२०८३ असार ११

कृषि क्षेत्रमा खेल्नु पर्ने भूमिका र रणनीतिमाथि बहस

काठमाडौं, बैशाख २४, कृषि अनुसन्धान परिषद् (नार्क)को ३५औं स्थापना दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा कृषि अनुसन्धानको अवस्था, संस्थागत चुनांैती र भावी रणनीतिका विषयमा विस्तृत छलफल गरिएको छ ।
नार्कका योजना निर्दशक डा.भानुभक्त पोखरेलले समग्रमा नार्कमा विगतदेखि वर्तमानसम्मको प्रगति, संस्थाले भोगिरहेका समस्या तथा आगामी रणनीतिक योजनाबारे प्रस्तुति दिएका थिए । उन्नत जात विकास तथा खाद्य सुरक्षामा महत्वपूर्ण योगदान पुगेको बताए ।
े वैज्ञानिक तथा प्राविधिक जनशक्तिको ठूलो हिस्सा रिक्त रहँदा अनुसन्धान प्रणाली प्रभावित भएको उल्लेख गर्दै कृषि अनुसन्धानलाई राज्यले अझ उच्च प्राथमिकतामा राख्नुपर्ने आवश्यकता रहेको बताएको छ । अनुसन्धानमा पर्याप्त लगानी, आधुनिक प्रयोगशाला, प्रविधिमैत्री पूर्वाधार र युवा वैज्ञानिकलाई प्रोत्साहन नगरे कृषि क्षेत्रको रूपान्तरण कठीन हुने उनको भनाई थियो ।
जलवायु परिवर्तन, खाद्य आयात बढ्दो चुनौंती, उन्नत बीउ उत्पादन, प्रविधि हस्तान्तरण तथा कृषिमा नवप्रवर्तनका विषयमा समेत चर्चा गरिएको थियो । सहभागीहरूले अनुसन्धान केन्द्रित कृषि नीतिविना उत्पादन वृद्धि र आत्मनिर्भरता सम्भव नहुने धारणा राखेका थिए ।
कामु कार्यकारी निर्देशक डा.श्रीमत श्रेष्ठको अध्यक्षतामा अन्तरक्र्रिया कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा पत्रकार र कृषि अनुसन्धानसँग सम्बन्धित विज्ञ, वैज्ञानिक तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain