२०८१ माघ २

कोरोना सँग जुझ्न : मन्त्री ढकालको आग्रह

काठमाडौं चैत्र ६ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रेस काउन्सिल नेपालको संयुक्त आयोजनामा कोरोना –कोभिड–१९) भाइरस संक्रमण र मिडियाको भूमिका विषयक सचेतनामूलक कार्यक्रम आयोजना गरी कोरोना भाइरस रोकथाम गर्न सचेत रहनुपर्ने आग्रह गरेका छन् ।
सचेतनामूलक कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले ५२९ जना मध्ये १ शुरुमै १ जना बाहेक अरु संक्रमित नभेटिएको बताउनु भयो । १ जना पनि क्वारेन्टाइनमा बसेपछि स्वास्थ्य लाभ गरी घर फर्किसकेको छ ।
धनुषाको १ जना बाहेक केही देखिएन मेशिन कसरी बिग्रीयो भन्ने अनेक थरीको हल्ला फैलिएको छ । हल्लाको पछि नलाग्न आग्रह गर्दै मेशिन बिग्रीएको भए शुरुमा कसरी पोजिटभ रिपोर्ट दिन्थ्यो र ! परिक्षण गरिएकाहरूको रिपोर्ट अहिले नेगेटिभ आईरहेको छ । बिग्रिएको भए नेगेटिभ पनि दिदैनथ्यो होला ! भन्ने प्रतिप्रश्न गर्दै तथ्यले पुष्टि गरेको बताउँदै ग्रीन जोनमा जाने देश नेपाल मात्र भएको बतााउनु भयो । ढकालले भन्नुभयो ‘‘१ केश देखियो उपचार पछि समाप्त भयो’’ घर फर्कियो ।
मन्त्री ढकालको रोग आफ्नो नहुने बताउँदै आफै सजग रहनु पर्ने बताउनु भयो । रोगले जसलाई पनि आक्रमण गर्न सक्छ । त्यसबाट बच्ने सबभन्दा उचित उपाय होम क्वारेन्टाइन र सेल्फ क्वारेन्टाइन नै हो ।
विश्वभर त्रसित बनाई रहेको कोरोना रोगसँग जुध्न सञ्चारकर्मीहरू स्वास्थ्यकर्मीहरू भन्दा बढी जोखिम मोलेर समाचार सम्प्रेशन गर्नुपर्ने भएकोले आफनो सुरक्षा सहित सत्यतथ्य समाचार गरी देश र समाजलाई सकारात्मक सन्देश दिन आग्रह गर्नु भएको छ ।
कार्यक्रममा स्वास्थ्य राज्य मन्त्री नवरारज रावल, टेकु प्रयोगशालाका प्रमुख डा.रुणा झा,
स्वस्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटा, न्यूनतम् पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्याल, प्रेस काउन्सिल नेपालका काव अध्यक्ष किशोर श्रेष्ठले सचेत भएर कारोनाको विरुद्ध जुध्न आग्रह गर्नु भएकोछ ।
कार्यक्रममा स्वागत, काउन्सिलका सदस्यद्धय चेतनाथ धमला र सञ्चालन गोविन्द प्रसाद चैलागाईले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain