समाचार

१०औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं ५ फागुन जिल्ला कृषि सहकारी संघ ललितपुरको १०औं वार्षिक साधारणसभा सम्पन्न
जिल्लाभरका कृषि सहकारी संस्थाहरूको छाता संगठनको रुपमा रहेको जिल्ला कृषि सहकारी संघले आफ्नो १०औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । आईतबार राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष दक्ष पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष केवी उप्रेती, राष्ट्रिय सहकारी महासंघका पूर्व उपाध्यक्ष विजयराज घिमिरे लगायत विभिन्न सहकारी अभियन्ता, संघ–संस्थाका प्रतिनिधिहरूको सहभागीता रहेको थियो ।
विगत लामो समयदेखि सञ्चालन हुन नसकी बन्द अवस्थामा रहेको जिल्ला कृषि सहकारी संघले एक वर्षअघि अन्तर्राष्ट्रिय सहकारी महासंघ आईसीएको सञ्चालक तथा राष्ट्रिय सहकारी महासंघकी उपाध्यक्ष समेत्रहेकी ओमदेवी मल्लको नेतृत्व पाएपछि तीव्र गतिमा अगाडि बढिरहेको छ । २०६६ सालमा विधिवत् रुपमा डिभिजन सहकारी कार्यालय ललितपुरमा दर्ता भएको यस संघले विगतमा संस्थाहरूको नाममा रहेको सम्पत्ती पहिचान गरी त्यसको हरहिसाबको बारे विभिन्न चरणमा विभिन्न निर्णय लिई संघलाई निर्णायक गति दिएको छ । संघमा आवद्ध प्रारम्भिक कृषि सहकारी संस्थाहरूलाई प्रभावकारी बनाउने उद्देश्यले संघको सञ्चालक समितिको सक्रियताको कारण विभिन्न तालिम कार्यक्रमहरू संघले सञ्चालन गरिरहेको छ । साथै साधारण सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संघकी अध्यक्ष ओमदेवी मल्लले आर्थिक वर्ष २०७५÷०७६ देखि संघमार्फत रासायनिक युरिया मल बिक्रीवितरण गरिदै आएको, संघलाई राष्ट्रिय सहकारी विकास वोर्डमार्फत कार्यालय व्यवस्थापन गर्नका लागि सहयोग स्वरुप अनुदान रकम प्राप्त भएपछि उक्त रकमले कार्यालयलाई अझ उत्कृष्ठ ढंगले व्यवस्थापन गरिएको जानकारी दिएकी छन् । मल्लले हाल विश्वमा सबैभन्दा बढी महिला सहभागिता रहेको सहकारी क्षेत्र रहेको र अबका दिनहरूमा युवालाई समेटेर अगाडी बढ्न आवश्यक रहेको धारणा व्यक्त गर्नु भएको छ ।

यस्तै साधारण सभा कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेतीले संसारमा सहकारी भन्ने वित्तिकै कृषिसँग सम्बन्धित भन्ने एक किसिमको धारणाको विकास भएको बताए । कृषि र सहकारी क्षेत्रको विकासका लागि अरुले केही गरिदिन्छन कि भन्ने भन्दा पनि आफैंले नै केही गरौं भन्ने भावनाको विकास सबैमा हन जरुरी रहेको उप्रेतीले बताउनु भएको छ । भावी दिनहरूमा आवद्ध संस्थाहरूलाई नै सिकाएर, तालिम दिएर, आधुनिक, व्यवसायिक र प्राङ्गारिक कृषि उत्पादन र व्यवसायमा अभिप्रेरित गराउनका लागि संघलाई आग्रह गर्नु भएको छ ।
राष्ट्रिय सहकारी विकास बोर्डका सह–(अध्यक्ष दक्ष पौडेलले छोटै समयमा उदाहरणीय कामहरू गर्न सफल भएको भन्दै संघको प्रशंसा गरेका छन् । यस्तै बन्द अवस्थामा रहेको संघलाई राम्रो गतिमा लैजान साहस प्रदान गर्ने ओमदेवी मल्लको नेतृत्वले आगामी दिनहरूमा देशभरकै उत्कृष्ठ संघको रुपमा स्थापित हुनका लागि पनि पौडेलले शुभकामना व्यक्त गरेका छन् ।
राष्ट्रिय सहकारी महासंघका पूर्व उपाध्यक्ष विजयराज घिमिरेले नयाँ दिनहरूमा सहकारीको मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसाथ गर्नु भन्दा पनि परिणाममुखी काम गरेर देखाउने बेला आएको भन्दै प्राङ्गारिक कृषि उत्पादन र व्यवसायीकरणको लागि प्रारम्भिक सहकारी संस्था, संघ तथा अन्य सरोकारवालाहरूले ध्यान दिनुपर्ने धारणा व्यक्त गरेका छन् ।
जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड ललितपुरका अध्यक्ष रामहरि बजगाईंले ललितपुर जिल्लामा जिल्ला सहकारी संघ सहित १३ ओटा विषयगत सहकारी संघहरू रहेतापनि त्यसको कामहरू प्रभावकारी हुन नसकेका कारण प्रारम्भिक संस्थाहरू जस्तै संघ पनि मर्जको धारणा अनुसार अगाडि बढाउनु पर्ने धारणा व्यक्त गरेका छन् । यस्तै जिल्लाको काठ र पहाडि क्षेत्रमा कृषिको पकेट क्षेत्र घोषणा गरी कृषिलाई अगाडि बढाउनु पर्नेमा जोड दिएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close