कृषि विशेषसमाचार

नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघ सरकारलाई आग्रह

काठमाडौं असार १३ राजधानीमा एक कार्यक्रम गरि नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघले वितरित प्रेस विज्ञाप्तिमा भनिएको छ ।
मूल्य अभिवृद्धि करमा साना उद्यमीहरुलाई पनि सहभागी जनाउने भएको प्रयासलाई व्यवसायलाई विस्थापन गर्न सक्ने जनाएको छ । यसै सन्दर्भमा नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता संघ नेपाली गलैँचा उत्पादन र निर्यात गर्ने व्यवसायिक फर्म उद्योग तथा कम्पनीहरुको साझा संस्था हो । विगतमा भिन्नभिन्न अस्थित्वमा रहेको केन्द्रीय गलैंचा उद्योग संघ र नेपाल गलैंचा निर्यातक संघलाई एकीकृत गरी यस संस्थाले २०७५ सालदेखि उल्लेखित नाममा आफ्ना कार्यहरु गर्दै आएको छ । हाल यस संघमा २ सय भन्दा बढी गलैँचा उत्पादक तथा निकासीकर्ता संस्थाको आवद्धता छ ।
संघले नेपाली गलैंचा उद्योगमा भएका बहुआयामिक समस्याको पहिचान गरी समाधानका निमित्त कार्य गर्दै आएको छ । संघले नेपाली गलैंचा उद्योगको सम्वद्र्धन, प्रवद्र्धन तथा विकासमा आवश्यक पर्ने कार्यमा सहयोग तथा समन्वयको काम समेत गर्दै आएको छ ।
नेपाली गलैंचा उद्योग नेपालको निकासीजन्य उद्योगहरु मध्येको प्रमुख उद्योग हो । यस गलैंचा उद्योगले प्रत्येक वर्ष अरबौं मुल्य बराबरको स्वदेशी उत्पादन निकासी गरि राष्ट्रको द्यबबिलअभ या एबथmभलत मा टेवा पु¥याउँदै राष्ट्रको नीतिमा प्रभावकारी भुमिका निर्वाह गर्दै आईरहेको छ । एकातर्पm यस उद्योगले विदेशी मुद्रा आर्जन गर्दछ भने अर्को तर्पm यस उद्योगले श्रृजना गर्दै आइरहेको रोजगारीको अवसरहरु पनि उल्लेखनीय छ ।
यस उद्योगले दुई लाख भन्दा बढी संख्यामा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा रोजगारी प्रदान गर्दै आइरहेको छ । यस उद्योगले नेपालको अशिक्षित, गरिबीको रेखामुनी जीवनयापन गरिहेका रहेका र सीमान्तकृत समूहलाई रोजगारीको अवसर प्रदान गरेको छ । काठमाडौंबाट ऊन लगेर नेपालको पूर्वी जिल्लाहरुदेखि नेपालको पश्चिम जिल्लाहरुमा घर घरमा साना साना इकाईमा कृषकहरुले पनि फुर्सदको समयमा उत्पादन गरिने यस उद्योगको उत्पादनले पनि नेपालीहरुको रोजगारीलाई सुनिश्चित गरेको अवस्था हो । मु.अ.क. को व्यवस्था लागु भएमा आफ्नो घरको चुलो बाल्नका लागि सहयोग गर्ने रोजगारी उनीहरुबाट खोसिने छ भन्ने विषय संघको मुख्य ध्यानाकर्षणको विषय हो ।
आयात र निर्यातको बीचमा रहेको ठूलो अनुपातको भिन्नतालाई समायोजन गर्ने नेपाल सरकारको नीतिलाई नेपाली गलैंचा उद्योगले पनि अंगीकार गरेको अवस्था हो । यसै नीतिलाई नेपाली गलैंचा उद्योगको प्रमुख उद्देश्यको रुपमा मनन गर्दै हरेक तवरबाट निर्यात अभिवृद्धि गर्ने लक्ष्य नेपाली गलैंचा उद्योगले लिएको छ । यसै उद्देश्यलाई पूर्णता दिने कार्यमा नेपाली गलैंचा उद्योग प्रयासरत छ ।
नेपाली गलैंचाको निकासी वृद्धि हुनु नेपाल सरकारले व्यवस्था गरेको विभिन्न छुट, सुविधा र सहुलियतहरुको कारणले हो भन्ने धारणा नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघको रहेको छ । नेपाली गलैंचा निर्यातको विगत चार वर्षको तथ्याङ्क अध्ययन गर्दा कोभिड अघि रु. ७,२९,८२,७८,२१५ निर्यात रहेकोमा कोभिडको समयमा निर्यातमा १६.८५% ले ह्रास आइ नेपाली गलैंचाको निर्यात रु. ६,०६,८५,६६,५२६ मा पुग्न गएको थियो । तत् पश्चात् कोभिडको परिस्थिति सहज हुँदै जाने क्रममा नेपाली गलैंचाको निर्यात आ.व.२०७७÷०७८ मा ३१.४५% ले वृद्धि भइ रु. ७,९७,६९,५३,४४९ र आ.व. २०७८÷०७९ मा ३३.१७% ले वृद्धि भइ रु. १०,६२,२६,८९,९१६ को निर्यात देखिन्छ ।

क्र.सं विवरण आ.व.
२०७५÷०७६ आ.व. २०७६÷०७७ आ.व.
२०७७÷०७८ आ.व.
२०७८÷०७९
१. कुल निर्यात
(मुल्यमा) ७,२९,८२,७८,२१५ ६,०६,८५,६६,५२६ ७,९७,६९,५३,४४९ १०,६२,२६,८९,९१६
२. ह्रास÷वृद्धिदर –१६.८५% ३१.४५ % ३३.१७ %
श्रोत ः नेपाली व्यापार सुचना पोर्टल ९धधध।लभउबतिचबमभउयचतब।िनयख।लउ०
आर्थिक वर्ष २०७९÷८० मा भएको नेपालको कुल गाहस्र्थ उत्पादन (२.१६ प्रतिशत) वृद्धिमा पनि नेपाली गलैंचा उद्योगको भुमिका उल्लेखनीय रहेको छ । यसप्रकार रोजगारी श्रृजना गर्ने उद्योग, निर्यातबाट वैदेशिक मुद्रा आर्जन गर्ने उद्योग र नेपालको कुल गार्हस्थ्य उत्पादनमा टेवा पु¥याउने उद्योगको रुपमा स्थापित उद्योग हो नेपाली गलैंचा उद्योग । यस उद्योग नेपाल सरकारका प्राथमिक्तामा सदैव रहनुपर्दछ भन्ने धारणा संघको रहेको छ ।
मिति २०८०÷०२÷१५ गते आव २०८०÷०८१ को बजेट सार्वजनिक भयो । जसमा विभिन्न व्यवस्थाहरुको व्याख्या गरियो । जसमध्ये कतिपय व्यवस्था नेपाली गलैंचा उद्योगसँग पनि सम्बन्धित थिए । यस पटकको बजेटको व्यवस्थाले नेपाल सरकारको प्राथमिकतामा रहेको नेपाली गलैंचा उद्योगलाई प्राथमिकताबाट हटाइएको संघलाई भान हुन गएको छ । निरन्तर नेपाल सरकार र नेपाली गलैंचा उद्योग समानान्तर रुपमा अघि बढ्दै राष्ट्र विकासलाई अभिवृद्धि गर्नु पर्ने कार्यमा पुर्णविराम लागेजस्तै भएको छ ।
