२०८३ बैशाख ९

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गर्यो अनुगमन

काठमाडौं फागुन २८, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले विभिन्न खाद्य उद्योग एवं व्यवसायको नाम तथा ठेगाना निरीक्षण अनुगमन गरि उद्योगहरुलाई मापदण्ड विपरित कार्य नगर्न सचेत गरेको छ ।
त्यसरी सावधानी तथा सचेत उपाय अपनाउन जुगल डाईनिङ्ग हल प्रा.लि., पद्मकन्या विद्याश्रम क्याण्टिन, डिल्लीबजार, काठमाण्डौ, किचनमा भण्डारण अनुगमन गरेको थियो ।
उक्त क्यान्टिनहरुमा कृतिम खाद्य रंगको प्रयोग भएको पाईएको, तयारी खाद्य पदार्थ नछोपि राखिएको, सरसफाईको अवस्था कमजोर रहेको, फ्रिजमा खाद्य पदार्थ भण्डारण गर्दा अव्यवस्थित रहेको, भान्सामा अनावश्यक सामान स्टोर गरी राखेको, खानेकुरा छोप्न पत्रिकाको प्रयोग गर्ने गरेको पाईएको, हाइड्रो प्रयोग नगर्ने र भण्डारण गरी राखेको एक बट्टा हाइड्रो नष्ट गरिएको, कृतिम खाद्य रंगको जथाभावी प्रयोग नगर्ने र भण्डारणमा रहेको एक वट्टा नष्ट गरिएको, तयारी खाद्य पदार्थ ढाकेर गरेर मात्र राख्ने,
सरसफाईमा उचित ध्यान दिइ खाद्य स्वच्छता कायम गर्ने, फ्रिजमा भण्डारण गर्दा ढाकेर व्यवस्थित ढंगले गर्ने, भान्साबाट अनावश्यक सामानहरु हटाउने, खानेकुरा छोप्न÷राख्न पत्रपत्रिकको प्रयोग नगर्ने,
पाथिभरा क्याण्टरिङ सर्भिस, विजय स्मारक माध्यामिक विद्यालय क्याण्टिन, कामदारको व्यक्तिगत सरसफाई पर्याप्त नभएको, (नङ पालिस लगाएको, हेयरनेट नलगाएको, गहना लगाएको), भान्सामा डष्टविन खुला राखि फोहोर फाल्ने गरेको, कृतिम खाद्य रंगको प्रयोग गर्ने गरेको, तेलको टिपिएम परिक्षण गर्दा ९.५ भई मापदण्ड अनुकूल पाईएको, एक्सजहष्ट फ्यान फोहर पाईएको, खाद्य स्वच्छता कायम गर्न नियमित सरसफाईमा ध्यान दिने, कामदारको व्यक्तिगत सरसफाई अन्तर्गत नङ पालिस नलगाउने, हेयरनेट लगाउने, गहना नलगाउने जस्ता अभ्यास अपनाएर खाद्य स्वच्छता कायम गर्ने, किचनमा ढक्कन आफै लाग्ने डष्टविनको व्यवस्था मिलाउने, फ्राई गरिने खाद्य पदार्थमा कृतिम खाद्य रंगको प्रयोग नगर्ने र प्रयोग गर्दा असल अभ्यास अनुसार मात्र प्रयोग गर्ने, एक्सजहष्ट फ्यानलाई नियमित तालिका बनाएर सफा राख्ने, अनुगमन गरिएको व्यवसायको कुल संख्याः २ वटा खाद्य
व्यवसाय यस विभागबाट मिति फागुन २८ गते काठमाडौं उपत्यका भित्र खाद्य पदार्थहरूको उत्पादन तथा बिक्री वितरण हुने स्थलहरूमा निरीक्षण तथा अनुगमन गरी खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ वमोजिम तपसिलका व्यवसायहरूको निरीक्षण अनुगमन तथा कारबाही गरिएको जानकारी प्रेसनोट जारी गरि जानकारी दिएको छ ।
शिव क्याटरिङ एण्ड कुकिङ सर्भिस, का.म.न.पा.–३०, उत्पादन स्थलको सरसफाईको व्यवस्था सन्तोषजनक नरहेको, तयारी खाद्य पदार्थहरु नछोपी भण्डारण गरेको, कामदारको व्यक्तिगत सरसफाई सन्तोषजनक नरहेको (हेयरनेट, पञ्जा नलगाएको, औँठी र घडि लगाएको), फोहोर फाल्ने डस्टविन नछोपी खुला रुपमा राखेको, दुई प्याकेट प्रशोधित दूध म्याद गुज्रेको पाईएको, सरसफाईमा लापरवाही गरेको हुँदा सरसफाई तालिका बनाई नियमित सरसफाई गर्ने, तयारी खाद्य पदार्थ ढाकेर व्यवस्थित तरिकाले भण्डारण गर्ने, खाद्य स्वच्छता कायम गर्न हेयरनेटा ग्लोव्स्, आदिको व्यवस्था मिलाउने र घडि÷औँठी नलगाउने, आफै ढक्कन लाग्ने डस्टबिनको व्यस्था गर्ने र नियमित खालि गर्ने व्यवस्था मिलाउने, उपभोग्य मिति समाप्त भएको २ प्याकेट दुध नष्ट गरेको, पशुपति स्प्रिंग वाटर उद्योग माहांकाल–०४ काठमाडौं, पानीका पाइपलाईनहरु लिकेज भएको, टायलहरु टुटे फुटेको पाइएको,
उद्योगीको भनाई अनुसार नजानेर बोतलमा स्प्रीङ ड्रिङकीङ वाटर लेखेको पाइएको, सरसफाई सामान्य रहेको, बोतलमा उल्लेख स्प्रीङ ड्रिङकीङ वाटर लेखेको हटाउने, प्रयोगशाला परिक्षणका लागि प्रशोधित पिउँने पानीको नमूना संकलन गरेको, देखिएका कैफियत सुधार गर्न र १५ दिन भित्र सुधार गरीएको प्रमाण विभागमा पेश गर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain