
धनबहादुर मगर
फागुन २८, पुष्प व्यवसायको विकास, विस्तार तथा प्रवद्र्धनको लागि फ्लोरिकल्चर एशोसिएसन नेपालले २०५१ साल देखि
निरन्तर रुपमा हरेक वर्ष क्षेत्रीय तथा राष्ट्रिय स्तरको पुष्प मेला÷प्रदर्शनको आयोजना गर्दै आईरहेको छ । गत वर्ष हामीले २५ औ संस्करणको राष्ट्रिय मेला भव्य रुपमा सम्पन्न गरि सकेको छ । पुष्पको प्रवद्र्धन गर्ने मुख्य माध्यमको रुपमा पुष्प प्रदर्शनी लाई लिइदै आएको र यस क्रममा यस वर्ष २६ औ संस्करणको पुष्प प्रदर्शनीको आयोजना गर्न गईरहेको हो । यहि सन्दर्भमा आज २६ औं फ्लोरा एक्स्पोबारे जानकारी गराउने उदेश्यले पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।
फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा “स्वच्छ वातावरण तथा आर्थिक सम्वृद्धिको लागि पुष्प व्यवसाय” भन्ने मूल नाराका साथ यहि २०८१ चैत्र १ देखि ४ गतेसम्म “२६ औं फ्लोरा एक्स्पो” भृकुटिमण्डप प्रदर्शनी हल काठमाण्डौमा सञ्चालन
गरेको छ । उक्त २६ औं फ्लोरा एक्स्पोलाई भब्य र सब्य रुपमा सञ्चालन गर्न बिभिन्न संघ(सस्थाहरुको सहयोग तथा सहकार्य
रहेको थियो । साईमेक्स प्रा.ली (वी वाई डिको आधिकारी बिक्रेता), नेपाल डेरी प्रा.ली. प्रारम्भ बायोटेक, पान अमेरिकन सीडको स्पोन्सर रहेको छ भने वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यद्वारा अभिनित चलचित्र भुठान फिल्म समुहको समेत पुष्प मेला प्रचार प्रसारमा सहयोग रहेको थियो । साथै मेला स्थलको भव्य डेकोरेसनमा बिभिन्न नर्सरी तथा कट फ्लावर व्यवसायीहरुको समेत सहयोग रहको थियो ।
२६ औं फ्लोरा एक्स्पोमा व्यवसायीक स्टल तथा अफिसियलहरु सहित गरी जम्मा ८२ वटा स्टल रहेका थिए ।
विगत वर्षमा भै यस वर्ष पनि मेलामा सहभागी भएका बिभिन्न पुष्प व्यवसायीहरुद्वारा उत्पादित फूल बिरुवाहरुको बिभिन्न बिधाहरुमा (उत्कृष्ट स्टल, उत्कृष्ट ल्याण्डस्केपिङ्ग, उत्कृष्ट मौसमी फूल, उत्कृष्ट आलंकारिक बिरुवा, उत्कृष्ट आलंकारिक फूल्ने बिरुवा, उत्कृष्ट पुष्प सजावट, उत्कृष्ट कट फ्लावर (गुलाब, जरबेरा र कार्नेशन) ’स्वच्छ प्रतिस्पर्धा गराईने छ । प्रतिस्पधामा समावेश भएका पुष्पको बिभिन्न बिद्याहरुको मुल्याङ्कन विषय विज्ञ प्राविधिकद्वारा भएका थिए । प्रतिस्पर्धामा प्रथम तथा उत्कृष्ट हुन सफल पुष्प व्यवसायीलाई मेला समुद्घाटन समारोहको अवसरमा नगद, सिल्ड तथा प्रमाण
पत्रद्वारा पुरस्कृत गरिएका थिए । साथै सदा झै यस बर्ष पनि विगत लामो समय देखि
निरन्तर रुपमा पुष्प व्यवसाय गरिरहेको नर्सरी व्यवसायीहरु मध्ये एक जनालाई छनौंट गरि मेला समुद्घाटन कै अवसरमा उक्त नर्सरी लाई कदर–पत्रद्वारा सम्मान गरिने कार्यक्रम समेत रहेको छ ।
यस पुष्प मेलामा पुष्प नर्सरी, पुष्प फर्म, पुष्प तथा पुष्पजन्य आपुर्तिकर्ता कम्पनीहरु, व्यवसायीहरु तथा बिभिन्न संघ संस्थाहरुको सहभागिता रहने छ । पुष्प मेलामा मौसमी फूल, फूल फूल्ने तथा नफुल्ने आलंकारीक बोट बिरुवाहरु, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, विउविजन, ग्रीनहाउस, कृषि औजार, उपकरण, प्याकेजिङका सामाग्री, थोपा सिँचाई प्रविधी, आधुनिक पुष्प खेती प्रविधी, जैविक विषादी, बिभिन्न प्रकारका गमलाहरु, पुष्प सजावटका प्रदर्शनी तथा शिक्री कक्ष रहने छन् ।
यस मेला, पुष्प उद्यमी÷व्यवसायी÷ कम्पनीहरुको लागि आफुले उत्पादन
गरेको पुष्प तथा पुष्पजन्य वस्तुको राष्ट्रिय स्तरमा प्रचार(प्रसार गरी बजार विस्तार गर्न, आफ्नो उत्पादन बिक्री वितरण गर्न, पुष्प व्यवसायी तथा पुष्प उपभोक्ताहरु बीच प्रत्यक्ष सम्पर्क तथा समन्वय गर्न, विश्व बजारमा विकास भएका पुष्पको नयाँ नयाँ उत्पादनहरुलाई सार्वजनिक गर्न र ग्राहक उपभोक्ताहरुसँग आपसी सम्बन्ध स्थापना गर्न अभुतपुर्व अवसर भएको छ । पुष्पको क्षेत्रमा विकास भएको तथा प्रयोगमा आएको नविनतम् प्रविधीबारे प्रचार प्रसार गर्न सघाउ पुग्नेछ । पुष्प व्यवसाय गर्न चाहने नव उद्यमी, जिज्ञासु एवं अध्ययन अध्यापनका साथै अनुसन्धान गर्ने महानुभावहरु सबैका लागि यस मेला वृहत् साझा मञ्च हुने हामीले विश्वास लिएका छौं । यसका साथ साथै घर आँगन बगैचा सजाउन, पुष्प व्यवसायबारे ज्ञान शिप हासिल गर्न चाहने व्यक्ति, संघ संस्थाहरुका लागि यस २६ औं फ्लोरा एक्स्पोले महत्वपूर्ण योगदान पु¥याउने छ भन्ने अपेक्षा हामीले लिएका थिए ।
यस वर्ष आयोजना हुने २६ औं फ्लोरा एक्स्पो अबधि भित्र करिब ६० हजार अवलोकनकर्ताद्वारा अवलोकन हुने तथा एक करोड बढिको व्यवसायिक कारोबार हुने अपेक्षा हामीले लिएको छौ । यस प्रदर्शनीले प्रत्यक्ष एवम् परोक्ष रुपमा पुष्प व्यवसायको विकास, विस्तार तथा प्रवद्र्धनमा थप महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरेका थिए
फ्यानले मेला आयोजनाकै अवसरमा सामाजिक कार्यलाई समेत ध्यानमा राख्दै २०८१ चैत्र ३ गते, बिहान ११ बजे देखि ३.०० बजेसम्म लाईन्स क्लब अफ काठमाण्डौ ग्लोबल फ्लोरिकल्चरसँगको सहकार्यमा रक्तदान कार्यक्रम समेत आयोजना गरेका थिए । रक्तदान गर्न चाहनु हुने उक्त दिन मेला अवलोकन गर्ने क्रममा भृकुटिमण्डप परिसरमा रक्तदान समेत गर्न आयोजकले गरेको छ ।
पुष्प व्यवसायको बर्तमान अवस्था (संक्षिप्त) पुष्प व्यवसायले नेपालमा वि.सं.२०११ सालमा सामान्य स्तरबाट पुष्प व्यवसाय शुरु भएको ईतिहास रहेको छ । यस पछि विस्तारै गति लिएको थियो । वि.सं. २०४९ साल ताकासम्म लगभग जम्मा ८० को संख्यामा मात्रै नर्सरी व्यवसायीहरु रहेको थियो । २०४९ सालमा संस्थागत रुपमा फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) को स्थापना भए पश्चात मात्र पुष्पको व्यवसायिक विकास, विस्तार र प्रवद्र्धनले गति लिएको हो । हाल बढ्दो
शहरीकरणको विकास तथा विस्तारसँगै सातै प्रदेशका मुख्य शहरहरु लगायतका अन्य क्षेत्रमा पुष्प व्यवसाय फैलँदो अवस्थामा रहेको छ । हरेक वर्ष पुष्प व्यवसायको वार्षिक वृद्धिदर १० देखि १५% को हाराहारीमा
रहँदै आएको छ । हाल ५२ जिल्लामा लगभग २६० हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भईरहेको छ । ११७४ भन्दा बढि (नर्सरी–५३०, कट फ्लावर उत्पादक–९०, कट फ्लावर खुद्रा व्यवसायी–१५८, पुष्प थोक व्यवसायी–६, ईनपुट सप्लायर्स–२५ र लुज फ्लावर उत्पादक –३६५) पुष्प व्यवसायीमा संलग्न रहेको छ । पुष्प ब्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष गरेर ५१,५०० भन्दा बढि जनशक्तिहरु रोजगार रहेको छ ।
आ.ब. २०७५÷७६ मा पुष्पको बार्षिक
कारोबार रु.२ अर्व ४२ करोड रहेकोमा आ.व.०७७÷७८ मा वर्षे भरी कोभिड महामारीको कारण पुष्पको ब्यवसायिक
कारोबारमा कमी आई जम्मा रु.१ अर्व ६३ करोड मा खुम्चिएको थियो । आ.व.२०७८÷०८९ मा कोभिडको असर केहि कम हुदा पुष्पको वार्षिक कारोबारमा केहि वृद्धि भएको थियो । गत आ.वर्ष ०७९÷८० मा रु.३ अर्व ७ करोड भन्दा बढिको कारोबार भएकोमा अघिल्लो वर्षको तुलनामा यस आ.व. २०८०÷८१ मा १९.८६% ले वृद्धि भई रु.३ अर्व ६८ करोड भन्दा बढिको कारोबार भएको छ ।
आर्थिक वर्ष ०८०÷८१ को भन्सार बिभागको तथ्याङ्क अनुसार पुष्प तथा पुष्पजन्य वस्तुको वार्षिक निर्यात कारोबार रु.१ करोड ०२ लाख १२ हजार रहेको भने आयात कारोबार रु.२७ करोड ७९ लाख ०५ हजार रहेको छ ।
प्रतिक्रिया दिनुहोस्