समाचार

अब मल अभाव हुँदैन मन्त्री ः अर्याल

काठमाडौं फागुन २० गते कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरि मल व्यवस्थापन चुस्त बनाउने बारे जानकारी दिएका छन् ।
उक्त पत्रकार सम्मेलनमा कृषि तथा पशु पन्छी विकास मन्त्री पद्मा अर्यालले कृषि उत्पादन बढाउन आवश्यक पर्ने भएकाले सरकारले मल अभाव हुन नदिने वचनवद्धता व्याक्त गर्नु भएको छ ।
मन्त्री अर्यालले आम नागरिकको चाँसो बन्दै आएको मलको अभावलाई कमी हुन नदिने गरि किसानहरूलाई आस्वस्त पार्न पत्रकार सम्मेलनको आयोजना गरेको बताउनु भयो । मल आपूर्तिमा चिन्ता गर्नु पर्ने छैन । सबै खुशी छौं । दीर्घकालीन रुपमा सदाको लागि समस्या समाधान गर्न यस आर्थिक वर्ष देखि मल जगेडामा राखेको र केही मल आयत हुने क्रममै रहेको र केही मल मन्त्रालयसँग जगेडा रहेको बताउनु भयो ।
आर्थिक वर्षमा ५ लाख मेट्रिक टनको लागि ११ अर्ब वजेट विनियोजन गरेको, १ लाख ७ हजार मेट्रिक टन मल वितरण गरेको, १ लाख ७२ हजार मेट्रिक टन मल स्टक रहेको २ लाख ७ हजार मेट्रिक टन आउने सुनिस्चित भएको ३ लाख ६९ हजार मेट्रिक टन सरकारसँग रहेको अगामी असारसम्मको लागि मलको अभाव पूरा गर्न सरकार प्रतिवद्ध रहेको जनाएको छ ।
गत सालको मल वितरण भएको र अबको मलको अर्को आवमा वितरण गर्ने जनाएको छ ।
हालै ३ लख मेट्रिक टन मल आपूति गर्ने प्रकृया अघि बढाएको, आपूति अनुमानको आधारमा नभई तथ्य र आवश्यकताको आधारमा भएको जनाएको छ । मन्त्री परिषद्, अर्थ मन्त्रालय, कृषि मन्त्रालय, उद्योग मन्त्रालयको समन्वय गर्न सचिवहरूलाई जिम्मेवारी दिइएको, वजेट वितरण र मलको प्रकृया मिलाउन मन्त्री परिषद्मा लैजान्छौ । कार्यतालिका अनुसार नियमित आपूर्ति गर्दै जाने बताउँदै जति खेर पनि आपूर्ति व्यवस्था मिलाउँछौं । प्रदेश सरकारलाई वजेट पठाउन तयारी गर्दै छौं ।
त्यसैगरी मन्त्रालयका सचिव योगेन्द्र कुमार कार्कीले सञ्चारकर्मीहरूलाई मल वितरण गर्दा कहीँ कतै समस्या देखियो भने जानकारी गर्न आग्रह गर्नु भएको छ । कार्कीले साल्ट ट्रेडिङ्ग कम्पनी, कृषि सामाग्री कम्पनी मार्फत वितरण भएको मलमा कहीँ समस्या आए भने जानकारी गराउनु, सुधार गर्नतिर लाग्छु ।
मलको व्यवस्थापन अल्प, माध्यम र दीर्घकालीन रुपमा वितारण गर्छाैं । हामीलाई ५ लाख मेट्रिक टन मलले प्रयाप्त हुन्छ । अगामी भाद्रसम्म गहुँ छर्ने बेलासम्मको लागि पुग्छ । जिटुजी मार्फत ग्लोवल डेण्डरमा १ रुपैयाँ सस्तो भएमा पनि कन्सर्न गर्छौं । वफर स्टेक गरेका छौं । वंगालदेशको मल आउँदैछ, ढिलो भएको भन्नै पर्छ ।
त्यसैगरी कृषि केशव भुलले रसायनिक मल प्रयोग गरिरहने होकी जैविक मलतिर पनि लाने हो भन्ने प्रश्नमा सचिव कार्कीले प्राङ्गारिक मल र रसायनिक मल एउटै सिक्काका दुईपाटा भएको बताउँदै जैविक मलका सम्भावनै सम्भावना भएको बताउनु भयो । हामीसँग अरु उपाय नै छैन र रसायनिक मल प्रयोग गर्नु प्राङ्गारिक मलको लागि शत्प्रतिशत वितरण मिलाउँछौं । यसको लागि भकारो सुधार कार्यक्रम मार्फत यो काम गर्छौं ।
जेष्ठ १५को वजेट भाषणसम्म कहीँ कतै मल अभाव भए फोन गर्नु सक्नु हुन्छ । हामी संवेदशील र ढुक्क पनि छांै । असारको १५÷२० तिर एक पटक तपाईहरूले घच्घच्याउनु प¥यो । मल व्यवस्थापन गर्न सक्षम छौं । मलको गोदाम बनाउन र मल ल्याउन बजेटको विनियोजन भईसकेको छ ।
त्यसैगरी मन्त्रालयका सह–सचिव तथा प्रवक्ता श्रीराम घिमिरेले देशमा मल कारखान छैन । अर्थ मन्त्रलय मार्फत टेण्डर मार्फत काम गर्दा आर्थिक ऐन अनुसार चल्नु पर्ने भएकाले निरन्तरतामा केही समस्या आएको बताउनु भएको छ । मन्त्रालयको प्रयासले समयमानै मल आपूर्ति व्यवस्था सहज भएको छ ।
मल आपूर्तिलाई जिटुजी मार्फत निरन्तर आपूर्ति कार्य मिलाएका छौं । ५ लाख मेट्रिक टन मल किन्न ११ अर्व वजेट छुट्याएको छ । ३ लाख मेट्रिक टनमा २ लाख ७ हजार मेट्रिक टन आव २०७८÷०७९ को भाद्र असोजसम्म पुग्ने स्टक सरकारसँग छ । किसानहरूले मल पाईंदैन र तर मन्त्रालयले छ भन्छन् भने कुरा सन्नमा आउँछ तर अब मलको समस्या हुँदैन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close