धनबहादुर मगर/घनश्याम अधिकारी (वैरागी जेठा)
काठमाडौं चैत्र १७, नर्सरी व्यवसायी संघ, नेपालले तेस्रो संस्करणको नेशनल हर्टिकल्चर एक्स्पो २०८२ गर्ने भएको छ । संघले मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गरि चैत १९ गतेदेखि २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा एक्स्पो हुने जानकारी दिएको छ । मेलाले आर्थिक मन्दीका कारण सुस्ताएको हरित अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग गर्ने संघका वरिष्ठ उपाध्यक्ष तथा मेला संयोजक रविन कुमार गौतमले जानकारी दिनु भएको छ ।
एक्स्पोमा सातसय भन्दा बढि प्रजातीका बोटविरुवाहरु प्रदर्शन तथा बिक्री वितरणका लागि राखिने संघका वरिष्ठ उपाध्यक्ष तथा मेला संयोजक रविन कुमार गौतमले जानकारी दिनुभएको छ ।
मेलामा मलखाद, बीउबिजन, गमला, औजार उपकरण तथा आधुनिक कृषि प्रविधिसम्बन्धी सामग्रीसमेत उपलब्ध हुने मेलामा ५६ वटा व्यवसायिक स्टल, २ वटा फुड स्टल, ३ वटा आधिकारिक स्टल र ४ वटा प्रतिस्पर्धात्मक स्टलसहित कुल ६५ वटा स्टल रहने जानकारी दिनु भएको छ ।
मेलामा करिव ५१ हजार दर्शकले अवलोकन गर्ने र १ करोड ५० लाख रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । मेलामा नर्सरी व्यवसायीहरूबीच प्रतिस्पर्धा गराई उत्कृष्टलाई शिल्ड, नगद र प्रमाणपत्रले सम्मान गर्ने कार्यक्रम समेत रहेको बताउनु भयो ।
संघले ‘दीर्घकालीन क्रियाशील नर्सरी व्यवसायी सम्मान’ र ‘वर्षको विशेष उत्पादनमूखी नर्सरी व्यवसायी सम्मान’ बाट एक÷एक जना व्यवसायीलाई संम्मान गरिने कार्यक्रम पनि रहेको जनाएको छ ।
संघका अनुसार नेपालको नर्सरी क्षेत्रले वार्षिक ६ अर्व ४३ करोडको कारोवार गर्ने गरेको छ । देशभर रेहका ३ हजार ९ सय १ वटा पुष्प, फलफूल, कृषि वन तथा जडिबुटी नर्सरीले १ लाख २० हजार भन्दा बढीलाई रोजगारी सिर्जना गरेको संघले जारी प्रेस विज्ञाप्तिमा जनाएको छ । संघका अनुसार नर्सरी क्षेत्रमा व्यवसायीहरुले ११ अर्ब ८३ करोड लगानी गरेको जानकारी समेत दिएको छ ।
मेला अवलोकन गर्न सर्वसाधारणको लागि प्रवेश शुल्क प्रतिव्यक्ति एक सय रुपैयाँ र विद्यार्थीहरू र जेष्ठ नागरिकको लागि प्रतिव्यक्ति ५० रुपैयाँ रहेको जानकारी दिनु भएको छ ।
साथै, प्रदर्शनीमा नर्सरी व्यवसायीहरुको क्षमता विकासका लागि स्वस्थ प्रतिस्पर्धा गराई व्यवसायीहरूको हौसला बढाउन्न शिल्ड, नगद तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिने संघले जानकारी दिएको छ ।
“नेपालको कृषि क्षेत्रको उन्नयनको लागि कलम चलाइ कृषकको आवाज बुलन्द गर्ने क्रियाशिल कृषि सञ्चारकर्मीहरूमध्ये २ जनालाई दोसल्ला, नगद तथा प्रमाणपत्रद्वारा उद्घाटन समारोहका प्रमुख अथितिबाट सम्मान गरिने कार्यक्रम रहेको छ,” । “संस्थाको यस कदमबाट कृषि र कृषकको लागि निश्वार्थ योगदान गर्नु हुने सञ्चार क्षेत्रसँगको सहकार्य तथा सहयात्रामा अझ प्रगाढता हुने अपेक्षा गरेका छौं ।”
नर्सरी व्यवसायी सङ्घ, नेपालको आयोजनामा हुन गइरहेको तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो–२०८२ को सह–आयोजक संस्थाहरू पुष्प विकास केन्द्र, वनस्पती विभाग, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, कृषि विभाग, पुल्चोक, राष्ट्रिय फलफूल विकास केन्द्र किर्तिपुर, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय बागमती प्रदेश रहेको छ भने सहयोगी संस्था ए.जि.ए एग्रो, कुमारी फ्लोरा फार्म, गौतम नर्सरी, फ्लोरिकल्चर सहकारी संस्था र ग्रिस्मा नर्सरी साथै मेला स्थल सजावटको लागि उदय गार्डेन सेन्टर प्रा.लि. र एभरेष्ट फ्लोरिकल्बर एण्ड भेजिटेवलं फार्म रहेको रहेको छ ।
नर्सरी व्यवसायको विकास र विस्तार, स्वच्छ वातावरणसहित आय र रोजगार प्रवद्र्धन गरी देशभरि छरिएर रहेका समग्र नर्सरी, पुष्प, फलफूल, कृषि वन तथा जडिबुटी नर्सरी व्यवसायीहरूको हकहित र व्यवसायिक क्षमताको अभिवृद्धि गरी व्यवस्थित गर्ने उद्देश्यले २०८० असोज १५ गते नर्सरी व्यवसायी संघको स्थापना गरिएको थियो ।
नेपाल नर्सरी व्यवसायी संघका अध्यक्ष रामजीप्रसाद तिमिल्सिनाले पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै संघले पुष्पमा आत्मनिर्भर हुनको लागि २० जिल्ला भन्दा बढी संघ स्थापना गरिसकेको, शिवरात्रीको बेलामा करोडौंको फूल आयतलाई प्रतिस्थापन गर्न सोचीरहेको, अनलाईन सेवाप्रदायकहरुले नर्सरी व्यवसायीहरुलाई वदनाम गरिरहेको छ त्यसप्रति सचेत भएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्