२०८२ माघ १५

माछापुच्छ्रे बैंक र फूड चेन कम्पनी केएफसीबीच सम्झौता

काठमाडौं, माघ १४, माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना ग्राहकलाई थप सुविधा प्रदान गर्ने तथा डिजिटल बैंकिङ कारोवारलाई प्रवद्र्धन गर्ने उद्देश्यले विश्वप्रसिद्ध फुड चेन कम्पनी केएफसी र प्रविधि कम्पनी सिटिटेकसँग सहकार्य गरेको छ । नेपालमा पहिलो पटक हस्पिटालिटी उद्योगलाई लक्षित गरी गरिएको यस सहकार्य अन्तर्गत केएफसीका विभिन्न आउटलेटहरूमा भुक्तानी गर्नको लागि माछापुच्छ्र«े बैंकका अत्याधुनिक पीओएस उपकरणहरू जडान गरिएको छ ।
यी उपकरणहरूले ग्राहक र व्यापारी दुबैका लागि छिटो, सुरक्षित र सहज तरिकाले कार्ड तथा क्यूआर मार्फत भुक्तानी प्रदान गरिन्छ । बैंकले आफ्ना ग्राहकलाई उच्चस्तरीय सेवा प्रदान गर्ने तथा ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिने उद्देश्यले यस्ता सहकार्यहरू गर्दै आएको छ । जसले दैनिक कारोवारहरुलाई अझ सरल, प्रभावकारी र पारदर्शी बनाउने अपेक्षा गरिएको छ । यसले सेवा समय घटाउनुका साथै ग्राहक सन्तुष्टि बढाउन पनि महत्वपूर्ण योगदान पु¥याउने जनाएको छ ।

स्थापनाकालदेखि नै नवीनतम् प्रविधिमा आधारित सेवा तथा सुविधाहरू ग्राहकसमक्ष ल्याउन कटिवद्ध माछापुच्छ्रे« बैंक लिमिटेडले हाल देशभर हिमाल, पहाड र तराई समेट्दै पूर्वदेखि पश्चिमसम्म फैलिएको सुदृढ सेवा सञ्जाल विस्तार गरेको छ ।
बैंकले हाल १६५ शाखा, ८८ शाखारहित बैंकिङ सेवा केन्द्र तथा ११ एक्सटेन्सन काउन्टर सहित कुल २७४ सेवा केन्द्रहरू सञ्चालनमा ल्याएको छ । साथै, १९९ एटीएममार्फत बैंकले १८ लाखभन्दा बढी ग्राहकहरूलाई अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain