अन्तर्राष्ट्रिय

माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री डा. वेदुराम भुसाल र गणतन्त्र कोरियाका कृषि, खाद्य र वन(Agriculture, Food and Rural Affairs Minister Mr.CHUNG.

गणतन्त्र कोरियाको कृषि, खाद्य र ग्रामीण मामिला मन्त्रालय र नेपालको कृषि तथा पशुपन्छी विकास मन्त्रालय बीच समझदारी पत्रमा हस्ताक्षर भएको सम्बन्धमा ।
काठमाडौ, २ नोभेम्बर २०२३
आज मिति २०६० कार्तिक १६ गते तद् अनुसार २ नोभेम्बर २०२३ गते माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री डा.वेदुराम भुसाल र गणतन्त्र कोरियाका कृषि, खाद्य र ग्रामीण मामिला मन्त्री वन (Agriculture, Food and Rural Affairs Minister Mr.CHUNG HWANGKEUN) बीच द्विपक्षीय बैठक सम्पन्न भयो ।
उक्त अवसरमा माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री डा.वेदुराम भुसालले गणतन्त्र कोरियाका कृषि, खाद्य र ग्रामीण मामिला मन्त्रीलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा हार्दिक स्वागत गर्दै नेपाल बसाई सुखद र फलदायी रहोस भन्ने कामना गर्नु भयो । भेटघाटका क्रममा सन् १९७४ मे १४ मा कुटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपाल र गणतन्त्र कोरियाबीच सौहार्दपूर्ण द्विपक्षीय सम्बन्ध रहेकोमा मा.कृषि तथा पशुपन्छी विकास मन्त्री डा.वेदुराम भुसालले खुसी व्यक्त गर्दै नेपाल र कोरियाबीचको सम्बन्ध सद्भाव, मित्रता र आपसी सहयोगमा आधारित रहेको र यो सम्बन्ध भविष्यमा थप प्रगाढ हुने विश्वास व्यक्त गर्नु भयो । साथै, गणतन्त्र कोरिया सरकारबाट नेपाललाई भएको सहयोग प्रति कोरिया सरकारलाइ आभार व्यक्त गर्नु भयो ।
सोही अवसरमा हस्ताक्षर हुने समझदारी पत्र (एमओयू) दुई देशबीचको सम्बन्धलाई थप विस्तार र प्रगाढ बनाउने ठूलो अवसर रहेको विचार व्यक्त गर्दै गणतन्त्र कोरिया सरकारबाट रेशम खेती प्रवद्र्धन, दुग्ध क्षेत्र विकास र तरकारीको मूल्य श्रृँखलाको विकासमा भएको सहयोगबाट नेपालले ठूलो लाभ लिएको तथा उन्नत आलुको बिउ उत्पादन र हाईव्रिड धान उत्पादन प्रविधिमा सहकार्य गर्ने कार्य प्रक्रिया अगाडी बढाईएको जानकारी गराउनु भयो ।
मिति २०६०।०७।१६ (२ नोभेम्वर २०२३)
माननीय कृषि प्इएक्ष्ब् (KOPIA -Korea Program for International Cooperation in Agricultural Technology) स्थापना गर्न प्रयास भइरहेको र सो प्रयासमा कोरिया सरकारको सहकार्य र सहयोगको अपेक्षा गरिएको विचार राख्नु भयो ।
गणतन्त्र कोरियाका कृषि, खाद्य र ग्रामीण मामिला मन्त्री चुङ्ग व्हाङ्गक्वुन (Agriculture, Food and Rural Affairs Minister Mr.CHUNG HWANGKEUN) ले कोरियाली भ्रमणदललाई मन्त्रालयले गरेको स्वागतका लागि धन्यवाद दिदै १६ वर्षपश्चात कोरियाली मन्त्रीस्तरबाट नेपालको भ्रमण भएको जानकारी गराउनु भयो । कोरिया सरकारले नेपाललाई सँधै Priority Partner Country को रुपमा लिएको र Korean International Co-operation Agency -KOICA_ (Heifer Korea) मार्फत नेपालको कृषि क्षेत्र लगायत अन्य विभिन्न क्षेत्रहरुमा सहयोग हुँदै आएको जानकारी गराउनुभयो । कृषि क्षेत्रतर्फ पनि हालैमात्र ज्भषभच प्यचभब मार्फत नेपाललाइ उच्च प्रजनन् मानका १०१ गाइहरु सहयोग स्वरुप उपलब्ध गराएको र तरकारी तथा फलफूलको मूल्य श्रृँखला विकासका लागि (Value Chain Development for Fruits and Vegetables -VCDP) नामक परियोजना सञ्चालन गरिएको स्मरण गराउँदै भविष्यमा (Korea Program for International Co–operation in Agricultural Technology-KOPIA_) मार्फत कृषि क्षेत्रको अनुसन्धान तथा विकासमा थप सहयोग र सहकार्यका लागि प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो । कोरिया सरकारले कृषि क्षेत्रको प्रविधि विकास र अनुसन्धानमा निकै प्रगती गरेको र सो को अनुभवन आदान प्रदान र कृषि क्षेत्रमा थप सहयोग र सहकार्यका लागि कोरिया सरकार प्रतिवद्ध रहेको समेत जानकारी गराउनुभयो । साथै आज भएको एमओयूले दुई देशको कृषि क्षेत्रको विकासमा सहकार्य र समन्वयमा थप उचाईमा भयो । पु¥याउन मद्दत पुग्नेमा आफू विश्वस्त रहेको समेत जानकारी गराउनु द्विपक्षीय छलफलका क्रममा आगामी दिनमा दुई देश र जनताको पारस्परिक हितका लागि मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउन नेपालले कोरियासँग द्विपक्षीय र बहुपक्षीय तहमा नजिकबाट काम गर्न तत्पर रहेको कुरामा दुबै मन्त्रीहरुले सहमती जनाउनु भएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा दुई देशका कृषि सम्वद्ध मन्त्रालयबीच कृषि क्षेत्रका विविध विषयमा प्राविधिक सहकार्यका लागि समझदारी पत्र (Memorandum of Understanding)मा हस्ताक्षर भयो । सो समझादारी पत्रमा नेपालको तर्फबाट माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री डा.वेदुराम भुसाल र गणतन्त्र कोरियाका तर्फवाट कृषि, खाद्य र ग्रामीण तथा पशुपन्छी विकास मन्त्री डा.वेदुराम भुसाल र गणतन्त्र कोरियाका कृषि, खाद्य र वन (-Agriculture, Food and Rural Affairs Minister Mr.CHUNG).
ग्रामीण मामिला मन्त्री ज्ध्ब्ल्न्प्भ्ग्ल्) बीचको द्विपक्षीय बैठक एवम् गणतन्त्र कोरियाको कृषि, खाद्य र ग्रामीण मामिला मन्त्रालय र नेपालको कृषि तथा पशुपन्छी विकास मन्त्रालय बीच समझदारी पत्रमा हस्ताक्षर भएको सम्बन्धमा
मामिला मन्त्री चुङ्ग व्हाङ्गक्वुनले हस्ताक्षर गर्नुभयो । सो समझदारी पत्रको उद्देश्य दुवै पक्षले आ– आफ्नो राष्ट्रिय कानून र नियमावली बमोजिम दुई देशबीचको कृषि विज्ञान तथा प्रविधि, कृषि तथा पशुपन्छी उत्पादन, कृषि प्रशोधन र कृषि उत्पादनको क्षेत्रमा सहयोगलाई सुदृढ ढंगले अगाडि बढाउनु रहेको छ । यस समझदारी पत्रको कार्यान्वयनवाट
– कृषि तथा पशुपन्छी क्षेत्रको अध्ययन, अनुसन्धान तथा विकास, पूर्वाधार विकास र क्षमता अभिवृद्धिमा दुई देश बिचको सहयोग र सहकार्य गर्न सकिनेछ ।
– नेपाल कृषि अनुसन्धान परिषद् र कोरियाको कृषि अनुसन्धान परिषद् बीचको सहकार्यमा कृषि क्षेत्रको अनुसन्धानका कार्यहरु अगाडी बढाउने अवसर सिर्जना हुनेछ ।
– दुई देशका कृषि विश्वविद्यालयहरुको सहकार्यमा कृषि अनुसन्धान तथा अध्ययनका कार्यहरु अगाडी बढाउन सकिनेछ ।
– दुई देश बिचको सहयोग र सहकार्यमा कृषि तथा पशुपन्छी विकासको क्षेत्रमा विषेश गरि संरक्षित कृषि, उच्च मूल्य जाने कृषि उपजको उत्पादन, प्रशोधन र बजारीकरण, दुग्ध व्यावसाय लगायतका क्षेत्रमा थप कार्य गर्न सकिनेछ ।
– कृषि पूर्वाधारहरुको विकास, तालिम केन्द्र निर्माण, कृषि बजार बिकासमा सहकार्य गर्न सकिनेछ ।
– कृषि क्षेत्रसँग सम्बन्धित प्राविधिक मानव संशाधन, युवा कृषकहरु तथा निजी क्षेत्रमा कृषि उद्यमीहरुको क्षमता अभिवृद्धि गर्न सकिनेछ ।
– नेपाली कृषि स्नातक विद्यार्थी तथा युवा कृषकहरुको लागि सिक्ने र कमाउने अवसरको लागि कोरिया राम्रो गन्तव्य हुन सक्नेछ ।
– नेपालमा विशेषगरी कृषि र पर्यटनको क्षेत्रमा लगानीको सम्भावना भएको हुनाले कोरियाको विशेषज्ञता तथा सहयोग यस क्षेत्रको विकासको लागि महत्वपूर्ण हुनेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close