कृषि विशेष

नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रर्दशनीका मिति परिवर्तन गरिएको जानकारी

प्रेस बिज्ञप्ति
यही चैत्र २७, २८÷२९ गते आयोजना गर्ने भनिएकोे चौंथौ नेपाल एग्रिटेक अन्तर्रााष्ट्रिय प्रर्दशनीको सन्दर्भमा हाम्रो छिमेकी मुलुकहरुमा भईरहेको कोभिडको संक्रमित संख्या बढ्ने क्रममा रहेको हुनाले नेपालको स्वास्थ्य मन्त्रालयल तथा जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको अनुरोधलाई मध्यनजर गर्दै यस अन्तर्रााष्ट्रिय प्रर्दशनीको मिति परिवर्तन गर्न गईरहेको कुरा आयोजक संस्था स्पेस मिडिया सोलुसनले जानकारी गरिएको छ ।
नेपाल सरकार स्वास्थ्य मन्त्रालयको यस अनुरोधले प्रर्दशनीमा भाग लिन आउने स्वदेशी तथा विदेशी कम्पनीहरु एवं देशका विभिन्न स्थानबाट अवलोकन गर्न आउनुहुने महानुभावहरुलाई पर्न सक्ने स्वास्थ्य एवं आवत जावतमा समस्यालाई मध्यनजर गर्दै यस पद्र्रशनीलाई २०७८ साल भदौ १८ देखि २० गतेको लागि मिति परिवर्तन गरिएको जानकारी गराउँदै, यस परिर्वतनले प्रदर्शनीका प्रायोजक, सहभागी कम्पनिहरु, अवलोकनकर्ताहरु तथा सहयोगी संस्थाहरुलाई पर्न जाने असुविधा प्रति हामी क्षमाप्राथी छौं ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close