कृषि विशेष

नेपाल डेरी एसोसिएशनको आयोजना नेपालमा ११औं विश्व दुध दिवस कार्यक्रम

“दूध तथा दुग्ध पदार्थको नियमित सेवन, कोरोना भाइरस विरुद्धको दीर्घ जीवन”

प्रेस विज्ञप्ति
काठमाडौं २०७८÷०२÷१८ (June1st, 2021)
दुधको महत्वः
दुधलाई पूर्ण भोजनका रुपमा लिइन्छ । मानिसको जन्मने बेलाको प्रथम आहार नै दूध हो । जन्मेको ६ महिनासम्म मानिसलाई दुध मात्र दिइन्छ । दुध मानिसको जीवनको महत्वपुर्ण कुरा हो । जन्मेको दिनदेखि मर्नेबेलासम्म र मरिसकेपछि पनि हाम्रो संस्कारको लागि समेत दुधको आवश्यकता पर्दछ । विश्व इतिहास हेर्दा पनि जो जति विश्व प्रख्यात भए ति अधिकांश व्यक्ति शाकाहारी विशेष गरि दुध सेवनलाई महत्व दिने कुराको पुष्टि भईसकेको छ । गौतम बुद्धदेखि महात्मा गान्धि र वर्तमान भारतका प्रधानमन्त्री नरेन्द्र मोदिसम्म सबैले दुधलाई प्राथमिकताका साथ लिइने गरेको पाइन्छ । यस अर्थमा पनि के पुष्टि हुन्छ भने दुध सेवन गर्दा मानिसको दिमागमा सकारात्मक सोचको विकास हुने र दिमाग तेजिलो हुने कुरा वैज्ञानिकहरुले पुष्टि गरिसकेका छन् । जापान, कोरिया र चीन जस्ता विकसित देशहरुमा बालबालिकाहरुलाई दुध सेवन अनिवार्य गरिएको छ । त्यस कारण त्यहाँका बालबालिकाहरुको दिमाग तेज छ र त विश्वमा हरेक कुरामा अग्र पंक्तिमा छन् । साथै अहिले विज्ञहरुको भनाइ अनुसार दुधले रोग प्रतिरोधात्मक क्षमता बढाउने भएकोले यो कोरोनाको महामारीका बेला हरेक ब्यक्तिले अनिवार्य दूध सेवन गर्ने हो भने रोग लाग्न समेत कम हुने कुरा विज्ञहरुले पुष्टि गरिसकेका छन ।

विश्व दुध दिवसको बारेमाः
विश्व दूध दिवस जुन १, २००१ वाट विश्व खाद्य संगठनले मनाउन शुरु गरेको हो । नेपालमा पनि दूधको उपभोगमा वृद्धि गर्ने उद्देश्यका साथ सन् २०११ बाट मनाउन शुरु गरिएको हो । यसै सन्दर्भमा २१औं अन्तराष्ट्रिय विश्व दूध दिवस (Themes: Nutrition • IDF’s Raise a (Virtual) Glass to World Milk Day) 2020 नाराका साथ विश्वभर मनाउने भएको छ ।

नेपालमा विश्व दुध दिवसः
नेपालमा विगत ११ वर्षदेखि राष्ट्रिय दुग्ध विकास वोर्डको संयोजकत्वमा विश्व दुध दिवस मनाउँदै आइएको छ । विश्वमा २१औं विश्व दुध दिवस र नेपालमा ११औं दुध दिवस यस वर्ष पनि जुन १ ( जेष्ठ १८ गते ) राष्ट्रिय दुग्ध विकास वोर्डको संयोजकत्वमा सरोकारवालाहरुको संयुक्त आयोजनामा मनाइएलो छ । कोरोना भाईरसको महामारीले गर्दा यस पटक भर्चुअल विधिबाट सहभागी भई कार्यक्रम गरियो । नेपालमा “दूध तथा दुग्ध पदार्थको नियमित सेवन, कोरोना भाइरस विरुद्धको दीर्घ जीवन” “Regular consumption of milk & milk products, longevity against corona virus” भन्ने नाराका साथ विश्व दूध दिवस जुन १, २०२१ तद अनुसार २०७८ साल जेठ १८ गतेका दिन राष्ट्रिय दुग्ध विकास वोर्डको संयोजकत्वमा सरोकारवालाहरुको भर्चुअल माध्यमको उपस्थितीमा मनाइयो।

