
काठमाडौं भाद्र १९, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले देशभर मल अभावले कृषकहरू अत्यन्तै पीडित भएको भन्दै नेपालमै अग्र्यानिक मल उत्पादन गर्नुपर्नेमा जोड दिएका छन् ।
देउवाले रासायनिक मल अत्यन्तै महँगो हुने र भारतले समेत बाहिरबाट आयात गर्नुपर्ने भएकाले पर्याप्त मल आपूर्ति गर्न नसकिएको बताए ।
उनले कृषि उत्पादन वृद्धि गरी आत्मनिर्भर बन्न अग्र्यानिक खेतीतर्फ लाग्न सबैलाई आग्रह गरे ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले रासायनिक मल अत्यन्तै महँगो हुने तथा भारतले समेत बाहिरबाट आयात गर्नुपर्ने भएकोले पर्याप्त मल आपूर्ति गर्न नसकिएको बताए ।
‘भारतले त विदेशबाट मगाउँछ मल हाम्रो देशमा कहाँबाट हुने ? भारतबाट मल किन्नुपर्छ हामीले । हामीसँग मल छैन । यो धेरै महँगो पनि हुन्छ समयमा पाउँदैन पनि,’ उनले भने, ‘सारा किसान दाजुभाइहरू मल नपाएर दुखित छन् ।’
उनले थपे, ‘त्यसकारण हामीले मलको पनि व्यवस्था गर्न सकेका छैनौं । यसको समाधानका लागि नेपालमै अग्र्यानिक मल उत्पादन गर्नुपर्ने आवश्यकता छ । कृषि उत्पादन पनि अग्र्यानिक गर्न सक्यौं भने हामी सबैको फाइदा हुन्छ र हामी आत्मनिर्भर हुनसक्छौं ।’
सभापति देउवाले कृषि उपजमा आत्मनिर्भर हुनेगरी अग्र्यानिक खेतीतर्फ लाग्न समेत सबैलाई आग्रह गरे ।
उनले जे कुरामा पनि विदेशकै भर पर्दा भविष्यमा समस्या आउनसक्ने उल्लेख गर्दै कृषि उत्पादन वृद्धि गरी आत्मनिर्भरको बाटोतर्फ अघि बढ्न जरुरी रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्