२०८३ जेष्ठ २०

कृषिप्रतिको आकर्षण पचास/पचास छ : सुननया रोकाय कृषि शिक्षिका

कृषि विषयक शिक्षाको अवस्था, कृषि पढेका विद्यार्थीहरुको अवस्था र पढी सकेपछि हुने अवसर, चुनौंतीहरु, किसानहरुले भोग्नु पर्ने अवस्थाको विषयमा श्री माहेस्वरी मावि गडाराय बझाङमा ९ देखि १२ कक्षासम्मका विद्यार्थीहरुलाई कृषि प्रशिक्षक भएर कृषि शिक्षा पढाईरहनु भएकी शिक्षक सुननया रोकायसँग कृषि जर्नल मासिकका लागि धनबहादुर मगरले गरेको कुराकानीको प्रस्तुत अंशः

अध्ययन चाहीँ कुन शिक्षालयमा गर्नु भयो ?
कृषि तथा वन विज्ञान विश्व विद्यालय रामपुर चितवनबाट ५ वर्षे अध्ययन पूरा गरि स्नाकोत्तर गरेकी छु । र सँगसँगै अध्ययन पूरा गरेपछि शिक्षण पेशामा पनि प्रवेश गरेकी छु ।

कृषि शिक्षा रोज्नुको कारण बताइदिनुहोस् ?
शुरुमा १२ सकिने वित्तिकै कुन फ्याकल्टि लिने भनिरहेका थिएँ । चिकित्सक बन्ने कि, के पढ्ने भनेर सोचीरहेकी थिएँ । मलाई सर्जरी मन पर्दैन त्यसपछि एकाउन्टेन्ट पढ्ने कि के पढ्ने भनेर सोचिरहेको थिएँ । सिएमा पनि दोस्रो वर्ष ग्याप २ मा चाहीँ मोष्ट मान्छेहरु चाहीँ कठीनाई हुन्छन् भनेको सुनियो । त्यसपछि १ जना बुझाङकै चिराइतो खेतीको लागि बिउ लिन आउनु भएको थियो । त्यसपछि ममिले पनि सोध्नु भयो । के पढाउनु पर्ला छोरीलाई भनेर सल्लाह गर्नुभयो । त्यसपछि उहाँले कृषि पढाउनु भनेर भन्नु भयो । त्यसपछि उहाँलाई मैले उहासँग कृषिको स्कोप बारेमा बुझे । म भन्दा पनि अर्को विज्ञ हुनुहुन्छ । अहिले उहाँ कृषि मन्त्रालय काम गरिरहनु भएको छ भन्नुभयो । उहाँको नाम तोयानाथ जोशी थियो । अनि उहाँलाई मैले प्रश्नहरु सोधेँ । उहाँले भन्नुभयो कृषि फिल्ड मोष्ट व्याचलरको स्कोप छ भनेर भन्नुभयो । उहाँ रामपुर चितवनमा पनि पढ्दै हुनुहुन्थ्यो । त्यतिबेला कृषिमा मास्टर्स गरेका विद्यार्थीहरुलाई स्कोप ठूलो छ भन्नुभयो । यो ग्राण्ड फिल्ड हो । त्यसपछि आफूलाई पनि लाग्यो अरु फिल्डको स्कोप घट्ला, तर खान खानलाई त मान्छले कहिले छाड्दैनन् । त्यसपछि यो फिल्डमा राम्रो लागेर अध्ययन शुरु गरेकी हुँ ।

तपाई यसरी स्नाकोत्तर पढिसकेपछि कहिले देखि बझाङमा गएर कृषि पढाउनु भयो ?
मैले मास्टर्स थेसिस गर्दै थिएँ । त्यतिबेला ठ्याक्कै दशैँको बेला थियो । दशैँ मान्न गाउँमा गएँ । यहाँ कृषि प्राविधिक शिक्षकको पद खुल्दै छ भन्ने थाहा भयो । त्यो जानकारी पाइसकेको पछि आफ्नो पढाईको कागजात सहित निवेदन पेश गरेँ । केही समयपछि नै पढाउने शिक्षकको रुपमा नाम निस्कियो । ९ देखि १२ कक्षासम्म कृषि पढाउने कृषिका वार्षिक कार्यक्रम थियो । मलाई त्यसपछि मेरो जागिर त्यहिबाट शुरुको भयो । मलाई पनि गाउँतिर काम गर्न इच्छा थियो । किनभने शहरमा त पाइन्छ, तर वास्तविक कृषि गाउँमै हुन्छ त्यही भएर वास्तविक कृषि जान्नको लागि पनि गाउँमा नै गएकी हुँ ।
तपाइले मास्टर्स डिग्री गरेपछि एउटा सैद्धान्तिक पढाई पछि आउने अभ्यास ओजीटी भनिन्छ त्यसको अभ्यास गर्न कुन विषय छान्नु भयो ?
व्याचलरको आठौं सेमेस्टारमा हामीलाई लिभ प्रोगाम भन्ने हुन्छ । लिभ प्रोग्राम चाही लर्निङ्ग ग्रुप इन्टरपे्रनरशिप एक्सपेरिन्स भनेर भनिन्छ । त्यो पढ्दै गर्दा जतिबेलामा लिभ कार्यक्रम अन्तर्गत कृषि आधुनिकीकरण परियोजना कार्यक्रम नेपालभरि विभिन्न जिल्लामा पकेट, व्लक, जोन र सुपर जोनमा विद्यार्थीहरुलाई पठाइको थियो । म ६ महिनाको लागि त्यो कार्यक्रम अन्तर्गत नुवाकोट आलु जोनमा परेको थिएँ । त्यतिबेला हामीले फिल्डको सर्भे ग¥यौं । आलु खेतीमा किसानको अवस्था कस्तो छन् भनेर त्यसकै बारेमा हामीले सर्भे गरेको थियौ । त्यस्तै मास्टर्सको बेलामा थेसिस बुझाउनु पर्छ । त्यो थेसिसको क्रममा मैले फापरमा मौरी र वोरन भन्ने को विषयमा छनौंट गरे । हो, यो मौरी र वोरनले गर्दा फापरको उत्पादन बढ्छ भनेर अनुसन्धान गरेको थियो । हो त्यो रैथानै बाली पनि हो । त्यसमा ओजिटीको काम गरे ।

तपाईको त्यो गहिरो अध्ययन पछि त्यसको परिणाम के थियो ?
त्यसको परिणाम फापर भनेको अहिले पनि रैथाने हो । यो बाली ‘इन्डिजिनियस् बाली हो । भनेर एकदमै व्यापक रुपमा सुपरफाष्ट फूयचर भनेर लिन सकिने बाली भएकाले यसको लागि उत्पादन कसरी बढाउन सकिन्छ ? उत्पादन बढाउन पोलिनेशन नभइकन उत्पादन बढ्दैन । किनभने सेल्फ पोलिनेशन कर्म भनिन्छ । आफैले फूलको पोलिनेशन बनाउँछ । त्यसले स्टिङ उत्पादन बढाउन एउटा फुलबाट अर्को फुलमा स्टिङ लाग्नु पर्ने हुन्छ । त्यसका लागि सबैभन्दा प्रभावकारी भनेको सेल्फ प्राकृतिक पोलिनेशन नै हो । त्यसमा पनि मौरी भयो भने, मौरीको भिजिटरहरु काउन्ट हुन्छ । खासमा भन्ने हो भने ५ चोटी त्यही फुलाई भिजिट गरिसकेपछि उत्पादन बढ्छ । त्यस्तै १० चोटी भयो भने झन बढी उत्पादन बढ्छ । मौरीको कारणले प्रजनन्भई दानाहरु लागेर उत्पादन बढ्छ । त्यसरी उत्पादन बढाउन अर्को बोरनको पनि टिूटमेन्ट भयो भने झन उत्पादन बढ्छ । १ किलो प्रति हेक्टरको दरले बोरन हाल्दा उत्पादन एकदमै राम्रो आउने भयो । त्यसरी अध्ययन गरियो ।

तपाई महेस्वरी माविमा कृषि पढाइरहनु भएको छ । अहिले तपाईको स्कुल माविमा विद्यार्थीहरुको आकर्षण कृषि शिक्षा प्रति कस्तो छ ?
कृषि प्रतिको आकर्षण ५०/५० प्रतिशत छन् । कस्तो हो भने कृषि प्रधाननै ठाउँ भएको हुनाले कृषि त हामीले गरिराखेकै छौं त । पढ्न पो किन प¥यो भन्ने साँेच बुबाआमा देखि लिएर बालबच्चा सबैको हुन्छ । त्यही भएर हामीले के भन्ने भयौं भने कृषि प्रधान देश भएकै कारण त्यसमा कृषिमा आधुनिकीकरण ल्याउनका लागि व्यवसायिक रुपमा कृषिमा लाग्नु पर्छ । आफूले व्यापार गर्न पैसा कमाउन पनि सकिन्छ । भविष्यमा सरकारी गैरसकारी संघ(संस्थाहरु एनजिओ आइएनजिओहरुमा काम गर्न हुन्छ । त्यसमा त्यहाँ पनि कृषिको भविष्य छ भनेर आकर्षण चाहीँ ल्याऔं । तर ५० प्रतिशतलाई त्यति इच्छा छैन । किनभने अहिलेको शिक्षा प्रणाली नै कृषि पढेर के हुन्छ र ? आफैले पहिलै काम गरेकै कुरा हो भन्छन् । आफूले पढाएका विद्यार्थीहरु पछिसम्म उही मान्छे बस्छ भन्ने छैन । त्यसो गर्दा विदेशको आकर्षण बढी भएको कारण विद्यार्थीहरुले भन्छन् मलाई सर्टिपिकेट मात्रा चाहिने हो । यो पढाइको बारेमा केही मतलब छैन भनिन्छ । त्यही भएर ५०/५० भयो ।

बाहिर गएपनि यहाँ रहेपनि आखिरी काम चाही गर्नु नै पर्छ । तपाईले नेपालको कृषिलाई तपाई कृषि विद्यार्थी अति एउटा शिक्षा भएको नाताले कसरी हेरिरहनु भएको छ ?
म शिक्षक भएपनि मैले पढाईरहेको कुरा फिल्डमा एप्लाई गर्दा १०० प्रतिशत लागु हुन सक्दैन । हामीले विद्यार्थीलाई सिकाईरहेका हुन्छौै । फिल्डमा यसरी काम गर्नुपर्छ । प्रविधि अनुसार डिस्पेन्सिभ भनेका हुन्छौं । यति समयमा रोप्ने भन्ने हुन्छ । त्यसपछि हेरविचार गर्ने भन्ने हुन्छ । त्यही कुरा इन फिल्ड उनीहरु आफैले पनि गरिरहेको हुँदैन । किनभने बुबा आमाले जे सिकाएको हुन्छ त्यही अनुसार गरिरहेको हुन्छ । परिवर्तन आउन केही समय लाग्छ । त्यही भएर त्यो गाउँको एरियामा पनि त्यो परिवर्तन आउन अझै समय लाग्छ । त्यस्तै नेपाल कृषि प्रधान देश भएपनि कृषिमा ज्ञानसिप अझ पनि किसानसम्म पुगिसकेको छैन । पुग्नु पर्ने हो । हाम्रो पनि केही एकदमै अग्रसर किसानहरु हुनुहुन्छ । उहाँहरुले गर्नु भएकै छन् । अब एक्सपोर्ट लेवलसम्म पुग्नु पर्ने हो । हामीले पनि फिल्डमा केहीमा एक्सपोर्ट लेभलसम्म पुग्नलाई गुणस्तरको कुरा गर्नुहुन्छ ।

अझ पनि नेपाल कृषि प्रधान देश हो । यहाँले जुन शिक्षा विद्यार्थीहरुलाई पाठ्क्रम बनाई पढाईरहनु भएको छ । त्यो शिक्षाले नेपालको सन्दर्भमा पुगेको छ जस्तो लाग्छ कि लाग्दैन ? किनकी विद्यार्थीहरु कृषि पढिसकेपछि कार्यन्वयन गर्न एकदम कमी देखिराखेको अवस्था छ । यतिले मात्र पर्याप्त छ जस्तो लाग्छ ?
हामीले पढाएको कुरा शुरुमा भन्ने गरेको कुरा त्यति लागु गर्न सकिएको छैन । कृषिको फिल्ड भनेको एकदमै भाष्ट छ । अब हामीले पढाएर नसकिने कुरा हो । सबै कुरा पढाएर सकिदैन अनि त्यसमध्ये पनि अहिले १२ को लेभलको जुन पाठ्यक्रम छ त्यो अझ पनि १२ को लागि जो विद्यार्थीहरु छन् उनीहरुलाई त्यो क्याच गर्न सक्ने अझै अवस्था छैन । अझै स्नातक लेभलमा जे पढाई हुन्छ त्यो पढाई ११÷१२ मा पनि पढाउँछौं । मैले जे कुरा स्नातकमा पढे त्यो भन्दा पनि बढी ११/१२ को विद्यार्थीहरुलाई पढाउँदा बढी अध्ययन गर्नु परेको हुन्छ । किनभने यो उनीहरुको लेभल अुनसार ठूलो छ जस्तो लाग्दैन ।

कृषि भनेपछि अभ्यास र सैद्धान्तिक रुपमा लैजानु पने विषय हो । दुबैलाई सँगै लानु पर्ने विषय हो यसको ग्याप कतिको पाउनु भएको छ ?
जतिबेला पढेलेखेका कृषि पढेका विद्यार्थीहरुले अब नेपालमा यतिकाम गर्न सकेन । खाली पढाईमा मात्र सीमित भयो । अभ्यास चाहीँ कमजोर रह्यो भन्ने धेरे पटक सुन्ने गरेका छौं । हाम्रो देशको कुषि सोचे जस्तो बढाउन सकेन भनिरहेको अवस्था पनि छ ।
हामीले यही १२ कक्षाको मात्र कुरा गर्छौं भने पनि हामी पढाउँछौं । फिल्ड लिनको लागि दिनको ७ पिरियडमा २ पिरियड लिन्छौं । त्यो लिँदै गर्दा कृषि हुनाले त्यो पिरिएड भरिको समय नपुग्न सक्छ । अर्को कुरा भनेको हामीले फिल्डमा काम गर्दा धेरै काम गर्नु पर्ने हुन्छ । त्यो गर्दै गर्दा अहिले लामोसमय पनि लाग्ने हुन्छ । तर, हाम्रो सन्दर्भमा एउटा सिजन आउँछ त्यो सिजनभरिमा हामी पिरियड हुँदैन । किनभने त्यो हाम्रो चाड दशै विदा पर्छ कहिले असार विदा पर्छ । त्यही भएर निरन्तरता दिन एकदमै गाह्रो हुन्छ । अर्को अघि भनेकै जस्तो पाठ्क्रम भएको कारण जाँचमा आधारित भएर पढाउनु हो । जाँचको लागि पढाउन पर्ने विषय धेरै नै भयो । त्यो समय हामीले सेद्धान्तिक भित्रकै अभ्यासमा दिने हो । त्यसलाई सन्तुलन मिलाउन गाह्रो छ । १२ कक्षाको कुरामा पनि त्यही हो । फिल्डवर्क धेरै हुँदैन । अझै पनि जो हामी सेमेस्टार प्रणाली पढ्दै गर्दा हामीलाई फिल्डमा हेल्प गरिदिनका लागि ओरेन्टलहरु चाहिन्छ । हामीलाई सहयोग गर्नको लागि उहाँहरु भैराख्नु हुँदैन । त्यो तरिकाले नेपालको सैदान्तिक अभ्यास आउने अझै गाह्रो छ ।

यहाँले अनुभव गरेको कुरा बताउनु भयो यी कुरा गर्दा हामीले नेपालको कृषिमा युवाहरु अहिले धेरैले छोडिसकेको अवस्था छ । कृषि गर्न भनेपछि धेरै कठीन भयो भन्ने अवस्था देखिन्छ । यहाँ एउटा शिक्षक भएको नाताले यसलाई कसरी हेरिराख्नु भएको छ ?
मुख्य कुरा कृषिमा मिहिनेत बढी छ । मिहिनेत अनुसारको परिणाम छैन । त्यही कारण विदेश पलायन हुने हो । अर्को कृषिमा भ्यालु बुझेर अरु फिल्डको मान्छेहरु आफ्नो फिल्ड छोडेर कृषिमा पनि आएका छन् । त्यो पनि सँग(सँगै भैरहेको छ । यो अब नेपालको मात्र केश होइन । विदेशमा पनि उस्तै छ । एमबीए गरेको, कोही डाक्टर भइसकेको, कोही इन्जिनियर भइसकेको मान्छे फेरि कृषिमा फर्किनु भएको छ । किनभने उहाँहरुले के देख्नुभयो छ भने विदेशमा पढ्दै गर्दा पनि विदेशमा बजार देख्नु भएर होइन ? बजार पनि कुन बालीले कतिसम्म आम्दानी गर्न सकिन्छ भनेर त्यो क्यालकुलेटिभ भएर आएको देखिन्छ । एभोकाडो उत्पादन गरेर वार्षिक करोड हुनसक्ने गरि कृषिमा स्कोप देखेर आउनु भएको छ । नेपालमा चाहीँ के छ भने अब केही हुँदैन । आफूले मिहिनेत बढी गर्नु पर्छ । बजार भएको ठाउँमा अलिबढी ठूलो हुनेगरि उत्पादन गर्नुभयो भने स्कोप चाही धेरै नै छ ।

शिक्षिका भएर पढाइरहनु भएको छ । कृषि विषयलाई नै लिएर भविष्यमा यहाँको के योजना छ ? पढाउने हो, जागिर खाने अथवा विदेशतिर जाने के सोचिरहनु भएको छ ?
शुरुमै आफ्नो क्यारियरको शुरुवात गाउँबाटै गर्ने भनेर गाउँ गएको हुँ । खासमा पढाई गर्ने सिलसिलामा आफैले गर्न पनि गाउँ गएको हो । हुनसक्छ, सरकारी जागिर पनि गर्नु पनि सकिन्छ । साथ-साथै एउटै फिल्ड लाइफमा नजाने भएको कारण एउटा एक्सपेरिएन्स पढाइको पनि गरौं । त्यसपछि अफीस हुन्छ । नभए एउटा विजनेशतिर पनि मेरो इन्टूेस छे त्यो एउटा टूान्जिसनल फेज अहिले चलाइरहेको छु ।

अब विजनेश त भन्नु भयो, विजनेश धेरै प्रकारका छन् । जस्तैः कृषि बजार र व्यापार पनि विजनेश नै होनी होइनन् र ? तपाई के रोज्नुहुन्छ ?
मलाई कृषि विजनेश मन पर्छ । जस्तैः हाई भ्यालु कर्पहरु हुनसक्छ । मेडिसिनल कर्पहरु हुनसक्छ । अलिकति मिहिनेत गर्नु नपर्ने भनेको मौरी पालन हो । च्याउखेती हो यसमा गम्भीर हुनुपर्छ ।
भविष्यमा कहीँ जग्गा लिएर आफूसँग भएको स्रोतहरुसँगै बुबा(आमा पनि हुनुहुन्छ । एउटा रिटायर्ड पछिको जीवन कृषिमा एकदम राम्रो छ । जसको भ्यालु चाहीँ बढी छ । त्यसरी नै विजनेश गर्ने मन छ ।

विद्यार्थीका साथै शिक्षक भएको नाताले हाम्रो देशको कृषि अगाडि नबढ्नुमा के(के तत्वहरुले काम गरिरहेको छ ?
अब कृषिमा राम्ररी अगाडि बढ्नको लागि कमर्सियल स्तरमा जानुपर्छ । विभिन्न प्रकारको कार्यक्रमहरु आउँछन् । ती कार्यक्रमहरु वास्तविक किसानसम्म पुगेको पनि छैन । किसानहरुलाई नियमित अन्तरक्रिया तालिमहरु दिनुपर्छ । त्यसो हुन सकेको छैन । मुख्य कुरा भनेको बजारको समस्या छ । नेपालमा के छ भने उही किसानले खेती पनि गर्छ, उही किसानले बजार पनि हेर्छ । त्यही भएर कृषिमा अझै ठूलो रुपमा अगाडि बढ्न नसकेको हो । ठूलो स्तरमा कृषि गर्न लगानीको कुरा आउँछ । त्यसको लागि किसानहरुलाई कृषि कर्जाहरु चाहिन्छ । त्यो चाहीँ सबै किसानहरु सम्म पुगिसकेको छैन । यही कारणले यो गाउँ स्तरमै माथि उकास्नको लागि ति सबै स्तरको कामहरु गर्नु पर्ने हुन्छ ।

धेरैले भन्छन् केही पनि हुँदैन । अधिकांश मानिसहरु निराश देखिन्छ । नेपालको धेरै मानिसहरु विदेश पलायन भएका छन् । तपाईले नेपाल कृषि क्षेत्रको भविष्य कस्तो देख्नु भएको छ, अरुलाई भन्दा विद्यार्थीहरुलाई पढाउँदा के भन्नु हुन्छ ?
अब कृषिको उत्तर धेरै नै छ । किन भने हाम्रो देशको अझ पनि आफुलाई वर्षभरि खान पुग्ने जति उत्पादन गर्न सकिरहेको छैन । आत्मनिर्भर नबनेसम्म स्कोप जति पनि छ नी अझै कुषि प्रधान देश भनेर भन्छौं । निर्यात गर्न सकिने कृषि उत्पादन त हामीसँग धेरै छन् । अब मैले विद्याथीहरुलाई कोर्षहरु पढाइराखेको हुन्छु । प्रत्येकले भन्न गरेको छ । नगदे बालीहरुबाट उत्पादन लिएर विदेशमा सप्लाई गर्ने हो । साथ(साथै मैले उखु पठाउँछु भने उखुबाट चिनीका साथै इथानोल पनि बनाउन सकिन्छ ।
इथानोल इन्धनहरुमा पेट्रोलियम उत्पादन गर्न सकिन्छ । पेट्रोलियमतिर पनि जान सकिन्छ । योगदान दिईसकेपछि त्यसबाट पेटूोल आयत त घट्छ नि ? अर्को भनेको जुट बालीहरु, भनेको हामीलाई यो अर्गानिक कपडाहरु बनाउनका लागि प्रयोग गर्न मिल्छ । दुनियाँमा सिन्थेटिक भन्दा नेचुरलतिर जानु पर्छ भन्ने जुन कन्सेपको विकास भएका छन् । यसको स्कोप अझ पनि विदेशमा सप्लाई गर्न सकिन्छ । अब यसको कारखानाहरु खेलेर उत्पादन गर्यो भने पनि स्कोप धेरे नै छ । निराश हुनु पर्ने अवस्था छैन । निर्वाहमूखी भएरमात्रै बसेको कारण हो । कृषिबाट पनि आम्दानी हुन्छ है भनेर विद्यार्थीलाई पनि फिल्डमा अध्ययन गराएपछि स्थानीय बजारमा नै अगाडि बढाएर बेच्न लगाउँछौं । जो पैसा देख्छन् त्यो देखिसकेपछि यसो ग¥यो भने पैसा कमाउन सकिदो रहेछ भनेर दिमागमा जब बसाउन सक्छौं नि हामी तबमात्र कृषिबाट आम्दानी हुनसक्छ । साथ-साथै हामीले थेउरी मात्र पढाउँदा यो कुराको बारेमा आँखा खुल्दैन । जब हामीले ओजीटी पढाउँदा यो वा व्याचलर भित्र कार्यक्रमको परिक्षा हुन्छ । त्यतिबेला फिल्ड देख्छौं नि फिल्डमा कृषि कस्तो हुन्छ त अब ? यसबाट आम्दानी कतिको हुनसक्छ । त्यसपछि मात्र यसो गर्न सकिन्छ ।
स्नातकको पढाई पछि लिभमा बस्ने भन्ने हुन्छ । त्यो भन्दा अगाडि फिल्डमा ओजिटी पढ्न जानु पर्छ । म पनि आलु जोनमा गएर काम गरेको हुँ । कतिको उत्पादन हुन्छ भनेर किसानलाई सोधे ? आलुबाट आम्दानी कतिको हुन्छ ? त भन्दा अहं धेरै छैन भनेर भन्नुहुन्छ । किनभने आलु उत्पादन गरेर बिक्री गर्दासम्म १६, १७, १८ रुपैयाँ किलोमा बिक्री गर्नुपर्छ । पछि बजारमा आइसके पछि ४० रुपैयाँ प्रतिकिलोग्राम उपभोक्त वा ग्राहकले किन्नु पर्छ । त्यो भन्दा अगाडि किसानको खेतबारीबाट आउन ३/४ महिना समय लाग्छ । जो नियमित मिहिनेत हुन्छ । महिना(महिनामा तलब पाएको जस्तो त हुँदैन । किसानले श्रम गर्नु हुन्छ श्रम अनुसार पैसा पाउनु हुन्न । त्यो फ्रि अफ कष्ट हो । त्यसबाट आफ्नो पारिश्रमिक कटाउने हो भने नेगेटिभमा जान्छ । त्यही भएर यो निर्वाहमूखी खेतीबाट कमर्शियलमा जाने हो भने बल्ल अलि आम्दानी बढ्न सक्छ ।
महत्वपूर्ण र गम्भरि विषयमा धेरै छलफलको विषय बनेको छ । अन्तमा आफूलाई लागेको केही विषयहरु छुटेका छन् भने भनिदिनहोस् ?
कृषिबाट नेपाललाई अगाडि बढाउन सक्ने एउटा फिल्ड मध्ये कृषिको फिल्ड पनि हो । चाहे त्यो टिचिङ होस्, स्थानीयले कर्मचारीहरु संघ, प्रदेश सबैतिरबाट एक आपसमा अन्तरक्रिया गरि गोष्ठी नियमित भइराख्यो भने अनुसन्धान र शिक्षादेखि यो एक्सटेन्सनसम्म पनि राम्रो हुन्छ ।
समस्याहरुको सेयररिङ्ग भयो भने तब मात्र यो कृषि फिल्ड अगाडि बढ्न सक्छ । एक्ला-एक्लै होइन । सबै मिलेर अगाडि बढ्यो भने हामीले किसानहरुलाई पनि हेल्प गर्न सक्छौं । विद्यार्थीहरुलाई पनि अग्रसर बनाउन सक्छौं । त्यही अनुसार उहाँहरुले एकअर्कासँग इन्टूयाक गरेर मात्र अगाडि बढ्न पर्छ । नत्र भने किसानको लागि हामीले जुन कार्य गरिसकेपछि उहाँहरुलाई सोध्यो भने कतिको प्रभावकारी थियो त भन्दा मैले जानीसक्यो भनेर भन्नुहुन्छ । हामी फिल्डको मान्छे पनि त हुन्छौं नि ? त्यही भएर प्रभावकारी बनाउँछु भनेर केही इन्पुट दिनसक्छौं । नत्र भने यस्तै अवस्थामा यस्तै(यस्तै भइरहन्छ । हातखुट्टा चल्छ तर मेरुदण्ड नभएको जस्तो भयो । अब व्याक बोन हुनुलाई सबैकुरा मिल्दै आउन पर्छ, तब मात्र कृषि अगाडि बढ्ने हो ।
सम्पादन सहयोगी :सरस्वती मानन्धर

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain