२०८२ पुष २९

दुग्ध क्षेत्रलाई दिगो बनाउने प्रतिवद्धता सहित ३१औं वार्षिक साधारणसभा सम्पन्न 

धनबहादुर मगर
काठमाडौं पुष २८, केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड (सीडीसीएएन)को ३१ औं वार्षिक साधारणसभा डिलाइट पार्टी भेन्यू, महालक्ष्मीस्थान, ललितपुरमा सम्पन्न छ ।
केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अम्मर बहादुर कुँवरले प्रस्तुत गरेको कार्यपत्रमाथि दुग्ध क्षेत्रको हालको स्थिति, चुनौंती, सम्भावना र दिगो विकास योजनाहरूमा गहन छलफल गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि तथा बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बनियाँले दुग्ध क्षेत्रमा केन्द्रीय दुग्ध सहकारी संघले खेलेको भूमिका प्रति धन्यावाद व्यक्त गर्दै सरकारको तर्फबाट गर्नु पर्ने सहयोग रहने बताएका थिए ।
राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा.राजेन्द्रप्रसाद यादव आफूले सरकारलाई बारम्वार दुग्ध क्षेत्रको समस्या समाधान गर्नु पर्ने सुझावहरु विगत देखिनै पठाउँदै आएको र अझैपनि सरकारले पूरा गर्न नसकेको बताउनु भयो ।
संघका वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद सापकोटाले नेपालको कृषि क्षेत्रमा आएको चुनौंती मध्ये दुग्ध क्षेत्रको चुनौंती सामान्य नभएको र त्यस क्षेत्रको उन्नति प्रगति हुन सके कुनै पनि नेपाली विदेश जानु नपर्ने बताए । संघले उठाएका कुराहरु सरकारले कहिल्यै सुनेन । बीमा, अनुदान, लगायत धेरै समस्याहरु चुलिदै गएको अवस्थामा व्यवसायीहरुको सहयोगले मात्र नेपालको कृषिले त्राण पाइरहेको बताए ।
त्यसरी नै केन्द्रीय दुग्ध सहकारी संघका महासचिव रामप्रसाद आचार्यले भोलीका दिनमा किसानहरुको र संघको तर्फबाट दिएका सुझाव र कार्यन्वयनको विषयवस्तुमा सरकारले आफ्ना कुराहरु नसुने पनि देश प्रतिको कर्तव्य निभाउन पर्ने कुरामा जोडदिदै कार्यक्रमलाई भव्य सभ्य बनाउने गरि सञ्चालन गरेका थिए ।
वार्षिक सभामा संघले आफ्नो वार्षिक प्रतिवेदन, आर्थिक विवरण, आगामी कार्ययोजना, र सदस्य कल्याणका कार्यक्रमहरू प्रस्तुत गरेका थिए । साथै दुग्ध क्षेत्रको उत्पादन वृद्धि, सहकारी क्षेत्रको क्षमता अभिवृद्धि, बजार सञ्जाल विस्तार तथा गुणस्तरीय दुग्ध उत्पादन प्रवद्र्धनका लागि प्रस्तावित प्रस्तावहरु पारित भएका थिए ।
प्रतिवेदन तथा छलफल पछि सदस्यहरूले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमहरू अनुमोदन गरेका छन् ।
यस साधारणसभाले दुग्ध सहकारीका सदस्य संघहरूलाई सुदृढ बनाउने, सहकारी क्षेत्रको क्षमता अभिवृद्धि गर्ने तथा दुग्ध विकास सम्बन्धी नीतिगत पहलहरूलाई अघि बढाउने लक्ष्यलाई आत्मसात् गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain