२०८२ कार्तिक २६

विश्व स्कुल दूध दिवस २०२५ सम्पन्न

काठमाडौं असोज ८, नेपाल डेरी एसोसिएसनले उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य नरेशलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा काठमाडौंको हाँडिगाउँमास्थित सेन्ट जर्ज स्कुलका विद्यार्थीहरुलाई दूध पान गराई विश्व दूध दिवस कार्यक्रम मनाएको डेरि एशोसिएसनले जनाएको छ ।
नेपालमा विश्व स्कूल दूध दिवस सन् २०१६ बाट नेपाल डेरी एसोसिएसनले मनाउन शुरु गरेको हो । यस वर्ष “बालबालिकाको स्वास्थ्य त उज्ज्वल भविष्य दैनिक दूध अनिवार्य’’ भन्ने नाराका साथ देशै भर एसोसिएसनका प्रदेश र जिल्ला समितिहरुले विभिन्न कार्यक्रम गरि मनाइएको जानकारी प्राप्त भएको छ ।
उक्त कार्यक्रममा विद्यालयका प्र.अ.मेघराज बजगाईले विश्व स्कूल दूध दिवस विश्वभर बालबालिकाले दुध सेवन गर्नबाट बञ्चित हुन नपरोस् भनी मनाउन शुरु गरिएको जनाएको छ । स्कूलमा पढ्ने विद्यार्थीले दुध किन सेवन गर्नुपर्छ भन्ने विषयमा जानकारी गराउन महत्वपुर्ण भुमिका विषय हुने पनि बताउनु भयो । यसले बालबालिकामा पोषण, स्वास्थ्य र पढाइमा सुधार ल्याउन दूधको भूमिका माथि जोड दिए ।
संयुक्त राष्ट्र संघ खाद्य संगठनले लगायतका संस्थाहरूले विश्वभर कार्यक्रम गरि मनाउने गरेको जनाएको छ ।
विश्व स्कुल दूध दिवस, सेप्टेम्बर २४, विश्वभर सेप्टेम्बर महिनाको अन्तिम बुधबार मनाइने गरिन्छ ।
राष्ट्रिय दुग्ध विकास बोर्डका अधिकृत शंकर अधिकारीले स्कूल दुध कार्यक्रमद्वारा बालबालिकालाई नियमित रुपमा पौष्टिक दूध पहुँच सुनिश्चित बनाउने वातावरण बन्ने बताए । पोषण अभाव हड्डी मजÞबूत राख्न, प्रोटीन, क्याल्सियम, भिटामिन तथा अन्य खनिज पदार्थहरू प्राप्त गर्न मद्दत पु¥याउने छ । शिक्षा र अध्ययन प्रदर्शन सुधार गर्ने, तागत, स्वास्थ्य राम्रो हुँदा विद्यार्थीहरू विद्यालयमा मन लागेर पढ्न सक्षम हुने बताए ।
अर्का उपाध्यक्ष दिप प्रसाद धमलाले दुध उत्पादन र डेरी उद्योगमा संलग्न कृषकहरू र स्थानीय समुदायलाई पनि दूधको महत्व बारे जनचेतना विस्तार गर्ने सहयोग पुग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain