२०८३ जेष्ठ २१

खाद्य पदार्थमा रङको प्रयोग र जानकारी

मनिषा बजगाई
स्विकृत गरेका खाघ रङहरु प्रयोग गरिएका खाद्य पदार्थहरु मात्र उपभोग गर्न सुरक्षित मानिन्छन् । यस्ता खाघ रङहरु वर्षौं वर्षको अध्ययन अनुसन्धान पस्चात मात्र प्रयोग गर्नका लागि स्वीकृति प्रदान गरिएका हुन्छन् र साथै यसको प्रयोग विधि र मात्रा समेत तोकिएको हुन्छ । स्विकृत नगरिएका अखाद्य रङहरु प्रयोग गरिएको खाद्य पदार्थ भने मानव स्वस्थ्यका लागि हानिकारक हुन्छन्
कसरी पाउने ?
सामान्य मानिस वा उपभोक्ताहरुका लागि खाद्य पदार्थहरुमा प्रयोग गरिएको र रङ हो वा होइन भनी छुट्याउन सजिलो भने छैन । खाद्य पदार्थको सेडुलमा प्रयोग गरिएको रङहरुको नाम उल्लेख गरिएको भए तापनि यस्ता नामहरु वैज्ञानिक हुने वा नामको अन्तर्राष्टिूय रुपमा प्रयोग गर्ने गरिएको पहिचान नं (आईएनएस नम्बर) एवं युरोपियन युनियनले प्रयोग गर्ने “ई’’ (ई) नम्बर उल्लेख गरिएको हुने हुनाले रङ स्विकृति प्राप्त खाद्य रङ हो वा होइन भनी सर्वसाधारण उपभोक्तालाई छुटाउन मुस्किल हुन्छ । यसको समाधानका लागि उपभोक्ताले आफ्नो देशको सम्बन्धित नियमनकारी निकायहरुबाट अनुमती प्राप्त उत्पादनहरु मात्र उपभोग गर्न राम्रो हुन्छ । नेपालको सन्दर्भमा कुनै पनि खाद्य पदार्थ उत्पादन गरि बिक्री वितरणका लागि बजारमा ल्याउनु पूर्व नियमनकारी निकायले उद्योगले प्रयोग गर्ने कच्चा पदार्थ खाध सामाग्री, खाद्य योगशील, खाद्य रङहरुको सम्पूर्ण जानकारी लिई उद्योगको अनुगमन निरीक्षण गरि उत्पादित वस्तुको प्रयोगशालामा परिक्षण गरे पश्चात मात्र उत्पादन अनुमति अर्थात अनुज्ञा दिने हुदाँ यस्ता खाद्य पदार्थ उपभोक्ताले उपभोग गर्न सक्ने हुन्छन् ।
तर लेवुल नलगाईएका वा सम्बन्धित नियमनकारी निकायबाट अनुमति नलिई उत्पादन गरिएका पदार्थहरुमा भने जथाभावी रुपमा रङ प्रयोग गरिएको वा अखाद्य रङहरु प्रयोग गरिएको हुन सक्ने हुनाले यस्ता खाद्य पदार्थ सुरक्षित छ भनी उपभोग गर्न सक्ने हुन्छ ।
१ विद्यमान नेपाली बजारलाई नियालेर हेर्ने हो भने नेपालमा ठूला उद्योगदेखि लिएर सामान्य किसिमको होटल रेष्टुरेण्ट मिठाई पसल सदा खाद्य पदार्थ र घर(घरमा रङको प्रयोग बढ्दो छ । जसको प्रमुख कारण भनेको कृतिम रासायनिक रहरको सस्तो मूल्य बढ्दो र सहज उपलब्धताका साथै उपभोक्ताले बाह्य रुपमा रङ्गीन पदार्थहरु पाउनु नै हो ।
राम्रो बिक्री हुने चटपटे, बरफका गोला, कटन क्यान्डी, पेय पदार्थ, मिठाई पसलमा पाईने चेरी बुनिया देखि चाड पर्वमा घर(घरमा तयार गरिने सिन्के रोटी, झिलि रोटी लगायतका खाध पदार्थहरुमा समेत रङको प्रयोग गरेको पाईन्छ । यस्ता खाद्य पदार्थमा कुन किसिमका रङ कति मात्रामा प्रयोग भएको हो भनी भन्न सकिन्न । साथै यस्ता खाद्य पदार्थमा तेलमा तार्नु पूर्व नै रङको प्रयोग गर्न गलत विधिको अवलम्बन भएको समेत पाइन्छ ।
