२०८२ माघ २७

नित्यराज राउत : पेपिनो मेलोन उत्पादनमा सक्रिय

घनश्याम अधिकारी (बैरागी जेठा)
सिन्धुपाल्चोक बाह्रविशे घर भई हाल ललितपुर भैसेपाटीमा ५ रोपनी जमिनमा पेपिनो मेलोनको खेती गरिरहनु भएका नित्यराज राउतसँग गरेको कुराकानीको संक्षिप्त अंश :
कति वर्षदेखि पेपिनो मेलोनको खेतीमा आवद्ध हुनु हुन्छ भन्ने कुराकानी गर्दा आफूले २०६९ साल जेठमा काठमाडौंको हाल चन्द्रागिरी नगरपालिकास्थित सतुङ्गल, विष्णुदेवी मन्दिर नजिकै पेपिनो मेलोनको खेती यसै कृषि जर्नल मासिकका सम्पादक धनबहादुर मगरसँगै मिलेर काम गरेका थियौं । विचमा आफ्नै घरायसी काममा व्यस्त हुनु परेकोले छोड्नु प¥यो । यतिका वर्ष वितेछ । हाल यसको खेती कसैले प्रवद्र्धन नगरेको देख्दा मलाई लाग्यो अब मैले यतिका राम्रो खेती प्रविधिको विस्तार गर्नु पर्छ भनेर लाग्यो । र व्यवसायिक खेतीको रुपमा गर्न यसको विस्तार गर्नु पर्छ भनेर आएको छु ।

किन फेरि पेपिनो मेलोन खेतीमा फर्कनु भयो भन्ने प्रश्नमा, हामीले यो फलको सम्भावना देखेर नै परिक्षणको रुपमा व्यवसायिक खेतीको सम्भावना छ भनेर अनुमान गरेका थियौं । तर आफ्नै घरायसी कामको कारण घरतिरै बस्नु परेको कारण सम्भव हुन सकेन । विचमा छोड्नु प¥यो ।
फेरि धनबहादुर मगरसँग भेटभयो । कुराकानी हुँदा पेपिनो मेलोन खेती विस्तार हुन नसकेको बताए । मलाई लाग्यो १० वर्षको अवधिमा यो खेती प्रविधिको विस्तार व्यापक भइसक्यो होलानी भनेर सोचेको थिएँ तर भएको रहेन छ ।

मैले सोचे यतिको सम्भावना भएको खेती प्रविधि किन नगर्ने अब विस्तार गर्नेतिर लाग्नु पर्छ भनेर ललितपुरको भैंसेपातीमा ५ रोपनी जमीनमा पेपिनो मेलोन खेती गरिरहेको छु ।

मलाई लाग्छ यो खेतीको विस्तार राज्यस्तरबाट नै प्रवद्र्धन गर्ने कार्यक्रम राख्नु पर्छ तत्कालीन कृषि मन्त्री रामनाथ अधिकारीलाई यो खेतीको विषयमा जानकारी गराएको थियो र उहाँले पनि यो खेतीको विस्तारको लागि सहयोग गर्छु भनेर वचन दिनुभएको थियो । तर, दुर्भाग्यवस उहाँको सरकार जेनजी आन्दोलनको कारण गयो ।

अरु फलफूल र यो फलमा के भिन्नता छ भन्ने प्रश्नमा, अरु फलफूलहरु जसरी धेरैैसमयसम्म कुर्नु पर्दैन । पेपिनो मेलोन फलफूल प्रजातिको भएपनि रोपन गरेको छोटो अवधिमा नै यसको फल लिन सकिन्छ । यसको व्यवसायिक खेती गर्नेले छोटै अवधिमा आर्थिक रुपमा लाभ लिन सकिन्छ ।
तपार्ई पेपिनो मेलोन खेतीमा किन फर्कनु भयो भन्ने प्रश्नमा राउतले भन्नुभयो । पहिले आफूले हुर्काएको बढाएको फल, माया लागेर आयो । पेपिनो मेलोनको विषयमा अरु किसानहरुलाई पनि ज्ञान बाँड्न सकिएमा आर्थिक रुपमा उनीहरुको जीवनस्तरमा सुधार आउन सक्छ ।
हाम्रो देशमा पेपिनो मेलोनको सम्भावना ज्यादै छ ।
१० वर्ष अघि सिकेको ज्ञान विर्सनु भएको रहेन छ नि भन्ने प्रश्नमा कहाँ बिर्सने आफूले प्राप्त गरेको ज्ञान अब सबैलाई बाँड्ने हो, राउत भन्नु हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain