काठमाडौं भाद्र १५, भोटेकोशी तथा आसपासका नदी किनारबाट माछा एवम् अन्य नदीजन्य खाद्यपदार्थ निकाल्ने, घरमा लैजाने वा खाने जस्ता कार्य नगर्न प्रहरीले सबैलाई सूचित गरेको छ ।
नेपाल प्रहरीले रसुवाको बाढीपछि नदीजन्य पदार्थमा समस्या हुनसक्ने भन्दै भोटेकोशी र त्रिशूली नदीका माछा तथा नदीजन्य पदार्थ नखान आग्रह गरेको छ ।
भोटेकोशीमा बाढीसँगै बगेर आएका शव, मृत जीवजन्तु तथा अन्य फोहोरजन्य र प्रदूषित पदार्थका कारण पानीमा हानीकारक कीटाणु मिसिएकाले नदीबाट निकालिएका माछा तथा अन्य खाद्यपदार्थ नखान प्रहरीले आग्रह गरेको हो । यस्तै, ती नदीको पानी नपिउन प्रहरीले आग्रह गरेको छ ।
दूषित पानी तथा खाद्यपदार्थको प्रयोगले हैजा, झाडापखाला, छालामा संक्रमणलगायत रोग फैलिन्छ ।

प्रतिक्रिया दिनुहोस्