समाचार

कफी विकासमा नीतिगत सहयोग गर्ने मन्त्री यादव वचनवद्धता

धनबहादुर मगर
काठमाडौं मंसीर १ कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्रराय यादवले कृषि क्षेत्रको विकास गर्न नीतिगत रुपमा सुधार गर्नु पर्ने बताउनु भएको छ । मन्त्री यादवले कफीमा आत्मनिर्भर बनाउनुका साथै विश्व बजारमा पु¥याउन कपी क्षेत्रलाई मन्त्रालयको तर्फबाट कफी विकास बोर्डलाई सहयोग पु¥याउने वचनवद्धता व्यक्त गर्नु भएको छ ।
उक्त कुरा राष्ट्रिय चिया तथा कफी विकास बोर्डको १७ औं राष्ट्रिय कफी दिवसको उपलक्षमा बताउनु भएको हो ।
यादवले कफी विकासबाट साना, मझौला र ठूला किसान सबैको जीवनस्रत सुधार गर्न कफी उत्पादनको माध्यमबाट सहयोग पुग्ने विचार व्यक्त गर्नु भएको छ । मन्त्री यादवले बाली विमा गर्ने विमा कम्पनीहरुले आलटाल गरिएको बताउँदै त्यस विषयमा आफैले पहल गर्ने बताउनु भयो ।
राष्ट्रिय किसान आयोगका सदस्य जीवन्ती पौडेलले डाक्टर र इन्जिीनियर होओस् भनेर आशिर्वाद दिन्छौं । तर किसानलाई कसैले हेर्दैन । विगतमा कफी भन्ने थाहै थिएन । आफ्नै देशको युवाहरुलाई विदेश जानबाट रोक्ने माध्यम कफी भएकाले नीतिगत रुपमा पहलु हुनु जरुरी भएको बताउनु भयो । त्यस्तो वातावरण बनाउन कफी एउटा सहायक सिद्ध हुने पनि उहाँको भनाई थियो । साथै पौडेलले धेरै युवाहरु विदेशबाट कमाई गरेर फर्कनुको सट्टा बाकस लास प्याक भएर फर्केको दर्दनाक अवस्था हामीले देख्न सकिन्छ । त्यस्तो अवस्थाको अन्त्य गर्न नेपालमा कृषिको माध्यमबाट मात्र सम्भव हुने बताउनु भयो ।
केन्द्रीय कफी सहकारी संघका उपाध्यक्ष तुलसीदास धितालले आगामी दिनहरुमा कृषिमा योगदान दिनसक्ने सार्थक माध्यम कफी हुनेसक्ने विश्वास रहेको बताउनु भयो । म किसानको प्रतिनिधी हुँ । तर किसानलाई हेला गर्दछौं । सरकारी पक्षले किसानलाई संरक्षण गरेको देखिदैन । नेपालको व्यापार घाटा घटाउन सक्ने माध्यम कफी खेती भएकोले कफी किसान लक्षित कार्यक्रम हुनु पर्ने बताउनु भयो । कृषिलाई दवावमा राखेर गर्न नहुने सुझाव दिनु भयो । वीमा नीति लागु भएको छ । उहाँले विमा कम्पनीलाई कृषि विमा गर्न आग्रह गर्नु भएको छ ।
उद्योग वाणिज्य महासंघका कृषि विषयक सदस्य कृषि उद्यमी दिनेश प्रसाद पराजुली कछुवाको तालमा कफी रोपण भईरहेको बताउदै, कफी रोपण कार्य द्रतगतिमा गर्नुपर्ने बताउनु भयो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव निरुदाहाल पाण्डेले कफीको उत्पादन घटेको र निर्यात बढेको छ । उत्पादन घट्दा के भएको छ भनेर अनुसन्धानको आवश्यकता रहेको बताउनु भयो । सचिव दाहालले जबसम्म कृषक दाजभाई दिदीबहिनीहरुको ध्यान कृषि क्षेत्रमा पर्दैन तबसम्म कृषि विकासमा उन्नती गर्न नसक्ने बताउनु भयो ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक डा.विष्णुप्रसाद भट्टराईले आफूले कफी विकास र उत्पादन गर्न, अनुसन्धान र विस्तार, विश्व बजारसम्म पु¥याउन नीतिगत रुपमा सक्दो पहल गरिएको बताउनु भयो ।
उपनिदेर्शक लक्ष्मणप्रसाद पोखरेलले स्वागत मन्तव्य दिर्दै १२ लाख हेक्टर क्षेत्रफलमा विस्तार गर्न सकिने कफी ३ हजार हेक्टर जमीनमा सीमित रहेकोले कफीलाई विस्तार गरि अन्तराष्ट्रिय बजारमा पु¥याउन सके आर्थिक रुपमा देशलाई सहयोग पुग्ने बताउनु भयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close