काठमाडौं असार ९, पशु सेवा विभागका महानिर्देशक डा.उमेश दाहालले प्रेस विज्ञाप्ति प्रकाशित गरि संक्रामक रोग बर्ड फ्लु प्रति सचेत सहन किसान लगायत सर्वसाधारणहरुलाई अवगत गराएका छन् ।
विज्ञाप्तिमा बर्ड फ्लु (एचएन) पन्छिमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो । विगत तीन महिना देखि नेपालका विभिन्न स्थानमा बर्ड फ्लु रोग देखा परेकोमा सो रोगलाई तत्काल नियन्त्रणका लागि पशु सेवा विभागका उप–महानिर्देशक वर्ड फ्लु रोग नियन्त्रण कक्ष स्थापना गरी रोग देखा परेको क्षेत्रमा संघ, प्रदेश तथा स्थानीय तहको समन्वय र सहकार्यमा आवश्यक जनशक्ति परिचालन गरी नियन्त्रणको प्रयास भइरहेको सर्वसाधारणलाई अवगत गराएका छन् ।
यस क्रममा मिति २०८२ चैत्र ४ गते देखि मोरङ जिल्लामा बर्ड फ्लु (एचएन) प्रमाणित भए पश्चात हालसम्म झापा, मोरङ, सुनसरी, महोत्तरी, वारा, चितवन, नवलपरासी, काठमाण्डौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक गरी ११ जिल्लाका कूल ८२ स्थानमा बर्ड फ्लु रोग पुष्टि भएको जनाएको छ ।हालसम्म भएका नियन्त्रण तथा निवारणका कार्यहरूः गर्दा वर्ड फ्लु रोगबाट प्रभावित ५,६९,८५८ वटा पन्छी नष्ट गरिएको र सो क्रममा, ९, ८९, ३१३ वटा अण्डा र १, ९५,४८५ के.जी. दाना समेत नष्ट गरिएको जनाएको छ ।
गृह मन्त्रालयसँगको समन्वयमा कोशी प्रदेशमा एक महिनासम्म रोग नियन्त्रणका लागि पन्छीको ओसारपसारमा रोक लगाइएकोमा हाल रोग नियन्त्रणमा आए पश्चात सोलाई खुकुलो बनाइएको छ ।
केन्द्रीय पशुपन्छि रोग अन्वेषण प्रयोगशाला, पशुपन्छी रोग अन्वेषण प्रयोगशालाहरु र राष्ट्रिय पन्छि रोग अन्वेषण प्रयोगशालाद्वारा रोगको शीघ्र निदानकार्यलाई प्रभावकारी बनाइएको । प्रयोगशाला परीक्षणमा रोग पुष्टि हुनासाथ जोखिम मूल्याङ्कन गर्न तत्काल आकस्मिक रोग अन्वेषण टोलि (इडिट) परिचालन गरिएको तथा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीसँगको समन्वयमा द्रुत कार्यदल (आरआरटी) टोली परिचालन गरी संक्रमित क्षेत्रका सम्पूर्ण पन्छी, पन्छिजन्य पदार्थ तथा पन्छि उत्पादन सामग्री नष्ट गरी सुरक्षित रूपमा व्यवस्थापन गरिएको जनाएको छ ।
रोग नियन्त्रणको पछिल्लो अवस्थामा कोशी प्रदेशमा देखिएको रोग हाल पूर्ण नियन्त्रणमा आइसकेको छ । रोगको प्रकोप हाल काठमाडौं उपत्यकाका विभिन्न स्थानमा पालिएका पन्छिमा देखापर्ने क्रममा वृद्धि भएको छ ।
देशमा देखा परेको वर्ड फ्लु रोग भाइरसको गरी गुण परिवर्तन भए÷नभएको एकीन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला सँगको समन्वयमा आवश्यक कार्य शुरुवात गरिसकिएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्