२०८३ असार ९

‘‘राष्ट्रिय आर्थिक गणना, २०८२’’ को कार्यसम्पादन ९० प्रतिशत सम्पन्न

धनबहादुर मगर
काठमाडौं, जेठ ८, राष्ट्रिय तथ्याङ्क कार्यालयले चैत्र १ देखि शुरु भएको ‘‘राष्ट्रिय आर्थिक गणना, २०८२’’ को स्थलगत तथ्याङ्क संकलन कार्य प्रगति र आगामी कार्यदिशा सम्बन्धमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ ।
पत्रकार सम्मेलनमा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत राष्ट्रिय तथ्याङ्क कार्यालयले “अर्थतन्त्र मापनको लागि आर्थिक गणना’’ भन्ने मूल नाराका साथ देशभर आर्थिक अवस्थाको तथ्याङ्कीय माध्यमबाट यथार्थ चित्र प्राप्त गर्न मिति २०८२ चैत्र १ गतेदेखि २०८३ असार मसान्तसम्म जिल्लास्तरमा जिल्ला आर्थिक गणना कार्यालय स्थापना गरी देशैभर दोस्रो राष्ट्रिय आर्थिक गणना, २०८२ को कार्य सञ्चालन गरेको हो ।
तथ्याङ्क ऐन, २०७९; तथ्याङ्क विकासका लागि राष्ट्रिय रणनीति, दोस्रो; राष्ट्रिय आर्थिक गणना सम्बन्धी प्रशासनिक तथा आर्थिक मापदण्ड, २०८२; सूचित आदेशले कानूनी मार्गदर्शन गरेका छन् । गणनाको स्थलगत तथ्याङ्क संकलन कार्य मिति २०८३ बैशाख २ गतेदेखि २०८३ असार ७ गतेसम्म सम्पन्न गर्ने र आगामी आ.वको चार महिनाभित्र तथ्याङ्क कोडिङ तथा इन्ट्री कार्य सम्पन्न गरी ६ महिनाभित्र सोको नतिजा सार्वजनिक गर्ने रहेको जनाएको छ ।
तथ्याङ्क कार्यालयका अनुसार राष्ट्रिय आर्थिक गणनाबाट उद्योग, व्यापार, सेवा क्षेत्र, निजी तथा सार्वजनिक संघ–संस्थाको संख्या, भौगोलिक वितरण, रोजगारी, उत्पादन र सेवा प्रवाहसम्बन्धी विवरण संकलन गर्ने मुख्य उद्देश्य लिइएको जनाएको छ ।
कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी डा.कमल प्रसाद पोखरलेका अनुसार गणनाबाट उत्पादन हुने तथ्याङ्कको आधारमा देशको कुल गार्हस्थ उत्पादनका अनुमानहरू सुदृढीकरण गर्ने, राष्ट्रिय लेखाको आधार वर्ष परिवर्तन गर्ने र सरकारले तय गर्ने नीति निर्माण र योजना तर्जुमा तथा नीति मार्फत लिएका लक्ष्यहरूको मापनमा सहयोग पु¥याउने उद्देश्य रहेको बताउनु भयो ।
त्यसैगरि कार्यालयका उपप्रमुख तथा प्रवक्ता ढुण्डीराज लामिछानेले राज्यले तय गर्ने अल्पकालीन तथा दीर्घकालीन आर्थिक योजना, लगानी प्रवद्र्धन र रोजगारी सिर्जनामा अति आवश्यक विवरण प्राप्त गर्ने अपेक्षा पनि यस गणनाबाट गरिएको बताउनु भयो ।
राष्ट्रिय आर्थिक गणना, २०८२ मा गणक ३९०७, सुपरिवेक्षक ५२६, व्यवस्थापन समूह जिल्लास्तर ५०४, व्यवस्थापन समूह केन्द्रस्तर ५३, (कोर ग्रुप र अन्य) समन्वय तथा सहयोगबाट प्राप्त प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ ।
उक्त कार्यका लागि मन्त्रालय, अर्थ, गृह, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, राष्ट्रिय योजना आयोग लगायत अन्य सबै सरकारी निकाय, प्रदेशः मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लगायत सम्पूर्ण निकाय, प्रदेश समन्वय समिति, जिल्लामा समन्वय समिति, जिल्ला प्रशासन कार्यालय लगायत अन्य निकाय,
स्थानीय तह समन्वय समिति, वडा सहजीकरण समिति, नेपाल उद्योग परिसंघ (सम्झौता),
नेपाल चेम्बर अफ कमर्श (सम्झौता), अन्य व्यवसाय सम्वद्ध संघ, संस्था लगायत प्रतिष्ठानहरु र सरकारी र निजी सञ्चारमाध्यम समेत रहेको जनाएको छ ।
कार्यालयले राष्ट्रिय आर्थिक गणनाको क्रममा १३,४४,५००, कागजी प्रश्नावली, इ–सेन्सस टोकन अन्तर्गत ८,३८८ मध्ये ६,६७०, इ–सेन्सस गरि जम्मा १३,५१,१६७, वटा फारम भरिसकेको छ भने ९१.६ प्रतिशत प्रगति हासिल गरिसकेको जनाएको छ ।
८४ वटै जिल्ला आर्थिक गणना कार्यालयबाट खटिएका कर्मचारीहरु लगायत सरोकारवाला निकायबाट उक्त कार्य सम्पन्न भएको उल्लेख गरेको छ ।
कार्यालयका अनुसार राष्ट्रिय आर्थिक गणना, २०८२ को स्थलगत कार्यमा खटिएका करार सेवाका गणक र सुपरिवेक्षकहरूको करारनामा असार ८ बाट सकिदैछ भने जिल्ला आर्थिक गणना कार्यालयहरू असार मसान्तमा रहने जनाएको छ । अझै पनि गणनाको प्रक्रिया (अनलाइन वा कागजी विधि मार्फत आंशिक विवरण भरेका र पूर्ण विवरण भर्न बाँकी) मा रहेका प्रतिष्ठान, गणना क्षेत्रमा छुट भएका र हामी छुट्यौ भनेर आफैं जानकारी गराएका प्रतिष्ठानहरूलाई सम्बन्धित जिल्ला आर्थिक गणना कार्यालय मार्फत गणनामा समावेश गर्न सकिने पनि जनाएको छ ।
त्यसका लागि सरोकारवालाहरूलाई गणनामा सहभागी निर्देशक वेदप्रसाद ढकालको मोवाइल नम्बर ९८४१३०४५५४, र कार्यालयको टोल फ्री नम्बरः ११७८ मा समेत सम्पर्क वा जानकारी लिन सकिने गरि राष्ट्रिय तथ्याङ्क कार्यालयले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain