
काठमाडौं बैशाख ८, खाद्यको लागि कृषि अभियानले एक महिने ‘जैविक कृषि जागरण यात्रा’ कार्यक्रम सार्वजनिक गरेको छ ।
बैशाख १० गतेबाट जेठ ८ गतेसम्मको कार्यक्रम बबरमहलस्थित साफ फाल्चाको सभाहलमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो ।
अभियानले काभ्रेको नवोबुद्ध नगरपालिकाबाट शुरु गरि मोरङ, झापा, इलाम, पाँचथर, तेह्रथुम र उदयपुरको घुर्मेमा आई समापन गर्ने कार्यक्रम रहेको छ ।
खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले आफूले गर्ने कार्यक्रमले सरकारलाई सहयोग नै पुग्ने बताएको छ । संयोजक अधिकारीले भुइतहको मान्छेको आवाज सुन्न आवश्यक छ । स्थानीय माटो बिग्रेको छ । बोल्ने विज्ञ चाहिन्छ । हावा दिने खालको कार्यक्रम आउँछ कि आउँदैन भन्ने नै हो ।
बुद्धिजीवी तथा शिक्षक जीवनकुमार नेपालले कृषिमा दक्षता बन्न धेरै मिहिनेत गरिरहनु नपर्ने बताउँदै, बच्चादेखि सिक्दै आयौं । रसायनिक मल हाले राम्रो फल दिन्छ भन्न थाल्यो । तुलना मात्र गरियो, अध्ययन गरिएन । पढेलेखेको मान्छेले खेतीकिसानी गर्नु हुन्न भन्ने धारणाको विकास भएको छ । मेरो छोरा दिपेश नेपालले विदेश जान्न यही कृषि गर्छु भने पछि, काभ्रेको पाँचखालमा २६ रोपनी जमीन भाडामा लिएर विषादी मुक्त कृषिगर्न शुरु गरेका छौं ।
राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष पञ्चकाजी श्रेष्ठले व्यवसायिक खेतीले गर्दा विषादीको प्रयोग ज्यादै हुने गरेको छ । जब हावापानी विषादी बन्छ, तब वातावरण नै विषालु बन्छ । चाहे जुनसुकै ठाउँबाट उत्पादन गरेको तरकारी किन होस् । भारतबाट आउने आयतित् तरकारी जाँचिन्छ कि जाँचिदैन ? तर नेपाली किसानको उत्पादन भने जाँचिन्छ । नेपाली किसान अहिले ज्यादै दबावमा छन् ।
समयमै कृषि क्षेत्रको सुधार गर्न सकेन मरुभूमिकरणमा परिणत हुने अवस्था नआउँला भन्न सकिदैन । राष्ट्रिय जागरणको परिकल्पना गरेर अगाडि बढौं ।
गोरखापत्र दैनिकका वरिष्ठ कृषि पत्रकार सुरेश यादवले कार्याक्रम लिएर गाउँघरका जानु पर्छ । यो कुरा शहरका पढेलेखेकाले बुझ्दैन । गाउँमा बुझाउने मान्छे नै छैन । गाउँमा जैविक कृषि गर्न सजिलो छ । व्ल्याकमा आएको मलको विकल्प दियो भने धेरै हट्छ । २० वर्ष अघि रासायनिक मल प्रयोग गर्दैनथ्यो ।
अहिले गाउँघरमा अवस्था फेरिएको छ । धेरै प्रयोग गर्नु हुँदैन भने पनि ५ के.जी.को ठाउँमा ७ के.जी.को प्रयोग हुन्छ । विषादी एक भाग हाल्नु पर्ने ठाउँमा दुईभाग हालेर प्रतिस्पर्धा नै गरेको देखिन्छ ।
खाद्यका लागि कृषि अभियानका सल्लाहकार डा.कृष्णप्रसाद पौडेलले नीतिनिर्माण गर्ने मान्छेहरुले पनि खाना नै खान्छन होला ! अरु केही खाएका छन् भने भन्नुस् । खान त यही अन्नपात खान्छन् । खानालाई पैसासँग साटेर खान्छन् । आज देशमा भ्रष्टाचार भएको छ । जे कुरा भएको छ । राम्रो भएको छैन ।
हाम्रो सोँच नै खन्चुवा सोँच छ । धेरैै मल हालेर धेरै नफलाउनु भन्न खोजेको होइन । कृषि जागरण अभियान यात्रा प्रति हामी सचेत छौं । किसानलाई प्राविधिक कुरामा भ्रम छ । रासायनिक मल, रासायनिक विषादी, प्लाष्टिक र हर्मन यी ४ कुरा बन्देजनै गरौं ।
आठ अर्ब मानिसको फरक–फरक विचार छ । हामीले हाम्रो व्रह्माले देखेको कुरा गर्छौं । अब भुईं टेकेर हिड्नु पर्छ भनेको हो ।
खानु पर्ने हामी मात्र होइन । देशलाई अप्ठेरो परेको बेला गल लगाऔं भन्ने हो ।
समाज र आफ्नो लागि पनि हो, यो । सकेसम्म सचेत मानिसहरु जागरणमा जोडिऔं । खाना र खेतीपाती कुरा नेपाली समाजको हितमा १५ वर्ष देखि गर्दै आएका छौं ।
नेताहरुले तपाइहरु निराशको कुरा गर्छन् भन्छन् । देश अहिले मासिक डेढ अर्ब घाटामा चलिरहेको छ । व्यवस्था माथि धक्का लाग्नुको मूलकारण कृषि नै हो । ५० लाख युवाहरु नेपालमा ल्याउनु मात्र होइन, प्रकृतिमा आधारित कृषिलाई जोड दिऔं । बीउ माथिको सम्प्रभुक्ता गईसकेको छ । १७ लाख किलो विषादी ल्याएर सिङ्गो पर्यावरणलाई क्षत्विक्षत बनाएको छ, यसो नगरौं, पौडेलले भने ।
प्रतिक्रिया दिनुहोस्