धनबहादुर मगर
काठमाडौं मंसीर ३, राष्ट्रिय दुग्ध विकास बोर्डको आयोजनामा सर्वपक्षीय बैठक बसी दूधको मूल्य बढाउन कृषि, वन तथा पर्यावरण मन्त्रालयमा सिफारिस गर्ने सहमती भएको छ ।
उक्त बैठकमा किसान तथा व्यवसायीहरुबाट राखेको मागको विषयमा दूधको मूल्य बढाउन दुग्ध व्यवसायी तथा किसानहरुलाई राष्ट्रिय दूग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक बालक चौधरीले आश्वस्त पार्नु भएको छ ।
निमित्त कार्यकारी निर्देशक चौधरीले विगतमा भन्दा यसपाली सबैको वृहद र सर्वपक्षीय सहमती भएको प्रति खुशी व्यक्त गर्दै यस्तो राम्रो वातावरण विगतमा कहिल्यै नबनेको र व्यवसायी र किसान र सहकारीका प्रतिनिधिहरु यती धेरै सहभागीता कहिल्यै नबनेको बताउनु भयो ।
आशा छ तपाईहरुले राखेको माग प्रति मन्त्रालयमा जस्ताको तस्तै राख्ने बताउनु भयो ।
प्रत्येक २ वर्षमा बढ्ने दूधको मूल्य यसपाली ४ वर्ष पुग्दा बढाउन लागेको पनि बताउनु भयो ।
२०८३ मंसीर ३ गते राष्ट्रिय दूध विकास बोर्डको आयोजनामा सर्वपक्षीय बैठक बसी दूधको मूल्य बढाउन कृषि, वन तथा पर्यावरण मन्त्रालयमा सिफारिस गर्ने सहमती भएको हो ।
विगत ४ वर्षदेखि दुग्धको मूल्य नबढाएको, पशुपालनको लागि चाहिने दाना, लगायत आवश्यक कच्चा पदार्थ मूल्य वृद्धिका कारण किसानहरु र दुग्ध व्यवसायीहरु समस्यामा परेको जनाउँदै किसान तथा दुग्ध व्यवसायीहरुबाट राखेको माग सम्बन्धमा दूधको मूल्य बढाउन सहमती भएको हो ।
व्यवसायीहरुबाट राखेको माग सम्बन्धमा दूधको मूल्य बढाउन सरकारलाई आग्रह गर्दै केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अमरबहादुर कुँवरले आफूहरुले विगत लामो समयदेखि किसानहरुको दूधको मूल्य बढाउनु पर्ने सुझाव धेरै पटक दिएको र बल्ल समय जुरेको बताउनु भयो ।
कुँवरका अनुसार दुग्धको मूल्य नबढाए किसानहरु आफ्नो व्यवसाय छोड्नु पर्ने अवस्था आउन सक्ने कुरामा सचेत गराउँदै भने ‘‘अब पनि किसानको दूधको मूल्य नबढे आन्दोलन गर्नु पर्ने वाध्यता आउन सक्ने पनि बताए । त्यस्तो अवस्था नआउन् कुँवरले भने । आफूहरु सहमती अनुसार बढ्ने आशावादी रहेको पनि बताउनु भयो ।
नेपाल डेरी एशोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले बढ्दो महँगीका कारण डेरी व्यवसायीहरुले आफ्नो समस्य विगत देखिनै राख्दै आएको । सरकारले नसुने बताउँदै अब हिजोको जस्तो किसानलाई दिनु पर्ने घटाउँदै लगेको र त्यस्तो अवस्था आउन नदिन व्यवसायीहरु सचेत भएको पनि बताउनु भयो ।
भूकम्प, कोभिड, र बजारको समस्याको कारण दुग्धजन्य पदार्थ धेरै भण्डारण हुँदै गएकोले हामीले चाहेर पनि बेलामा भुक्तानी गर्न नसकेको बताउनु भयो ।
त्यसैगरी केन्द्रीय दुग्ध सहकारी संघ चितवनका अध्यक्ष किशोर वगालेले दूधको मूल्य छिटो भन्दा छिटो बढ्नु पर्ने बताउँदै नबढाए आन्दोलनमा जानुको विकल्प नभएको बताउनु भयो । वगालेले किसानको दूधको मूल्य ७५ पु¥याउनु पर्ने माग राखेको पनि बताउनु भयो ।
केन्द्रीय दुग्ध सहकारी संघका पूर्व अध्यक्ष नारायण दाहालले २०७९ सालमा मूल्या वृद्धि भएपछि आजसम्म मूल्य बढेको छैन । सबै वस्तुहरुको लागत मूल्य वृद्धि भएको कारण पनि किसान दुग्ध व्यवसायबाट पलायन हुने अवस्था सिर्जना हुन सक्छ । देवकोटाले सबैभन्दा आत्मनिर्भर हुने क्षेत्र भएकाले पलायन हुनबाट रोक्नको लागि मूल्य वृद्धि लगायत सरकारले गर्नु पर्ने कार्यमा सहजीकरण गर्नु पर्ने बताउनु भयो ।
केन्द्रीय दुग्ध सहकारी संघका वरिष्ठ उपाध्यक्ष राधाकृष्ण सापकोटाले देशभरका किसानहरुले घाटामा दूध बेच्नु परेको अवस्था रहेकोले दूद्यको मूल्य वृद्धि गर्न सरकारलाई तीन महिना देखि घच्घच्याई रहेको बताउनु भयो । सर्वपक्षीय सहमती अनुसार एकमतले मूल्य वृद्धि गर्न सहमत भएको बताउनु भयो । सरकारले केही दिन भित्र मूल्य तोक्छ भन्ने आशा छ । माग प्रति सुनुवाई हुन्छ भन्ने विश्वास छ ।
सापकोटाले सहकारीमा रहेका ६ लाख किसानहरुको माग प्रति सम्वोधन हुनेछ । कम्तिमा १० रुपैयाँ बढाउनु पर्छ भनेर माग राखेका छौं । ३५ देखि ४० प्रतिशत गाइभैंसीको दाना लगायत सबैमा मूल्य वृद्धि भएको छ । किसान बाँच्न र उपभोक्ताको लागि सहज होस् भनेर त्यति बढाउनु पर्छ भनेर माग राखेका हौं । यदि हाम्रो माग सम्वोधन नभए पर्खने समय नभएको पनि बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्