कार्यक्रमका उद्देश्यहरुः
१. दुध पूर्ण आहार हो भन्ने कुरा बुझाउन ।
२. दुधको महत्व जन्मेदेखि मर्दासम्म रहेको छ भन्ने बुझाउन ।
३. बालबालिकादेखि जेष्ठ नागरिकसम्मका लागि दुध अति नै महत्वपूर्ण छ भन्ने बुझाउन ।
४. दुधले बालबालिकाहरुको मष्तिस्क विकास, शारिरिक विकासमा महत्व राख्छ भन्ने बुझाउन ।
५. दुध तथा दुग्ध पदार्थ उपभोगमा सवैको पहुँच पुर्याउन र दुध उपभोग बढाउन । साथै दुधमा रोग प्रतिरोधात्मक क्षमता बढाउन सक्ने तत्व हुन्छ भन्ने बुझाउन ।
६. दूध तथा दुग्ध पदार्थको गुणस्तर कायम गरि जनचेतना जगाउन र उपभोग मार्फत खाद्य पोषण सुरक्षणमा सुनिश्चितता गराउन ।

देश भरिको दुग्ध क्षेत्रको पृष्ठभुमि ः
१. दुग्ध क्षेत्रको कुल ग्राहस्थ उत्पादन ९ब्न्म्ए० मा ९ प्रतिशत योगदान गरेको छ ।
२. रोजगारीको हकमा ६ लाख कृषक परिवार आवद्ध छन् भने ५० हजार भन्दा बढी मानिसले उद्योगस्तरमा प्रत्येक्ष रोजगारी पाएका छन् ।
३. वार्षिक राजश्व ३ अर्वभन्दा बढी डेरी सेक्टरले राजस्व बुझाउने गर्दछ ।
४. दैनिक ६ करोडभन्दा बढी रकम शहरबाट गाउँ प्रवाह भैरहेको छ ।
५. यस क्षेत्रमा ३० अर्वभन्दा बढी निजि क्षेत्रका उद्योगमा भएको छ ।
६. देशभर जम्मा दुध उत्पादन ६२,००,००० लिटर छ ।
७. औपचारिक क्षेत्र ९ँयचmब िक्भअतयच० मा १७ प्रतिशत बजार रहेको भने अनौपचारिक क्षेत्र ९क्ष्लायचmब िक्भअतयच० मो ३३ प्रतिशत छ भने ५० प्रतिशत कृषक स्वयंले उपभोग गर्ने गरेको पाइन्छ ।
८. नेपालमा घरेलु, साना, मझौला र ठुला डेरी उद्योगहरु गरी ४ प्रकारका डेरी उद्योगहरु छन् ।
९. देशभर सबै प्रकारमा डेरीको तथ्यांक हेर्दा करीब ७ हजार वटा छन् ।
११. हाल कोरोना महामारीका कारण करीब १० करोडभन्दा बढिको नोक्सानी दैनिक भईरहेको छ ।

विश्व दुध दिवसको अवसरमा दुग्ध सरोकारवाला निकायहरुको संयुक्त कार्यक्रम

नेपालमा सबै सरोकारवालाहरुले “दूध तथा दुग्ध पदार्थको नियमित सेवन, कोरोना भाइरस विरुद्धको दीर्घ जीवन” मूल नाराका साथ जुन १, २०२१ (तद्नुसार जेष्ठ १८, २०७८) मा कोभिड भाइरसका कारण भौतिक रुपमा उपस्थीत भई मनाउन नसकिएका कारण भर्चुअल मार्फत विश्व दूध दिवस कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको अध्यक्षता रा.दु.बि.बोर्डका कार्यकारी निर्देशक डा राजेन्द्र प्रसाद यादबज्यू, प्रमूख अतिथि कृषि तथा पशुपन्छी बिकास मन्त्रालय मन्त्री पद्मा कुमारी अर्यालज्यू, बिशिष्ठ अतिथि कृषि तथा पशुपन्छी बिकास मन्त्रालयका श्रीमान सचिव योगेन्द्र कुमार कार्कीज्यू, बिशेष अथिति कृषि तथा पशुपन्छी बिकास मन्त्रालयका नि.सचिव श्रीमान् बिमल कुमार निर्मलज्यू लगायत अन्य अतिथिहरुमा पशु सेवा विभागका महा निर्देशक डा. दमयन्ती श्रेष्ठ, दुग्ध विकास संस्थानका महा प्रबन्धक श्री रुद्र प्रसाद पौडेल, नेपाल डेरी एसोसिएसनका अध्यक्ष श्री राधाकृष्ण सापकोटा, महा सचिव प्रल्हाद दाहाल, डेरी उद्योग संघका अध्यक्ष श्री राजकुमार दाहाल, केन्द्रिय दुग्ध सहकारी संघका अध्यक्ष नारायण देवकोटा, केन्द्रिय पशुपंक्षी पालन सहकारी संघका अध्यक्ष बाबुराम अधिकारीका साथै दुग्ध उद्योगी व्यवसायी एवं किसानहरु सहभागी भएका थिए । कार्यक्रममा कार्यपत्र प्रस्तुत पश्चात मन्तव्यको क्रममा बिशेष अथिति कृषि तथा पशुपन्छी बिकास मन्त्रालयका नि.सचिव श्रीमान् बिमल कुमार निर्मलज्यूले दुग्ध क्षेत्रको विकासका लागि मन्त्रालयबाट हरपल सहयोग रहेको र हालको निषेधाज्ञाको समयमा दुध ढुवानीमा कुनै समस्या नहुने कुरा बताउनु भएको थियो भने बिशिष्ठ अतिथि कृषि तथा पशुपन्छी बिकास मन्त्रालयका श्रीमान सचिव योगेन्द्र कुमार कार्कीज्यूले नेपालमा दुग्ध क्षेत्रले ठूलो फड्को मारेको, दुधमा आत्मनिर्भर उन्मुख हुँदै गरेको क्षेत्रलाई राज्य एवं सरोकारवाला सबैले हर तवरबाट सहयोग गर्नुपर्ने र हालको कोरोनाका कारण सहुलियत दिन पहल समेत गर्ने कुरा बताउनुभयो । कार्यक्रममा प्रमूख अतिथि कृषि तथा पशुपन्छी बिकास मन्त्रालय मन्त्री पद्मा कुमारी अर्यालज्यूबाट दुग्ध क्षेत्रको संरक्षणका लागि मन्त्रालयले धेरै कार्यक्रमहरु तयार गरेको र स्वदेशी उत्पादन खपतका लागि विभिन्न क्षेत्र जस्तै नेपाल एयरलाइन्समा, नेपाल आर्मी, पुलिस, सशत्र प्रहरी बलको रासनमा समेत दुध तथा दुग्ध पदार्थ समावेश गर्नका लागि पहल गरिएको बताउनु भएको छ। साथै नेपाल दुध क्षेत्रमा आत्मनिर्भर उन्मुख भएकोले प्रत्येक नेपालीले आफ्नो भोजनमा दुध तथा दुग्ध पदार्थ समावेश गरि विभिन्न रोग लाग्नबाट बच्न सकिने समेत बताउनु भयो । अतिथिहरु खाद्य प्रविधि तथा गुण नियण्त्रण विभागका महा निर्देशक उपेन्द्र रायज्यूले शुभकामना मन्तव्यका क्रममा दुध तथा दुग्ध पदार्थको गुणस्तर र मापनमा एकरुपता रहेकोले ढुक्क भई स्वस्थ रहन दुध तथा दुग्ध पदार्थ सेवन गर्न प्रोत्साहनका साथै कुनै एकको दुध तथा दुग्ध पदार्थमा समस्या या गुणस्तरमा समस्या आयो भने सबैमा आयो भन्न मिल्दैन जुनमा समस्या छ त्यसको जानकारी गर्न पहल गर्नुपर्ने कुरा बताउनु भयो । किसान आयोगका माननीय अध्यक्ष डा. प्रेम प्रसाद दंगालज्यूले दुध उत्पादन गर्नका लागि पशुको आवश्यक पर्ने हुँदा पहिला पशुको बारेमा सोच्नुपर्ने त्यस पश्चात किसानको हित गर्ने तत्पश्चात सबैको भलो हुने कुरा बताउनु भयो । अन्य अतिथिहरुबाट विश्व दुध दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै दुग्ध क्षेत्रको विकासमा सम्पूर्ण सरोकारवालाहरु एक भई लागि पर्नु पर्ने र त्यसबाट मात्र सफलता मिल्ने कुराहरु राख्नुभएको थियो । अन्त्यमा रा.दु.बि.बोर्डका कार्यकारी निर्देशक डा राजेन्द्र प्रसाद यादबज्यूले दुध एक खाद्य पौष्टिक तत्व भएको बालकदेखि वृद्धसम्म नभई नहुने अत्यावश्यक वस्तुको सुचीमा रहेकाले एम्बुलेन्स सरह निर्वाध रुपमा संचालनका लागि दुधको लोगो बनिसकेको र अब हरेक डेरी उद्योगहरुले आफ्नो दुध ढुवानी गर्ने सवारी साधनमा प्रयोग गर्ने अनुमति दिने कुरा राख्नुभयो । वहाँले वोर्ड एउटा दुग्ध क्षेत्रको नितिगत समस्या समाधानको लागि खडा गरिएको संस्था हो त्यसैले दुग्ध क्षेत्रको हितका लागि निति तयार पार्दै लागु गर्ने उल्लेख गर्नुभयो ।

विश्व दुध दिवसको अवसरमा नेपाल डेरी एसोसिएसनले निम्म अनुसारका कार्यक्रमहरु सम्पन्न गरियो ।

प्रदेश नं. १
नेपाल डेरि एसोसिएसन प्रदेश नं. १ र झापा जिल्लाले दमकको कोभिट अस्पतालमा उपचार गराईरहेका बिमारी, कुरुवा र स्वास्थ्य कर्मीलाई खिर खुवाएर मनाईयो । जस्मा दमक नगर उप प्रमुख गिता अधिकारि, कोभिट अस्पताल ब्याबस्थापक कुबेर भट्टराई, कोभिट अस्पताल प्रमुख देबि कुमारी दङ्गल, दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, बरिस्ठ उपाध्यक्ष गोपाल गुरागाई, लाईन्स ल्कब अफ माउन्ट एभरेस्टका अध्यक्ष दिनेश अग्रवाल सचिव नेत्र चम्लागाईको उपस्थित थियो । साथै नेपाल डेरि एसोसिएसनले जेठ ७ गते देखि असार ७ गते सम्म दैनिक १० लिटर दुध दिइरहेको छ । नेपाल डेरि एसोसिएसनका प्रदेश संयोजक हेमचन्द्र खनाल, झापा जिल्ला अध्यक्ष सोम नथ घिमिरे, झापा जिल्ला सह सचिव गंगा खड्का र दमक नगर संयोजक योगान्नद खतिवडा को उपस्थित थियो ।

प्रदेश नं. २
प्रदेश अध्यक्ष श्री राघौ सिंज्यूको संयोजनमा केन्द्रिय सचिव विजय प्रसाद चौरसिया, उद्यागी नविन चौरसिया एवं उद्योगीहरुको उपस्थितिमा दुध तथा दुग्ध पदार्थ वितरण गरेर मनाईयो ।

प्रदेश नं. ३
सुरक्षाकर्मीलाई दूध तथा दुग्ध पदार्थ वितरण विश्व दूध दिवसको पावन अवसरमा कोरोनाको कारण यस पटक पहिलेको जस्तो भब्य कार्यक्रमहरु गर्ने अवस्था नरहेकोले देशभरका सबै स्थानमा नेपाल डेरी एसोसिएसनका सदस्यहरुले आ–आफ्नो तरिकाले कार्यक्रम गरिरहेका छन् । काठमाडौं भने एसोसिएसनका सदस्य श्याम घिमिरे र एसोसिएसनका महासचिव प्रल्हाद दाहालज्युको विशेष सहभागीतामा दिनरात सडकमा जनताको सेवामा खटिने सुरक्षाकर्मीहरुलाई दूध तथा दूध जन्य पदार्थ वितरण गरियो । साथै विश्व दूध दिवसको बारेमा समेत जानकारी गराइयो ।

प्रदेश नं. ४
यस प्रदेशमा प्रदेशका अध्यक्ष श्री शिवहरि आचार्य, केन्द्रिय उपाध्यक्ष रेशमराज पन्थी, ज्ञानेन्द्र बजगाईं, सदस्य रामचन्द्र बराल, सल्लाहकार सुरेश श्रेष्ठ, सप्त गण्डकी दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष श्री पुण्य प्रसाद पौडेलको उपस्थितिमा गण्डकी प्रदेश नेपाल डेरी एसोसिएसनको सहयोगमा दुध तथा दुग्ध पदार्थ वितरण गरि मनाईयो ।

प्रदेश नं. ५
प्रदेश अध्यक्ष श्री कृष्ण भट्टराईको संयोजकत्वमा केन्द्रिय कोषाध्यक्ष दयाराम भण्डारी, सल्लाहकार मेघराज भण्डारी, सदस्य रामकृष्ण पौडेल, शिव भुषाल लगायत डेरी उद्योगहरुको उपस्थितिमा दुध तथा दुग्ध पदार्थ वितरण गरियो । साथै दाङ्ग, तुल्सीपुरमा केन्द्रिय सह सचिव रेशम बहादुर खड्का र पाल्पामा केन्द्रिय सदस्य टिकाराम खरालज्यूबाट अनाथालय लगायत क्वारेन्टाईनमा दुध तथा दुग्ध पदार्थ वितरण गरिर मनाईयो ।

प्रदेश नं. ६
प्रदेश अध्यक्ष श्री प्रेम बहादुर डि.सिज्यूको संयोजन र डेरी उद्योगीहरुको उपस्थितिमा हालको कोरोना महामारीको अवस्थामा विरामीहरु बस्ने विभिन्न स्थानको क्वारेन्टाईनमा दुध तथा दुग्ध पदार्थ वितरण गरि मनाईयो ।

प्रदेश नं. ७
नेपाल डेरी एसोसिएसन सुदुर पश्चिम प्रदेश अध्यक्ष भुपेन्द्र थापाज्यूको संयोजनमा उपाध्यक्ष कर्ण बहादुर हमाल लगायत प्रदेश सचिव डम्मरा दियाकोटी सहित डेरी उद्योगीको सहभागीतामा दुध तथा दुग्ध पदार्थ वितरण गरि मनाईयो ।

महा सचिव
प्रल्हाद दाहाल
९८५१०९५१२७

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close