यस विभागबाट भाद्र २६ गते खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, काठमाडौं सहितको संयुक्त अनुगमन टोलीले भोटेकोशी बाढी पीडितको लागि उपलब्ध गराइने राहत खाद्य पदार्थको निरीक्षण अनुगमन गरिएको छ ।
अनुगमनमा राधा स्वामी सत्सङ्ग सामाखुसी, काठमाडौं दालमोठ, केराउ, सोयावरी, चाउचाउ, विस्कुट, चिउरा, मस्यौरा, भुजा, मुसुरोको दाल, स्टिम चामल, चामल, अम्बाको जुस, क्याम्पा डिूङ्क्स, कोकाकोला, लगायतका खाद्य पदार्थहरु राहतका लागि पठाउन ठिक्क पारेको पाइयो ।
उल्लेखित सबै खाद्य पदार्थको लेबलमा ब्याच, उत्पादन, प्याकेजिङ्ग गर्ने उद्योगको नाम, ठेगाना उल्लेख भई उपभोग्य मिति समाप्त नभएको पाइयो ।
दुई (२) वटा बोरामा रहेको पाँच (५) के जि जति आलु कुहिएको पाइएको, विवरणमा उल्लेख गरिएको पाँच (५) के जि जति आलुलाई नष्ट गरी बाँकी मात्र वितरणका लागि पठाउन छुटइयो ।
खाद्य पदार्थको वितरण गर्दा असल वितरण अभ्यास अनुसार गर्ने निर्देशन दिइयो ।
खाद्य ब्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, थापाथलीमा स्तरोन्नती गरिएको (फोर्टिफाइड) स्टिम जीरा मसिनो चामल, मुसुरो दाल, सुर्यमुखी तेल, आयोनुन लगायतका खाद्य पदार्थहरु राहतका लागि पठाउन ठिक्क पारेको पाइयो ।
उल्लेखित सबै खाद्य पदार्थको लेवलमा ब्याच, उत्पादन, प्याकेजिङ्ग गर्ने उद्योगको नाम, ठेगाना उल्लेख भई उपभोग्य मिति समाप्त नभएको देखिको जनाएको छ ।
त्यसरी नै २६ भाद्र गते देवयानी इन्टरनेशनल नेपाल प्रा. लि., ललितपुर म. न. पा.–७, –यापिड रेस्पोनस् मोडालिटिमा) चिकेन र मायोनेज ससमा अस्वभाविक गन्ध आएको भनि आएको गुनासो सम्बोधन गर्ने क्रममा अनुगमन गर्दा सरसफाई अवस्था सन्तोषजनक रहेको, शाकाहारी र मांशाहारी खाद्य पदार्थ तार्न प्रयोग भएको तेलको टिपीएम भ्यालु क्रमशः १७.५ र १६.५ भइ मापदण्ड अनुकूल पाईको, व्यक्तिगत सरसफाईको अवस्था सामान्य रहेको, मसला तथा तेल हाली मलेर मेरिनेत राखेको चिकेनको उपभोग्य मिति दुई (२) दिन रहेको र सोही मिति भित्र चिकेन तयार गरी बिक्री वितरण गर्ने गरेको, भण्डारण गर्दा (First In First Out -FIFO) कायम गर्ने गरेको पाइयो, खाद्य स्वच्छता कायम गरी तयारी खाद्य पदार्थहरु बिक्री वितरण गर्ने, पटक–पटक खाने कुराहरु एउटै तेलमा नतार्ने र तेलको प्रयोग प्रयोग नियमन गर्न (Standard Operating Procedure -SO) बनाई लागू गर्न निर्देशन दिइको, यूनिक स्पाइसेस एण्ड डूाई फुड प्रोडक्स, का.म.पा.(१४ कुलेश्वर (¥यापिड रेस्पोनस् मोडालिटिमा), ओखरमा ढुसी भेटिएको भनि आएको गुनासो सम्वोधन गर्ने क्रममा अनुगमन गर्दा मिति २०८३ भाद्र २० गते उद्योगले गुणस्तरमा compliant आएको ओखर (-Walnut) फिर्ताको लागि Recall-Mega art Pvt.Ltd. लाई पत्राचार गरेको पाइयो, सरसफाईको अवस्था सामान्य रहेको, खाद्य पदार्थहरु प्यालेटमा राखी भण्डारण गरेको पाईको, व्यक्तिगत सरसफाईको अवस्था सामान्य रहेको, खाद्य पदार्थहरु प्याकिङ गर्दा FIFO प्रणाली लागु गरेको नपाईएको, भण्डारण कक्षको अवस्था व्यवस्थित नरहेको, भण्डारण कक्षलाई थप व्यवस्थित गर्न, बिक्री वितरण भएका सम्पूर्ण ओखर (उत्पादित मिति २०२६ जुलाई) बजारबाट फिर्ता (Recall) गरी सो को विवरण विभागमा यथाशिघ्र पेश गर्न, थप अनुसन्धान गरी प्रयोगशाला परिक्षण गर्न ओखरको नमूना संकलन गरिएको,. रामेश्वरम स्वीट्स एण्ड स्न्याक्स प्रा. लि., का.म.न.पा.–३२, (नियमित अनुगमन) गर्दा सरसफाईको सामान्य रहेको, कीट नयन्त्रणको व्यवस्था सन्तोषजनक नरहेको,
कच्चा खाद्य पदार्थहरु प्यालेटमा भण्डारण गरेको पाईको, व्यक्तिगत सरसफाईको अवस्था सामान्य रहेको पाइएको, कीट नयन्त्रणको व्यवस्था थप प्रभावकारी रुपले लागू गर्ने, तयारी खाद्य पदार्थहरु बिक्रि वितरण गर्दा खाद्य स्वच्छता कायम गर्न निर्देशन दिइको छ ।
विभागबाट मिति २०८३ भाद्र २७ गते भोटेकोशी बाढी पीडितको लागि उपलब्ध गराइने राहत खाद्य पदार्थको निरीक्षण अनुगमन गरिएको छ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, काठमाडौ चिकेन फ्लेभर्ड नुडल्स सुप, टमाटरको पेष्ट, मैदा (Wheat flour), चिया, मह, मसला, डेट्स (Dates), क्यानमा बन्द गरीएको बकुल्ला सिमी (Fava beans), टेबल नुन (Table salt), खुर्पानीको पेष्ट (Apricot paste), Hazelnut cream, पास्ता, तोहिनी (Tohini), एक्स्ट्रा भर्जीन जैतुनको तेलसंग दभिलम गरीएको सूर्यमुखिको रिफाइण्ड तेल, रिफाइण्ड White Chick Peas तेल, चिनी, चामल, क्यानमा बन्द गरीएको काबुली चना (edible palm olive) लगायतका खाद्य पदार्थहरू राहतका लागि विदेशबाट आएको पाइको, उल्लेखित सबै खाद्य पदार्थको लेवलमा ब्याच, उत्पादन, प्याकेजिङ्ग गर्ने उद्योगको नाम, ठेगाना उल्लेख भई उपभोग्य मिति समाप्त नभएको देखिको जनाएको छ ।
खाद्य पदार्थको वितरण गर्दा असल वितरण (Good Distribution Practice) अभ्यास अनुसार गर्ने, राधा स्वामी सत्सङ्ग सामाखुसी, काठमाडौं, मुसुरो दाल, सूर्यमुखि तेल, चिउरा, गरम मसला, काश्मीरी मिर्च पाउडर, चाउचाउ, बेसार, चिनी, आयोनुन, बासमति चामल, बिस्कुट, जिरा लगायतका खाद्य पदार्थहरू राहतका लागि पठाउन ठिक्क पारेको पाइको, उल्लेखित सबै खाद्य पदार्थको लेवलमा ब्याच, उत्पादन, प्याकेजिङ्ग गर्ने उद्योगको नाम, ठेगाना उल्लेख भई उपभोग्य मिति समाप्त नभएको देखिएको, खाद्य पदार्थको वितरण गर्दा असल वितरण (Good Distribution Practice) अभ्यास अनुसार गर्ने, बाढी पीडितको लागि उपलब्ध गराइने राहत खाद्य पदार्थको निरीक्षण अनुगमन सम्बन्धी विवरण त्यस विभागबाट मिति २०८३ भाद्र २९ गते भोटेकोशी बाढी पीडितको लागि उपलब्ध गराइने राहत खाद्य पदार्थको निरीक्षण अनुगमन गरिएको छ ।
तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौं सहितको संयुक्त टोलीले नियमित अनुगमन निरीक्षण गर्ने क्रममा निम्न लिखित खाद्य व्यवसायको मिति २०८३ भाद्र १ गते अनुगमन निरीक्षण गरी टु एस आर. ग्रुप प्रा. लि, काठमाडौं–१३ कालिमाटीमा सरसफाईको अवस्था सामान्य रहेको, खाद्यान्नका बोराहरू प्यालेटमा नराखि भण्डारण गरेको पाइको, कीट नियन्त्रणको व्यवस्था सामान्य रहेको, खाद्य स्वच्छता कायम राख्न, कीट नियन्त्रणको व्यवस्था थप प्रभावकारी गर्न उचित भण्डारण अभ्यास अबलम्वन गर्न निर्देशन दिइको । सगरमाथा एग्रो ट्रेडीङ प्रा.लि, शाखा कार्यालय, ललितपुर महानगरपालिका वडा नं–४ बागडोल, कीट नियन्त्रणको व्यवस्था सन्तोषजनक नरहेको, उचित भण्डारण अभ्यास अबलम्वन नगरेको, विभिन्न ब्राण्डका चामल बिक्री वितरण गर्ने गरेको पाइको, कीट नियन्त्रणको प्रभावकारी व्यवस्था गर्ने, उचित भण्डारण अभ्यास अबलम्वन गर्ने, खाद्य स्वच्छता कायम राख्न निर्देशन दिइको, श्याम बेकरी उद्योग, काठमाडौं–१४मा सरसफाई सामान्य पाइको, रुकीट नियन्त्रणको व्यवस्था सामान्य रहेको, उपभोग्य मिति समाप्त भएको छ कार्टुन वनस्पति घ्यू भण्डारण कक्षमा पाइको, खाद्य स्वच्छता कायम राख्न, उपभोग्य मिति समाप्त भएको वनस्पति घ्यू नष्ट गरिएको, किट नियन्त्रण व्यवस्था थप प्रभावकारी गर्न निर्देशन दिइको छ ।
ए वन पोलिमर एण्ड वेभरेज प्र.लि., कागेश्वरी मनोहरा–७, मुलपानी, प्याकिंग गर्न ठिक पुर्व UV treatment हुनुपर्नेमा UV treatment पछाडी (Micro filter) रहेको पाइको, प्रशोधन स्थलमा ढोका नभएको, उद्योग परिसरमा “प्रवेश निषेध” भनि उल्लेख गरेको बोर्ड नरहेको,
प्रशोधित पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका, २०७४ बमोजिमको कुनै पनि कागजात नरहेका, Critical / major safety issue भएकोले सुधार नभए सम्मको लागि उत्पादन बन्द गर्ने निर्देशन दिईको, स्टकमा रहेको Fusion park को लेबलिंङ भएको नौ सय (९००) मि लिको तिनसय (३००) वटा बोतल र Aqua mine brand को लेबलिंङ भएको पाँचसय (५००) मि लिको १,९६० वटा बोतल प्रयोगशालको प्रतिवेदन प्राप्त नभएसम्मका लागि रोक्का गर्ने निर्देशन दिईको छ ।
बि एण्ड बि डेरी एंड बेकरी पसल, कागेश्वरी मनोहरा (६, काठमाडौं लेवल विवरण नभएको दही पाँचसय (५००) मि लि को एघार (११) वटा, एक (१) लिटरको दही छ (६) वटा तथा रसवरी एक (१) वटा डब्बा पाइकोमा खुल्ला दुध दही बिक्री गरेको पाइको, प्लाष्टिकको भाडामा दुधजन्य उत्पादन राखेको पाइको, अनुमति पत्र प्राप्त नगरेको डेरी उद्योगबाट प्याकिंग गरेको दुधजन्य उत्पादन बिक्री गरेको पाइको, बेकरी र डेरी पसल अलग अलग राख्न निर्देशन दिइयो, विवरणमा उल्लेख भएको लेबल नभएको सबै उत्पादनहरू नष्ट गरिको, अनुमति प्राप्त डेरी उद्योग बाट मात्र दुधजन्य उत्पादन खरिद गर्ने, प्लाष्टिकको भाडोमा दुधजन्य उत्पादन नराख्ने, लगायत दुध तथा दुधजन्य पदार्थ उत्पादन मापदण्ड गर्न निर्देशन दिइएको छ ।
तरकारी तथा फलफुलहरूमा गरिएको जीवनाशक विषादी परिक्षण सम्बन्धी विवरण खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग तथा विभाग मातहतका ७ वटा प्रदेशस्थित आठवटा खाद्य प्रवि धि तथा गुण नियन्त्रण कार्यालयहरू र १२ वटा नाकामा रहेका खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालहरूबाट आ व २०८३/८४ को मिति २०८३ भाद्र १ देखि २०८३ भाद्र ३१ गते सम्म द्रुत विषादी परिक्षण विधि (RBPR) तथा Gas Chromatography Mass Spectroscopy-Mass Spectroscopy -GCMS-MS) विधिबाट तरकारी, फलफुल तथा चामलमा गरिएको जीवनाशक विषादी परिक्षणको नतिजा निम्न बमोजिमको रहेको हुँदा सबैको जानकारीका लागि यो विवरण जारी गरिएको खाद्य तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान डा.बालकुमारी शर्माद्वारा जारी प्रेस विज्ञाप्तिमा जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्