रङहरुको प्रयोग सम्बन्धी व्यवस्था खाद्य ऐन २०२३ र खाद्य नियमावली २०२७ मा गरिएको छ । नियमावलीमा खाद्य पदार्थमा प्रयोग गर्न मिल्ने एघार वटा सिन्थेटिक रङहरुको विवरण अनुसूची १० मा दिईएको छ । जस्तै रातो रङका लागि अमरेन्य, पान्स्पू ४ आर. इरिथ्रिसिन, कामोइसिन (एजो रविन फास्टरेड ई. लो का लागि सन्सेट एलो एफ. सी. एफ. नीलो रङका लागि इन्डिगोटिन, ब्रिलिएन्ट एफ. सी. एफ. हरियो रङका लागि उस ग्रिन बी. एस र फास्ट ग्रिन एफ.सी.एफ रङ्हरु प्रयोग गर्न स्विकृत गरिएको छ ।
यस्ता रङहरु खानको लागि तयार खाध पदार्थमा प्रतिकिलोग्राम २०० मि.लि. ग्राममा नबढाई प्रयोग गर्नु पर्ने व्यवस्था रहेको छ । यसका अलावा यसरी प्रयोग गरिने रङहरु विशुद्ध हुनुका साथै पकाएर खानु पर्ने खाद्य पदार्थमा यसको प्रयोग निषेध गरिएको छ । कुनै पनि खाद्य पदार्थमा इनअर्गानिक र सिमेन्टको प्रयोग भने गर्न नपाईने व्यवस्था नियमावलीमा रहेको छ ।
नेपालमा खाद्य पदार्थमा रङको प्रयोग सम्बन्धी कानूनी व्यवस्था भएता पनि यसको नियमन कार्य भने कठीन र चुनौतीपूर्ण रहेको पाईन्छ । खाध पदार्थको स्वच्छता गुणस्तर मापन तथा नियन्त्रण गर्ने निकाय नेपाल सरकार कृषि तथा पशु विकास मन्त्रालय अन्तर्गत रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग यसको नियमनकारी निकायको रुपमा कार्य गर्ने जिम्मेवार निकाय रहेको छ । तर सडक पेटी देखि घर(घरसम्म पुगेको रङको जथाभावी प्रयोगलाई नियन्त्रण गर्न हाललाई चुनौंतिपूर्ण हुँदै गएको छ ।
खाद्य पदार्थमा प्रयोग गरिने रङले आँखालाई सन्तोष प्रदान गर्ने बाहेक न त पौष्टिकता प्रदान गर्छ, न त उर्जा नै, साथै उच्च तापक्रममा कृतिम खाद्य रङहरु प्रयोग गर्दा यिनीहरुको आफ्नो रसायनिक स्वरूप परिवर्तन गरि हानिकारक तत्वमा परिवर्तन हुन्छन् । जुन कार्सिनोशैनिक (क्यान्सरका कारक तत्व) हुन्छ त्यसैले रङ्गीचङ्गी खाद्य पदार्थहरु सकेसम्म उपभोग नगर्दा नै राम्रो हुन्छ ।
विशेषतः स्विकृत गरिएकै खाद्य रङ भएता पनि यस्ता रङहरु अति नै कम मात्रामा अधिकतम् १० किलोग्राम खाघ पदार्थमा (२ ग्राम) प्रयोग गर्नु पर्ने हुनाले यसको सही मात्रा मापन गरि प्रयोग गर्न सामान्य घरेलु अवस्थामा कठीन भएकाले र तोकिएको अधिकतम् सीमा भन्दा बढी मात्रामा उपभोग गर्दा मानव स्वास्थ्यमा नकारात्मक असर पर्ने हुँदा घरेलु तथा सामान्य होटल रेटुरेन्टमा मिठाई पसल, भोजनालयहरुमा कृतिम रङहरुको प्रयोग नगर्दा नै उचित हुन्छ । यदी रङको प्रयोग गर्नै परे पनि प्राकृतिक र जस्तै कक्यूमिन (बेसार) केसर एनाटो क्यारामेल कोचिनिए, क्लोरोफिलहरु प्रयोग गर्नु उत्तम हुन्छ । हालको समयमा उत्पादन प्रयोगकर्ता उपभोक्ता एवं सम्बन्धित नियमनकारी निकाय सबैले आ-आफ्नो तर्फबाट प्रभावकारी रुपमा कार्य गर्नु पर्ने कुराको आवश्यकता देखिन्छ । सबैको प्रयासबाट मात्र खाद्य पदार्थहरुमा कृतिम खाद्य रङहरुको सहि र उचित मात्रामा प्रयोग हुनसके आम उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्नबाट बचाउन सकिन्छ ।
सन्दर्भ सामग्रीहरुः
१. खाद्य ऐन २०२३
२. खाद्य नियमावली २०२७
३=Food Ingredients and colors by International Food Information Council -IFIC-Foundation, US Food and Drug Administration -FDA.
बजगाई खाद्य प्रविधि विज्ञ हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain