धनबहादुर मगर
काठमाडौं मंसीर १२, सियान सीड सर्भिस सेन्टर लिमिटेडको २६ औं वार्षिक साधारण सभा रवि भवनस्थित होटल क्राउन इम्पेरियलमा सम्पन्न भएको छ ।
कम्पनीका निर्देशक दुर्गाप्रसाद दाहालद्धारा पानसमा दीप बालेर उद्घाटन गरिएको उक्त सभामा सियान सिडले गरेको प्रगति विवरणहरु माथि उपस्थित शेयर सदस्यहरुको बिचमा छलफल भई पारित गरेका थिए ।
छव्विसौं वार्षिक साधारण सभामा बीउ उत्पादन कार्यक्रम, प्रजनन् तथा स्रोत बीउ व्यवस्थापन, तरकारी, मकै, आलु, गोलभेडा तथा अन्य उन्नत जातका बीउहरुको उत्पादन र बिक्री वितरण गरिएको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
साथै सियान सिडले अनुसन्धान तथा बीउ विकास कार्यक्रम, नेपालको हावापानी सुहाउने ठाउँहरु तराईमा भित्री मधेश, मध्य पहाड अनुसान्धानका लागि उपयुक्त रहेको उल्लेख गरेका छन् । बाली अनुसन्धान जातिय विकास र सम्वद्र्धन, गुणस्तरीय बीउ निर्यात कार्यक्रम, जगेडा भण्डारण, गरेको प्रतिवेदनमा जनाएको छ ।
साधारण सभामा आगामी कार्यक्रममा बीउ विजनको भौतिक शुद्धता, उमार शक्ति, चिस्यान परिक्षणको व्यवस्थापन गर्नुका साथै दातृ निकायसँगको सहकार्र्य, बीउको बिक्री तथा मुनाफा, बजार प्रवद्र्धन, मानव संशाधन आदिमा जोडदिएको छ ।
कम्पनीले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन २०८१÷०८२, लेखा परिक्षण प्रतिवेदन २०८१÷२०८२ पारित गरेको छ । चालु आर्थिक वर्षको कार्यक्रम तथा बजेट २०८२÷०८३ माथिका छलफल भएको छ ।
आगामी दिनमा कम्पनीलाई माथि उठाउन लागि पर्ने साधारण सभाले जोडदिएको छ ।
अधिवक्ता तथा निर्वाचन समितिका निर्वाचन अधिकृत यज्ञप्रसाद न्यौपानको एकसदस्यीय निर्वाचन समितिले ४ वर्षका लागि दुर्गाप्रसाद अधिकारी, दुर्गाप्रसाद दाहाल, जीवनलाल श्रेष्ठ, मनकुमारी प्रधान, रुपा साना सरिया रहेको ५ सदस्यीय सञ्चालक समितिलाई निर्वाचित गरेको छ ।
साधारण सभामा सियान सिडको उत्पादित बिउविजन सबैभन्दा बढी बजारीकरण गरि बिक्री वितरण गर्ने टिलिचो सिड भण्डार चितवन, एशिएन एग्रो प्रा.लि झापा, ग्रीन ल्याण्ड ट्रेडर्स काठमाडौंलाई सम्मान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्