धनबहादुर मगर
काठमाडौं असोज २, नेकपा गठन पछि अखिल नेपाल किसान महासंघका केन्द्रीय समितिको पूर्ण बैठक सम्पन्न भएको छ ।
अखिल नेपाल किसान महासंघको प्रथम ऐतिहासिक बैठकको उद्घाटन नेकपा संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपाका सह–संयोजक तथा पूर्व प्रधानमन्त्री माधकुमार नेपालले गर्नु भएको थियो ।
बैठकका प्रमुख अतिति नेकपाका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले विगतमा आफू अखिल नेपाल किसान संघमा संगठित रुपमै आन्दोलनमा लागेको बताउनु भयो । स्थानीय नेतृत्वको रुपमा किसान संघमा आवद्ध हुन शुरु गरेको थियो । रौटहत, वारा, पर्सामा भएका ठूला–ठूला आन्दोलनबाट प्रभावित थियौं । अहिले पनि धेरैजसो हामी किसानहरुकै छोरा–छोरीहरु हौं । हामी किसान आन्दोलनबाट विकसित भएको नेता हुनु । किसान संघ र किसान क्रान्ति प्रति हाम्रो सद्भाव र सकारात्मक योगदान गर्ने इच्छा भित्रैदेखि जागेर आउँछ । पूराना नेता र अहिलेका युवा पीढिको नेताहरुलाई समेतेर एकता गरी राष्ट्रिय स्वाधिनता अगाडि देखा परेको चुनौंती, कम्युनिष्ट आन्दोलनमा देखा परेको चुनौंती, संघीय लोकतान्त्रिक गणतन्त्रमा देखा परेको चुनौंतीको सामना गर्न हामीले फेरि एकताको फहल गरेका छौं । गत भाद्र २४ गते घटेको विकसित घटना पछि विलकुलै ढिला नगरी कम्युनिष्टहरु एकजुट हुनपर्छ भनेर लागेका छौं । प्रति क्रान्तिको खतरा पैदा भएको छ । वैदेशिक हस्तक्षेप बढेर गएको छ ।
नेकपाका सह–संयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कृषि क्रान्तिको महत्वलाई बुझेर किसानहरुलाई संगठित गरि आन्दोलित गर्ने काम ग¥यौं । त्यतिबेला कम्युनिष्ट पार्टीका नाममा गतिविधि गर्न पाइदैनथ्यो । त्यस्तो बेला किसान संघलाई अघि सारेर राजनीतिक गतिविधि समेत अघि सारेको इतिहास छ । त्यस्तो बेला किसान संघले अत्यन्तै महत्वपूर्ण भूमिको खेलेको थियो ।
सह–संयोजक नेपालले तपाईको नेतृत्वमा धेरै वामपन्थी पार्टीहरु एउटै मोर्चामा उभिएको छ । बाँकी मोहन विक्रम सिंहको पार्टी हुनुहुन्छ । उहाँलाई यो एकतामा ल्याउनु होस् । साथै नेपालले प्रचण्डजी तपाई त्यही स्कुलिङ्गबाट आएको नेता भएकाले तपाईले मोहन विक्रम सिंहलाई एकतामा ल्याउन होस् भनेर आग्रह गर्नु भएको थियो । नेपालले जुँगा उखाल्ने आन्दोलनबाट सामान्तहरु भागा–भाग भएको बताउदै २०१५को चुनावमा रौतहटबाट मात्रै २ सिट जित्न सफल भएको बताउनु भयो ।
नेकपा समन्वय विभागको संयोजक तथा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र पाण्डेले सरकारले राम्रो काम नगरेको बताउँदै सरकारले नगरे पनि आफैले संगठन निर्माण, उत्पादन गरी अगाडि बढ्नु पर्ने कुरामा जोड दिएको छ ।
पाण्डेले म किसानको नेता हुँ भन्नु सक्नु पर्ने बताउँदै, जुनसुकै राष्ट्रको नेताहरुले पनि किसानले उत्पादन गरेको अन्ननै खाने भएकाले किसान महत्व सानो नहुने बताउनु भयो । होला, कसैले रोटी, कसैले भात, खाने त अन्न नै हुन् । किसानहरु नभए त नहुने रहेछ नि ? कृषि क्रान्ति विना समाजवादी क्रान्ति सम्भव नहुने बताउँदै समाजवादको आधार नै कृषि क्रान्ति भएको बताउनु भयो ।
अखिल नेपाल किसान महासंघको संयोजक चित्रबहादुर श्रेष्ठले २००९ सालमा स्थापना भएको किसान महासंघको योगदानको कारण आज मुलुकमा ठूला–ठूला परिवर्तनहरु भएको बताउनु भयो । किसानहरुको आन्दोलनको जगले धेरै परिवर्तन भएको बताउनु भयो ।
अखिल नेपाल किसान महासंघका सह–संयोजक रामकुमार ज्ञावलीले बैठकमा सहभागी महासंघका पदाधिकारी तथा सदस्यहरुलाई स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
किसान महासंघका फ्याक्सन इन्चार्ज बलदेव चौधरीले भोटेकोशी बाढीका कारण देशमा उत्पन्न विषम परिस्थितिले देशको आम जनता र किसानहरुले कठिन परिस्थिति भोगीरहेको बताउनु भयो ।
चौधरीले भोटेकोशी बाढीको विपदमा परकोहरुलाई सरकारबाट जति सहयोग हुनुपर्ने हो हुन नसकेको बताउनु भयो । सरकारले कुनै पनि राजनीतिक पार्टीहरुसँग समन्वय नगरी आफ्नै तरिकाले काम गरेको कारण धेरै क्षति पुगेको पनि बताउनु भयो ।
साथै चौधरीले संविधानको रक्षा गर्नुपर्ने बेला आएको बताउँदै गहन समीक्षा हुनु पर्ने विचार व्यक्त गर्नु भएको छ । हामीले चुनावीको प्राविधिक रुपमा हारेपनि राजनीतिक रुपमा जितेको बताउँनु भयो । किसानको समस्या अहिलेसम्म सम्वोधन हुन नसकेको र उर्जा, कृषि, पर्यटनलाई जोड्न सके ३ करोड नेपाली जनताले सँधै दूध र भात खान पुग्ने बताउनु भयो ।
अहिले सरकारले किसानमारा वजेट ल्याएको छ । आज ६५ अर्ब रुपैयाँ बैंकमा निष्क्रिय रहेको र १५ प्रतिशत तथा १३ अर्ब रुपैयाँ कृषिमा लगानी गर्नु पर्ने, सुपथ व्याजदरमा किसानलाई उपलब्ध गराउनु पर्ने, चिन सरकारसँग भएको सम्झौता लागु गर्नुपर्ने बताउनु भयो ।
अखिल नेपाल किसान महासंघका इन्चार्ज तथा संघ–संस्था समन्वय सह–इन्चार्ज बलराम बास्कोटाले सरकारले किसानहरुलाई उपेक्षित गरेको बताउनु भयो । फेरि पनि जनआन्दोलनको आवश्यकता महशुश भएको बताउनु भयो । ३० वर्षको किसान आन्दोलनलाई राष्ट्रिय रुपमा स्थापित गरेको छ । खाद्य सम्प्रभुत्ताको अधिकार संविधानमा उल्लेख गर्न सकिएको बताउनु भयो ।
खाद्य सम्प्रभुत्ता, लोकतन्त्र सुदृढिकरण गर्न माधवकुमार नेपालको आग्रहमा नेपालको संविधानमा खाद्य सम्प्रभुत्ता राख्न सफल भएको र वैचारिक, राजनीतिकबाट अगाडि बढेको महासंघ उत्पादन गरेर अगाडि बढ्नु पर्नेमा जोड दिएको छ ।
उक्त बैठकमा किसान महासंघले मत्स्य, खाद्यबाली, फलफूल, तरकारी, मौरीपालन, पशुपालनमा संलग्न किसान नेताहरु शान्ता कार्की, कोमल अर्याल, ऋषिराम भुषाल, भगवानबहादुर कार्की, कृष्णबहादुर कार्की, लक्ष्मण गुरुङ, मुलचन्द्र महतो, देवी वराल, निर्मल सुवेदी लगायतलाई सम्मान गरेका थिए ।
कार्यक्रम सञ्चालन किसान महासंघको महासचिव नहेन्द्र खड्काले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्