२०८२ चैत्र ६

२७ औं फ्लोरा भृकुटीमण्डपमा

धनबहादुर मगर
काठमाडौं चैत्र ५, फलोरिकल्चर एशोसिएशनको २७ औं फ्लोरा पदर्शनी भृकृटीमण्डपमा शुरु भएको छ । फ्लोरिकल्चर एशोसिएसनका अध्यक्ष राजेशभक्त श्रेष्ठले सहभागीहरु प्रति स्वागत मन्तव्य व्यक्त गर्दै एशोसिएसनले प्रदर्शनीमा विभिन्न प्रकारका फूलहरु राखेको बताउनु भयो । साथै श्रेष्ठले सन् २०११ मा सामान्य रुपमा शुरु भएको फ्लोरिकल्चरको यात्रा आज ८ अर्ब ८३ करोड लगानी गर्न सफल भएको बताउनु भयो । श्रेष्ठले भन्नु भयो आन्तरिक मागलाई पूर्ण रुपमा पु¥याउन सकेको छैन । पुष्प बालीलाई कृषि बालीलाई जस्तै अनुदान व्यवस्था गर्न पनि आग्रह पनि गर्नु भएको छ ।
हावा हुरीले संरचनाहरु भत्काएको । पुष्प व्यवसायलाई प्रवद्र्धन गर्न गतवर्ष डिपीआर सहित बुझाएको थियो । अगाडि बढाउन बजेट विनियोजन भएपनि कार्यन्वयन भएको छैन । वजेट विनियोजनबाट रैथाने विरुवालाई वैदेशिक लगानी गरेर भएपनि अगाडि बढाउने बताउनु भयो ।
पुष्प विकास केन्द्र गोदावरीका प्रमुख रविन्द्र थापाले नेपालको पुष्प क्षेत्रको विकासमा निजी क्षेत्रको अहँम भूमिका रहेको बताउनु भयो । जैविक विविधतााई आधार बनाउनु पर्छ । अन्तर्राष्ट्रिय बजारमा पु¥याउनु सकिन्छ । आयत प्रतिस्थापन सबै लाग्नु पर्छ । संघीय सरकारले आधुनिक पुष्प व्यवसायको लागि १ करोड विनियोजन गरेको छ । भ्याली बाहिर पनि नविनतम् प्रविधिको विकास गर्नु पर्छ । कृषि विकास निर्देशनालयमा ६ करोड वजेट स्टार्ट अफ ग्रान्ट युवा वर्गलाई उद्यमसँग जोड्न छुट्याएको पनि बताउनु भयो । हामी बागमती प्रदेश पुष्प विकास केन्द्रलाई भ्यालु एडमा जोेडदिनु अनुरोध छ । पुष्प विकास केन्द्र गोदावरीले यही २०८३ वैशाखमा आलंकरिक पुष्प क्षेत्रको गोष्ठी गर्ने गइरहेको बताउनु भयो ।
कृषि विभागका महनिर्देशक प्रकाशकुमार सञ्जेलले पुष्प क्षेत्रको विकासमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो । कृषि विभागले विगतमा जस्तै सहकार्य गर्ने बताउँदै संघीय युनिटले पनि पुष्प प्रवद्र्धनलाई अगाडि बढाउन आशा लिएको छु ।
उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष दिनेश श्रष्ठले फूल भनेको त्यस्तो विषय हो, सबैलाई राम्रो लाग्छ । आफू दुबैमा जाँदा, दुबैको फ्लोरिकल्चर सेन्टर हेर्दा दंग परेको बताउँदै, त्यतिको तातो ठाउँमा पनि एशिया र अफ्रिकाबाट फूल लगेर फ्लोरिकल्चरको हबको रुपमा विकास गरेको छ । गर्न नसक्ने भन्ने छैन । नेपालको फूलमा लगानी गर्न भन्सार विन्दुभित्र पुग्नेगरि महासंघले काम गर्ने छ । नकराइकन कसैल दिदैन लाग्नु पर्छ ।
कृषि तथा पशुपन्छि विकास मन्त्रालयका सचिव राजेन्द्र मिश्रले बेच्नले खुशी बेच्ने छ, लिएर जानेले पनि खुशी लिएर जाने छ । पुष्प व्यवसाय आज रोजगारी सिर्जना गर्ने क्षेत्रको रुपमा अगाडि बढेको छ । शहरीकरणको कारण मानसिक तनाव भोग्नु परेकालाई यसले तनाव कमगर्न सहयोग गर्छ । पुष्प व्यवसाय विश्वमा नै द्रुत रुपमा विकास भएको छ । नीतिगत रुपमा मिलाउनु पर्ने अवस्थामा नीतिगत सुधारको कार्यमा गर्दै आएको छ । पुष्प व्यवसायमा ठूलो लगानी बागमती प्रदेशले गरेको छ । यो क्षेत्र रोजगारी सिर्जना गर्ने क्षेत्र हुनसक्छ । प्रदेश र स्थानीय तह प्रविधि र अनुसन्धानमा पछि परेका छन् । आगामी दिनमा अझ अगाडि बढाउनु पर्छ । आलंकारिक विरुवा परिमार्जन गरेर सार्वजनिक, निजी, सहकार्य रुपमा अगाडि बढाउन सक्छ ।
बागमती प्रदेश कृषि, पशुपन्छि विकास मन्त्री मधुसुदन पौडेलले स्मार्ट पुष्प व्यवसायको लागि कार्याविधि अन्तिम चरणमा पुगको बताउनु भयो । यो कार्याविधि अर्थ मन्त्रालयमा पुगेको छ ।
मन्त्री पौडेलले पूरानाको संरक्षण, नयाँको प्रवद्र्धन गर्दै लानु पर्ने बताउनु भयो । कृषि क्षेत्रमा लागेका किसान सम्मेलनको आयोजना गर्ने मनस्थितिमा छौं । यस विषयमा बागमती प्रदेश सरकारले वृहत छलफल गर्ने लागेको छ । सोच बनाएर राख्नु होला । साथै थप कार्यक्रमको लागि तपाईहरुको सुझाव आओस् भन्न चाहान्छु । यस क्षेत्रमा युवाहरुको आकर्षण विन्दुको रुपमा अगाडि बढाउनु पर्छ । प्राविधिक ज्ञान दिएर व्यवसायमा लगाउन अनुरोध गरेको छु ।
उक्त कार्यक्रममा उत्कष्ट कार्य गरेका व्यवसायीहरुलाई प्रसंशापत्र, कदर पत्रले सम्मानित गरेका थिए । २७ औं फ्लोरा प्रदर्शनी चैत्र ८ गते सम्म रहने छ ।
२७ औं फ्लोरा उद्घाट्न समारोहमा उपस्थित अतिथि, व्यवसायी, सञ्चारकर्मीहरुलाई फ्यानका उपाध्यक्ष तथा मेला संयोजक रामबहादुर तामाङले धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain