२०८३ बैशाख ४

राष्ट्रिय आर्थिक गणना, २०८२ को स्थलगत तथ्याङ्क संकलन कार्यको शुभारम्भ

धनबहादुर मगर
काठमाडौं बैशाख २, नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत राष्ट्रिय तथ्याङ्क कार्यालयले “अर्थतन्त्र मापनको लागि आर्थिक गणना’’ भन्ने मूल नाराका साथ देशको समग्र आर्थिक अवस्थाको तथ्याङ्कीय माध्यमबाट यथार्थ चित्र प्राप्त गर्न मिति २०८२ चैत्र १ गतेदेखि २०८३ असार मसान्तसम्म जिल्लास्तरमा जिल्ला आर्थिक गणना कार्यालय स्थापना गरी देशैभर दोस्रो राष्ट्रिय आर्थिक गणना, २०८२ सम्पन्न गर्ने गर्न बैशाख २ गते पत्रकार गरि स्थलगत तथ्याङ्क संकलन कार्यको शुभारम्भ कार्य सार्वजनिक गरेको छ ।
। केन्द्रीय तथ्याङ्क विभागले गणनाबाट प्राप्त विवरणको आधारमा आव २०८३÷८४ को शुरू देखि नै तथ्याङ्क प्रशोधन, विश्लेषण गरी यसका नतिजाहरू क्रमशः सार्वजनिक गरिने जनाएको छ ।
राष्ट्रिय आर्थिक गणनाबाट उद्योग, व्यापार, सेवा क्षेत्र, निजी व्यवसाय, सहकारी तथा सार्वजनिक संस्थानहरूको संख्या, भौगोलिक वितरण, रोजगारी, उत्पादन र सेवा प्रवाहसम्बन्धी विवरण संकलन गर्ने मुख्य उद्देश्य लिइएको छ । यसका अतिरिक्त गणनाको आधारमा देशको कुल गार्हस्थ उत्पादन जिडिपिको अनुमानहरू सुदृढीकरण गर्ने, राष्ट्रिय लेखाका आधार वर्ष परिवर्तन गर्न आवश्यक तथ्याङ्क उत्पादन गर्ने र सरकारले तय गर्ने नीति निर्माण र योजना तर्जुमा गर्न तथा नीति मार्फत लिएका लक्ष्यहरूको मापनमा सहयोग गर्ने उद्देश्य समेत राखिएका छन् । आर्थिक तथ्याङ्कलाई संस्थागत रूपमा मजबुत आधार निर्माणमा यस गणनाले महत्वपूर्ण भूमिका खेल्दछ । त्यसैगरी, राज्यले तय गर्ने अल्पकालीन तथा दीर्घकालीन आर्थिक योजना, लगानी प्रवद्र्धन र रोजगारी सिर्जनामा अति आवश्यक विवरण प्राप्त गर्ने अपेक्षा गरिएको छ । यस गणनालाई देशको आर्थिक तथ्याङ्कको विश्वसनीय पद्दति विकासको आधारस्तम्भको रूपमा लिइएको छ भने अन्तर–निकाय तथ्याङ्कीय समन्वय निर्माणको आधारहरू समेत तय गर्ने विश्वास लिइएको छ ।
गणनामा समेटिने विषयक्षेत्रहरूः
देशको अर्थतन्त्रको आकार तय गर्ने प्रयोजनकालागि समग्र आर्थिक क्रियाकलापहरूलाई अन्तर्राष्ट्रिय औद्योगिक वर्गीकरण अनुसार २१ भागमा विभाजन गरी ती क्षेत्रले अर्थतन्त्रमा पु¥याएको योगदान मापन हुँदै आएको छ । यस राष्ट्रिय आर्थिक गणनामा ती २१ वटा वर्गीकरण मध्ये विभिन्न १८ वटा क्षेत्रको आधारभूत विवरण संकलन गरिने छ । देशैभर रहेका दर्ता भएका र नभएका ठूला वा साना व्यापार÷प्रतिष्ठान, रोजगारीका हिसाबले धेरै रोजगारी दिएका हुन वा स्वरोजगारको लागि सञ्चालनमा रहेका, उद्योग, कलकारखाना, व्यापार–व्यवसाय, गैरसरकारी संघ–सस्था, सरकारी संस्थान, सरकारी वा निजी विद्यालय, अस्पताल आदि आर्थिक क्रियाकलाप सञ्चालन गरिरहेका एकाइमा यो गणना सञ्चालन गरिनेछ । तर, अन्तर्राष्ट्रिय कुटनीतिक नियोग, सार्वजनिक प्रशासन र नियमनकारी कार्य गर्ने सरकारी कार्यालय÷निकाय, सुरक्षा निकायहरू, सामान्य घरायसी क्रियाकलाप गर्ने निकायलाई यस गणनामा समेटिने छैन् ।
समयतालिकाः
यो गणना सम्पन्न गर्न २०८२ चैत १ देखि २०८३ असार मसान्तसम्म सञ्चालन हुने गरी ७७ जिल्लामा ८४ (चौरासी) ओटा जिल्ला आर्थिक गणना कार्यालयहरू स्थापना गरिएका छन् ।
मूल रूपमा ४४३३ जना तालिमप्राप्त गणक तथा सुपरिवेक्षकहरू स्थलगत तथ्याङ्क संकलनको लागि मिति २०८३ वैशाख २ गते देखि असार ७ गतेसम्म प्रतिष्ठान÷व्यवसाय स्थल खटिदैछन् ।
समन्वय, सहकार्य र प्रचारप्रसारका सम्बन्धमा गरिएका कार्यहरूः
