२०८३ असार ९

नेपाल राष्ट्र बैंकको उपभोक्ता मूल्य सुचकाङ्क तथ्याङ्कीय जिम्मेवारी राष्ट्रिय तथ्याङ्क कार्यालयलाई हस्तान्तरण हुने

धनबहादुर मगर
काठमाडौं जेठ ८, एक वर्ष भित्र २०३० सालदेखि राष्ट्र बैंकले गर्दै आएको उपभोक्ता मूल्य सुचकाङ्क तथ्याङ्कीय कार्यासम्पादन आव २०८४÷०८५ भित्र राष्ट्रिय तथ्याङ्क कार्यालयमा हस्तान्तरण हुने भएको छ ।
उक्त निर्णय राष्ट्रिय तथ्याङ्क परिषद्को पाँचौं बैठकको निर्णयवमोजिम गठित संयुक्त कार्यदल तयार पारेको ‘‘उपभोक्ता मूल्य सुचकाङ्क लगायतका मूल्य सम्बन्धी तथ्याङ्कीय कार्याहरु हस्तान्तरण सम्बन्धी अध्ययन प्रतिवेदन’’ आज मिति असार ८ गते बसेको राष्ट्रिय तथ्याङ्क परिषद्को बैठकले स्वीकृत भएकाले उक्त प्रटिवेदन कार्यन्वयनको चरणमा प्रवेश गरेको जानकारी राष्ट्रिय तथ्याङ्क कार्यालयले प्रेस विज्ञाप्तिमार्फत सार्वजनिक गरेको छ ।
राष्ट्रिय तथ्याङ्क परिषद्बाट पारित भई कार्यन्वयनका लागि त्यस कार्यालयमा प्राप्त उक्त प्रतिवेदन अनुसार मूल्य सुचकाङ्क निर्माणमा रहेको कार्यको दोहोरोपना अन्त्य गर्न र एकीकृत एकद्धारा प्रणाली स्थापना गर्न हस्तान्तरण प्रक्रिया विविधत रुपमा अघि बढाएको समेत जनाएको छ ।
तथ्याङक ऐन, २०७९ ले राष्ट्रिय तयाङ्क कार्यालय (रा.त.का) लाई मुलुकको तथ्याङ्कीय प्रणालीको केन्द्रीय निकायको रुपमा स्थापित गरेको कानूनी मर्म अनुरुप ऐतिहासिक कदम चालिएको तथ्याङ्क अधिकारी डा.कमल प्रसाद पोखरेलले बताउनु भयो । यस अन्तर्गत हाल नेपाल राष्ट्र बैकले सम्पादन गर्दै आएको मासिक उपभोक्ता मूल्य सुचकाङ्क सिपिआई, मूल्य सुचकाङ्क डब्लुपीआई, र तलब तथा ज्याला सुचकाङ्क एसडब्लुआई निर्माणको सम्पूर्ण जिम्मेवारी चरणवद्ध रुपमा त्यस कार्यालयमा हस्तान्तरण हुने जनाएको छ ।
उक्त प्रतिवेदनको कार्यायोजना बमोजिम हस्तान्तरण कार्यलाई व्यवस्थित र सुदृढ बनाउने निम्न लिखित प्रक्रियाहरु अगाडि बढाइने पनि पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
–संगठन संरचना तथा (ओएण्डएम) सर्वेक्षण ः एकीकृत कार्य सम्पादनका लागि राष्ट्रिय तथ्याङ्क कार्यालय अन्तर्गत छुट्टै विशिष्टीकृत ‘‘मूल्य तथ्याङ्क महाशाखा’’ स्थापना गर्ने संगठन तथा व्यवस्थापन सर्वेक्षणको कार्य भइरहेको छ । उक्त महाशाखाका लागि आवश्यक प्राविधिक जनशक्ति र दरवन्दी व्यवस्थापनको कार्य साथै सुदृढीकरण प्रक्रिया अन्तर्गत टुङ्ग्याइने जनाएको छ ।
–आव २०८३÷०८४ मा संयुक्त कार्य सम्पादन (संक्रमणकालीन व्यवस्था)ः कार्यको निरन्तरता, विश्वसनीयता र गुणस्तर सुनिस्चित गर्न आगामी आर्थिक वर्ष २०८३÷०८४ भरि नेपाल राष्ट्र बैंक र राष्ट्रिय तथ्याङक कार्यालयका कर्मचारी र प्राविधिहरुको संयुक्त टोलीले तथ्याङ्क संकलन, प्रशोधन र सुचकाङ्क प्रकाशनको कार्य गर्नेछन् ।
आव २०८४÷०८५ देखि पूर्ण हस्तान्तरण, संक्रमणकालीन व्यवस्थापन र प्राविधिक तयारी पूरा भएपश्चात, आर्थिक वर्ष ०८४÷०८५ देखि राष्ट्रिय तथ्याङ्क कार्यालयले एकल रुपमा उपभोक्ता मूल्य सुचकाङ्क लगायतका सम्पूर्ण मूल्य सुचकाङ्कहरुको तयारी, व्यवस्था र निमित प्रकाशनको जिम्मेवारी पूर्ण रुपमा सम्हाल्ने छन् ।
तथ्याङ्क कार्यालयका उपनिर्देक ढुण्डीराज लामिछानेका अनुसार मौद्रिक नीति रणीतिलाई थप स्वतन्त्र बनाउन तथा मुलुकको समग्र तथ्याङ्कीय प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुकुूल सुदृढ तुल्याउन हस्तान्तरण कार्यले महत्वपूर्ण भूमिका खेल्ने विश्वास राखिएको बताउनु भयो । राष्ट्रिय तथ्याङ्क कार्यालय यस जिम्मेवारीलाई पूर्ण व्यवसायिकता, शुद्धता र उच्च गुणस्तरका साथ सम्पादन गर्न प्रतिवद्धता समेत जनाउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain