२०८२ चैत्र ३

सरकारको सहयोगले नै पुष्प व्यवसाय यहाँसम्म पुगेको हो : वरिष्ठ उपाध्यक्ष तथा पुष्पमेला संयोजक रामबहादुर तामाङ

धनबहादुर मगर

काठमाडौं, चैत्र २, फ्लोरिकल्चर एशोसिएसन नेपालले आगामी चैत्र ५ देखि ८ गते सम्म गर्न लागेको ‘‘२७ औं फ्लोरा एक्स्पो–२०८२’’ को बारे काठमाडौंको बुद्धनगरस्थित आरम्भ रेष्टुरेन्टमा पत्रकार सम्मेलन गरि प्रेस विज्ञाप्ति मार्फत जानकारी दिएको छ ।
उक्त आयोजित पत्रकार सम्मेलनमा फ्लोरिकल्चरका वरिष्ठ उपाध्यक्ष तथा मेला आयोजक समितिका संयोजक रामबहादुर तामाङले पत्रकारहरुले सोधेको प्रश्नको उत्तरमा कोभिडको बिचमा बाहेक फूल बजार माथि उठ्नु फ्लोरिकल्चरकै देन रहेको बताउनु भयो । संघीय संरचना आउनु अघि पुष्प नीति थियो । संघीय संरचना बनेपछि पुनःलेखनको अवस्थामा रहेको र सरकारको सहयोगको कारण पुष्प क्षेत्रले ठूला–ठूला संरचना बनाएर व्यवसायिक पुष्प खेतीमा टेवा पुगेको बताउनु भयो । बिचमा सरकारको सहयोग टुट्यो । तर अहिले सरकारको राम्रो सहयोग छ । कारोवार घट्नु सरोकारवाला निकाय सँग सहकार्य नगर्नाले भएको हो । हाम्रो उद्देश्य रमाइलो गर्ने भन्दापनि पुष्प प्रवद्र्धन गर्नु हो । नेपालको रैथाने बिरुवाहरुलाई प्रवद्र्धन गरि निर्यात गर्ने लक्ष्य छ । पुष्प व्यवसायलाई वैदेशिक लगानी लगाएर भएपनि अन्तराष्ट्रियस्तरको बनाउने हो । फूल व्यवसायमा आत्मनिर्भरताका लागि सरकारलाई घच्घच्याई रहेको छ । माग बढेको छ पु¥याउन सकेको छैन ।
यही फागुन २१ गतेको चुनावपछि नयाँ सरकार बन्न लागेको छ । यो सरकारलाई पनि पुष्प क्षेत्रमा सहयोग पु¥याउन घच्घच्याई रहने छौं ।
‘‘स्वच्छ वातावरण, रोजगारी र आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’’ भन्ने मूल नाराका साथ चैत ५ गतेदेखि ८ गतेसम्म (बिहान ०९ः०० बजेदेखि साँझ ०५ः३० बजेसम्म) राजधानी काठमाडौंको भृकुटीमण्डपमा एक्स्पो हुने छ । उक्त एक्स्पोमा व्यवसायीक स्टल ६५ वटा, अफिसियल स्टल ११ वटा, प्रतिस्पर्धा स्टल २ वटा, फूड स्टल २ वटा, ल्याण्डस्केप स्टल १ वटा, सेल्फी स्टल १ वटा तथा बी वाई डी इभी कार स्टल १ वटा सहित गरी जम्मा ८२ वटा स्टल रहने फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) का वरिष्ठ उपाध्यक्ष तथा मेलाका संयोजक राम बहादुर तामाङ (सुनिल) ले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
उक्त एक्स्पोमा एकै छानामुनि करिव ५ सय भन्दा बढी प्रजातिका फूल तथा फलफूल र आलंकारिक इनडोर÷आउटडोर बिरुवाहरू, सिरेमिक र प्लास्टिकका गमलाहरु, अर्गानिक मल, गार्डनिंग तथा कौशी खेतीलाई आवश्यक पर्ने सामाग्रीहरु, उन्नत बिउबिजन र बगैँचाका आधुनिक औजारहरूबारे प्रत्यक्ष जानकारी र अवलोकन एवं खरिद गर्न पाउनुको साथै पुष्प व्यवसाय शुरु गर्न चाहनेहरूका लागि विज्ञहरूबाट व्यावसायिक परामर्श लिन सकिने फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) का अध्यक्ष राजेश भक्त श्रेष्ठले बताउनु भएको छ ।
यस वर्ष पनि एक्स्पोमा नर्सरी व्यवसायीहरूले उत्पादित गुणस्तरीय फूल तथा आलंकारिक बोटबिरुवाहरूको प्रतिस्पर्धा गराइने छ । उत्कृष्ट स्टल, ल्याण्डस्केपिङ्ग स्टल, उत्कृष्ट मौसमी फूल, उत्कृष्ट आलंकारिक बिरुवा, उत्कृष्ट आलंकारिक फूल्ने बिरुवा, उत्कृष्ट पुष्प सजावट तथा उत्कृष्ट कट फ्लावर (गुलाब, जरबेरा र कार्नेशन) विधामा पुरस्कृत गरिने जनाएको छ । विजेताहरूलाई शिल्ड, नगद र प्रमाण–पत्रद्वारा पुरस्कृत गरिने छ । उक्त एक्स्पोमा सहभागी हुने नर्सरी वा फर्मले ३ वटा विधामा मात्र प्रतिस्पर्धा गर्न पाउने छन् ।
पुष्प मेलामा पुष्प उत्पादक, थोक तथा खुद्रा व्यापारी, आयात तथा निर्यातकर्ता, सामग्री आपूर्तिकर्ता कम्पनी फर्महरू तथा उपभोक्ताहरूको सक्रिय सहभागिता रहने छ । यस्तै, एक्स्पोमा पुष्प नर्सरी, पुष्प फर्म, पुष्प तथा पुष्पजन्य आपूर्तिकर्ता कम्पनीहरू र विभिन्न संघ÷संस्थाहरूको सहभागिता रहने छ । उक्त एक्स्पोमा मौसमी फूल, फूल फूल्ने तथा नफूल्ने आलंकारिक बोटबिरुवाहरू, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, विउविजन, ग्रीनहाउस, कृषि औजार, उपकरण, प्याकेजिङ्गका सामाग्री, थोपा सिँचाईं प्रविधि, आधुनिक पुष्प खेती प्रविधि, जैविक विषादी, विभिन्न प्रकारका गमलाहरू, पुष्प सजावटका प्रदर्शनी तथा बिक्री कक्ष रहने छन् ।
साथै, फूल तथा बोटबिरुवाहरूमा लाग्ने रोग किराहरू तथा बिरुवाको स्वास्थ्यता प्रशिक्षण सम्बन्धमा जिज्ञासा भएमा सोको समाधानका बालि रोग विशेषज्ञहरू सहितको टिमद्वारा मेला स्थलमा प्लान्ट क्लिनिक स्टलबाट सेवा उपलब्ध गराईने पनि जनाएको छ ।

उक्त एक्स्पोमा पुष्प उद्यमी÷व्यवसायी÷कम्पनीहरूका लागि आफूले उत्पादन गरेको पुष्प तथा पुष्पजन्य वस्तुको राष्ट्रिय स्तरमा प्रचारप्रसार गरी बजार विस्तार गर्न, आफ्नो उत्पादन बिक्री÷वितरण गर्न, पुष्प व्यवसायी तथा पुष्प उपभोक्ताहरूबीच प्रत्यक्ष सम्पर्क तथा समन्वय गर्न, विश्व बजारमा विकास भएका पुष्पको नयाँ नयाँ उत्पादनहरूलाई सार्वजनिक गर्न र ग्राहक उपभोक्ताहरूसँग आपसी सम्बन्ध स्थापना गर्न अभुतपुर्व अवसर हुने छ । साथै, पुष्पको क्षेत्रमा विकास भएको तथा प्रयोगमा आएको नविनतम प्रविधीबारे प्रचारप्रसार गर्न सघाउ पुग्ने छ । पुष्प व्यवसाय गर्न चाहने नव उद्यमी, जिज्ञासु एवम अध्ययन अध्यापनका साथै अनुसन्धान गर्ने महानुभावहरू सबैका लागि यो एक्स्पो वृहत् साझा मञ्च हुने आयोजकले विश्वास लिएका छ । यसका साथ साथै घर आँगन बगैँचा सजाउन, पुष्प व्यवसायबारे ज्ञान शिप हासिल गर्न चाहने व्यक्ति, संघ÷संस्थाहरूका लागि ‘२७ औं फ्लोरा एक्स्पो’ एक प्लेटफर्म बन्ने र महत्वपूर्ण सहयोग पुरÞ्याउने छ भन्ने अपेक्षा आयोजकले गरेको छ । फ्यानका अनुसार यस वर्ष करिब ६० हजार अवलोकनकर्ताहरूद्वारा अवलोकन हुने भने १ करोड २० लाख भन्दा बढीको व्यवसायिक कारोबार हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain