै काम गर्नसक्ने र त्यसबाट परिवर्तनको महशुस हुन सक्ने बताए । यो व्यवसाय टिकाए मात्र किसानहरु बाँच्छन् । होइन भने सोच्नु पर्छ । संस्था बलियो नभइकन बंैकले लगानी गर्दैन ।
जिल्ला दुग्ध उत्पादक सहकारी संघका पूर्व अध्यक्ष खुमप्रसाद घिमिरेले ललितपुरको दुग्ध उत्पादन कृषि क्षेत्रमा गर्विलो योगदान रहेको बताए । दक्षिण ललितपुरमा २०५१ सालमा शुरु भएको उक्त कार्यक्रम शुरुमा ७ वटा सहकारी संस्थाहरु मिलेर ७ सदस्यीय कार्य समिति बनेको थियो । त्यतिबेला निजी डेरीहरु थिएनन् ।
२०५१ सालमा राधाकृष्ण मैनाली कृषि मन्त्री हुँदा निकै छोटो समयमा माग पूरा गर्न सफल भएको थियो । त्यस समयमा दुग्ध सहकारी संस्थालाई अनुदान दिने भनेर मन्त्री परिषद्मा निर्णय भएको थियो । घिमिरेले त्यतिबेला ललितपुरको ग्रामीण क्षेत्रमा कसैको पनि जस्ता पाताको घर नभएको बताउँदै अहिले खरो रुपमा उत्रिनु पर्ने अवस्था आएको छ । दूधबाट मुलुकलाई आत्मनिर्भर बनाउन जरुरी छ । मुनाफा गर्न नसकेको अवस्था छ भनेर सुन्न आएको छ । आन्तरिक उत्पादन, प्रविधि विस्तार र बजारीकरणमा जोड दिनुपर्ने बेला आएको छ ।
त्यसरी नै दाना उद्यमी विष्णुप्रसाद काफ्लेले गाईभंैसीलाई लाग्ने खोरेत रोगको विरुद्ध लड्न सक्ने फिड सप्लिमेन्ट उत्पादन गरेको बताउँदै स्वादेशी उत्पादन उपयोगमा ल्याउन आग्रह गरेका छन् । गाईभैंसीको मललाई पखालेर फालेको देख्दा त्यसलाई मल व्यवस्थापनमा ल्याउने आवश्यक देखिएकाले गड्यौला मल पनि उत्पादन गर्दै आएको बताए । गोबर मललाई त्यसै फालिएको देख्दा मललाई दानाको रुपमा मातृभूमि मल कारखाना मार्फत उत्पादनमा ल्याएको छ ।
सरकारले बजार अनुगमन गर्न नसकेको बताउँदै नेपाली बजारमा कस्तो मल आएको छ भनेर बजार अनुगमन गरिनु पर्ने बताए । साथै काफ्लेले भने विदेशबाट माटोको डल्ला ल्याएर बेचेको छ । गुणस्तरको नाममा भारतबाट आउने जाइम बेच्ने गरेको छ । किसानलाई मर्का पर्ने खालको छ भने निषेधित गरिनु पर्छ । हाम्रा मल हालेर हेर्नुहोस् ।
वस्तुभावमा बाँझोपन छन् भने हट्छ । दावीका साथ म भन्छु । हामीले उत्पादन गरेको १ किलो मलले २५ किलो बराबरको क्याल्सियमको काम गर्छ ।
अब कार्यक्रम वास्तविक कृषकको लागि होस् । झोलामा कागज बोक्नेलाई होइन । मन्त्रीले गरेको निर्णय ठूलो हुन सक्छ ।
विश्वकै नमूना माटो भएको देश नेपालमा बाहिरबाट माटो ल्याएर मलको रुपमा बिक्री वितरण गरेकोपनि आरोप लगाउनु भएको छ ।
गोदावरी नगरपालिका पशुसेवा कार्यालयका पशुसेवा अधिकृत इश्वरी घिमिरेले दक्षिण ललितपुरबाट शुरु भएको दूध उत्पादनले ग्रामीण जनजीवनमा परिवर्तन ल्याएको बताए ।
घिमिरेले १ लाख ५० हजार लिटर दूध उत्पादन गर्ने गरेको बताउँदै थोरै भकारो सुधार र नश्लमा मात्र व्यवस्थापन गर्न सक्यौं भने पनि ३ लाख लिटर दूध उत्पादन गर्न हैसियत राख्ने बताए । दूध उत्पादन विगतमा २ लिटर दिने ठाउँमा ३५ लिटर दूधको उत्पादन पुगेको छ । हाम्रा किसानहरुले लैनो भैंसी किन्ने नाममा पाडा–पाडी पालन गर्न छोडेको बताउँदै सर्लाही, वारा, पर्साबाट ल्याएको भने पनि, धेरै दूध उत्पादन भएको देखे पनि पैसा भारततिरै जाने गरेको बताए ।
दूध विकास संस्थानका महाप्रबन्धक सञ्जिव झाले दुग्ध किसानहरुले दूध उत्पादन अझै बढाउनु पर्ने कुरामा जोड दिएको छ । संस्थानले हिजो देखिनै सहयोग गरेको र भविष्यमा पनि सहयोग पु¥याउने प्रतिवद्धता व्यक्त गरेको छ । झाले भने यतिलामो इतिहास बोकेको सहकारी संस्था र दुग्ध विकास संस्थान मिलेर डकुमेन्टरी बनाउन मन लागेको छ । हाल हामीले बिक्री गरिरहेको दूधमा भैंसीको दूध बढी छ ।
केन्द्रीय दुध उत्पादक सहकारी संघका महासचिव रामप्रसाद आचार्यले किसानहरुले राज्यको सहयोग प्राप्त गर्न नसकेको बताए । राज्यको सहयोगबाट किसानहरु विमुख हुनु पर्ने अवस्था आएको छ । पशुपालन गर्ने किसानहरुलाई सँधैभरि सम्झिने काम गरिदिनुहोला । दूध विकास संस्थानले प्राप्त गर्ने टिडिए अरुको भन्दा महँगो छ ।
दूध गुणस्तरमा समस्या छन् । अरु भन्दा ललितपुर जिल्लाको राम्रो छ भन्ने सन्देश दिनेगरि काम गर्नु पर्ने बताए ।
राष्ट्रिय दुग्ध विकास बोर्ड बागमती प्रदेशका अध्यक्ष हरिप्रसाद पौडेलले बोर्डको तर्फबाट सक्दो सहयोग पु¥याउने बताए ।
राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक राजेन्द्र यादवले दूधलाई व्यवसायीकरण र विविधिकरण गर्नु पर्ने बताउँदै ललितपुर जिल्ला दूध उत्पादक सहकारी संस्थाले दूध उत्पादनको क्षेत्रमा ठूलो भुमिका निभाएको बताए । दूध, घिउ, बटरमा समेत आत्मनिर्भर बन्दै गएको बताउँदै अरु क्षेत्र भन्दा व्यवस्थित भएको डेरी क्षेत्र, पछि आएर केही समस्या आएको बताए ।
उनले दूग्धजन्य वस्तुको ८० लाख भन्दा बढी उपभोक्ता रहेको उल्लेख गर्दै पटक–पटक भुक्तानीमा समस्या देखिएको छ तर सरकारले दिनुपर्ने ५ अर्बमा शुक्रबारको तथ्याङ्क अनुसार १ अर्ब ५० करोड सरकारको बाँकी छ । निजी क्षेत्रको १ अर्ब भुक्तानी गर्नुपर्ने देखिएको बताए । केही समय भित्रै दूधको भुक्तानी किसानसम्म पुग्ने पनि बताए । एउटै उद्देश्य, लक्ष्य प्रदेश र केन्द्रीय बोर्ड एकै ठाउँमा आउनु पर्ने कुरामा जोड दिएको छ ।
कोन्ज्योसोङ्ग गाउँ पालिकाका अध्यक्ष तथा पूर्व जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष कृष्णमान लामाले नेपालको सन्दर्भमा गाउँमै बसेर कृषि गर्न सकेन भने देशमा समृद्धि नआउने बताए । हिजो केही नभएको गोठमा किसानहरुलाई सम्मान गरिएको देखियो । हलो जोत्न हाम्रो सन्ततीलाई सिकाउनु सकेनौं कि ! एकचोटी सोचौं । हामीलाई पनि मोवाइल चलाउन आउँछ । एक भारी घाँस काटेर स्कुल जानु पथ्र्यो । आजको युवाहरु आमा बुबासँग सम्वाद हुन्छ कि हुँदैन थाहा छैन । राज्यको तर्फबाट कमी कमजोरी भएको होला तर आजको युवाहरु विष्फोट गरौ भन्दछन् ।