–माननीय अर्थमन्त्रीज्यूबाट सार्वजनिक अपिलको भिडियो सन्देश प्रसारण भैरहेको
–केन्द्र, प्रदेश र जिल्लामा समन्वय समितिहरूको गठन
–स्थानीय तह समन्वय समिति र वडा सहजीकरण समिति गठन
–सबै स्थानीय तह र वडा कार्यालयहरूमा सहयोग, समन्वय र सहजीकरणका लागि पत्राचार
–गणनालाई सफल पार्न आपसी सहयोग, आगामी दिनमा तथ्याङ्क विश्लेषण तथा तथ्याङ्कीय साक्षरतामा सहकार्य गर्नेगरी कार्यालय र नेपाल उद्योग परिसंघबीच सम्झौता गरिएको । यसका साथै उद्योग व्यवसाय सम्बद्ध अन्य निकायसँग सम्झौता गर्ने कार्य अन्तिम चरणमा रहेको,
–बीस भन्दा बढी वस्तु संघहरुसँग अन्तरक्रिया तथा छलफलका कार्य सम्पन्न गरिएको,
–सरकारी कार्यालयको वेवसाइटमा काउन्ट–डाउन प्रसारण भैरहेको,
–सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणबीच प्रचारप्रसारको सहकार्य गरिएको,
–रेडियो नेपाल र नेपाल टेलिभिजनबाट अडियो, भिडियो सन्देश नियमित प्रवाह भैरहेको,
–परिसंवाद कार्यक्रम प्रसारणको क्रममा रहेका,
–निजी क्षेत्रवाट गणना सम्बन्धी भिडियो सन्देश तथा सहयोगको अपिलको लागि पत्राचार गरिएको
प्राविधिक तयारी,
–गणनासँग सम्बन्धित प्रशासनिक तथा प्राविधिक विषयका सामग्री प्राप्त गर्न सकिने गणनाको लागि वेवपेजः भअ,लकयलभउब।िनयख।लउ सार्वजनिक गरिएको छ ।
–अनलाइन वा डिजिटल प्रविधिबाट गणनामा सहभागी हुन चाहाने उत्तरदाताको लागि इ–सेन्सस प्लेटफर्म निर्माण तथा सञ्चालनमा ल्याइएको छ ।
–भौगोलिक सूचनाको माध्यमबाट गणना क्षेत्र पहिचानको लागि डिजिटल रूपमा नक्सा प्रयोग गर्न सकिने पोर्टलः नष्क।लकयलभउब।िनयख।लउ निर्माण गरी कार्यान्वयनमा ल्याइएको छ ।
–गणना भएका प्रतिष्ठानहरुको दैनिक रुपमा जानकारी प्राप्त गर्न प्रविधिमा आधारित “म्बष्थि च्भउयचतष्लन क्थकतझ’’ तयार गरिएको छ ।
–स्थलगत कार्यमा आइपर्ने समस्या तत्काल समाधान गर्न केन्द्रमा ड्यासबोर्ड सहितको कन्ट्रोल रूमको व्यवस्था गरिएको छ ।
–अनुगमन तथा निरीक्षण कार्यको लागि अनलाइन प्रणाली व्यवस्थापन गरिएको,
–जुनसुकै सल्लाह, सुझाव अभिलेख गर्न र गुनासो सुनुवाईको सहजीकरणको लागि टोल फ्रि नंम्बर ११७८ को व्यवस्था र हेल्प डेस्क सञ्चालन गरिएको छ ।
गोपनीयता ः
उत्तरदाताबाट संकलन गरिएका विवरणहरू तथ्याङ्क ऐन, २०७९ अनुसार गोप्य राखिनेछन र केवल सामूहिक रूपमा तथ्याङ्कीय प्रयोजनका लागि मात्र प्रयोग गरिनेछन् । व्यक्तिगत वा संस्थागत पहिचान खुल्ने गरी कुनै पनि विवरण सार्वजनिक गरिने छैन वा कुनै पनि निकायलाई उपलब्ध गराइने छैन भन्ने कुरामा राष्ट्रिय तथ्याङ्क कार्यालय उत्तरदाताहरूलाई विश्वस्त रहन अनुरोध गर्दछ ।
कार्यालयको आह्वान
राष्ट्रिय आर्थिक गणना, २०८२ को स्थलगत कार्य सञ्चालनको यस शुभारम्भको अवसरमा बृहद राष्ट्रिय अभियान सफल पार्नका लागि हार्दिक अपिल गरेको छ । यस अभियानमा सबै सरोकारवालाको सहभागिता, योगदान, समन्वय, सहकार्य र सहजीकरणको आवश्यकता रहेको स्पष्ट नै छ । यसैले, गणनाको सफल कार्यान्वयन र विश्वसनीय तथ्याङ्क उपलब्ध गराइदिन सम्पूर्ण सरोकारवालाहरूबाट आवश्यक सहयोग, सद्भाव तथा विश्वास प्राप्त हुने अपेक्षा गरेको छ । यस गणनालाई सफल बनाउन सम्पूर्ण सञ्चार माध्यमहरू मार्फत उद्यमी, व्यवसायी, उद्योगी, सेवा प्रदायक, संघ–संस्था तथा सम्बन्धित सबै सरोकारवालाहरूलाई आ–आफ्नो तर्फबाट सत्य, तथ्य तथा पूर्ण विवरण उपलब्ध गराई सहयोग गरिदिन आह्वान गरेको छ । साथै, गणनामा सक्रिय तथा प्रभावकारी सहभागीताका लागि सबैमा हार्दिक अनुरोध गरिएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain