कृषि विशेष

राष्ट्रिय खाद्य बैँकले लगानीकर्ताहरु र पत्रकार बिच गर्यो साक्षात्कार कार्यक्रम

२०७७ चैत्र ७ । पोषिलो आहारका लागि दिगो कृषि उत्पादन हाम्रो अभियान भन्ने नारा सहित स्थापना भएको राष्ट्रिय खाद्य बैँक लिमिटेड ले लगानीकर्ताहरु र पत्रकार बिच साक्षात्कार कार्यक्रम सम्पन्न गरेको छ । राष्ट्रिय खाद्य बैँक लिमिटेडका अध्यक्ष शंकर उप्रेतीले असल माटो भए मात्र असल उत्पादन गर्न सकिन्छ भन्दै राष्ट्रिय खाद्य बैँकले २३ वटा जिल्लामा अन्न उत्पादन गर्न लागिएको र विस्तारै अन्य तरकारी र फलफुलहरु उत्पादन गर्दै जाने बताए । उपे्रतीले काठमाडौको नँया बानेश्वरमा केन्द्रिय कार्यालय भएको बैँकले सबै प्रदेशमा प्रादेशिक कार्यालय र ७७ वटै जिल्लामा जिल्ला कार्यालय र विस्तारै आवश्यकता अनुसार विभिन्न पालिका तथा वडाहरुमा समेत जान लागेको जानकारी गराए । उप्रेतीले बँैकको सार्थकता र औचित्यको बारेमा जानकारी गराँउदै बैँकले कृषि, पशु, जडिबुटी लगायतका हरेक उत्पादनसँग सम्बन्धित उत्पादन र अनुसन्धान अन्तर्गतका कार्यहरु समेत गरिँँदै जाने प्रस्ट्याए ।
अध्यक्ष उपे्रतिले बिग्रेको माटोलाई सपार्दै जैविक खेती पद्धतीबाट उत्पादन गर्ने बैँकको लक्ष्य रहेको बताँउदै आम किसान वर्ग र उपभोक्तालाई समेत जैविक खेतीको बारेमा प्रयाप्त जानकारी र विकल्प समेत दिएर अगाडी बढ्ने बताए । बैँकले उत्पादनको बाली पात्रो बनाएर बैँक अगाडि बढ्ने कुरा आँल्याउदै उप्रेतीले विभिन्न क्षेत्रका विज्ञहरुको समुह बैँकमा भएको र विभिन्न बालीहरुका जातका बिउहरु समेत उत्पादन गरीने बताए, कृषिमा किसानहरु किसान असफल भए ? यो कुरा वैज्ञानिक तरीकाले कारण खोज्र्दै समाधान खोज्ने कुरामा र बजारीकरणको लागि सुनिश्चितता गराँउदै कुरा साक्षात्कार कार्यक्रममा साटे । नेपालमा रहेका बाँझा जग्गाहरुको सदुपयोग गर्न जहाँ जे फल्छ त्यहि उत्पादन गर्दै अगाडि बढ्दै जाँदा नेपालमा कृषि क्षेत्रमा भएको परनिरभरता समेत घटाउन सकिन्छ ।
कार्यक्रममा बोल्दै बैँकका सल्लाहकार तथा वरिष्ठ धान बाली विज्ञ भोलामानसिँह बस्न्यातले धानको उत्पादनले प्रतक्ष रुपमा देशको कुल ग्राहस्थ उत्पादन (जिडिपी) मा असर पार्ने र धानको उत्पादन बढाँउन सके जिडिपी मा नै वृद्धि हुने कुरा राखे, नेपालका सिँचाईको सुविधा भएका विभिन्न तराई, भित्री मधेश तथा पहाडी क्षेत्रमा चैते धानको प्रवद्र्धन गर्नुपर्ने बताए, धान फुल फुलेपछिको समयमा सुर्यको प्रकाश जति बढी भयो त्यति नै धानको उत्पादन बढ्ने हुँदा चैते धानको खेतीको भु–भाग बढाउनुपर्ने र किसानलाई चैते धानमा खेती गर्न प्रेरीत गर्नुपर्ने बताए । नेपालले आज भन्दा ३ दशक अघिसम्म पनि चामल निर्यात गर्ने देशमा पर्दथ्यो, तर आज करीब मासिक रुपमा साढे २ अर्बको चामल आयात गर्नुपरेको तितो यथार्थ समेत राखे, धानको उत्पादन बढाउन बिऊको गुणस्तरदेखी ्प्राविधिक कुराहरुले पनि असर पार्ने जानकारी दिँदै विज्ञहरुसँग तालिम लिएर खेती गर्दा पक्कै पनि उत्पादन बढाउन सकिने कुरा बताए ।
बैँकका सल्लाहकार तथा कृषि विज्ञ प्रा. डा. टंक प्रसाद पोखरेलले हामी विषाक्त खानपानको एकदमै रोगी भएको र यसलाई बैँकले घटाँउर्दै लानुपर्नेमा जोड दिए । कृषक र उपभोक्ताहरु सबैले स्वस्थ खानपान सहितको जिवनयापन गरे मात्र हामी स्वस्थ बन्न सकिने बताए ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close