जनताले दुग्धजन्य पदार्थ पैसामा किनेर खान्छन् । त्यो पैसा कहाँबाट गयो ? व्यवसाय गर्ने साथीहरु यही छन् । स्टक कति छ भन्ने कुरा आउनु पर्छ । आजको नेपाली समाजले भैसी पालेर दूध बेच्नुभन्दा विदेश गए पैसा आउँछ भन्ने मानसिकता पालेका छ । पढेलेखेका युवाहरु अष्ट्रेलिया, अमेरिका पुग्छन् । फोटो हाल्छन् । त्यो ठाउँ कसरी बन्यो भनेर खोज्नु पर्छ । अपराधै ग¥यो भने कानुन छ । जुनबेला म आफैले पढाएको स्कुलमा कृषि शिक्षा पनि पढाउनु पर्छ भनेरे सोचेको थियो आज कृषि विषयमा पढाई हुन्छ । पढाउने बेलामा नै कृषिको पढाई पढाउनु पर्छ भनेर मैले सोचेको थियो । कृषिको पढाई हुन्छ तर कृषि कसरी गर्ने भनेर पढाई हुँदैन ।
सरोज भाई विदेश गएर फक्र्यो । अहिले गाउँमै ५ वटा भंैसी पालेर बसेको छ । नेपालमै बसेर केही गर्नु पर्छ भनेर होला । नेपालको सबै किसानलाई भकारो सोहर्ने आउँछ कि आउँदैन ।
किसानले अनुदान प्राप्त गर्न सहकारीमा आवद्ध हुनुपर्ने व्यवस्था गरेको छ । जसले एउटा मात्र भैंसी पालेको छ भने उसले पनि अनुदान पाउनु पर्छ ।
प्यान, कागजात नभएपछि उसले अनुदान पाउँदैन, कृषिको अनुदान खुल्छ, म यहीबाट टिकाभैरव पुग्दानपुग्दै अनुदान सकिसकेको हुन्छ । भैंसी पाल्ने किसानलाई कसरी अनुदान दिने ? अनुदानको प्रक्रिया के हुन सक्छ भन्ने किसानसम्म पनि अनुदान पुग्नु पर्छ । अनुदानको प्रकति यस्तो छ त्यही भएर होला देशमा विष्फोट जन्मेको । हामीजस्तो जनप्रतिनिधीले स्थानीय तहमा बसेर काम गर्दा गल्ति कमजोरी भयो होला ।
जिल्ला दुग्ध उत्पादक सहकारी संघले कफी उत्पादक संघसँग मिलेर कफी उत्पादन र बजारीकरण गरौं भनेको थियौं । जिल्ला दुग्ध उत्पादक सहकारी संघलाई जोगाउने काम गरौं । दक्षिण ललितपुरलाई यो सम्मान गर्ने पनि हिजोको छाप्रो नै हो । फेरि पनि गाउँ फर्कनु पर्छ ।
कार्यक्रममा दूध क्षेत्रमा योगदान पु¥याएका किसान उद्यमी तथा कर्मचारीहरुलाई सम्मान गरेका थिए ।
सम्मानित हुनेहरुमा २० वर्षसम्म संघमा कर्मचारी भएर निरन्तर सेवा गरे वापत कदर पत्र प्रदान गरेका छन् । कदरपत्र प्राप्त गर्ने कर्मचारीहरुमा उद्धवप्रसाद घिमिरे, इन्दिरा घिमिरे रहेका छन ।
सम्मान प्राप्त गर्ने ७ वटै पालिकास्तरीय दुग्ध उत्पादक किसान तथा उद्यमीहरुमा मुकुन्द चौलागाई, रेवती प्रसाद सापकोटा, गणेश प्रसाद चौलागाई रामहरि चौलागाई रहेका थिए ।
युवा किसानहरु नवराज दाहाल, सहदेव निरौंला, लक्षमण घिमिरे, जितेन्द्र महर्जन, प्रेम श्रेष्ठ, उमेश गौतम रहेका छन् ।
कृष्णमान लामा, ओमप्रसाद घिमिरे, थलप्रसाद घिमिरे, भीमलाल लामा, कमल प्रसाद तिमिल्सिना, ठक्करप्रसाद सञ्ज्याल, कृषि पत्रकार निरज रानाभाटलाई सम्मान गरेका थिए ।
लेखा संयोजक कृष्ण बहादुर बल, भीम बहादुर घिसिङ्ग, कुल प्रसाद घिमिरे सम्मानित भएका छन ।

प्रतिक्रिया दिनुहोस्