नेपाल सरकारले सम्पुर्ण उद्योगहरुलाई मु.अ.क. को दायरा भित्र ल्याउनु र व्यवस्थित गर्नु सान्दर्भिक हो । नेपाली गलैंचा उद्योग लघु, घरेलु तथा साना उद्योग हो । नेपाल भर साना साना इकाइमा छरिएर रहेको नेपाली गलैंचा उद्योगको उत्पादन श्रोतलाई मु.अ.क. को दायरामा ल्याउन अव्यवहारिक देखिन्छ । साना साना इकाइमा सञ्चालित उद्योगहरु मु.अ.क मा सहभागी हुने भन्दा पलायन हुने सम्भावना बढी देखिन्छ । यस सम्बन्धमा हामीले सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डज्यू, सत्तारुढ साझेदार दल नेपालकी काँग्रेसका सभापति शेरबहादुर देउवाज्यू, माननीय अर्थमन्त्री डा. प्रकाशशरण महतज्यू, अर्थसचिव अर्जुन प्रसाद पोखरेलज्यू, अर्थ मन्त्रालयका राजश्व सचिव राम प्रसाद घिमिरेज्यू तथा आन्तरिक राजश्व विभागका महानिर्देशक दीर्घराज प्रसाइँज्यू सँग समेत भेट गरी यो समस्याले पार्ने प्रभावका सम्बन्धमा अवगत गराइसकेका छौं ।
मु.अ.क.मा पचास लाखभन्दा कम कारोबार हुने उद्योगहरु दर्ता हुनु अनिवार्य नरहेको र लघु साना तथा घरेलु मु.अ.क.मा जान नपर्ने व्यवस्था पनि छर्लङ्ग छ । तर ती साना उद्योगहरुले मु.अ.क.मा दर्ता नभएपनि आफ्नो उद्योगको निमित्त कच्चा पदार्थ खरिद गर्दा मु.अ.क. तिर्नु पर्ने देखिन्छ । साना व्यवसायीहरुले तिरेको मु.अ.क. फिर्ता हुने कुनै व्यवस्था देखिँदैन । यहाँ नेपाली गलैंचाको उत्पादन लागत बढ्ने हुन्छ । अन्ततः नेपाली गलैंचा उद्योगमा प्रयोग हुने कच्चा पदार्थहरुमा मु.अ.क.को भार थप्नु, र नेपाली गलैंचा उत्पादनका विभिन्न प्रक्रियागत उद्योगहरुलाई मु.अ.क. को दायरा भित्र बाँध्नु जस्ता व्यवस्थाहरुले नेपाली गलैंचाको मुल्य स्वतः रुपमा अभिवृद्धि हुनेछ । मुल्य अभिवृद्धिको परिणाम निर्यात तथा रोजगारी पर्ने छर्लङ्ग छ ।
तसर्थ, नेपाल सरकार समक्ष नेपाली गलैंचा उद्योग नम्रताका साथ आ.व. २०८०÷०८१ मा नेपाली गलैंचा उद्योग सँग सम्वन्धित व्यवस्थाहरुलाई पुनर्विचार गरि यथावत् व्यवस्था कायम गरिदिन हुन नेपाली गलैंचा उद्योग नेपाल सरकार समक्ष हार्दिक अपिल गर्दछ । संघले नेपाली गलैंचा उद्योगका कामदारहरुलाई मु.अ.क. सम्वन्धि व्यवस्था यथावत् रुपमा कायम हनेछ भन्ने आस्वाशन दिएको अवस्था हो । कुनै कारणवश मु.अ.क. सम्वन्धि व्यवस्था यथावत् रुपमा कायम हुन नसकेमा रोजगारी र अस्थित्वमै समस्यामा रहेका लाखौं मजदूरहरु सडकमा ओर्लन सम्भावना प्रवल रहेको छ । उक्त अवस्था संघको नियन्त्रणमा नरहने हामी नेपाल सरकार र सम्बन्धित निकायहरुलाई अग्रिम ध्यानाकर्षण गराउँदछौं ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close