२०८३ भाद्र २४

बाढीपछि सम्पर्कविहीन हुनेको संख्या एकैदिन ह्वात्तै बढ्यो, कसरी ?

काठमाडौं भाद्र १५, तिब्बत हुँदै भोटेकोशी–त्रिशूलीमा आएको बाढीमा परी सम्पर्कविहीन भएकाहरूको संख्या बढिरहेको छ ।
राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीमा परी सम्पर्कविहीन हुनेको संख्या सोमबार ४ हजार २४७ पुगेको तथ्याङ्क सार्वजनिक गरेको छ ।

यो भनेको एकै दिनमा १ हजार ७४५ जना थपिएका हुन् ।
प्राधिकरणले आइतबार राति सार्वजनिक गरेको तथ्याङ्कमा सम्पर्कविहीनको संख्या २ हजार ५०२ थियो ।
सम्पर्क विहीनको संख्या एकै दिन २ हजार हाराहारीमा कसरी थपियो भनेर बारेमा प्राधिकरणकी प्रवक्ता रहेकी उपसचिव शान्ति महतका अनुसार सुरूमा प्राधिकरणले त्यस्तो डेटा कसरी संकलन गर्छ भनेर बुझौं ।
प्रवक्ता महतका अनुसार प्रत्येक जिल्ला प्रशासन कार्यालयमा आपतकालीन कार्य सञ्चालन केन्द्र (डिओसी) भन्ने युनिटले त्यस्तो डेटा संकलन गर्छ ।
डिओसीले यस्तै विपदका समयमा तथ्याङ्क संकलन गरी केन्द्रीय आपतकालीन कार्य सञ्चालन केन्द्र (एनइओसी)लाई पठाउँछ । सोही विवरण भेरिफाइ गरेर प्राधिकरणले सार्वजनिक गर्छ ।
सोमबार रसुवा र नुवाकोटबाट सम्पर्क विहीनहरूको सूची बढेर आएका कारण संख्या ह्वात्तै बढेको देखिएको बताइन् ।
प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार नुवाकोटबाट मात्रै सम्पर्कविहीन हुनेको संख्या सोमबार १ हजार ५५८ जना छन् ।
आइतबार रातिसम्म नुवाकोटबाट सम्पर्कविहीन भएकाको संख्या ११५ जना मात्रै थियो । रसुवाबाट हराउनेको संख्या भने ५६२ थियो ।
दुई जिल्लाबाट मात्रै सम्पर्कविहीन हुनेको संख्या एकै दिन १ हजार ७४६ जना थपिएका छन् ।
‘दुई जिल्लाबाट मात्रै सम्पर्कविहीन हुनेको संख्या बढेपछि कुल संख्या पनि बढेको छ
’पहिचान नभएसम्म उनीहरूलाई बेपत्ताकै सूचीमा राखिन्छ । अहिले फेला पारिएकोमध्ये धेरै शव पहिचान भएका छैनन् । सम्पर्कविहीनको संख्यामा मृतकको संख्या गाभिने सम्भावना पनि बढी हुन्छ ।
सम्बन्धित निकायहरूले पत्रसहित पठाएका र आधिकारिक रूपमा दर्ता भएका विवरण मात्र सार्वजनिक गरिने र मौखिक सूचनाका आधारमा तथ्याङ्क राखिदैन बताइन् ।
सरकारी निकायबाट पठाएका सूचनाहरू पनि सूचीमा समावेश हुने उनले बताइन् ।
‘रसुवाकै माथिल्लो तटीय क्षेत्रमा रहेका कार्यालयहरूबाट बेपत्ताहरूको छुट्टै संख्या हुन सक्छ । जिल्लाको डिओसीले पठाएको छुट्टै विवरण पनि समावेश भएको हुन्छ ।

सूची नदोहोरियोस् भनेर रूजू र भेरिफाइ नगर्ने पनि बताइन् ।
कोही सम्पर्कविहीन छन् भने उहाँहरूलाई पहिले सम्बन्धित जिल्लाको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र डिओसीमा निवेदन दिनु पर्छ ।
प्राधिकरणले आम नागरिकले पनि विवरण दर्ता गर्न सकून् भनेर ‘सेतु एप’ पनि सञ्चालनमा ल्याएको छ । यसमा व्यक्तिले पनि विवरण हेर्न सक्ने गरी बनाइएको छ ।
‘अहिले एउटै व्यक्तिको धेरै आफन्तले विवरण हालेको हुन सक्ने भएकाले मिसिङको केसमा चाहिँ अझै भेरिफाइड र अपडेटेड डेटा दिन कोसिस गरिरहेका बताईन ।
रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी धुवप्रसाद अधिकारीले रसुवाको तथ्याङ्क अझै बढ्ने बताएका छन् ।
साथै रसुवा प्रशासनले जिल्ला भित्रका सम्पर्क विहीन भएकाहरूको विवरण सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain